स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा साविक विजेता रियल मड्रिड सेल्टाभिगोसँग २-२ गोलको बराबरीमा रोकिएको छ। गारेथ बेलले ३ मिनेटको अन्तरमा दुई गोल गर्दा पनि रियल बराबरीमा रोकिएको हो। सेल्टाका लागि ड्यानिएल वाज र म्याक्सिमिलियानो गोमेजेल गोल गरे। घरेलु मैदानमा वाजले ३३औँ मिनेटमा गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको ३ मिनेटपछि नै बेलले बराबरी गोल फर्काए।…
काठमाडौँ : काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। आइतबार राति ९ बजे बा२ख १७८१ नं को बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको…
पाँचौ तथा अन्तिम टेष्टमा इंगल्याण्डलाई १ इनिङ्स र १२३ रनले पराजित गर्दै घरेलु टोली अष्रट्रेलियाले एसेस सिरिज ४-० ले जितेको छ। सुरुका तीन टेष्टमै जित हात पार्दै सिरिज आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलियाले चौथो टेष्ट बराबरी खेलेको थियो। पहिलो इनिङ्समै ३०३ रनले पछि परेको इंङल्याण्डले इनिङ्स अन्तरको हार टार्न दोस्रो इनिङ्सका त्यति नै रन बनाउनुपर्ने थियो। तर इंगल्याण्डले दोस्रो इनिङ्समा १८०…
काठमाडौं: प्रहरीले बैंकको रकम दुरुपयोग गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ। केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत मेहेश्वर डंगोललाई पक्राउ गरेको हो। डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ।
काठमाडौं : स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले यसै अवसरमा मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्ने भएको छ। केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरुसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो। पुस २८ गते झापाको दमकबाट सुरु हुने यात्रा माघ १ गते नारायणघाट हुँदै माघ ४ गते…
काठमाडौं: नेकपा माआवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सभाको अस्थायी राजधानी तोक्ने काम वर्तमान सरकारको भएको बताएका छन्। सोमबार ट्विट् गर्दै उनले भनेका छन्, 'प्रदेशसभाको राजधानी प्रदेश सभा ले नै निर्णय नगर्दासम्म को लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ र त्यो जिम्मेवारी सरकारको हो।' प्रदेशसभाको राजधानी प्रदेश सभा ले नै निर्णय नगर्दासम्म को लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ…
काठमाडौं : ललितपुर महानगरपालिका १७ बालकुमारीस्थित सनराइज हाउजिङमा आइतवार राति चोरी भएको छ। हाउजिङको घर नम्बर १३ मा बस्ने डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरमा चोरी भएको हो। घरबाट चोरले भारतीय रुपैयाँ ५ लाख र नेपाली ५ लाख रुपैयाँ लगेको प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं : नेपालगञ्जमा परिवारसहित पुगेका पूर्व राजा ज्ञानेन्द्र भारत तीर्थाटनमा पुगेका छन्। नेपालगञ्ज हुँदै लखनउ पुगेका उनी आफ्ना शुभचिन्तक योगी आदित्यनाथलाई भेट्न उनकै कार्यालयमा पुगे। नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फिर्ता गर्नुपर्ने माग राख्दै कुनै समय निक्कै सक्रिय रहेका योगी आदित्यनाथ अहिले उत्तर प्रदेशको मुख्यमन्त्री छन्। लामो समयदेखि समाजवादी पार्टी र भारतीय कांग्रेसको दवदवा रहँदै आएको उत्तर प्रदेशमा भारी मत…
काठमाडौं: नेपाली फिल्म 'पञ्चायत'को अमेरिका प्रिमियर भएको छ। पुरानो सामाजिक व्यवस्था र संरचनालाई चित्रण गरेको फिल्म अमेरिकाको भर्जिनियामा देखाइएको हो। फिल्मले 'सान फ्रान्सिस्को फिल्म फेस्टिभलमा'मा विदेशी भाषातर्फ एक अवार्ड हात पारेको थियो। पञ्चायतकी अभिनेत्री निता ढुंगानाले 'उत्कृष्ट मुख्य अभिनेत्री'को अवार्ड पाएकी हुन्। ‘पञ्चायत’को प्रिमियर र अन्य विशेष सोका लागि अभिनेता सरोज खनाल अहिले अमेरिकामा छन्। फिल्ममा शिवम अधिकारीको लेखन तथा…
काठमाडौं : योगी आदित्यनाथले ट्विट गरेपछि मात्र सार्वजनिक भयो – आराम गर्न नेपालगञ्ज गएका पूर्व राजा ज्ञानेन्द्र शाह लखनउ शहर पुगेका रहेछन्। कुनै समय भारतका सम्पन्न वादशाहहरुको देश लखनउमा ज्ञानेन्द्रको यात्रा राजाको हैसियतमा थिएन। र, आदित्यनाथले प्रयोग गरेको भाषाले प्रस्ट भनेको छ – पूर्व राजा ज्ञानेन्द्र मलाई भेट्न मेरै कार्यालयमा आए – "आज लखनऊ स्थित सरकारी आवास पर नेपाल के…
काठमाडौः प्रहरीले ब्लु स्टार ओभरसिजका सञ्चालकलाई ठगीको आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले राम घिमिरे र संजय उप्रेतीलाई पक्राउ गरेको हो। उनीहरुले विभिन्न मानिसहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ६५ हजार रुपैयाँ उठाएर फरार भएपछि पीडित युवाहरुले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको हो। उजुरी दिएपछि मेनपावर कम्पनीमा पुगी चेक गर्दा विभिन्न व्यक्तिहरुको नाममा रहेको राहदानी ३७१ थान,…
सन् २०१७ मा सार्वजनिक फिल्म र फिल्मकर्मीहरुलाई 'गोल्डेन ग्लोब्स अवार्ड' बाढिएको छ। ७५ औं अवार्ड संस्करण सोमबार वितरण गरिएको हो। हलिउडको बेभर्ली हिल्समा अवार्ड समारोह सम्पन्न भयो। यो वर्षका लागि 'थ्री बिलबोर्डस आउटसाइड एबिङ, मिजौरी' उत्कृष्ट फिल्म ठहरियो। फिल्मले उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पटकथा साथै उत्कृष्ट सह अभिनेता विधामा समेत अवार्ड हात पार्यो। हेर्नुस विजेता सूची : उत्कृष्ट मोसन पिक्चर ड्रामा…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवाद नहुने गरी प्रदेश सभा अस्थायी मुकाम टुंगो लगाउन सुझाव दिएकी छन्। सोमवार बिहान राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले प्रदेश मुकामको विषयलाई लिएर विभिन्न जिल्लामा भएको आन्दोलनबारे चासो व्यक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीलाई जानकारी दिए। 'भेटमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भयो। राष्ट्रपतिले प्रदेशमुकामको विषयमा विभिन्न जिल्लामा भएको आन्दोलनबारे…
स्पानिस क्लब बार्सिलोनाले फिलिप काउटिन्होलाई क्लबको खेलाडीका रुपमा मिडियामाझ प्रस्तुत गरेको छ। ला लिगा अन्तर्गत लेभान्टे विरुद्धको खेल पछि ब्राजिलियन स्टारलाई क्लबले प्रस्तुत गरेको हो। सम्झौता गरिसकेपछि मात्र काउटिन्होलाई अफिसियल रुपमा भने बार्सिलोनाले प्रिजेन्टेसन गर्ने जनाएको छ। बार्सिलोनाले काउटिन्होलाई साढे पाँच वर्षको लागि १४२ मिलिनय पाउण्डमा क्लब भित्र्याएको हो। बार्सिलोन र काउटिन्होबीच सम्झौता भने सोमबार हुँदैछ। नोउक्याम्पमा प्रस्तुत भएपछि काउटिन्होले…
काठमाडौँ : प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै सरोकारवालाहरूले धर्ना दिइका छन्। भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकै आज बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिएका हुन्। धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन…
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ। माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बसेको हो। पार्टी एकताबारे आइतबार साँझ दुई पार्टी अध्यक्ष बीच छलफल भएको थियो। छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउनका लागि…
वर्षको बहुप्रतीक्षित मध्येको फिल्म पद्माrवती उर्फ पद्माावत को रिलिज फिक्स भएको छ। लामो समय सेन्सर विवाद र जातीय मुद्दाले रिलिजको मिति तय हुन नसकेको फिल्मले अन्तत: २५ जनवरीलाई आफ्नो भाग्य परीक्षण गर्ने दिनका रुपमा पाएको छ। त्यसै दिन अक्षय कुमारको प्याड म्यान पनि रिलिज हुँदैछ। ६ महिनाअघि रिलिज तय गरेको प्याड म्यान र भर्खरै तय भएको पद्माडवतबीचको भिडन्तले बक्स अफिसलाई…
काठमाडौं: फिल्म 'मिस्टर झोले'ले कभर भिडियो प्रतियोगिताको विजेता घोषणा भएको छ। उत्कृष्ट तीन भिडियोलाई सोमबार नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा पोखराको डान्स ग्रुप क्रिष्टल क्लजले प्रथम स्थान हात पार्यो। त्यस्तै किसन एण्ड डान्स क्रु र डाइनामिक क्रु क्रमश: दोस्रो र तेस्रो भए। प्रथम हुने क्रिष्टल क्लजले एक लाख ५५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुनेले एक…
काठमाडौं: सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सोमबार दिउसो फिल्म 'फिर्के' हेर्न दरबारमार्गस्थित क्युज सिनेमा पुगे। उनले फिल्मको विषय उठानको खुलेर प्रशंसा गरे। साथै नेपाली फिल्म व्यवसायिक बनेको बारे आफू खुशी भएको जनाए। भने,'नेपाली फिल्म उद्योगको विकास भनेको सञ्चार मन्त्रालय अन्तर्गतको एउटा क्षेत्रको विकास हो। यसलाई अझै माथि पुर्याउन फिल्मकर्मी र सरकारी निकाय मिलेर अगाडी बढ्नु पर्छ।' आफूले धेरै फिल्म हेर्न चाहेर…
काठमाडौं : ओमेगा इन्टरनेसनल कलेजको आयोजनामा प्रथम ओमेगा अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता माघ २७ गतेदेखि हुने भएको छ। प्रतियोगतामा १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अंकितप्रताप सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। त्यसमा भारतको मथुराबाट अमरनाथ कलेजको सहभागिता रहने छ। नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन्। पुल्चोक इन्जिनिएरिङ कलेजको…