काठमाडौः प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ। बैठक प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए। त्यस्तै नयाँ सरकार गठनको बारेमा पनि छलफल हुदैछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा पाँच दलका शीर्ष नेता उपस्थित भएपनि नेकपा एमाले…
काठमाडौं: नेपाली कांग्रेसले प्रदेशसभा सदस्य तर्फ समानुपातिक सूचीको नाम सच्याएर पठाएको छ। पुस १४ गते बुझाएको सूचीमा त्रुटी भेटिएपछि आयोगले सच्याउन तीन दिनको सीमा दिएको थियो। समानुपातिक सूचीमा अटेर पनि नाम हटेका नेताहरु प्रदेश नम्बर १ बाट ताप्लेजुङकी सीतादेवी पौडेल र सुनसरीका टेकचन्द्र विश्वास हुन्। पौडेलको ठाउँमा शान्ता पौडेल र विश्वासको ठाउँमा कल्पनाकुमारी सरदारलाई राखिएको छ। यता प्रदेश २ बाट…
पासाङ ठकुल्ला- काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने बिषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। संचारकर्मीसँगको कुराकानीमा नेता पौडेलले भने, 'निर्वाचन मिति तोक्ने र प्रदेश तथा प्रदेश प्रमुखको बिषमा छलफल भयो। अन्य राजनीतिक दलहरुको कुनै सुझाव आएन। अब हामी विवाद नहुने किसिमले…
काठमाडौँ : यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो। मौसमविद् शान्ति कँडेलले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ। चिसो अझै बढ्ने छ। बिहानैदेखि घाम लागे पनि…
श्याम रिमाल- काठमाडौं: नेपालका गौरव सिटौला अमेरिकामा गीतसङ्गीत क्षेत्रमा जमेका छन्। उनी आफैँ गीत लेख्छन् र अमेरिकाका ठूलाठूला स्टेजमा प्रस्तुत गर्छन्। तीस नकटेका यी हाँडीगाउँले केटा नेपालका अल्का स्कुल विशालनगर, वृहस्पति विद्या सदन नक्साल र वाग्मती बोर्डिङ स्कुल सुकेधारामा छँदै गीतसङ्गीतमा भाग लिन्थे। सानैमा नेपाली गीतसङ्गीतमा रुचि लिने सिटौलाले रक एण्ड रोलसँग आफ्नै दिदीहरु सञ्जिता र मञ्जिताबाट परिचित भए। ‘गन्स…
विगत ५ वर्षमा चीनले १२ लाख २८ हजार किलोमिटर ग्रामिण सडक निर्माण र मर्मत गर्यो । आर्थिक रुपमा सम्पन्नतातिर जाँदै गरेको चीनको ग्रामिण सडकले यहाँको आर्थिक असमानतालाई घटनाउने लक्ष्य राखेको छ। ग्रामिण सडकले ९९.२४ प्रतिशत शहर र ९८.३४ प्रतिशत गाउँलाई सिमेन्टेड वा कालोपत्रे सडकले जोडेको हो। हेर्नुस् सिन्ह्वाका फोटो :
काठमाडौं : प्रहरीले हतियार सहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ। कोटेश्वरको न्यु सुनकोसी गेष्ट हाउसबाट हतियार सहित एक जना पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलले बताए। पक्राउ पर्नेमा खोटाङ घर भएका सुभाष केसी रहेका छन्। उनको साथबाट प्रहरी एक थान रिवल्भर, एक थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो। घटनाको विषयमा थप…
पासाङ ठकुल्ला- काठमाडौं: प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रदेश प्रमुख र अस्थायी प्रदेश मुकाम तोक्ने विषयमा राजनीतिक सहमति गर्न बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाए। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली बाहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहित शीर्षदलका शीर्ष नेताहरुको उपस्थिति रह्यो। छलफल सकिएलगत्तै नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले छलफलमा भएका विषयबारे सञ्चारकर्मीलाई…
मानव वेचविखनको जालोमा परेका ७ नेपाली र ३ भारतीय युवतीको उद्दार गरिएको छ। नैरोवीमा रहेको भारतीय हाइ कमिसनले ३ भारतीय युवतीको उद्दार गरेको हो जो भारत हुँदै केन्या लगिँदै थिए। ७ नेपाली युवतीको पनि केन्या प्रहरी र भारतीय हाइ कमिसनको संयुक्त अपरेसनबाटै उद्दार गरिएको हो। भारतको पञ्जावमा आधार भएर मानव बेचविखनको र्याकेट चलेको खुलासा भएको छ। 'हामीले तीन भारतीय युवतीलाई…
काठमाडौं: प्रदेश १ को अस्थायी मुकाम धनकुटा तोक्न माग गर्दै धनकुटा प्रादेशिक राजधानी अभियान समितिले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अढाई घण्टा सम्म धर्ना बसेको संर्घष समितिका संयोजक तथा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए। ‘धनकुटा शान्ति सुरक्षा, उर्जा खपत र मौसमको दृष्टीकोणबाट अनुकुल छ, ’ संयोजक घिमिरेले भने, ‘प्रदेशको राजधानीको लागि आवश्य…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा कानुन व्यवसायीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३७ वर्षीय कानुन व्यवसायी जयप्रकाश दास र ४३ वर्षीय अशोककुमार मुखियालाई पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणबाट गत भदैमा खुलेको विभिन्न तहमा आवेदन भरेकासँग जागिर लगाइदिने भन्दै रकम लिएर फरार भएको प्रहरी अनुसन्धानमा देखिएको छ। सिनियर…
काठमाडौं : धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ। विजेताले २५ लाख रुपैयाँ सहित उपाधी पाउने प्रतियोगितामा ६ शहरका ६ वटा टिम सहभागी हुनेछन्। आयोजकले आज पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्यक टीममा दुई विदेशी खेलाडी हुनुपर्नेछ। त्यसैगरी ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य राख्नुपर्नेछ। प्रतियोगिताको उप विजेताले १०…
काठमाडौं: प्रदेश ७ को अस्थायी राजधानी दिपायललाई घोषण गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका डोटीका प्रतिनिधिको ज्ञापनपत्र समयाभाव भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बुझेनन्। प्रतिनिधिसभा सदस्य प्रेम आले मगरको नेतृत्वमा प्रदेशसभा सदस्य त्रिलोचन भट्ट, भरत बहादुर खड्का र पूर्ण जोशी ज्ञापनपत्र लिएर बिहिबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए। यसअघि उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले…
नयाँ दिल्ली : लन्डन-मुम्बई फ्लाइटका दौरान ककपिटभित्रै झगडा गरेवापत दुई सिनियर चालक दलका सदस्यलाई जेट एयरवेजले ग्राउन्डेड गरेको छ। को पाइलट रहेका कमान्डरले विमानमा रहेकी महिला कमान्डरलाई फ्लाइटका क्रममा चड्कन लगाएका थिए। महिला पाइलटले चड्कनपछि ककपिट छाडेकी थिइन्। उनलाई पछि अनुरोध गरेर मुस्किलले ककपिटमा फिर्ता लगिएको थियो। तर केही क्षणमै उनी बाहिरिइन। फ्लाइटमा रहेका क्याबिन क्रु घनाले आत्तिएका थिए किनभने…
काठमाडौं : आगामी फेब्रुअरीमा नामिवियामा हुने वर्ल्ड क्रिकेट लिग डिभिजन २ क्रिकेट प्रतियोगिताको लागि २१ सदस्यी प्रारम्भिक नेपाली टोली घोषणा भएको छ। नियमित रुपमा नेपाली टोलीबाट खेल्दै आएका सागर पुन र विनोद भण्डारीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा भएको हो। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लाम रहेको छनोट समितिले पहिलो चरणमा २१ खेलाडी…
मंगलबार ७ करोड ८३ लाख र बुधबार ५ करोड ८४ लाख बटुल्दै सलमान खान, कैटरिना कैफ स्टारर फिल्म टाइगर जिन्दा हे ३ सय करोडको क्लबमा छिर्ने तयारीमा छ। फिल्मले अहिलेसम्म २ सय ८६ करोड कलेक्सन गरिसकेको छ। महाराष्ट्रमा भएको आन्दोलनका कारण फिल्मको आम्दानीमा असर परेको भए पनि सहजै ३ सय करोड क्लबमा उक्लिने भएको हो। धेरै पैसा बटुल्ने बलिउडका अल…
काठमाडौं : धनगढी प्रिमियर लिग (डिपीएल-२) टी-२० क्रिकेट प्रतियोगितामा सहभागि टिमले २ विदेशी खेलाडी राख्नुपर्ने भएको छ। बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएले इसेवासँग टिकेटिङ पार्टनरको लागि सम्झौता गर्दा उक्त घोषणा गरेको हो। 'गत वर्ष नै विदेशी खेलाडी राख्ने योजना गरेका थियौँ। तर सहभागि टिमसँगको मुचुअल अन्डरस्ट्यान्डिङमा यो पटकबाट राख्ने सहमति भएको थियो। सोही अनुसार यस पटकबाट दुई विदेशी खेलाडी…
वासिङटन: अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाली नेता किम जोङ उनको मानासिक सन्तुलन ठिक नभएको प्रतिक्रिया दिएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सरा हुकाबीले बुधबार किम जोङ मानासिक रुपमा अस्थिर रहेको प्रतिक्रिया दिएकी हुन्। नयाँ वर्षको सुरुवातमै किम जोङले अमेरिकालाई धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत जवाफ फर्काएका थिए। यही ट्वीटबारे प्रश्न सोधिएपछि प्रेस सेक्रेटरी हुकाबीले भनिन्, ‘उत्तर…
काठमाडौंः प्रदेश ७ को अस्थायी राजधानी दिपायललाई तोक्न माग गर्दै स्थानीयले मन्त्रालयको ब्यानर टाँगेका छन्। धनगढीलाई प्रदेश राजधानी बनाउने प्रस्ताव अाएसँगै सरकारलाई दबाव दिन बिहिबार स्थानीयले ७ मन्त्रालयका नामसहितका ब्यानर सरकारी कार्यालया टाँगेका हुन्। दिपायलका सरकारी भवनमा मन्त्रालयको नामसहितको ब्यानर टाँगेको संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खडकाले जनाए। ‘आन्दोलन शान्तिपूर्ण रुपमा भैरहेको छ,’ खडकाले…
भक्तपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको दाबी गरेका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भएको बताए। उनले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी कांग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गरे। कांग्रेसले नयाँ सरकार गठनका…