भावना शर्मा बुट्टेदार खाँबो मुसार्दै उभिइरहेछन् काजीसाब पुरानो घरको बार्दलीमा जाडो छल्न तराई झरेकै दिन उनले चुपचाप सुम्सुम्याए उही खाँबो जहाँ उनी रिंगटा लाग्नेगरी फन्का मार्थे सानामा जालैजालोले छोपेछ दलिन जहाँ घुसारेका थिए उनले केही थान गुलेली भित्ताभरी लहरै छन् धमिलिएका तस्वीरहरु तस्वीर धमिलिएपनि सङ्लै छन् सम्झना काजीसाबलार्इ लखेटिरह्यो फेरि उनै दिनले। ......................... तस्वीरमा बाघको टाउको टेकेर शानले…
काठमाडौँ : शुक्रबार हत्या गरिएका व्यवसायी वसन्त पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले आजदेखि अनिश्चितकालीन रुपन्देही बन्द गरेको छ। बन्दका कारण विहानैदेखि यस क्षेत्रमा संचालित यातायात, उद्योग कलकारखाना, बजार क्षेत्र प्रभावित बने। तर, कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। शुक्रवार बिहान आफ्नै स मिलमा काम गरिरहेका व्यवसायी पौडेललाई अज्ञात समूहले गोली हानी हत्या गरेका थिए।…
काठमाडौं : गएराती भएको खेलमा जित हात पार्दै म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। युनाइटेडले अन्तिमा ६ मिनेट भित्र दुई गोल गर्दै डर्बी काउन्टीलाई २-० ले हरायो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जेस लिनगार्डले ८४औँ र रोमेलु लुकाकुले ९० औँ मिनेटमा गोल गरे। यस्तै यसै जनवरी ट्रान्सफरमा क्लब भित्रिएका भर्जिल भान डिकले…
लिलाराज खतिवडा - “काया तान्ने भए त तिमी अहिले अमेरिकामा हुनु पर्थ्यो। यहाँ नेपालमा किन नि?” मैले क्याथीलाई सिधै भनेँ। जो अहिले भष्मेश्वरको एउटा जोगीको कुटीमा मस्त काया तानिरहेकी छे। “अमेरिकामा यो सब मजा कहाँ? यो पशुपति, जहाँ छेवैमा शबहरु जलिरहेका छन्। शबहरु शिवमा रुपान्तरण भइरहेका छन्। जो आफैँमा एक विशेष अवस्था हो। उर्जामय। अनि यतिका अग्ला र नतोन्नत हिमालहरुको…
श्रीनगर: भारत जम्मु कस्मिरको बारामुला जिल्लाको सोपोरमा भएको आतंकवादी हमलामा परी ४ प्रहरीको मृत्यु भएको छ। घटनामा परी २ जना घाइते भएका छन्। शनिबार बिहानै आतंककारीले प्रहरीलाई लक्षित गरी बम प्रहार गरेका थिए। उक्त घटनापछ जम्मु कस्मिरमा सेना र प्रहरीले कडा पहरा थालेका छन्। भने उत्तरी कस्मिरमा कडा चेकजाँच थालिएको छ।
सान फ्रान्सिस्को : दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको हो। सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो।…
बिहारका पूर्व मुख्य मन्त्री एवम् आरजेडी नेता लालु यादवलाई चारा घोटालाको दोस्रो मुद्दामा ३ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ। उनीसँगै चारा कान्डमा दोषी ठहरिएका फूल चन्द, महेश प्रसाद, बाके जुलियस, सुनिल कुमार, सुशील कुमार, सुधीर कुमार र राजा रामलाई जनही ५ लाख जरिवाना सहित साढे ३ वर्षको जेल सजाय सुनाइएको हो। यसअघि नै अदालतले चारा घोटलामा लालु यादवलाई…
काठमाडौं: नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रदेशको अस्थायी मुकाम तोक्न नसक्ने सरकारले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पण्डितले वाम गठबन्धन सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी तोक्ने दाबीसमेत गरे। उनले भने, 'प्रदेश राजधानी तोक्न कसैले रोकेको अवस्था छैन। तर यो सरकारले राजधानी तोकिरहेको छैन। सरकार तोक्न सक्ने हैसियतमा छैन भने सरकार छाड्नुपर्यो। हाम्रो सरकार…
काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत ४२औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ। प्रतियोगितामा जम्मा १ सय ७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन्। ३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी सहभागी हुनेछन्। एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन्। त्यस्तै पाँच विकास क्षेत्रबाट १८ का…
काठमाडौं : वायु प्रदुषण विरुद्धको अभियानले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट नक्साल नारायणचौरसम्म पैदल यात्रा गरेको छ। अभियानमा नाटक, स्वच्छ हावाबारे विशेषज्ञहरुले मन्तव्य राखेका थिए। स्वच्छ हावा नामक स्वतस्फूर्त समूहले यो अभियान सञ्चालन गरेको हो। समूहको यो दोस्रो श्रृङखला भएको जनाएको छ।
धनगढी : विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आज भएको खेलमा पोखराको साहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै एपीएफ अन्तिम आठमा स्थान बनाएको हो। पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौँ गोल गर्ने मौका गुमाउँएको साहारा पेनाल्टी सुटआउटमा पनि अभागी सावित भयो। साहाराका विनोद गुरुङले निर्धारित समयमा…
काठमाडौं : ‘ए सोल्टिनी’ 'झुमताना झुमताना..' बोलको गीत शनिबार सार्वजनिक गरिएको छ। निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो गीतमा शुभ तामाङ र निर्मला घिसिङले स्वर लिएका छन्। सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन्। अभि लामाले कोरियोग्राफी गरेको गीत लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन्। दिलकुमार घलान तामाङले…
काठमाडौं : नारी प्रधान फिल्म ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। भक्तपुरको घ्याम्पे डाँडामा दशैंको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो। दीनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन्। यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन्। पुसको यो कठ्याङ्ग्रीदो जाडोमा दुई दर्जन कोरस राख्दै फिल्मको गीतलाई…
लाहोर : पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ। शनिबार लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको हो। नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साहलगातले विश्वकपको ट्रफी सार्वजनिक गरेका थिए। पूर्वकार्यक्रम अनुरुप भारतले…
काठमाडौं : स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुन र थासाङ स्पोर्ट्स क्लबका मिन गौचन राखेप च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष खुला रिकर्भको ७० मिटर दूरीमा शनिबार फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनलमा प्रेमले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ तथा मिनले कास्की आर्चरी संघका तिलक पुनलाई ६–४ को सेटमा पराजित गरे। सोही स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले कञ्चनपुरकी…
काठमाडौं : राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत भएको तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ। प्रतियोगिताको अन्तिम दिन सेनाले महिला ब्यक्तिगत सेवर, ईपी र सेबरको महिला टिममा स्वर्ण हात पारेको हो। सेवर महिला ब्यक्तिगत तर्फ सेनाकी कमला श्रेष्ठले सेनाकै रविना थापालाई पराजित गर्दै स्वर्ण हात पारेकी…
काठमाडौं : पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चले उपाधि जितेको छ। १८औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाइनलमा पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए । त्यसै गरी पुरुष तर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागिय टोली एपीएफले मध्यमाञ्चल…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेल मात्र खेलमा टोटनहम हस्टपरले वेष्टहमसँग बराबरी खेल्दै अंक बाँडेको छ। होन मिन सनले खेल सकिन ६ मिनेट अगाडी गरेको गोल मद्दतमा टोटनहमले खेल १-१ को बराबरीमा सकाएको हो। ७०औँ मिनेटमा पेड्रो ओवियाङले गोल गर्दै वेष्टहमलाई पहिले अग्रता दिलाएका थिए। घरेलु मैदानमा १-० ले पछि परेको टोटनहमका लागि ८४औँ मिनेटमा सनले बराबरी गोल गरे। बराबरीपछि…
स्पानिस कोपा डेल रे अन्तिम १६ मो पहिलो खेलमा रियल मड्रिडले जित हात पार्दा लिग लिडर बार्सिलद्दा भने बराबरीमा रोकिएको छ। स्टार खेलाडी लियोनल मेसी र लुइस सुवारेजलाई आराम दिंइएको खेलमा बार्सिलोना सेल्टाभिगोसँग १-१ को बराबरीमा रोकिएको हो। सेल्टाको मैदानमा भएको खेलको १५औँ मिनेटमै जोस अर्नाइझले गोल गर्दै बार्सलाई अग्रता दिलाएका थिए। तर ३१औँ मिनेटमा पिओने सिस्टोले गोल फर्काउँदै खेल बराबरी…
सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपीएल)मा भारतका महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंगस र अष्ट्रलियाका स्टिभ स्मिथले राजस्थान रोएल्सबाट खेल्ने भएका छन्। यी दुईसँगै सहभागि सबै टिमले गरी कूल १८ खेलाडी पहिलो चरणमा रिटेन भएका छन्। जसमा भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीलाई रोएल च्यालेन्जर्स बैंगलोरले सबैभन्दा बढी १७ करोडमा रिटेन गरेको छ। रिटेन हुने पहिलो खेलाडीको लागि १५…