मोरङ: चेलिबेटीहरूलाई दलालले कसरी प्रलोभनमा पारेर विदेश पु-याउँछन् र फसाउँछन ? नेपाली चेलीको भोगाइ रहेको नाटक ‘दिल्ली टु दुबइ’ यात्राको गत विहिबार विराटनगरको सुशील कोइराला नाटक घर गुरुकुलमा मञ्चन गरियो । नाटक शुक्रबार देखि जिल्लाका साविकका दश गाविसमा मञ्चन गर्ने एक्टर्स स्टुडियोका व्यवस्थापन प्रमुख देव न्यौपानेले बताए । नाटकले महिला हिंसा न्युनीकरणमा कस्तो प्रभाव पार्छ भन्ने अनुसन्धानको सिलसिलामा यो कचहरी…
आगामी सिजनको इन्डियन प्रिमियर लिग आइपिएलका लागि दिल्ली डेयर डेभिल्सले अष्ट्रलियन लेजेण्ड प्लेअर रिक्की पोन्टिङलाई प्रशिक्षक नियुक्त गरेको छ। दिल्लीले अफिसियल ट्वीटरमार्फत उक्त घोषणा गरेको हो। पोन्टिङले आइपिएलमा प्रशिणा सम्हाल्न लागेको दिल्ली दोस्रो टिम हो। यसअघि सन् २०१५ मा पोन्टिङले मुम्बई इन्डियन्सको प्रशिक्षण सम्हालेका थिए र उक्त सिजन मुम्बईले उपाधि समेत जितेको थियो। पोन्टिङले अब दिल्लीमा प्याड्डी अप्टन र राहुल…
राजेन्द्रप्रसाद पनेरु- कञ्चनपुर: विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ। तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै आउनुभएको छ। विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले…
दिनेश खड्का काठमाडौं : तीन वर्षअघिसम्म काठमाडौंका सडकमा माइक्रोबसको दबदबा थियो। १५ सीट भएको माइक्रोबसले व्यवसायीलार्इ फाइदा पुर्यायो तर उपभोक्तालार्इ सास्ती। सडकमा माइक्रोबसको दबदबा भएपनि यात्रुको भने बेहाल भयो। सडकमा ट्राफिक जामको समस्या झन् बढ्यो। यो विकराल समस्याबाट विस्तारै काठमाडौंले मुक्ति पाउँदैछ। तीन वर्षको अवधिमा काठमाडौंका सडकमा माइक्रोबस घट्दैछ भने ठूला बसको दबदबा सुरु हुन थालेको छ। सबै रुटमा माइक्रोबस…
प्युठानः प्युठानको रसुवारानी गाँउपालिका ५ डुम्रिखर्कका एक बाबुको छोराको पिटाइबाट मृत्यु भएको छ। २० वर्षीय मोहनलाल खाम्चाले घरायसी विवादमा आफ्नो बाबुलाई कुटपिट गरेका थिए। छोराको कुटाईबाट गम्भीर घाईते भएका ५३ वर्षीय रैसी खाम्चाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोहनलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
काठमाडौं : रुपन्देहीको देवदह २ नगरपालिकामा गोली चलेको छ। गोली लागेर काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेल घाइते भएका छन्। टाउँकोमा गोली लागि घाइते भएका पौडेलको लुम्विनि अस्पतालमा उपचार भइरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीराम पाण्डेले जानकारी दिए। मोटरसाइकलमा आएका युवाले मिलमा काम गरिरहेका पौडेललाई गोली हानि फरार भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले गोली हान्नेलाई…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा देखिएनन्। त्यसो त माओवादी केन्द्रसँगको एकताका लागि बस्ने भनिएको छलफलमा पनि ओलीको ‘एक्सन’लाई व्यग्रताका साथ पर्खिरहेका छन् वाम गठबन्धनका कार्यकर्ता। राष्ट्रिय सभाको निर्वाचन चाँडो हुनुपर्ने माग गरिरहेका ओली पछिल्लो चार दिन औपचारिक कार्यक्रममा देखिएका छैनन्। किन त? यसबारेमा पहिलोपोस्टले ओलीका प्रेस संयोजक चेतन अधिकारीसँग बुझ्दा उनी…
काठमाडौं: रुकुमको बाफिकोट गाँउपालिका ३ जगरामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सोलाङबाट नुन लिएर पिपलतर्फ आउदै गरेको रा १ २६२८ नम्बरको ट्याक्टर दुर्घटना हुदा स्थानीय १८ वर्षीय एक किशोरको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
काठमाडौं : शुक्रबारबाट दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'राज्जा रानी' र 'फिर्के' रिलिज भएका हुन्। याम थापा निर्देशित राज्जा रानी नेपाली मात्र नभएर मैथिली भाषामा समेत सार्वजनिक छ। पश्चिम तराईमा व्याप्त दाइजो प्रथामाथि बनेको फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया लगायतको मुख्य अभिनय रहेको छ। त्यस्तै 'फिर्के'लाई रवि डंगोलले निर्देशन गरेका हुन्। फिल्ममा अर्पण थापा, ऋचा शर्मा,…
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद राधेश्याम अधिकारीले कांग्रेस जनताबाट ‘डिस्कनेक्ट’ भएको बताएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा अधिकारीले कांग्रेसले अपनाएको पछिल्ला नीति जनताले मन नपराएको र जनता डिस्कनेक्ट भएको बताएका हुन्। कानुनविद्समेत रहेका अधिकारीले भने, ‘निर्वाचनको परिणामबाटै जनता कांग्रेसबाट डिस्कनेक्ट भएको देखियो, जनता कांग्रेसले अपनाएको पछिल्लो नीतिका कारण खुसी भएनन्।’ निर्वाचनमा हारको समीक्षा गर्दै आगामी पाँच वर्षमा पहिलो दल…
काठमाडौं : चार दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचको लागि बैंकक जाने भएका छन्। केही दिन अघि झाडापखलाका कारण ओली अस्वस्थ थिए। फलो अपका लागि बैंकक जाने भनिए पनि मिति भने तय भइसकेको छैन। ‘स्वास्थ्य जाँचका लागि रेगुलर फलोअपमा अध्यक्ष बैंकक जानुपर्छ,’ ओलीका एक सहयोगीले भने, ‘बैंकक जाने तयारी रहेको छ। मिति भने तय…
चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई नेपालको आर्थिक राजधानी बनाउने बताएका छन। शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले चितवन जिल्लालाई नेपालको आर्थिक राजधानी बन्नबाट कसैले रोक्न नसक्ने बताएका हुन्। प्रचण्डले भने, ‘चितवन जिल्ला नेपालको आर्थिक राजधानी बन्नेवाल छ। यसलाई कसैले रोकेर रोकिनेवाला छैन। यो कुरा चाँही दृढताका तथा भन्न सकिन्छ।’ उनले चितवनलाई आर्थिक…
वीरेन्द्र कर्ण- वीरगञ्ज: भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ। पर्सामा ३९ हजार हेक्टर, बारामा २९ हजार हेक्टर तथा रौतहटमा १५ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गर्दै आएका छन्। साउनको अन्तिम साता आएको अविरल वर्षाका कारण बाढीपहिरोले भारतीय क्षेत्रमा रहेको गण्डक नहरको संरचना…
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्दैछन्। राष्ट्रिय सभा निर्वाचनसम्बन्धी छलफल गर्न प्रधानमन्त्री देउवा ३ बजे राष्ट्रपति निवास पुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। ‘राष्ट्रिय सभाको निर्वाचनबारे छलफलका लागि प्रधानमन्त्री राष्ट्रपति भेट हुन लागेको हो,’ प्रेस संयोजक परियारले भने। भेटमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा पनि छलफल…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिने निर्वाचन समीक्षा बैठकले हारको मुख्य कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेको छ। राजधानीस्थित नयाँ बानेश्वरमा भएको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपासँग सहकार्य गरेका दललाई धन्यवाद दिदैं पार्टी पराजयको कारण निर्वाचनको पुर्व सन्ध्यामा गरिएको पार्टी विभाजन भएको निष्कर्ष निकालेको हो। बैठक सम्पन्न भएसँगै राप्रपाले नौ बुँदे विज्ञप्ती जारी गरेको छ। पार्टी हारका अन्य कारण विज्ञप्तिमा पार्टी…
काठमाडौं : नेपाली भलिबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम प्रायोजन भएको छ। शुक्रबार नेपाल भलिबल संघ एनभिए र नेपाल स्याटलाइट टेलिकम प्रालीबीच आगामी दुई वर्षको लागि ४० लाख नगद सम्झौता भएको हो। नेपाल भलिबल संघका अभ्यक्ष मनोरञ्जन रमण शर्माले ४० लाखको सम्झौता भएको पुष्टि गरे। उक्त रकम एनभिएले आयोजना गर्ने एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको लागि मात्र…
काठमाडौं : विना सेड्युल प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। सत्ता हस्तान्तरणको विषय राष्ट्रिय सभा निर्वाचनसँग जोडिएर लम्बिँदै गएको अवस्थामा प्रधानमन्त्री देउवामाथि चर्को दवाव छ। प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद् डाकिएको हो। राष्ट्रिय सभा निर्वाचनसँगै जोडिएका विषय पेचिलो राजनीतिक मुद्दा बनेका बेला देउवाले यिनै विषयलाई सम्बोधन गर्न बैठक बोलाएका हुन्। प्रदेश प्रमुख, प्रदेश मुकाम र राष्ट्रिय सभा निर्वाचन आजको…
काठमाडौं : शेरबहादुर सन्की मान्छेको कथामा निर्माण भएको फिल्म शेरबहादुर माघमा रिलिज गर्ने निर्माण युनिटले तयारी गरेको छ। अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमलिएको छ। निडर, सन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो। शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन्। त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ। कलाकार…
क्वालालाम्पुर : सुपरमार्केटबाट दुई बोतल मदिरा चोरेको मुद्दामा मलेसियाको एक अदालतले नेपाली सुरक्षा गार्डलाई ३ महिना जेल सजाय सुनाएको छ। १ सय ३२ मलेसियन रिंगिट अर्थात् ३ हजार ३ सय ४२ रुपैयाँ मूल्यको मदिरा चोरेबापत उनलाई जेल सजाय सुनाइएको हो। मजिस्ट्रेट उम्जरुल अन नुर उमरले ४४ वर्षका विश्व सुवेदीलाई यस्तो फैसला सुनाएका हुन्। ज्याकोब्स क्रिक सिराज रोज वाइन उनले चोरेका…
काठमाडौं : आज शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘राज्जा रानी’ मा नायिका रेखा थापाको समेत अभिनय रहेको छ। यसअघि फिल्म युनिटले रेखा थापाको भुमिकालाई सस्पेन्स राखेपनि फिल्म सार्वजनिक भएसँगै रेखाको अभिनय रहेको खुलेको हो। फिल्ममा एउटा आइटम गीत रहेको छ र त्यसमा रेखा थापाले नृत्य गरेकी छिन्। यस्तै दोस्रो हाफमा गेस्ट रोलमा देखिएकी रेखाले फिल्ममा पिंकु थापको भूमिकामा अभिनय गरेकी…