काठमाडौः सल्यानको दार्मा गाउँपालिका ६ स्थित पैयाँकाठेको जंगलमा एक महिला मृत्त फला परेकी छन्। सल्यानको दार्मा गाउँपालिकाको वडा नम्बर ४ की तीलि बुढाथोकी बुधबार साँझ ५ बजे पैयाँकाठेको जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। बिहान घरबाट आफन्तको घरमा हिंडेकी बुढाथोकी बेलुका सम्म आफन्तको नपुगेपछि र घर पनि नफर्के पछि उनको खोजी सुरु गरिएको थियो। महिलाको मृत्युका…
काठमाडौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “हाम्रा पुर्खाले लडेर…
झापा: प्राध्यापक डाक्टर गोविन्द केसी पक्राउको बिरोधमा झापा दमकमा दवाव र्याली तथा प्रदर्शन भएको थियो। युथ नेटवर्कको संयोजनमा विभिन्न संस्था तथा सामाजिक सञ्जालमा क्रियाशिल समुहहरु केसीको समर्थनमा उत्रिएका हुन्। सहभागीले कार्यक्रमको प्रहिलो चरणमा हत्कडी लगाएका, मुखमा कालोपट्टी र टाउकोमा सेतो कफन सहित नारा लेखिएका पम्प्लेट बोकेर दमक नगर परिक्रमा गरे। त्यस्तै कार्यक्रमको दोश्रो चरणमा दमकको गणतन्त्र चोकमा सहभागीले मौन प्रदर्शन…
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले प्रत्येक प्रदेशमा एकएक जना गरी ७ जना निर्वाचन अधिकृतमा नियुक्त गरेको हो। आयोगले आजदेखि लागु हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ अनुरुप निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ। प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो। आयोगले न्याय परिषद्…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्। उक्त अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता…
काठमाडौं : नेपाली कांग्रेसका पौडेल पक्षका जिल्ला सभापतिहरुले मेलम्चीमा भेला सम्पन्न गरेका छन्। बिहीवार बिहान सम्पन्न भेलामा पौडेल पक्षका जिल्ला सभापतिहरुले आफ्ना मागहरुका लागि दबाव दिने निर्णय गरेको भेलामा सहभागी सिन्धुपाल्चोक जिल्ला कांग्रेसका सभापति विकास लामाले जानकारी दिए। भेलामा काठमाडौं, भक्तपुर, ललितपुर, पाँचथर, मुगु, ताप्लेजुङ, रुपन्देही, बर्दिया, मनाङलगायत जिल्लाका सभापतिहरु सहभागी थिए। उक्त भेलाले सिंचाइमन्त्री एवं बार्दियाका प्रतिनिधि सभा सदस्य…
काठमाडौं: गायक शिव परियारको गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक भएको छ। एक महिना अघि अडियो रिलिज भएको गीतको भिडियो युट्युबमार्फत रिलिज भएको हो। अडियोमा मात्र एक हालसम्म ९ लाख २२ हजार भन्दा बढी हिट्स भैसकेको छ। गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश गरेका छन्। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको फिचरिङ रहेको छ। निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा…
काठमाडौं: प्रेमकथा बोल्ने भनिएको फिल्म 'बटरफ्लाई'ले पिजी सर्टिफिकेट पायो। सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। पुस २८ गते शुक्रबारबाट सार्वजनिक हुने फिल्म द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको हो। ‘बटरफ्लाई’मा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन…
काठमाडौंः लेखिका अनुपम रोशीको चौथौ कृति कथासंग्रह मध्यान्तर विमोचन भएको छ। साहित्य सर्जकहरु माया ठकुरी, युग पाठक, डा। रजनी ढकाल, केशब सिग्देल र रोशीले संयुक्त रुपमा कृति विमोचन गरेका हुन्। पुस्तकमाथि टिप्पणी गर्दै कथाकार ठकुरीले अनुपमको कथा लेख्ने शैली र भाषा निकै गजब रहेको धारणा राखिन्। समीक्षक पाठकले अनुपम रोशीका कथाहरु परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको बताए। यसअघि लेखक अनुपम…
जनवरी १० बुधबार, बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिन। उनको जन्मदिनको उपलक्ष्यमा ऋतिकका बुवा राकेश रोशनले फ्यानका लागि विशेष गिफ्ट सार्वजनिक गरे। उनले 'क्रिस ४'को रिलिज टार्गेट रिलिज गरेका हुन्। राकेश रोशनले ट्विटमार्फत फिल्मको चौथो संस्करण २०२० को क्रिसमसमा प्रदर्शनमा आउने जनाएका छन्। लेखेका छन्,'सायद आज यो खबर सार्वजनिक गर्नका लागि उचित दिन हो। तपाईंहरु सम्पूर्णको लागि यो उपहार। र ऋतिकलाई…
काठमाडौं : विना विभागीय मन्त्रीका हैसियतमा रहेका १६ जना माओवादीका मन्त्रीहरुले आज राजिनामा दिने भएका छन्। शेरबहादुर देउवाको क्याविनेट सदस्य रहेका १६ जनाले जिम्मेबारीविहीन बनाइँदा पनि सत्ता छाडेका थिएनन्। विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले आजै राजिनामा दिन लागेको जानकारी दिए।
काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिसलाई ३-१ ले पराजित गरेको एपीएफ प्रतियोगिताभर अपराजित बन्दै च्याम्पियन बनेको हो। सुपर लिगमा सबै ३ खेल जित्दै एपीएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो। एपीएफको जितमा २ गोल गरेकी सावित्रा भण्डारीले एकै लिगमा सर्वाधिक २९ गोल गर्ने…
पासाङ ठकुल्ला - काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ। माओवादी केन्द्रले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको उप प्रधानमन्त्रीसमेत रहेका कृष्णबहादुर महराले जानकारी दिए। महराका अनुसार पार्टी अध्यक्ष पुष्पकुमार दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुलाई फिर्ता बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चिठी लेख्न लागेका छन्। सत्तामा नेपाली कांग्रेससँग र चुनावमा नेकपा एमालेसँग…
काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवशको अवसरमा आज चियापान कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष थापाले नेपाली जनताको सहयोगमा पृथ्वीनारायण शाहले सानासाना राज्यमा विभाजित मुलुकलाई एकीकरण गरेको र नेपाल र नेपाली जनतालाई नेपाली नाम र पहिचान दिएको सम्मानमा राष्ट्रिय एकता दिवश मनाएको बताए। विगतमा पनि राष्ट्रिय एकता दिवश मनाउने प्रयास भएको उल्लेख गर्दै उनले भने, ‘नेपाली…
काठमाडौं : मध्यमाञ्चलका महिला तथा पुरुष दुवै टोली राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। पुरुषतर्फ मध्यमाञ्चलले नेपाल आर्मी तथा महिलातर्फ मध्यपश्चिमाञ्चलसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीवार भएको सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ९३-७७ ले पराजित गर्यो। आर्मीको जितमा सदीश प्रधानले २३ अंक योगदान गरे। मध्यमाञ्चलले पनि विभागीय…
काठमाडौँ : एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा मध्यमाञ्चलले टीम इभेन्ट्समा स्वर्ण पदक जितेको छ। टंक बहादुर कार्की, सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले १० ओभर २८२ अंकका साथ निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउँदै स्वर्ण पदक जितेको हो। २९४ अंक सहित युवराज भुजेल, शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबे रजत तथा बिनोद तामाङ, भरत बास्ताकोटी…
काठमाडौं : लक्ष्मीनरायण श्रेष्ठ भलिबल मेमेरियल ट्रष्टले भलिबलका ओपन स्पाईकरद्धय सरस्वती चौधरी र मानवहादुर श्रेष्ठलाई बिहीवार सम्मान गरेको छ। पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर ट्रष्टले राष्ट्रिय खेलाडी सरस्वती र मानवहादुरलाई नगद १० हजारसहित सम्मान गरेको छ। उनीहरुलाई ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन, स्व. लक्ष्मीनारयण श्रेष्ठकी धर्मपत्नी जमुना श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, जावलाखेल भलिबल…
रुपन्देही : पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अवरुद्ध हुन पुगेको भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ। गत वर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीको बीचमा बेलाबेलामा भएका अवरोधका कारण निर्माण कार्यमा गति लिन नसकेको आयोजनाले नेपाली ठेकेदारलाई बिदा गरेपछि चिनियाँ कम्पनी आफैले पर्याप्त जनशक्ति लिएर कामलाई तीव्रता दिएको हो। गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १…
पोखरा : नेपाली सेनाका ओलम्पियन कमल बहादुर अधिकारीले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत भएको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन्। ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले। यसमा उनकै नाममा १२२ केजीको किर्तिमान कायम छ। यस्तै क्लिन एण्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन्। नेपाली…
काठमाडौं : नेपाल प्रहरीका एलिना महर्जन र नविता श्रेष्ठ (नन्द-भाउजु)को जोडी राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला डबल्समा बिहीवार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। उनीहरुले दाङका पवित्रा खनाल र पूजा नेपालीको जोडीलाई ११–३, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धामा नेपाल आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जन, प्रहरीका सोनु थापा मगर र मन्जु सुवाल, सुनसरीका गीता…