PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • आसुसेन फिल्मसले घोषणा गर्‍यो 'लघु फिल्म प्रतियोगिता'

    आसुसेन फिल्मसले घोषणा गर्‍यो 'लघु फिल्म प्रतियोगिता'

    काठमाडौं: आसुसेन फिल्मसले फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। नयाँ प्रतिभालाई नेपाली फिल्म इन्डस्ट्रीमा मौका दिनका लागि 'एएसएफ लघु फिल्म प्रतियोगिता' घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। प्रतियोगितालाई दुइ चरणमा विभाजन गरेको जनाइएको छ।, पहिलो चरणको प्रतियोगितामा स्क्रिप्ट, स्टोरिलाइनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणमा फिल्महरु बीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका लागि प्रतियोगीहरुले आफ्नो स्क्रिप्ट फाल्गुन १ सम्ममा आसुसेन फिल्म्सको इमेल…

    विस्तृतमा पढ्नुस्

  • फिल्ममा काम गर्ने अवसरसहित प्रतियोगिता घोषणा

    फिल्ममा काम गर्ने अवसरसहित प्रतियोगिता घोषणा

    काठमाडौं: आसुसेन फिल्मसले फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। नयाँ प्रतिभालाई नेपाली फिल्म इन्डस्ट्रीमा मौका दिनका लागि 'एएसएफ लघु फिल्म प्रतियोगिता' घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। प्रतियोगितालाई दुइ चरणमा विभाजन गरेको जनाइएको छ।, पहिलो चरणको प्रतियोगितामा स्क्रिप्ट, स्टोरिलाइनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणमा फिल्महरु बीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका लागि प्रतियोगीहरुले आफ्नो स्क्रिप्ट फाल्गुन १ सम्ममा आसुसेन फिल्म्सको इमेल…

    विस्तृतमा पढ्नुस्

  • एपीएफलाई पेनाल्टीसुटआउटमा हराउँदै आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

    एपीएफलाई पेनाल्टीसुटआउटमा हराउँदै आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

    काठमाडौं : त्रिभुवन आर्मीले दोस्रो संस्करणको सुदूर पश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ। सोमबार धनगढीमा भएको विभागीय डर्बी फाइनल भिडन्तमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट लिइएको हो। पेनाल्टीसुटटउटमा आर्मीका पाँचै खेलाडीले गोल गरे भने एपीएफका सुदिप शिख्राकार गोल गर्न असफल रहे। पेनाल्टीसुटआउटमा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म मंगलमको 'बम्पर उपहार'

    फिल्म मंगलमको 'बम्पर उपहार'

    काठमाडौं: शिल्पा पोखरेल स्टारर सोसियो एक्सन ड्रामा मंगलमको गीत रिलिज भएको छ। 'बम्पर उपहार' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियोमा मुख्य दुई कलाकार शिल्पा र पृथ्वीराज प्रसाईको फिचरिङ छ।   दीपक शर्माद्धारा संगीतबद्ध गीतमा प्रमोद खरेलको स्वर र लेखु सहायत्रीका शब्द समावेश छन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन्। नवल नेपाल निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीलाई स्वेच्छिक अवकाश दिने प्रक्रिया सुरु, राज्यकोषमा ५० अर्बको भार थपिँदै

    कर्मचारीलाई स्वेच्छिक अवकाश दिने प्रक्रिया सुरु, राज्यकोषमा ५० अर्बको भार थपिँदै

    काठमाडौँः निजामती, स्वास्थ्य सेवा तथा संसद् सेवामा कार्यरत रहेका समायोजनमा जान नचाहने कर्मचारीसँग स्वेच्छिक अवकाशको आवेदन माग गरिएको छ। सरकारले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फागुन १४ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको हो। समायोजन प्रक्रियाका लागि राज्यकोषमा ५० अर्बसम्म भार थपिने अनुमान गरिएको छ। अवकाश लिन योग्य सबै कर्मचारीले अवकाश योजनामा सामेल भएमा दश हजारभन्दा बढी कर्मचारी मापदण्डभित्र पर्ने…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    उर्लाबारी: मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ। उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र त्यसका…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुन्छ: महामन्त्री कोइराला

    चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुन्छ: महामन्त्री कोइराला

    नवलपरासी: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताएका छन्। थारु जातिको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा. कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गरे। यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. कोइरालाले…

    विस्तृतमा पढ्नुस्

  • मिनीट्रक दुर्घटनामा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

    मिनीट्रक दुर्घटनामा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु

    चौतारा: सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लिसंखुपाखर गाउँपालिका– ७ ठूलोपाखर निवासी चालक ३१ वर्षीय शशीकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन्। लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए। भूकम्पपीडितको घर…

    विस्तृतमा पढ्नुस्

  • जयरामघाटमा पुल बनेपछि हलेसीमा पर्यटकको संख्यामा वृद्धि

    जयरामघाटमा पुल बनेपछि हलेसीमा पर्यटकको संख्यामा वृद्धि

    खोटाङ: राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ। खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो। निर्माण कार्य थालेको नौ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास, पराजुलीका दुई इजलासमा १९ मुद्दा

    प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास, पराजुलीका दुई इजलासमा १९ मुद्दा

    काठमाडौँः आफ्नो योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाजबाट अलग हुने अपेक्षा आम नागरिकले गरिरहेका बेला प्रधानन्यायाधीश गोपाल पराजुलीले भने नियमित कामलाई निरन्तरता दिएका छन्। पराजुलीले आइतबार मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन गरेका छन्। पराजुली सम्मिलित दुई संयुक्त इजलासमा १९ वटा मुद्दाका पेशी तोकिएका छन्। पहिलो इजलासमा न्यायाधीश प्रकाशमानसिंह राउतसँग एउटामात्र मुद्दाको पेशी तोकेका छन्। कानुन…

    विस्तृतमा पढ्नुस्

  • चार लाख नगदसहित २७ जुवाडे कमलादीबाट पक्राउ

    चार लाख नगदसहित २७ जुवाडे कमलादीबाट पक्राउ

    काठमाडौंः शनिबार राति प्रहरीले राजधानीबाट २७ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत दरवारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल ल्याण्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दुई महिला २५ जना पुरुष रहेका छन्। प्रहरीले उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, सय डलर सहित १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सरस्वती डोजो जोरपाटी बेसीगाउँ च्याम्पियन

    सरस्वती डोजो जोरपाटी बेसीगाउँ च्याम्पियन

    काठमाडौं : ओलिभर स्कुल र शाखा डोजो शंखपार्कको संयुक्त आयोजनामा भएको प्रथम उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता २०१८ को उपाधि सरस्वती डोजो जोरपाटी बेसीगाउँले जितेको छ। शनिबार भएको उक्त प्रतियोगितामा विभिन्न १५ डोजोका २५० खेलाडीको सहभागीता रहेको थियो। टिम च्याम्पियन हुने क्रममा सरस्वती डोजो जोरपाटी बेसीगाउँका अजिब श्रेष्ठ २० केजी तौलसमूहमा स्वर्ण जिते। यस्तै कुईसाङ लामा ३० तौलसमूहमा, अजय तामाङ ३५…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमको चार गोल, ह्यारी केनको कीर्तिमान

    प्रिमियर लिग : टोटनहमको चार गोल, ह्यारी केनको कीर्तिमान

    प्रिमियर लिग अन्तर्गत गएराती भचएको खेलमा टोटद्दहमले एभरटनलाई ४-० ले पराजित गरेको छ। वेम्बलीमा भएको खेलमा टोटनहमलाई शानदार जित दिलाउन ह्यारी केनले दुई तथा हेन मिन सन र क्रिस्टियन एरिक्सनले एक-एक गोल गरे। एभरटन विरुद्ध दुई गोल गरेपछि केन प्रिमियर लिगमा टोटनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनको गोल संख्या ९८ पुगेको हो। यसअघि ६री सेरिङहमले ९७ गोलको…

    विस्तृतमा पढ्नुस्

  • हातहतियार कारोबार संलग्न माओवादीका स्थानीय नेता पक्राउ

    हातहतियार कारोबार संलग्न माओवादीका स्थानीय नेता पक्राउ

    काठमाडौंः लामो समयदेखि अवैध रुपमा हतियारको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको प्रदेश ५ को विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्ज खजुरा ५ स्थित उढरापुरबाट गरिवे शेष भन्ने व्यक्ति पक्राउ परेका हुन्। शेषका साथबाट प्रहरीले पेस्तोल एक थान, म्यागजिन एक थान र चार राउन्ड गोली बरामद गरेको छ। शेषले भारतबाट अवैध हातहतियार ल्याउने र विक्री गर्ने गरेको खुलेको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया विजयी

    ला लिगा : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया विजयी

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको भ्यालेन्सिया विजयी भएका छन्। एथ्लेटिको मड्रिडले आइबरलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गरेको हो। एथ्लेटिकोलाई ३ अंक दिलाउन केभिन गमेइरोले २७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितपछि १९ खेलबाट ४२ अंक जोडेको एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी ६ मा झारेकव छ। तर बार्सिलोनाले एक…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना पुगेका पहिलो कोलोम्वियन खेलाडी, जो खाली खुट्टै मैदानमा आए

    बार्सिलोना पुगेका पहिलो कोलोम्वियन खेलाडी, जो खाली खुट्टै मैदानमा आए

    स्पानिस जायन्ट बार्सिलोनाले सिजनको दोस्रो खेलाडीका रुपमा कोलोम्वियन खेलाडी येरी मिनालाई क्लब भित्र्याएको छ। बार्सिलनाले २३ वर्षीय मिनालाई ब्राजिलियन क्लब पाल्मेररियसबाट ११.८ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो। अग्ला कदका डिफेण्डरसँग बार्सिलोनाले साढे ५ वर्षको सम्झौता गरेको छ। यसअघि बार्सिलोनाले लिभरपुलबाट फिलिम काउटिन्होलाई भित्र्याइसकेको छ। पहिलो पटक बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा प्रस्तुत हुने क्रममा सेन्टर ब्याक मिनाले सबैलाई आश्चर्यमा पारे। उनले…

    विस्तृतमा पढ्नुस्

  • दार्जिलिङ पुलिसको कार्यक्रममा पल र आँचल अतिथि

    दार्जिलिङ पुलिसको कार्यक्रममा पल र आँचल अतिथि

    दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट कलाकार पल शाह र नायिका आँचल शर्मा अतिथि रहेका थिए। कार्यक्रममा उनीहरुले स्टेज प्रस्तुति दिए।  दार्जिलिङमा पनि चकलेटी अभिनेताको रुपमा परिचित पल शाहको फ्यान फलोइङ राम्रै देखियो। बिहान म्याराथनको स्टेज पुगेदेखि पलको ना लिइरहेका फ्यानहरु कार्यक्रमको बिचमा स्टेजमै चढे। भिडलाइ थाम्न नसकेपछि दार्जिलिङ पुलिसका डिएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्सपेक्टर…

    विस्तृतमा पढ्नुस्

  • माइक्रोबस नै चोरी

    माइक्रोबस नै चोरी

    काठमाडौः राजधानीबाट शनिवार राति एक माइक्रोवस चोरी भएको छ। स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई बैठकभन्दा मनोवैज्ञानिक उद्दारको खाँचो छ: प्रवक्ता शर्मा

    कांग्रेसलाई बैठकभन्दा मनोवैज्ञानिक उद्दारको खाँचो छ: प्रवक्ता शर्मा

    काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई अहिले बैठकभन्दा पनि राहतको खाँचो रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा शर्माले पार्टी भूकम्पले भत्काएका गाउँसहरजस्तै भएको उल्लेख गर्दै भने, 'अहिले पार्टीलाई पुनर्जीवनको आवश्यकता छ। जसरी भूकम्पपछि मानवीय क्षति के भए भनेर खोजिन्छ त्यसरी नै कांग्रेसमा मानवीय उद्दारको आवश्यकता छ।' कांग्रेस २ महिनासम्म यस्तै मानवीय कार्य अर्थात मनोवैज्ञानिक…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभामा जिप दुर्घटना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

    संखुवासभामा जिप दुर्घटना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

    काठमाडौं: संखुवासभाको मकालु गाउँपालिका-३, सामाटारमा जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटवालको मृत्यु भएको पुष्टि भएको छ। 'खाँदबारीबाट पुननिर्माण प्राधिकरणका कर्मचारी बोकेर भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जिप मकालु दुर्घटनामा भएको हो,' संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।  मृत्यु हुनेमध्ये कटवाल र सुरेश राईको भने सनाखत भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell