काठमाडौं : १६औँ राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलको एपीएफले त्रिभुवन आर्मीलाई पराजित गरेको छ। राखेप च्याम्पियनसिप अन्तर्गत शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह बी को अन्तिम खेलमा एपीएफले आर्मीलाई १-० ले पराजित गरेको हो। सावित्रा भण्डारी दोस्रो हाफको सुरुवामा गरेको गोल नै एपीएफको जितमा निर्णायक बनेको हो। सावित्राले ५०औँ मिनेटमा लेफ्ट फ्ल्याङ्कबाट भलि प्रहारमार्फत गोल…
काठमाडौं : एक साताअघि भारतको विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेल नेपाल आएर फर्किएका छन्। उनले नेपालमा रहँदा परराष्ट्र सचिव शंकर बैरागी दाहाल र बाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेलार्इ भेट गरेका छन्। उनी विदेश मन्त्रालयअन्तर्गत नेपाल हेर्छन्। दलेल नेपाल आउनुको उद्देश्यलाई परराष्ट्र र बाणिज्य मन्त्रालयले गोप्य राखेको छ। उसले भ्रमणलाई नियमित मात्र बताइरहेको छ। ‘उहाँ नियमित भ्रमणमा नेपाल आउनुभएको हो’ परराष्ट्र मन्त्रालयका…
काठमाडौं : ‘भद्रगोल’का चर्चित हास्यकलाकार सागर लम्साल (बले)को अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 'काग दाजै काग दाजै..' बोलको गीतको म्युजिक भिडियोमा सागरलाई अहिलेकी रुचाईएकी मोडल स्नेहा पौडेलले साथ दिएकी छिन्। लोक गायिका मञ्जु पौडेलको ‘तिमी लाईटर म भाको चुरोट’बोलको गीतबाट मोडलिङ करिअरको सुरुवात गरेकी मञ्जु पछिल्लो समय ‘योर स्टाईल’ टिभीले बनाएको वेबसिरिज ‘हाम्रो हाईस्कुल’ मा पनि…
काठमाडौं : धर्ति आकास नामक फिल्ममार्फत स्पट ब्वाईको रुपमा करियर सुरु गरि लाइट म्यान हुँदै मेकअप आर्टिष्ट बनेका बरिष्ठ मेकअप आर्टिष्ट इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन्। बिगत चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील उनले राजमती, आमा, पन्छी, सडक, मितिनी, मुनामदन, बसन्ती, यो पागल मन जस्ता सयौँ फिल्ममा काम गरिसकेका छन् । ५३ वर्षाका इन्द्रको बिगत ३ महिनादेखि मिर्गौला…
टेक शाही/पहिलोपोस्ट- डोल्पा : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीलाई नेपाल कम्यूनिस्ट पार्टिका कार्यकर्ताले कालोमोसो लागाएका छन्। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डमा वार्डेन चौधरीकै कार्यकक्षमा गएर कालोमोसो लगाई कार्बाही गरिएको नेपाल कम्युनिस्ट पार्टी डोल्पाले जनाएको छ। शुक्रवार बिहान ११ बजेतिर करिब १०/१२ जनाको समुहले निकुञ्जको कार्यालमा गई कालोमोसो लगाएको थियो। आर्थिक हिनामिना गरेको भन्दै संरक्षण अधिकृत चौधरीलाई सांकेतिक कारवाही…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्ताबाट अझै एक वर्ष खेल्ने भएका छन्। बिहीबार पर्सिजासाग एक वर्षको सम्झौता थप गरेपछि रोहितले एक सिजन सोही क्लबमा खेल्ने भएका हुन्। रोहितका दाजु रोविन ठकुरीका असार रोहित र पर्सिजाबीच एकवर्षको लागि सम्झौता थप भएको हो। २०१८ को सिजनका लागि रोहितलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको क्लबले अफिसियल वेवसाइटमा जनाएको छ।…
काठमाडौं : चर्चित अमेरिकी डिजे मार्समेलोको कार्यक्रमका नाममा ठगी अभियोगमा पक्राउ परेका क्रिकेटर पृथु बास्कोटा सहितका डेजाभु क्लबका सात संचालक धरौटीमा छुटेका छन्। क्लब संचालक दुई जनाले जनही २ लाख र बाँकी पाँच जना ४० हजारका दरले धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। बास्कोटासहित १० जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा…
सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपीएल)मा भारतका महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंगस र अष्ट्रलियाका स्टिभ स्मिथले राजस्थान रोएल्सबाट खेल्ने भएका छन्। यी दुईसँगै सहभागि सबै टिमले गरी कूल १८ खेलाडी पहिलो चरणमा रिटेन भएका छन्। जसमा भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीलाई रोएल च्यालेन्जर्स बैंगलोरले सबैभन्दा बढी १७ करोडमा रिटेन गरेको छ। रिटेन हुने पहिलो खेलाडीको लागि १५…
काठमाडौं : काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पारजित गर्दै घरेलु टोली सुदूरपश्चिम-११ नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार धनगढीमा भएको उद्घाटन खेलमा सुदूरपश्चिम -११ ले च्याससलाई ५-४ ले हरायो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। बाई पाएर सिधै क्वाटरफाइनल खेलेको सुदूरपश्चिम जितपछि सेमिफाइनलमा पुगेको हो। पेनाल्टीमा सुदूरपश्चिमका…
काठमाडौं : नेपाली सेनाको टिमले राखेप च्याम्पियनसिप अन्तर्गत भएको तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपको टिम स्पर्धामा तीन स्वर्ण हात पारेको छ। शुक्रबार सम्पन्न टिम स्पर्धाको फ्वाईल तर्फ नेपाली सेनाको टिमले पुरुष र महिला दुवैतर्फ जित हात पार्दै स्वर्ण प्राप्त गरेको हो। सेनाले पुरुषतर्फ मध्यमाञ्चललाई ४५-३८ अंकले पराजित गर्यो भने महिलातर्फ एपीएफलाई ४५-३३ अंकले हरायो। पुरुषतर्फ एपीएफ र महिलातर्फ मध्यमाञ्चलले कास्य पदकमा…
दिपक के श्रेष्ठ पोखरा : पूर्वको काँकडभिट्टा, दक्षिणको रक्सौल र सुनौलीमात्र हैन पश्चिमको कृष्णनगरदेखि पोखरामा लागुऔषध भित्रिने गरेको छ। यतिमात्र हैन, उत्तरी भेगबाटसमेत ज्यानमारा ‘कालो’ पदार्थ महानगरमा आइपुग्छ। पोखरामा भित्रिने यस्ता ड्रग्स लगभग सबै प्रकारका छन्। पोखरामा गाँजा, चरेस, ब्राउन सुगर, सुइजन्य लागुऔषध र औषधिजन्य ट्याब्लेटहरु बढी प्रयोग भएको पाइएको छ। गाँजा, चरेसजस्ता लागुपदार्थ उत्तरी क्षेत्र बागलुङ, म्याग्दी, पर्वतबाट आउने…
काठमाडौं : एपिएपका अनिता कार्की महिला तर्फ र जंग गिरीले पुरुष तर्फ राखेप च्याम्पियनसिप अन्तरगत तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक हात पार्न सफल भएका छन्। उनीहरुले ईपी विधा अन्तर्गत आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन्। राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फ सेनाकी ईन्दिरा पौडेलले रजत र सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतानले कास्य पाए।…
काठमाडौं : नेपाल - चीनबीचको व्यापारिक नाका रसुवागढीलार्इ अन्तर्राष्ट्रिय स्तरको बनाउन सुख्खा बन्दरगाह निर्माणको प्रकृया अगाडि बढेको छ। टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत भएको छ। यो सुख्खा बन्दरगाह चीनको सहयोगमा निर्माण हुनेछ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बन्दरगाहको डिजाइन स्वीकृत भइसकेको जानकारी दिँदै दुर्इ महिनाभित्रै ठेक्का दिइने जानकारी दिए। 'हामीले चिनियाँ परामर्शदाता कम्पनीले बनाएको…
काठमाडौँ : संस्थागत रुपमा लान्छना लगाइएकोमा निर्वाचन आयोगले आश्चर्य चकित भएको जनाएको छ। मत परिणाम सार्वजनिक गर्न भन्दै नेकपा एमालेको भातृ संगठन सडकमा उत्रिएपछि आयोगले विज्ञप्ति नै जारी गरी भनेको छ - निर्वाचन आयोगले गत मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको…
टेक शाही- हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ। सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन्। त्यसैगरी सिमी २ सय ६० रुपैयामा बिक्री हुने गरेको तरकारी तथा फलफूल बिक्री गर्दै आएको व्यापारी सरोज आचार्यले जानकारी दिए। समयमा…
नयाँ दिल्ली : लन्डन-मुम्बई फ्लाइटका दौरान ककपिटभित्रै झगडा गरेवापत दुई सिनियर चालक दलका सदस्यलाई जेट एयरवेजले ग्राउन्डेड गरेको छ। को पाइलट रहेका कमान्डरले विमानमा रहेकी महिला कमान्डरलाई फ्लाइटका क्रममा चड्कन लगाएका थिए। महिला पाइलटले चड्कनपछि ककपिट छाडेकी थिइन्। उनलाई पछि अनुरोध गरेर मुस्किलले ककपिटमा फिर्ता लगिएको थियो। तर केही क्षणमै उनी बाहिरिइन। फ्लाइटमा रहेका क्याबिन क्रु घनाले आत्तिएका थिए किनभने…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा आर्सनल र चेल्सीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। हेक्टर बेलरिनले इनुरी टाइममा गोल गरेपछि घरेलु टोली आर्सनलले साविक विजेता चेल्सीसँग अंक खोसेको हो। त्यसअघि एमिरेट्स स्टेडियममा ज्याक विलसरले ६३औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिले अग्रता दलिलाएका थिए। तर त्यसको ४ मनेटपछि नै चेल्सीका एडेन हाजार्डले बराबरी गोल फर्काए। ८४औँ मिनेटमा मार्कोस अलोन्सोले गोल…
काठमाडौं : सिंगापुरको इन्फिनिटी स्टुडियोले अस्कर इन्टरनेसनल फिल्म कलेजका ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। बुधबार कलेज परिसरमै आयोजित कार्यक्रमका स्टुडियो प्रतिनिधि स्यु मोले छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरेकी थिइन्। यो साल निपिल शर्मा, दिवस अम्गाइँ, बबिन दुलाल, आशिष लिम्बू र सन्दीप श्रेष्ठले छात्रवृत्ति पाएका हुन्। छात्रवृत्ति वापत उनीहरूले जनही ३५ हजार रुपैंया प्राप्त गर्नेछन्। अस्कर कलेज…
काठमाडौं : मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को विषयले नेकपा एमालेका युवा नेताहरु हिलो छ्यापाछ्यापमा व्यस्त छन्। सामाजिक सञ्जाल बहसको केन्द्र बनिरहेको छ। कम्युनिस्ट परम्पराभन्दा फरक शैलीमा नेता तथा कार्यकर्ताहरु जबज र वाम गठबन्धनको विषयमा बहसमा उत्रिएका छन्। निर्वाचनमा बहुमत ल्याए पनि वाम गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिने विषय पनि…
काठमाडौं : दाइजो प्रथाको विषय समेटिएको नेपाली फिल्म राज्जा रानीको बुधबार प्रिमियर गरिएको छ। काठमाडौंको राइजिङ महलमा रहेको क्युज सिनेमामा गरिएको प्रिमियरमा नेकपा एमालेका नेता लालबाबु पण्डित समेत उपस्थित थिए। श्रीमतीसहित पूरा फिल्म हेरेका पण्डिले फिल्मको प्रशंसा गरे। नाजिर हुसेन र केकी अधिकारीको मुख्य अभिनय रहेको राज्जा रानी नेपालगन्जमा छायांकन गरिएको फिल्म हो। फिल्ममा नाजिरले राज्जा र केकीले रानीको भूमिकामा अभिनय…