चिनियाँ जनमुक्ति सेना विश्वकै शक्तिशालीमध्येको एक सैन्य दस्ता हो। चिनिया समाचार संस्था सिन्ह्वाले चीनको राष्ट्रिय सेनाको अभ्यासलाई सार्वजनिक गरेको जसले उसको शक्ति कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ। हेर्नुस् चिनियाँ सेनाको शक्ति प्रदर्शनका फोटो :
टेक शाही- डोल्पा: डोल्पामा ठेकेदारको लापरवाहीका कारण खाद्य संस्थानले दिने २३ हजार क्विन्टल खाद्यान्न ढुवानी हुन सकेको छैन। आर्थिक वर्ष ०७४/०७५ मा मात्रै डोल्पाका लागि २३ हजार ९ सय क्विनटल चामल स्वीकृत भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारी दिएको छ। सुर्खेतका ओम जय दुर्गे जनरल अर्डर एण्ड सप्लार्यस र ईन्द्रदीप कन्सट्रक्सनले डोल्पाको लागि खाद्यान्न ढुवानीको ठेक्का लिएको नेपाल…
काठमाडौं : मध्यपश्चिमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को लिगमा मध्यपश्चिमाञ्चलले नेपाल आर्मीलाई ४५–३२ ले पराजित गर्दै समूह विजेता बन्यो। मध्यपश्चिमाञ्चलको जितमा शान्ति श्रेष्ठले २७ अंक योगदान गरिन्। यो समूहमा २ टिम मात्र रहेकाले हारका बावजुद आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्न…
काठमाडौँ : सर्वोच्च अदालतले चिकित्सा शास्त्री अध्ययन संस्थानको डीनमा शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै त्यसको विरुद्ध अनशनमा उत्रिएका बरिष्ठ डाक्टर गोविन्द केसीलाई अदालतमा पेश गर्न अदालतले आदेश दिएको छ। अदालतको अबहेलना गरेको भन्दै डाक्टर केसीविरुद्ध उनीविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको हो। सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिउको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको…
काठमाडौं : ए डिभिजन क्लब थ्री स्टारले १४ महिनापछि फुटबलमा शानदार पुनरागमन गरेको छ। १४ महिनापछि फुटबल खेलमा फर्केको थ्री स्टारले सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो खेलमै झापा-११ लाई ३-१ ले पराजित गर्यो। गत वर्ष सेप्टेम्वरमा भारतमा बोर्डोलोइ ट्रपी खेलेयता थ्री स्टारको यो पहिलो प्रतियोगिता हो। जितपछि थ्री स्टार धनगढीमा जारी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा भएको खेलको चारै…
स्पानिस जायन्ट बार्सिलोनाले फिलिप काउटिन्होसँग ५ वर्षको लागि सोमवार सम्झौता गरेको छ। शनिवारै बार्सिलोना पुगेका काउटिन्होले सोमबार मात्र बार्सिलोनासँग सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि काउटिनहोलाई नोउक्याम्पसमा अफिसियल प्रिजेन्टेसन गरिएको थियो। त्यसअघि उनले आइतबार बार्सिलोना र लेभान्टेविरुद्धको खेल हेरेका थिए भने उनलाई मिडियामाझ प्रस्तुत समेत गरिएको थियो। काउटिन्होलाई बार्सिलोनाले १४२ मिलियन पाउण्डमा लिभरपुलबाट क्लब भित्र्याएको हो। 🖊 Done deal! @Phil_Coutinho…
काठमाडौं : अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा प्रहरीले पक्राउ गरेको छ। न्यायालयको फैसलामाथि असन्तुष्टि जनाउँदै आजैबाट अनशन थालेका उनलाई प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरको सिंहदरबार वृत्तमा राखिएको छ। केसीले आफूलाई जहाँ पुर्याइन्छ त्यही अनशन गर्ने जनाइसकेका छन्। 'उहाँलाई सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ गरिएको,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज…
भर्नोन फिलान्डरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो टेष्टमा भारतलाई ७२ रनले पराजित गरेको छ। उक्त जितपछि दक्षिण अफ्रिकाले ३ टेष्टको सिरिजमा १-० को अग्रता बनाएको छ। केप टाउनमा भारतलाई जितका लागि दोस्रो इनिङ्समा २०८ रन आवश्यक थियो। तर फिलान्डरले करियरकै उत्कृष्ट बलिङ गरेपछि भारत ४२.२ ओभरमा १३४ रनमा अलआउट भयो। भारतका लागि दोस्रो इनिङ्समा…
काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत १५औं राष्ट्रिय जुडो प्रतियोगितामा नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधानले शनिबार स्वर्ण जितेकी छन्।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५७ केजीमुनि फाइनलमा मनीताले नेपाल प्रहरीकी पूर्ण राईलाई पराजित गरिन्। महिलाको ४८ केजीमुनि आर्मीकी सुमित्रा राई, ७० केजीमुनि प्रहरीकी सुनीता मगर र ७८ केजीमाथि आर्मीकी आकृति जोशीले स्वर्ण जिते। सुमित्राले आर्मीकै सुस्मिता लवत, सुनीताले आर्मीकी गंगा चौधरी र…
अन्तत: लिभरपुलका फिलिप काउटिन्हो स्पानिस क्लब बार्सिलोना जाने भएका छन्। बार्सिलोनाले २५ वर्षीय मिडफिल्डरलाई १४२ मिलियन पाउण्डमा क्लब भित्राउन लागेको हो। जुन विश्वको दोस्रो महँगो ट्रान्सफर हुनेछ। बार्सिलोनाले सुरुमा लिभरपुललाई १०५ मिलियन पाउण्ड तिर्ने र बाँकी रकम पछि तिर्ने बीबीसीले जनाएको छ। काउटिन्होले बार्सिलोनासँग बाँकी सिजनसहित साढे पाँच वर्षको लागि सम्झौता गर्ने क्लबले जनाएको छ। नोउक्याम्प पुगेपछि काउटिन्होको बाइआउट क्लब ४ सय…
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी एएफए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दा चेल्सीले भने 'रिप्ले म्याच' खेल्नुपर्ने भएको छ। गएराती भएको खेलमा सर्जियो अगुएरोले दुई गोल गरेपछि एक गोलले पछि परेको स्थिती उल्टाउँदै सिटीले बर्नलीलाई ४-१ ले हरायो। खेलको २५औँ मिनेटमै एस्ले बार्नसले गोल गर्दै बर्नलीलाई पहिले अग्रता दिलाएका थिए। घरेलु मैदानमा पहिलो हाफमा १ गोलले पछि परेपछि…
स्पानिस खेलाडी डिएगो कोस्टाको एथ्लेटिको मड्रिडमा पुनरागमन मिश्रित रह्यो। गएराती भएको ला लिगाको खेलमा कोस्टाले एक गोल गरे तर उनले पुरा समय खेल्न पाएनन्। कारण गोल गर्ने बित्तिकै उनी मैदान बाहिरिए। उनलाई कुनै खेलाडीले रिप्लेलेस गरेका कारण उनी मैदान बाहिरिएका होइनन्। बरु गोल गरेर सेलेब्रेसन गरेका कारण उनलाई रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाइदिए र दोहोरो पहेँलो कार्ड खाएपछि कोस्टा मैदान…
काठमाडौं : 'समानताका लागी बुलन्द आवाज' भन्ने नाराका साथ आउँदो त्रैत २०७४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेकाले 'प्रथम महिला पत्रकार आरोहण २०१८' टोलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बालुवाटारस्थित प्रधान मन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीका सदस्यहरुलाई शुभकामना दिए। साथै अभियानका लागी आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्रीपरिषद्बाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग…
काठमाडौं : काठमाडौं महानगरपालिका-२६ म्हेपीमा रहेको फोहोरको थुप्रोमा गोली तथा खोका फेला परेको छ। महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको टोलीले ८ राउण्ड गोली र ६ थान खोका फेला पारेको हो। खाली जग्गामा थुपारिएको फोहोरमा गोली फेला गरेको बृतका प्रमुख डिएसपी दिपक पोखरेलले जानकारी दिए।
काठमाडौं : इलाका प्रहरी कार्यालय दमकको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले आत्महत्या गरेका छन्। श्रीमती हत्याको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा हरेका झाँपा गौरीगञ्ज गाउँपालिका ३ का ५१ वर्षीय हरिनारायण यादवले शनिवार प्रहरी कार्यालयको शौचालयमा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यादव झुण्डीएको अवस्थामा आईतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ। यादब गत पुस ५…
काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट काठमाडौँ फर्केका छन। मौसम खरावीका कारण जहाजले उडान भर्न नसकेपछि गाडी चढेर दाहाल काठमाडौँ फर्केका हुन्। प्रधानमन्त्री शेरबाहदुर देउवाले बिहिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकाएर अध्यक्ष दाहाल भरतपुर महानगरपालिकाको नगरपरिषद्मा भाग लिन चितवन गएका थिए। शुक्रबार नगरपरिषद्को कार्यक्रम सकिएपछि अध्यक्ष दाहाल शनिबार काठमाडौ फर्किने कार्यक्रम थियो। तर आइतबार विहानसम्म हुस्सुको…
काठमाडौं : १६औँ महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत सुपर लिगको खेल आजबाट सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच खेल भइरहेको छ।
राधेश्याम अधिकारी - प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट नेपाली कांग्रेस समानुपातिक परिणामकै कारण देशको दोस्रो दल बनेको छ। यसअघि कांग्रेस पहिलो दल थियो। अहिलेको निर्वाचनको परिणामले पार्टी असफल भएको देखाएको छ। असफल भएकै कारण नेपाली कांग्रेसको अहिलेको नेतृत्वले जनताबाट अनुमोदन ल्याउन सकेन। त्यसैले कांग्रेस निर्वाचनमा केही खुम्चियो। सफल प्रधानमन्त्री, असफल सभापति निर्वाचनमा कांग्रेस किन हार्यो? यसमा हामीले दुईवटा कुराको…
एक सातामै स्याटेलाइट शहरको डिपिआरका लागि परामर्शदाता छनौंट, तत्कालै काम थालिने काठमाडौं : उपत्यका विकास प्राधिकरणले स्याटेलाइट शहर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन एक साताभित्र परामर्शदाता छनौट गर्ने भएको छ। प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीका अनुसार भक्तपुरमा बन्न लागेको 'काठमाडौ आग्नेय' र ललितपुरमा बन्न लागेको 'काठमाडौं नैऋत्य' दुर्इ स्याटेलाइट शहरका लागि एक सातामा परामर्शदाता कम्पनी छनोट गरिनेछ।…
रुपन्देही : सरकारले दाङलाई प्रदेश नम्बर ५ को केन्द्र बनाउने चर्चा चलेसँगै नेकपा एमालेका उप महासचिव बिष्णु पौडेल त्यसविरुद्ध कडा रुपमा उत्रेका छन्। रुपन्देही क्षेत्र नम्बर २ का सांसद पौडेलले ५ नं प्रदेशको राजधानी बुटवल बनाएरै छाड्ने दावीसमेत गरे। सरकारले दाङलाई प्रदेशको केन्द्र बनाउने हल्ला फैलाएसंँगै बुटबलमा राजधानी बनाउन सबैको दवाब रहेको छ। शनिबार बुटबलमा बोल्दै पौडेलले प्रदेश राजधानी बुटवल बनाउनको लागि…