PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

  • 'मिस्टर झोले' को हङकङ प्रिमियर जनवरी १४ मा

    'मिस्टर झोले' को हङकङ प्रिमियर जनवरी १४ मा

    काठमाडौं : पुस २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’ आउँदो आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ। मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ उपस्थित हुनेछन्। ‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन्। ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

    राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

    काठमाडौं: निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ। बुधबार आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो। माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको छ। उम्मेदवारी दर्ता माघ ७ गते हुनेछ भने माघ १५ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। माघ २४ मा मतदान हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा सकियो डा केसीको बहस, फैसला अाजै अाउने सम्भावना

    सर्वोच्चमा सकियो डा केसीको बहस, फैसला अाजै अाउने सम्भावना

    काठमाडौं:  डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा इजलासमा बहस सकिएको छ। इजलासमा शुरुमा सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरेका थिए।  त्यसपछि केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र,…

    विस्तृतमा पढ्नुस्

  • भोलि सार्वजनिक बिदा

    भोलि सार्वजनिक बिदा

    काठमाडौं: सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले एकता दिवसमा बिदा हुने जनाएको हो।  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले बिदा दिएको सरकारले जनाएको छ। विसं २०६३ देखि अघिल्लो सालसम्म यो बिदा कटौती गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुँदैन : दिनेश त्रिपाठी

    न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुँदैन : दिनेश त्रिपाठी

    काठमाडौं : सर्वोच्च अदालतमा डा गोविन्द केसीको पक्षमा बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशविरुद्ध बोल्दैमा मानहानी नहुने बताएका छन्। डा केसीको बहस सकिएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको न्यायाधीशविरुद्धमा बोल्दैमा मानहानी नहुने बताएका हुन्। उनले भने, 'अदालतका न्यायाधीश विरुद्धमा बोल्दैमा मानहानी हुँदैन। यो संविधानमै उल्लेख छ।' कुनै मुद्दा चलिरहँदा, न्याय सम्पादनबारे बोलेमात्र मानहानी हुने उनको दाबी छ।  डा केसीको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : अन्जन विष्टको दुई गोल मद्दतमा एपीएफ सेमिफाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप : अन्जन विष्टको दुई गोल मद्दतमा एपीएफ सेमिफाइनलमा

    काठमाडौं : अन्जल विष्टको दुई गोल मद्दतमा सिएमजी संकटा क्लबलाई गर्दै पराजित सशस्त्र प्रहरी बलको एपीएफ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको दोस्रो क्वाटरफाइनलमा एपीएफले संकटालाई २-० ले पराजित गरेको हो। एपीएफले अब पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ सँग खेल्नेछ। सुदूरपश्चिम पहिलो खेलमा च्यासललाई हराउंदै सेमिफाइनल पुगेको हो। धनगढी रंगशालमा भएको खेलमा संकटालाई जिताउन विष्टले २३औँ र ८५औँ…

    विस्तृतमा पढ्नुस्

  • राजर्षी विश्वविद्यालयको पहिलो उपकुलपतिमा डा. झा नियुक्त

    राजर्षी विश्वविद्यालयको पहिलो उपकुलपतिमा डा. झा नियुक्त

    काठमाडौं : हालै स्थापना भएको राजर्षी विश्वविद्यालयको पहिलो उपकूलपतिमा डा. भरत झा नियुक्त भएका छन्।  प्रधान मन्त्री शेरबहादुर देउवाले झालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।  डा. झालाई शुक्रबार औपचारिक नियुक्ति प्रदान गर्न प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ। महोत्तरी स्थायी घर भएका झाले बेलायत र जापानबाट अध्ययन गरेका छन्। तीन वर्षअघि आइओएमको प्रोफेसर पदबाट रिटायर्ड भएका झा दुई पटक सहायक डीनसमेत भइसकेका…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिन एवं कीर्तिमानधारी स्नेहाभन्दा सुस्मिता नेपाल अगाडि

    ओलम्पिन एवं कीर्तिमानधारी स्नेहाभन्दा सुस्मिता नेपाल अगाडि

    काठमाडौं : मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन बुधबार महिला १० मिटर एयर राइफलमा ३ सय ८३ अंकको अग्रता बनाएकी छिन्। राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरिरहेकी सुस्मिताले ४ सय पूर्णाङकमा ३ सय ८३ अंक जोड्दै पहिलोको दिनको खेल सकिँदा शीर्ष स्थान हात पारेकी हुन्। ओलम्पियन एवं यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ४ विकेटले पराजित

    नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ४ विकेटले पराजित

    काठमाडौं : पाकिस्तानमा भइरहेको पाँचौ नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो पटक एकदिवसीय विश्वकपमा सहभागिता जनाएको नेपाल बुधबार भएको दोस्रो खेलमा बंगलादेशसँग ४ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कार्यतालिकाअनुसार यसरी हुनेछ राष्ट्र सभाको निर्वाचन

    कार्यतालिकाअनुसार यसरी हुनेछ राष्ट्र सभाको निर्वाचन

    काठमाडौं : माघ २४ गते मतदान हुने गरी निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले माघ २४ गते बुधबारको दिन बिहान १० बजे देखि ३ बजे सम्म मतदान गर्ने गरी कार्यतालिका तयार पारेको हो।  माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने ९ गते अन्तिम नामावली प्रकाश गरी १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते…

    विस्तृतमा पढ्नुस्

  • तारेखमा छुटे डा गोविन्द केसी, प्रधानन्यायाधीशसँग मागियो सर्टिफिकेट र नागरिकता

    तारेखमा छुटे डा गोविन्द केसी, प्रधानन्यायाधीशसँग मागियो सर्टिफिकेट र नागरिकता

    काठमाडौं: डा गोविन्द केसी तारेखमा छुटेका छन्। अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा उनलाई तारेखमा छाडेको हो। आज न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।

    विस्तृतमा पढ्नुस्

  • इस्ट पोल क्वाटरफाइनलमा

    इस्ट पोल क्वाटरफाइनलमा

    इस्ट पोल प्रथम केब्स कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। कुमारी इङलिस बोर्डिङ स्कुल (केब्स) को आयोजना भएको प्रतियोगितामा इस्ट पोलले लोयलटी एकेडेमीलाई १–० गोलले पराजित गर्‍यो। त्यस्तै जेम्सले अरुणिमालाई १–०, आईडियल ‘बी’ ले वज्रलाई ३–० तथा केयू सिटीले आयोजक केब्स ‘बी’ लाई ३–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। चावहिलको गणेशथानमा आइतबारसम्म चल्ने नक आउट…

    विस्तृतमा पढ्नुस्

  • टंक र शुक्र संयुक्त रुपमा शीर्ष स्थानमा

    टंक र शुक्र संयुक्त रुपमा शीर्ष स्थानमा

    काठमाडौं : नेपाल गल्फ संघद्धारा आयोजित एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा पहिलो दिन तीन ओभर ७१ अंक सहित टंकबहादुर कार्की र शुक्रबहादुर राई संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। बुधवारदेखि रोयल नेपाल गल्फ कल्वमा शुरु भएको च्याम्पियनसिपमा टंक र शुक्रले पहिलो १८ होलाको समाप्तीमा सुरेश तामाङलाई ३ स्ट्रोकले पछि परेका छन्। ६ ओभर ७४ अंक सहित शुरेस तमाङ तेस्रो र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बास्केटबल : आर्मी र मध्यमाञ्चल समूह विजेता बन्दै सेमिफाइनलमा

    राष्ट्रिय बास्केटबल : आर्मी र मध्यमाञ्चल समूह विजेता बन्दै सेमिफाइनलमा

    काठमाडौं : आर्मी र मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा आर्मीले नेपाल प्रहरीलाई ९५–७० ले पराजित गर्दै समूह विजेता बन्यो। आर्मीको जितमा रविन खत्रीले २९ अंक जोडे। प्रहरी पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो। समूह ‘बी’ को लिग…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय टेबल टेनिस : पुलिसलाई दोहोरो उपाधि

    राष्ट्रिय टेबल टेनिस : पुलिसलाई दोहोरो उपाधि

    काठमाडौं : ३९औं हुआवे राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो दिन सम्पन्न टिम इभेन्टमा नेपाल पुलिस क्लबले पुरुष र महिलातर्फको उपाधि जितेको छ। राखेप च्याम्पियनसिपअन्तर्गत भएको प्रतियोगितामा पुलिसले पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हरायो भने महिलातर्फ एपीएफसँगको प्रतिस्पर्धात्मक खेलमा ३-२ ले विजयी भयो। पुरुषतर्फ पुलिसका लागि नम्बर १ स्यान्टु श्रेष्ठले चन्दन शाहीलाई ११-४, ११-५,११-५ को सोझो सेटमा पराजित गरे।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन

    राष्ट्रिय बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन

    काठमाडौं : नेपाल आर्मी र एपीएफ राखेप च्याम्पियनसिपअन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन्। आर्मी पुरुषतर्फ तथा एपीएफ महिलातर्फ च्याम्पियन बनेका हुन्। बुधबार भएको पुरुषतर्फको फाईनल स्पर्धाबाट आर्मीले ८ स्वर्ण, १ रजत र १ कास्य हात पादै च्याम्पियन बन्यो। महिलातर्फको फाईनल स्पर्धामा एपीएफले ३ स्वर्ण ४ रजत १ कास्य जित्दै च्याम्पियन बन्यो। पुरुषतर्फ झापा जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा फैलिएको भाइरल नियन्त्रणमा आउन सकेन, १२ जनाको मृत्यु

    जाजरकोटमा फैलिएको भाइरल नियन्त्रणमा आउन सकेन, १२ जनाको मृत्यु

    हेमन्त केसी जाजरकोट: झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो। बिरामी गाउँमा छ्यापछ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन। एकै घरमा चारभन्दा बढी बिरामी हुनुका साथै जिल्लाबाट पाएको औषधिले काम…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र निर्धारण

    म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र निर्धारण

    बेनीः म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकिएका छन्। मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो। यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा नं ६ भने पनि घार भन्ने उल्लेख थियो। जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीविरुद्धको अपहेलना मुद्दामा आज सुनुवाइ हुँदै

    डा. केसीविरुद्धको अपहेलना मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौँ: डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।  सर्वोच्चको मंगलबारको आदेश अनुसार केसीलाई बिहान १० बजे अदालत उपस्थित गराइनेछ। पक्ष र विपक्ष दुबैको बहसपछि अदालतले मुद्दाको फैसला गर्नेछ।  डा. केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय…

    विस्तृतमा पढ्नुस्

  • मानव बेचबिखन आरोपमा होटल सञ्चालक पक्राउ

    मानव बेचबिखन आरोपमा होटल सञ्चालक पक्राउ

    भद्रपुरः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ। सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख रुपैयाँ पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell