PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

  • सिन्धुपाल्चोककै सांसदको प्रश्न : आयातमात्रै गर्ने हो भने किन खोल्ने तातोपानी नाका?

    सिन्धुपाल्चोककै सांसदको प्रश्न : आयातमात्रै गर्ने हो भने किन खोल्ने तातोपानी नाका?

    काठमाडौं: नेकपा एमालेका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले मुलुकमा आयातमात्र गर्ने हो भने देश कंगाल हुने बताएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिन काठमाडौंमा आयोजित कार्यक्रममा तामाङले 'जति बाहिरका सामान ल्याउँछौं, त्यति बाहिर पठाउन सक्नुपर्ने' बताए। नेता तामाङले भने, 'आज भारतबाट सामान ल्याउँछौ।…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल : विभागीय डर्बीमा आर्मीले पुलिसलाई हरायो

    महिला फुटबल : विभागीय डर्बीमा आर्मीले पुलिसलाई हरायो

    काठमाडौं : १६औँ महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगको खेल त्रिभुवन आर्मीले नेपाल पुलिसलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागी डर्बी भिडन्तमा आर्मीले पुलिसलाई ४-१ ले पराजित गर्‍यो। आर्मीको जितमा कप्तान कृष्णा खत्री र अन्जली वाइवाले २-२ गोल गरिन्। पुलिसका लागि घिमकुमारी घिसिङले एक गोल गरिन्।

    विस्तृतमा पढ्नुस्

  • अन्तत: खुल्यो एमबिबिएस नयाँ भर्नाको बाटो

    अन्तत: खुल्यो एमबिबिएस नयाँ भर्नाको बाटो

    काठमाडौं : चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)ले निर्धारण गरेको सिट सङ्ख्या बढाउन दुई महिनादेखि सिट सदर नगरि बसेको त्रिवि कार्यकारी परिषद्ले अन्तत: आइओएमले निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ। त्रिवि कार्यकारी परिषदको यो निर्णयपछि एबबिबिएस अध्यनको लागि नयाँ भर्नाको बाटो खुलेको छ। त्रिवि पदाधिकारीले चौतर्फी दबाबपछि आइओएमले सिफारिस गरेको सिट संख्यालाई नै सदर गरेको हुन्। आइओएमले एमबिबिएसमा महाराजगञ्ज मेडिकल कलेजको…

    विस्तृतमा पढ्नुस्

  • ३९ औँ राष्ट्रिय टेबल टेनिसलाई हुवावेको साथ

    ३९ औँ राष्ट्रिय टेबल टेनिसलाई हुवावेको साथ

    काठमाडौं : राखेप च्याम्पियनसिप अन्तर्गत यही पुस २६ देखि २९ गतेसम्म हुने ३९औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितालाई हुवावेले साथ दिने भएको छ। प्रतियोगिताको लागि राखेपले नगद १० लाख उपलब्ध गराएपनि अपुग रकमका लागि हुवावेसँग सम्झौता गरेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए। आइतबार संघले हुवावेका कन्ट्री डिरेक्टर जोएस झु सँग प्रतियोगिताको मुख्य प्रायोजक रहनेगरी सम्झौता गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'मधेस पुत्र २'को पिजी सर्टिफिकेट सेन्सर बोर्डमै

    फिल्म 'मधेस पुत्र २'को पिजी सर्टिफिकेट सेन्सर बोर्डमै

    काठमाडौं: फिल्म 'मधेस पुत्र २' सेन्सर पास भैसकेको छ। फिल्मले पिजी सर्टिफिकेट पाएको बारे बोर्ड सदस्य एवं फिल्मकर्मी बिमला केसीले प्रष्ट पारिन्। तर सर्टिफिकेट फिल्म युनिटले लगेको भने छैन। केसीका अनुसार सेन्सर बोर्डले मधेसी फिल्ममाथि भेदभाव गरेको र अनावश्यक संवाद हटाउन निर्देशन दिएको भन्दै निर्माता कम्पनी अनुराग फिल्‍मस सर्टिफिकेट लिन नआएको हो। पुस ६ गते नै ब्लर गराउनु पर्ने दृश्य,…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरलाई प्रदेशको राजधानी बनाउनु हुदैन- नारायणमान बिजुक्छे

    भक्तपुरलाई प्रदेशको राजधानी बनाउनु हुदैन- नारायणमान बिजुक्छे

    काठमाडौः नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३ नम्वर प्रदेश राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं स्थापना दिवस तथा स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै भक्तपुर भन्दा बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए।…

    विस्तृतमा पढ्नुस्

  • बर्खास्तीमा परेका आइओएमका डिन शर्मालाई पुनर्वाहली गराउन सर्वोच्चको आदेश, चार दिनमात्र काम गर्न पाउने

    बर्खास्तीमा परेका आइओएमका डिन शर्मालाई पुनर्वाहली गराउन सर्वोच्चको आदेश, चार दिनमात्र काम गर्न पाउने

    काठमाडौं: चार वर्षअघि बर्खास्तमा परेका चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)का डिन डा शशी शर्मालाई  सर्वोच्च अदालतले पुनर्वाहली गर्न आदेश दिएको छ।  प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पक्षमा फैसला सुनाएको हो।  पुनर्वाहली पाएका डा शर्माको कार्यकाल पुस २७ गते सकिनेछ। योसँगै शर्मा डिनका रुपमा चार दिन मात्र काम गर्न पाउनेछन्। सरकारले डा शर्मालाई आइओएमका डिनबाट ०७० माघ…

    विस्तृतमा पढ्नुस्

  • देउवाले प्रदेश मुकाम तोक्न दलीय सहमति चाहिन्छ भन्नु बेतुकको तर्क-रावल

    देउवाले प्रदेश मुकाम तोक्न दलीय सहमति चाहिन्छ भन्नु बेतुकको तर्क-रावल

    काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी र कर्तव्यच्यूत भएको बताएका छन्। आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाएका हुन।  उनले भने, ‘सरकार आफ्नो कर्तव्यबाट पछि हटेको छ, हामीले वालुवाटारको सर्बदलीय बैठकमा नयाँ सरकार गठन गर्नका लागि संविधान अन्तरगत रहेर जेजे गर्न पर्छ गर्नुस भनेका थियौँ, तर…

    विस्तृतमा पढ्नुस्

  • प्रियंका कार्की भन्छिन्,'नेपाली फिल्म इन्डस्ट्री चाँडो विकास हुँदैन'

    प्रियंका कार्की भन्छिन्,'नेपाली फिल्म इन्डस्ट्री चाँडो विकास हुँदैन'

    काठमाडौं: अभिनेत्री प्रियंका कार्कीले फिल्म 'बटरफ्लाई' प्रचार कार्यक्रममा आफ्नो पारिश्रमिक बारे बोलेकी छिन्। उनले आफूले एक फिल्म बराबर पाइरहेको पैसामा सन्तुष्ट भएको बताएकी हुन्। भन्छिन्,'धेरै वा थोरै भन्दिन तर जति पाउँछु त्यतिले सन्तुष्ट छु। किनकी हाम्रो इन्डस्ट्री धेरै ठूलो छैन।' यस्तोमा नेपाली फिल्म इन्डस्ट्री र बलिउड दाज्न नमिल्ने समेत जनाइन्। बलिउडका कलाकारको पारिश्रमिकसँग नेपाली कलाकारले पाउने पारिश्रमिक तुलना गर्न नमिल्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ५ अर्ब ६२ करोड खर्च, आयोग भन्छ बजेटको ५८ प्रतिशतमात्रै

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ५ अर्ब ६२ करोड खर्च, आयोग भन्छ बजेटको ५८ प्रतिशतमात्रै

    काठमाडौं : निर्वाचन आयोगले दुई चरणमा भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन खर्च विवरण सार्वजनिक गरेको छ।  आयोगले २०७४ पुस २१ गते सम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ रुपैया खर्च भएको जनाएको छ। यो कुल निर्वाचन बजेटको ५७.९६ प्रतिशतामात्र हो।  जसमा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लाहरूमा खर्च भएको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रोमियो एण्ड मुना'को पोस्टरमा सृष्टि र विनयको प्रेम

    फिल्म 'रोमियो एण्ड मुना'को पोस्टरमा सृष्टि र विनयको प्रेम

    काठमाडौं: प्रचार प्रसारमा तिब्र रहेको फिल्म 'रोमियो एण्ड मुना' युनिटले नयाँ पोस्टर रिलिज गरेको छ। फिल्मको दोस्रो पोस्टरमा दुई मुख्य पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिङ रहेको छ। जसमा उनीहरु बिचको निकटता झल्काउन डोरीको बिम्वात्मक प्रयोग गरिएको छ।  नरेशकुमार केसी निर्देशित फिल्म आउँदो फागुन ११ देखि प्रदर्शनमा आउँदैछ। प्रशसन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्मित फिल्मलाई दिपाङ्कर सिक्दर र…

    विस्तृतमा पढ्नुस्

  • बुटवल बन्द फिर्ता

    बुटवल बन्द फिर्ता

    बुटबल : फर्निचर व्यवसायी वसन्त पौडेललाई गोली हानी हत्या गरेको विरोधमा दुई दिनदेखि जारी रहेको बन्द आजबाट फिर्ता भएको छ। दुई दिनदेखि बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको थियो। नेकपा एमालेको युवा संघले बन्द आह्वान गरेको थियो। हत्यारालाई सार्वजनिक नगरेसम्म हड्ताल जारी रहने युवा संघले बताउँदै आएको थियो। आज भएको वार्तापछि बन्द फिर्ता भएको हो। सरकारले स्पेसल टास्कफोर्स गठन गरी…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको नवलपुरमा ल्होछार कार्यक्रम हुदैं

    सिन्धुपाल्चोकको नवलपुरमा ल्होछार कार्यक्रम हुदैं

    नवलपुर: २८५४ औं सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। नवलपुर युनाइटेड क्लबको आयोजनामा माघ २२ गते कन्सर्ट हुन लागेको हो। कन्सर्टमा जितु लोप्चन, शशिकला मोक्तान, निर्मला घिसिङ, प्रयास दोङ, विशाल कल्तान, आशमान लोप्चन र साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ। तामाङ समूदायको संस्कृति संरक्षण र सम्वर्द्धनका लागि ल्होछार कन्सर्ट आयोजना गर्न लागिएको क्लबका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा संवैधानिक निकायका प्रमुख

    निर्वाचन आयोगमा संवैधानिक निकायका प्रमुख

    काठमाडौं : निर्वाचन आयोगमा संवैधानिक निकायका प्रमुख पदाधिकारी र सचिवहरू बीच भेट भएको छ।  भेटमा संवैधानिक निकायहरूबीच अपासी सौहार्द्धता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रूपमा छलफल भएको हो।   अनौपचारिक कार्यक्रम प्रत्येक महिनाको एक पटक चक्रीय रूपमा सबै संवैधानिक निकायमा आलोपालो गरी बस्ने समझदारी यसपूर्व नै भएको निर्वाचन आयोगले जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • उपचार गराउन जानुअघि ओलीले डाके स्थायी कमिटी बैठक

    उपचार गराउन जानुअघि ओलीले डाके स्थायी कमिटी बैठक

    काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। बैठक दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ।  अध्यक्ष ओली पुस २६ गते स्वास्थ्य जाँचका लागि थाइल्यान्डको बैंकक जाँदैछन्। उपचारका लागि जानुअघि अध्यक्ष ओलीले अहिलेको विकसित राजनीतिबारे छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएका हुन्।   पार्टी एकताबारे एमालेका नेताहरुले आआफ्नो हिसाबले धारणा राखिरहेको अवस्थामा बैठक…

    विस्तृतमा पढ्नुस्

  • रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा

    रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा

    काठमाडौं: शनिबार रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा मनाइएको छ। काठमाडौंको तारा सदन स्कूलको विष्णुभक्त–तारादेवी गुठी संस्थाले सभाको आयोजना गरेको हो। कार्यक्रममा काठेमाडौं क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा 'विष्णुभक्त रङ्गकर्मी पुरस्कार'बाट राजेन्द्र कुमार गर्तौलालाई सम्मान गरियो। त्यस्तै 'तारादेवी युवा नारी प्रतिभा छात्रावृत्ति' कविता तामाङलाई प्रदान गरियो।  विष्णुभक्त–तारादेवी गुठी संस्थाका संरक्षक विमल फुयाँलले हरेक वर्ष रङ्गकर्मी…

    विस्तृतमा पढ्नुस्

  • सावित्राको डबल ह्याट्रिकमा एपीएफको शानदार जित

    सावित्राको डबल ह्याट्रिकमा एपीएफको शानदार जित

    काठमाडौं : सावित्रा भण्डारीले डबल ह्याट्रिक गरेपछि सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय फुटबलको सुपर लिगमा सुदूरपश्चिममाथि शानदार जित हात पारेको छ। आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९-० ले हरायो। एपीएफको जितमा सावित्राले ६ गोल गरिन्। उनले एकै खेलमा दोहोरो ह्याट्रिक वा सो भन्दा धेरै गोल गरेको यो तेस्रो पटक हो। समूह चरणमा सावित्राले मध्यपश्चिम विरुद्ध १२…

    विस्तृतमा पढ्नुस्

  • जेलमा लालुप्रसाद यादवलाई मालीको जिम्मेवारी, दिनको ९३ रुपैयाँ ज्याला

    जेलमा लालुप्रसाद यादवलाई मालीको जिम्मेवारी, दिनको ९३ रुपैयाँ ज्याला

    राँची: भारतको चर्चित 'चारा घोटाला'मा दोषी प्रमाणित भएपछि जेल सजाय विताइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले जेलमा मालीको काम पाएका छन्। भारतको राँची सेन्ट्रल जेलमा लालुले फूल गोडमेल र काँटछाँट गर्नेछन्। उनको दैनिक ज्याला ९३ भारु तोकेको छ।  यादवले सोमबारबाट काम सुरु गरेका छन्। चारा घोटालामा उनले शनिरबाबाट जेलयात्रा थालेका हुन्। यादव साढे तीन वर्ष जेल बस्नेछन् भने १० लाख…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : धरानलाई पेनाल्टीसुटआउटमा हराउँदै संकटा क्वाटरफाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप : धरानलाई पेनाल्टीसुटआउटमा हराउँदै संकटा क्वाटरफाइनलमा

    धनगढी : ए डिभिजन क्लब सिएमजी संकटा धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आज भएको खेलमा धरान फुटबल क्लबलाई पेनाल्टीसुटआउटमा ५–४ ले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान बनाएको हो। संकटाले अब क्वाटरफाइनलमा एपीएफसँग खेल्नेछ। यस खेलको विजेताले सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ सँग प्रतिस्पर्धा गर्नेछ। जारी प्रतियोगितामा पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बक्सिङ : दिदी गीता र बहिनी बिमला सेमिफाइनलमा भिड्ने

    राष्ट्रिय बक्सिङ : दिदी गीता र बहिनी बिमला सेमिफाइनलमा भिड्ने

    काठमाडौं : दिदी गीता थापामगर र बहिनी बिमला थापा मगर राखेप च्याम्पियनसिपअन्तर्गत भइरहेको २७औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन्। महिला ५१ केजी तौल समूहको क्वाटरफाइनलमा जित हात पार्दै दिदी बिहनीले सेमिफाइनल भेट पक्का गरे। आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन्। त्यस्तै मध्यपश्चिमाञ्चलकी बिमलाले कैलालीकी हरिना अयरलाई अंकका आधारमा हराउँदै सेमिफाईनलको यात्रा तय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell