काठमाडौं : राखेप च्याम्पियनसिप अन्तर्गत आइतबाबाट सुरु भएको ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बिश्वरुपा बुढा र गोपीचन्द्र पार्कीले दश हजार मिटर दौडमा स्वर्ण जितेका छन्। आइतवार भएको महिलातर्फको १० हजार मिटरमा आर्मीकी बुढाले ३७ मिनेट २९.५९ सेकेन्डमा दौड पुरा गदै स्वर्ण जितेकी हुन्। त्यस्तै एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी ३२ मिनेट २०.८ सेकेन्डमा पुरा गदै स्वर्ण हात पारे। महिला स्पर्धामा आर्मीकै…
काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश सभाको सपथ काठमाडौंमा हुनु संघीयताको मर्मविपरित भएको जनाएका छन्। दलहरु दलीय र भेगीय स्वार्थबाट माथि नउठेको उनले आक्षेपसमेत लगाएका छन्। आइतबार साँझ ट्विट गर्दै भट्टराईले संविधान जारी गर्न सहमति कायम गर्नसक्ने दलहरु प्रदेशको अस्थायी राजधानीका लागि सहमतिमा जुट्न नसक्नुलाई शोभनीय नभएको जनाएका छन्। सातै प्रदेशका निर्वाचित प्रदेशसभा सदस्यहरू सपथग्रहणकालागि काठमाण्डौ बोलाइनु संघीयताको मर्म…
काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय बास्केटबल प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ। च्याम्पियनसिपअन्तर्गत पुरुषको १५औं र महिलाको १४औं संस्करणको राष्ट्रिय प्रतियोगिता हुन लागेको बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मीले जनाएका छन्। पुरुषमा ५ विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टिम सहभागी हुनेछन्। महिलामा भने ४ विकास क्षेत्र र विभागीय टिम आर्मीले मात्र भाग लिने छ। महिलामा…
काठमाडौं : आपूर्ति व्यवस्थापन विभागले हवाई सेवा संचालक संघलार्इ स्वचालित संयन्त्रबाट हवाइ भाडा घटबढ हुनेबारे यात्रुलाई पूर्व जानकारी दिन निर्देशन दिएको छ। विभागले संघले बुझाएको प्रतिवेदन अध्ययनका बारेमा हवाइ इन्धन प्रति लिटर ४ रुपैयाँ बढ्दा समायोजन गर्न मिल्ने व्यवस्था रहेकाले यो निर्देशन दिएको प्रवक्ता लक्ष्मण श्रेष्ठले बताए। हवाइ इन्धन घटबढ भएको अवस्थामा हवाइ भाडा मूल्य पनि घटबढ भएको पाइएको श्रेष्ठले…
काठमाडौं : राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ व्यक्तिगत ७० मिटरमा पुरुषतर्फ मिन गौचन र महिलातर्फ आईषा तामाङले आईतबार उपाधी जितेका छन्। थासाङ स्पोर्टस् क्लबका गौचनले स्वयंभु आर्चरी क्लबका प्रेम प्रसाद पुनलाई फाईनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे। कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक पाए। महिलातर्फ सेनाकी आईषाले आफ्नै दिदी सेनकी…
काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही अगाडि बढाएपछि ग्यास उद्योगीले गुणस्तर चिन्ह(एनएस)लिन आवेदन दिन थालेका छन्। विभागका अनुसार आइतबार २१ वटा ग्यास उद्योगले एनएसका लागि आवेदन दिएका छन्। ‘अहिलेसम्म २१ वटा बोटलिङ प्लान्टले एनएसका लागि आवेदन दिइसकेका छन्। नेपाल ग्यास उद्योग संघको निर्णय अनुसार एनएस लिने प्रकृया अगाडि बढेको पत्र समेत आएको छ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने,…
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी र कर्तव्यच्यूत भएको बताएका छन्। आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाएका हुन। उनले भने, ‘सरकार आफ्नो कर्तव्यबाट पछि हटेको छ, हामीले वालुवाटारको सर्बदलीय बैठकमा नयाँ सरकार गठन गर्नका लागि संविधान अन्तरगत रहेर जेजे गर्न पर्छ गर्नुस भनेका थियौँ, तर…
काठमाडौं: फिल्म 'मधेस पुत्र २' सेन्सर पास भैसकेको छ। फिल्मले पिजी सर्टिफिकेट पाएको बारे बोर्ड सदस्य एवं फिल्मकर्मी बिमला केसीले प्रष्ट पारिन्। तर सर्टिफिकेट फिल्म युनिटले लगेको भने छैन। केसीका अनुसार सेन्सर बोर्डले मधेसी फिल्ममाथि भेदभाव गरेको र अनावश्यक संवाद हटाउन निर्देशन दिएको भन्दै निर्माता कम्पनी अनुराग फिल्मस सर्टिफिकेट लिन नआएको हो। पुस ६ गते नै ब्लर गराउनु पर्ने दृश्य,…
नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२:१७ बजे सो भूकम्प गएको थियो । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ। यद्यपि…
बेइजिङ : चीनमा सन् २०१७ भरिमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ। उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए। हालै…
भीष्मराज ओझा - काठमाडौँ : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन्। मन्त्री बस्नेतले सरकार सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पारे। उनले भने, “अहिलेसम्म यस विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने भोलि मन्त्रिपरिषद्को बैठक पनि नबस्ने सम्भावना छ, प्रधानमन्त्री शेरबहादुर…
काठमाडौं : बन्दी सहायता नियोग (पाम) का इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधान राखेप च्याम्पियनसिपअन्तर्गत १५औं राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिताको पहिलो दिन शनिबार इन्द्रले पुरुष ६६ केजीमुनि र मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए। प्रतियोगिताको अन्तिम दिन पुरुष ६० केजीमा पामका रोशनबहादुर दोङले कर्मा लामा, ७३ केजीमुनि नेपाल प्रहरीका सन्जित डंगोलले…
लाहोर : पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ। पाकिस्तानको गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियममा भएको भव्य उद्घाटन समारोहमा पाकिस्तानको संस्कृती परम्परा झल्कने किसिमको प्रस्तुती प्रदर्शन गरिएको थियो। विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ भएको थियो। दुवै देशमा भएको मार्चमास प्रत्यक्ष प्रशारण गरिएको थियो। पाकिस्तानमा भएको विश्वकप उद्घाटनको मार्चपासमा नेपालका कप्तान कृतन श्रेष्ठ दुवालले…
स्पानिस ला लिगा अन्तर्गत २०१८ को पहिलो खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा आइतबार भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ३-० ले हराएको हो। बार्सिलोनाको जितमा लियोनल मेसी र लुइस सुवारेजले पहिलो हाफमा गोल गरे भने पाउलिन्होले दोस्रो हाफमा एक गोल गरेका थिए। नोउक्याम्सपमा मेसीले १२औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने सुवारेजले ३८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर…
टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दम डिफेण्डिङ च्याम्पियन आर्सनल भने तेस्रो चरणबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा दोस्रो दर्जा (च्याम्पियनसिप) क्लब नटिङहम फरेस्टसँग ४-२ ले पराजित भएपछि तेस्रो चरणमै आर्सनलको यात्रा टुङ्गिएको हो। नटिङहमलाई चौथो चरणमा पूर्याउन एरिक लिचाजले २ गोल गरे। यस्तै बेन ब्रेरेटोन र किरन डोवेलले पेनाल्टीमा एक-एक गोल थपे। आर्सनलका लागि कप्तान पर मर्टजाका…
काठमाडौं : शेरबहादुर सन्की मान्छेको कथामा निर्माण भएको फिल्म शेरबहादुर माघमा रिलिज गर्ने निर्माण युनिटले तयारी गरेको छ। अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमलिएको छ। निडर, सन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो। शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन्। त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ। कलाकार…
नयाँ दिल्ली : सेन्सर बोर्ड र पद्मावतीका निर्माताबीच सहमति भए पनि त्यसलाई करनी सेनाले बहिस्कार गर्ने भएको छ। फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ। सञ्जय लीला भन्सालीको फिल्म निर्माण आरम्भदेखि नै सुरु भएको विवाद सेन्सर बोर्डले पास गर्दासम्म कायमै छ। फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी…
मनिला : फिलिपिन्समा डेङ्गुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंका सहित अनुसन्धान सुरु गरिएको छ। स्वास्थ्यमा सतर्कता अपनाउदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन्। ‘डेङभाछिया’को विक्री वितरण गर्न सरकारले गत महिनादेखि नै बन्द गराएको थियो । फ्रान्सेली उत्पादक कम्पनी ‘सानोफी’ ले भने उक्त खोप मानव प्रयोगका लागि सुरक्षित…
क्वालालाम्पुर : सुपरमार्केटबाट दुई बोतल मदिरा चोरेको मुद्दामा मलेसियाको एक अदालतले नेपाली सुरक्षा गार्डलाई ३ महिना जेल सजाय सुनाएको छ। १ सय ३२ मलेसियन रिंगिट अर्थात् ३ हजार ३ सय ४२ रुपैयाँ मूल्यको मदिरा चोरेबापत उनलाई जेल सजाय सुनाइएको हो। मजिस्ट्रेट उम्जरुल अन नुर उमरले ४४ वर्षका विश्व सुवेदीलाई यस्तो फैसला सुनाएका हुन्। ज्याकोब्स क्रिक सिराज रोज वाइन उनले चोरेका…
काठमाडौं : नेपाली भलिबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम प्रायोजन भएको छ। शुक्रबार नेपाल भलिबल संघ एनभिए र नेपाल स्याटलाइट टेलिकम प्रालीबीच आगामी दुई वर्षको लागि ४० लाख नगद सम्झौता भएको हो। नेपाल भलिबल संघका अभ्यक्ष मनोरञ्जन रमण शर्माले ४० लाखको सम्झौता भएको पुष्टि गरे। उक्त रकम एनभिएले आयोजना गर्ने एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको लागि मात्र…