लिग लडर बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लियोनल मेसीको दुई गोल मद्दतमा गएराती सेल्टा भिगोलाई ५-० ले पराजित गर्को बार्सिलोना समग्रमा ६-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो। पहिलो लेग १-१ गोलको बराबरीमा सकिएपछि बार्सिलोनाले दोस्रो देगमा मेसी, सुवारेजसहित कप्तान इनेस्टा लगायतलाई खेलाएको हो। घरेलु मैदानमा भएको खेलमा मेसीले १३औँ र १५औँ मिनेटमा गोल गर्दै…
काठमाडौं : यो साता दुई नेपाली फिल्म पर्दामा आएका छन्। फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आजबाट प्रदर्शन भएको हो। रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ दुबैले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्। कमेडी जनराको मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा निर्देशक…
हेटौँडा: मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ। मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो। मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन्। करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ। सरकारी बजेटमा निर्माण भएको यो क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि…
काठमाडौं : बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’ फिल्मको पहिलो गीत रिलिज भएको छ। प्रदर्शनका लागि रेडी रहेको फिल्मको गीत उड्यो मन बिहीवार रिलिज गरिएको हो। मुख्य कलाकारको रुपमा रहेकी बेनिशा हमाल फिचरिङ ‘उड्यो मन...’ गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको स्वाद मिश्रण छ। नरेश भट्टराईका शब्द तथा हरि लम्सालको संगीत रहेको गीतलाई बानिका प्रधानले गाएकी छिन्। ‘धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद…
काठमाडौं: काठमाडौंको पुतलीसडकमा एक टेम्पो चालक महिलाको मृत्यु भएको छ। झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर मृत्यु भएको हो। शुक्रबार बिहान काठमाडौंको न्यूप्लाजास्थित पार्किङमा राखेको टेम्पो निकालेर सडकमा ल्याउँदै गरेका बेला झ्यालबाट टाउको बाहिर निकालेर ब्याक गर्ने क्रममा काठमाडौं सामाखुसी बस्ने ४३ वर्षीया तुलसा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। सडक किनारमा रहेको पोलमा टाउको ठोक्किएर गम्भीर…
काठमाडौँः सोमबारदेखि तीन दिन तनावपूर्ण समय बिताएका प्रधानन्यायाधीश गोपाल पराजुली नियमित काममा सक्रिय भएका छन्। प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी अनशनमै छन्। पराजुली भने थपिएको नयाँ जिल्ला रुकुम पश्चिममा जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्न पुगेका छन्। शुक्रबार बिहान प्रधानन्यायाधीश पराजुली रुकुम पुगेका हुन्। पराजुलीसँगै कानुनमन्त्री यज्ञबहादुर थापा, सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, कायम मुकायम रजिस्ट्रार महेन्द्रनाथ…
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उत्तर कोरियाली शासक किम जोङ उनको प्रशंसा गरेका छन्। अमेरिकाका राष्ट्रपतिसँग पछिल्लोपटक वाक युद्धमा रहेका किमलाई पुटिनले समझदार र परिपक्व राजनेता भएको बताएका छन्। उत्तरले मिसाइल परीक्षण गरेको विरोधमा राष्ट्रसंघमा मत दिए पनि पुटिन हाल उनको पक्षमा बोलेका हुन्। केही समयअघि किमले आफुसँग शक्तिशाली मिसाइलको बटन टेबलमै रहेको बताएका थिए। उनको भनाईप्रति सहमति जनाउँदै पुटिनले किमसँग…
काठमाडौं: आज बसेको मन्त्रिपरिषदमा प्रदेश प्रमुख र प्रदशको अस्थायी मुकाम तोक्ने मुख्य एजेन्डा थिए। तर बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न सकेन। बैठक सकिएलगत्तै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बैठकमा यी विषयमा सहमति हुन नसकेको जानकारी दिए। बैठकले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्नेलगायतका निर्णय गरेको बस्नेतले जानकारी दिए।
काठमाडौं: सरकारले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। छिन्ताङमा २०३६ कातिक २७ गते पञ्चायतविरूद्ध सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाई गोली प्रहार गरी हत्या गरेका थिए। छिन्ताङ हत्याकान्डका बेला स्व. सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। यस काण्डका मुख्य दोषी थापा भनेर आरोप लगाएका छन्।…
काठमाडौं: अत्यधिक चिसोका कारण सिरहा, सप्तरी र धनुषालगायतका जिल्लामा २२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यसरी मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेका छन्। शीतलहर शुरु भएदेखि शुक्रबार बिहानसम्म सप्तरीमा १० जना र रौतहटमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले बताए। तराईमा चलेको शीतलहरमा सरकारले प्रभावकारी रुपमा काम गरिररहेक दुवाडीको दाबी छ। उनले भने, 'सरकारले…
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष एक पत्र बुझाउँदै सरकार छाडेको जनाएको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित पत्र बुझाउदै काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु गरेको आरोप लगाउँदै आजैबाट मन्त्रीहरुलाई फिर्ता बोलाएको जनाएको छ। पत्रमा भनिएको छ, 'ढिलासुस्ती, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा यस सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकोले आजैबाट…
काठमाडौं: फिल्म ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज भयो। सत्य घटनामा आधारित कथालाई फिल्ममा देखाइएको हो। ट्रेलरले फिल्मको थिम भन्छ। बेराजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ। गुण्डागर्दी, अपराध र त्यसपछि सिर्जना हुने अवस्थाहरु ट्रेलरमा समेटिएको छ। युवा निर्देशक विनायक लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ,…
फिल्म 'पद्मावती' 'पद्मावत' बनेर रिलिज त हुने भयो तर फिल्मको टाइटल परिवर्तन र सेन्सरले लगाएको कैंची बारे सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुने क्रम जारी छ। जनवरी २५ मा फिल्म रिलिज हुने निश्चित भएको छ। प्रदर्शन तय हुनुले पनि निर्देशक सञ्जयलिला भंशालीलाई राहत भने दिएको छैन। टाइटल परिवर्तनसँगै बलिउड सेन्सर बोर्डले ३०० दृश्य काटेको बारेमा भने ट्रोलहरु बन्ने क्रम जारी…
काठमाडौः सरकारले सर्वोच्च अदालतको रजिस्टारमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गरेको छ। न्याय सेवाको विशिष्ठ श्रेणीको पद रजिस्टार पाँच महिनादेखि निमित्तको जिम्मेवारीमा चलेको थियो। कामयमुकायमको भूमिकामा पनि उपाध्याय नै थिए। शुक्रबारको मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार उपाध्यायलाई रजिस्टारमा बढुवा गरेको हो। तात्कालीन रजिस्टार नृपध्वज निरौलालाई बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा सरुवा गरेपछि उपाध्यायले सर्वोच्चमा कामयमुकायम रजिस्टारका रुपमा कार्यसम्पादन गर्दै आएका थिए।
पासाङ ठकुल्ला- काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले आजदेखि काम थालेको छ। पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार सिंहदरवारमा कार्यदलको पहिलो बैठक बसेको हो। नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुभाष नेम्वाङले कार्यदलले आजदेखि आफ्नो काम थालेको प्रतिक्रिया दिए। एमाले माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको पुस २५ गते बसेको बैठकले पार्टी…
काठमाडौं : नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौल समूहमा स्नाच १९ वर्षअघिको कीर्तीमान तोड्दै स्वर्ण जितेका छन्। उनले स्नाचमा १२१ केजी भार बहन गर्दै मदन शिबभक्तिको नाममा रहेको १२० केजीको कीर्तिमान तोडेका हुन्। यस अघि मदन शिबभक्तिले आठौं साफ गेम्समा १२० केजीको किर्तिमान बनाएको थिए। दिनेशले क्लिन…
आफू नेपाल आउने बारे सलमान खानले नै जानकारी दिएका छन्। उनले बलिउड हंगामासँगको वार्तामा नेपाल जाने र कट्रिना पनि उक्त टुरमा सहभागी हुनसक्ने बारे हिन्ट दिएको भिडियो सार्वजनिक भएको हो। फागुन २६ गते उनको 'दबङ्ग टुर' अन्तर्गतको कार्यक्रम नेपालमा हुँदैछ। ओडीसी इन्टरटेन्मेन्टले उक्त टुरको नेपाल संस्करण आयोजना गरेको हो। सलमानले कट्रिना पनि टुरमा सहभागी हुनसक्ने जनाएका छन्। नेपालपछि अमेरिका र…
काठमाडौं : सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गरेपछि पनि अनशन जारी राख्नु स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय भएको नेपाल बार एसोसिएसनले जनाएको छ। तर, एसोसिएसनले प्रधान न्यायाधीशको आचरण र उनीमाथि उठेको प्रश्नबारे भने मौनता साँधेको छ। एसोसियसनले शुक्रवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'डाक्टर केसीलाई आमरण अनशन जारी राखेकाले आमरण अनशन नबस्न नेपाल बार एसोसिएसन अनुरोध गर्दै सबै…
काठमाडौं : पटक पटक सूची सच्याउन निर्वाचन आयोगले दवाव दिएपछि मुस्किलले सुल्टेको राजपाभित्रको विवाद फेरि सतहमा आउने भएको छ। शुक्रबार राजपाका नेताहरु र आयोगका पदाधिकारी बीच विवादित विषयलाई सुल्ट्याउन छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेनन्। अन्तिममा आयोगले राजपालाई सूची सच्याएर पठाउन पुनः आग्रह गरेको छ। क्लस्टर नमिलेको भन्दै आयोगले सूची मानेको छैन। तर, राजपाका नेताहरुले समूह मिलेको भन्दै सच्याउन…
काठमाडौः नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा डा महतले भने, ‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाव वा हस्तक्षेप गर्नुहुँदैन।’ अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो। महतले भने,…