PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

  • डा गोविन्द केसी पक्राउबारे कुन नेताले के भने?

    डा गोविन्द केसी पक्राउबारे कुन नेताले के भने?

    काठमाडौं: सोमबार साँझ अदालतको मानहानी गरेको भन्दै अनशन बसेका डा गोविन्द केसी पक्राउमा परे। उनी पक्राउमा पर्नसाथ राजनीतिक दलका नेताहरुले उनको पक्षमा प्रतिक्रिय जनाउन थालेका छन्। कसले के भने त?    मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दु:खीछु।डा.केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षाक्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो…

    विस्तृतमा पढ्नुस्

  • हलिउड अभिनेत्री ओप्रा विन्फ्रे चुनाव लड्ने तयारीमा

    हलिउड अभिनेत्री ओप्रा विन्फ्रे चुनाव लड्ने तयारीमा

    हलिउड अभिनेत्री तथा सञ्चारकर्मी ओप्रा विन्फ्रे राजनीतिमा सक्रिय हुने भएकी छिन्। उनले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति चुनाव लड्ने योजना बनाएको उनी निकट स्रोतले अमेरिकी सञ्चार माध्यममा जनाएका हुन्। तर यस विषयमा आधिकारिक खबर सार्वजनिक भएको छैन। विन्फ्रेको समर्थनमा सामाजिक सञ्जालमा #Oprah2020 ट्रेन्डिङ सुरु भएको छ। ७५ ‍औं गोल्डेन ग्लोब्स् अवार्डमा सशक्त भाषण दिएपछि विन्फ्रेको चर्चा चुलियो र उनको…

    विस्तृतमा पढ्नुस्

  • एपिएफ र आर्मी भिड्दै : महिला फुटबल लाइभ

    एपिएफ र आर्मी भिड्दै : महिला फुटबल लाइभ

    काठमाडौं: १६ ‍औं महिला राष्ट्रिय फुटबल अन्तर्गत आज सशस्त्र प्रहरी बल (एपिएफ) र आर्मी भिड्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु भएको छ।  समूह चरणमा एपिएफले आर्मीलाई १-० ले हराएको थियो।   Enable Autoplay

    विस्तृतमा पढ्नुस्

  • ओली निवास बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक सुरु

    ओली निवास बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक सुरु

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सुरु भएको छ।  पार्टी एकताको उद्घोषसहित चुनावी तालमेल गरेका यी दुई दलबीच निर्वाचनपछि पार्टी एकताको विषयमा छलफल गर्न औपचारिक बसेको हो।  नेकपा एमाले माओवादी केन्द्रले राष्ट्रिय सभागृहमा सरप्राइज शैलीमा आसोज १७ गते वाम गठबन्धन सहित पार्टी एकता गर्ने उद्घोष गरेका थिए।  यसको…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण खाँणले भने: गोविन्द केसीका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्छ

    बालकृष्ण खाँणले भने: गोविन्द केसीका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्छ

    काठमाडौं: नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले डा गोविन्द केसीको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने ,‘उहाँप्रति हाम्रो सम्मान, आदर, मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पूर्नविचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’  डाक्टर केसीले जनजीवनसम्बन्धी खासगरी स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरुको उठान गरेको उनको भनाई थियो । खाँणले भने,‘उहाँका…

    विस्तृतमा पढ्नुस्

  • बयान सकियो, भोलि बहस : गोविन्द केसीको आज पनि थानामै बास

    बयान सकियो, भोलि बहस : गोविन्द केसीको आज पनि थानामै बास

    काठमाडौं : सर्वोच्च अदालतको मानहानी मुद्दामा आज उपस्थित गराइएका डाक्टर गोविन्द केसीले वयान दिँदै प्रधान न्यायाधीशसामु नै ११ प्रश्न पेश गरेका छन्। उनको वयान सकिएको छ। भोलि बिहान १० बजे सर्वोच्चमा केसीविरुद्धको मुद्दामा बहस हुनेछ। अनशनमै रहेका केसीलाई एम्बुलेन्समा राखेर हिरासतमै फिर्ता लगिने छ।  अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'बोबी'को प्रिमियर नर्वेमा

    फिल्म 'बोबी'को प्रिमियर नर्वेमा

    काठमाडौं: फिल्म ‘बोबी’को प्रिमियर नर्वेमा हुने भएको छ। रियल जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा आधारित फिल्मको आउँदो मे १० मा प्रिमियर हुने भएको हो। मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले देखाउने छ। फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (पूर्व मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल…

    विस्तृतमा पढ्नुस्

  • नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

    नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

    काठमाडौं : पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोलीले पहिलो खेलमै परिकलो हार ब्यहोरेको छ। पाकिस्तानमा भइरहेको प्रतियोगितामा नेपाल मंगलबारआयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो। ४० ओभरको एकदिवसीय खेलमा नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। घरेलु टोली पाकिस्तानलाई लगातार दोस्रो जित दिलाउन ओपनर बदानर मुनिरले शतक प्रहार…

    विस्तृतमा पढ्नुस्

  • आर्मीमाथि एपीएफको पुनरागमन जित

    आर्मीमाथि एपीएफको पुनरागमन जित

    काठमाडौं : १६औँ महिला राष्ट्रिय लिग फुटलबको सुपर लिग खेलमा सशस्त्र प्रहरी बलको एपीएफले त्रिभुवन आर्मीमाथि पुनरागमन जित हात पारेको छ। अनिता केसी र अनिता बस्नेतले दोस्रो हाफमा गोल गरेपछि सुपर लिगअन्तर्गत दोस्रो खेलमा एपीएफले एक गोलले पछि परेको स्थिती उल्टाउँदै आर्मीलाई २-१ ले पराजित गरेको हो। समूह चरणमा पनि एपीएफले आर्मीलाई हराएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कप्तान कृष्णा खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • ककपिटमा झगडा गर्ने दुई पाइलटको खोसियो जागिर

    ककपिटमा झगडा गर्ने दुई पाइलटको खोसियो जागिर

    नयाँ दिल्ली : जेट एयरवेजले आफ्ना दुई वरिष्ठ पाइलटलाई बर्खास्त गरेको छ। विमानको ककपिटभित्रै झगडा गरेका कारण उनीहरुलाई पदबाट निकालिएको हो। गत जनवरी १ मा लन्डनबाट मुम्बईका लागि उडेको फ्लाइटमा ककपिट भित्र दुई पाइलटले झगडा गरेका थिए। झगडापछि भारतको नागरिक उड्ययन निगमले उनीहरुलाई 'सस्पेन्ड' गरेको थियो। 'फ्लाइट नाइन डब्लु ११९ लन्डनबाट मुम्बई उडान भर्दा भएको घटनाको विस्तृत अध्ययन गरेपछि जेट…

    विस्तृतमा पढ्नुस्

  • चीनले भारतलाई भन्यो: दोकलाम हाम्रो हो, हाम्रो सेनाको गस्ती जारी रहन्छ

    चीनले भारतलाई भन्यो: दोकलाम हाम्रो हो, हाम्रो सेनाको गस्ती जारी रहन्छ

    बेइजिङ: चिनिया सेनाले विवादित क्षेत्र दोकलाम आफ्नो भएको दाबी गर्दै त्यहाँ गस्ती बढाउने जनाएको छ। चिनिया बिदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, 'दोकलाम हाम्रो जमिन हो। त्यहाँ हाम्रो सेना रहनेछ। सेनाले गस्ती पनि बढाउनेछ।' उनले थपेका छन्, 'दोकलाम चीनकै अधिकार क्षेत्र हो। यसमा कुनै विवाद पनि छैन।' केही दिन अघिमात्र भारतीय सेना प्रमुख विपिन रावतले चीनले आफ्नो सेना फिर्ता बोलाएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाका लागि दल दर्ता गर्दै राजपा, फोरमले भोलि गर्ने

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचन परियोजनका लागि बुधबार दल दर्ता गराउने निर्णय गरेको छ। फोरमका नेता रत्नेश्वर लाल कायस्थका अनुसार मंगलवार बसेको पदाधिकारी बैठकले दल दर्ता गराउने निर्णय गरेको हो। बुधवार दल दर्ता हुने कायस्थले बताए।  राष्ट्रिय सभा सदस्यहरुका लागि निर्देशिका आइनसकेकाले सदस्यहरुको विषयमा छलफल हुन नसकेको उनले बताए।  यता राष्ट्रिय जनता पार्टी नेपाल…

    विस्तृतमा पढ्नुस्

  • अनशनरत डाक्टर केसीको आज वीर अस्पतालमा बास, स्वास्थ्यमा समस्या

    अनशनरत डाक्टर केसीको आज वीर अस्पतालमा बास, स्वास्थ्यमा समस्या

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। अनशनमा रहेका डाक्टर केसीलाई हिजो प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्रेको थियो। आज दिनभरि सर्वोच्च अदालतमा वयानका लागि उनलाई राखिएको थियो। वयानपछि उनलाई हिरासतमा नलगी उपचारका लागि अस्पताल लगिएको हो। महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी अपील बोहराका अनुसार आज उनलाई वीर अस्पतालमा नै राखिने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा, भन्छन् - पार्टीबारेको कन्फ्युजन हटाउँछु

    नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा, भन्छन् - पार्टीबारेको कन्फ्युजन हटाउँछु

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको नयाँ प्रवक्तामा नियुक्त गरेका छन्। प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले ट्विट गर्दै नयाँ प्रवक्ताका रुपमा शर्मालाई नियुक्ति गरिएको जानकारी दिए।   Nepali Congress President Sher Bahadur Deuba has appointed Bishwa Prakash Sharma as the party's new spokesperson. — Govinda Pariyar (@gpariyar) January 9, 2018 नियुक्त भएलगत्तै पहिलोपोस्टसँग शर्माले…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा भोलि पनि प्रदर्शन

    डा केसीको समर्थनमा भोलि पनि प्रदर्शन

    काठमाडौं: माइतीघर मण्डलामा डा केसीको समर्थनमा भोलि पनि प्रदर्शन हुने भएको छ। अदालतको अवहेलनाको गरेको भन्दै डा केसीलाई अनशन स्थलबाट हिजै पक्राउ गरिएको थियो।  डा केसीको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाई गरेको थियो। मुद्दाको फैसला भोलि १० बजे हुनेछ। स्वास्थ्य स्थिति बिग्रएपछि डा केसीलाई विर अस्पताल लगिएको छ। विर अस्पतालबाटै उनलाई भोली सर्वोच्च अदालत लगिनेछ।  सोलीडारिटी फर डाक्टर केसी अलाईन्स…

    विस्तृतमा पढ्नुस्

  • चीनले प्रक्षेपण गर्‍यो सुपरभ्यू भू-उपग्रह : चीनलाई आकाशबाटै निगरानी राख्ने

    चीनले प्रक्षेपण गर्‍यो सुपरभ्यू भू-उपग्रह : चीनलाई आकाशबाटै निगरानी राख्ने

    ताइवान : चीनले आधार मिटर हाइ रिजोलुसन रिमोट सेन्सिङ स्याटलाइट प्रक्षेपण गरेको छ। मंगलबार ताइवान स्याटलाइट लन्च सेन्टरबाट स्थानीय समयअनुसार बिहान ११:२४ प्रक्षेपण गरिएको हो। सुपरभ्यु १ ०३/०४  नाम दिइएको उक्त स्याटलाइट २ डी रकेट भएको सेन्टरले जनाएको छ। चीनका संवेदनशील क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उक्त रकेट प्रक्षेपण गरिएको हो। उक्त स्याटलाइटले आधा मिटर हाइ रिजोलुसन क्षमताको फोटो उपलब्ध गराउनुका साथै, प्राकृतिक…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत प्रबुद्ध समूहलाई प्रधानमन्त्री देउवाले भने: देश र जनताको हितमा हुने काममा साथ रहनेछ

    नेपाल–भारत प्रबुद्ध समूहलाई प्रधानमन्त्री देउवाले भने: देश र जनताको हितमा हुने काममा साथ रहनेछ

    नारायण न्यौपाने- काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिएका छन्।  नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा देउवाले भने, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ।”  नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको छैटौँ बैठक आगामी बिहीबार भारतको नयाँदिल्लीमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बास्केटबल : मध्यमाञ्चल सेमिफाइनलमा

    राष्ट्रिय बास्केटबल : मध्यमाञ्चल सेमिफाइनलमा

    काठमाडौं : मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। मध्यमाञ्चल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। मध्यमाञ्चलले लिगको आफ्नो अन्तिम खेलमा पश्चिमाञ्चललाई ६९–२० ले पराजित गर्‍यो। मध्यमाञ्चलकी माया स्याङतानले १२ अंक जोडिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा तीनै विभागी टोली एपीएफ, नेपाल आर्मी र नेपाल प्रहरीसहित…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : रुपन्देही-११ क्वाटरफाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप : रुपन्देही-११ क्वाटरफाइनलमा

    काठमाडौं : रुपन्देही ११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा मंगलबार भुटानको ड्रुक स्टार क्लबलाई ३–२ ले पराजित गर्दै रुपन्देही-११ अन्तिम आठमा पुगेको हो। धनगढी रंगशालमा रुपन्देहीलाई जित दिलाउन अमर डंगोलले २ तथा मनिष थापाले १ गोल गरे। रुपन्देहीका लागि अमरले २२औँ र ३८औँ मिनेटमा गोल गरे भने मनिष थापाले ६९औँ मिनेटमा तेस्रो गोल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बक्सिङ : बहिनीले खेल छाडेपछि दिदी फाइनलमा

    राष्ट्रिय बक्सिङ : बहिनीले खेल छाडेपछि दिदी फाइनलमा

    काठमाडौं : खेलमा हार जित हुन्छ। खेलाडी पनि जित्न चाहन्छन्। विपक्षीलाई पराजित गर्दै अगाडी बढ्न चाहन्छन्। तर कहिलेकाँही परिस्थिती फरक बन्छ। कहिले स्वास्थ्यले साथ नदिदा खेल छाड्नुपर्छ। कहिले अर्काको लागि पनि खेल छाडिन्छ। यस्तै भयो झापाको बितामोड बजारमा जारी राखेप च्याम्पियनसिअन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको चौथो दिन। महिलातर्फ ५१ केजी तौल समूहमा सहोदर दिदी–बहिनी क्वाटरफाइनलका खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell