काठमाडौँ : न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच ठेक्का सम्झौता भएको छ। लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो। सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष राजीव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष लिऊ कोेछिङले हस्ताक्षर गर्नु…
बालाराम खड्का दाङ : यहाँको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा वृद्धि हँुदै गएको अस्पतालले जनाएको छ। हाल अञ्चल अस्पतालका बिरामीको भीड लाग्ने गरेको छ। आवासीय विशेषज्ञ चिकित्सकबाट सेवा लिने बिरामीसँगै अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको अस्पतालले जनाएको छ। अस्पतालमा…
लुम्बिनी : आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ। ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ, भ्रमण वर्ष २०१७ लाई सफल बनाऔँ’ भन्ने मूल नाराका साथ आगामी माघ २५ देखि फागुन ७ गतेसम्म भैरहवाको डण्डा खोलानजिक वेलहिया मार्गमा मेला आयोजना हुन लागेको हो । सानल…
जाजरकोट : दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन्। टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले जानकारी दिए। दैनिक गाई, गोरु, बाख्रा, भेडा दर्जनौँको हिसाबले मरेपनि गर्खाकोटमा रहेको पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा किसान मर्कामा परेका हुन्। विगत दुई महिनादेखि यहाँको पशु सेवा कार्यालयका कर्मचारी…
रामपुर (पाल्पा) : भूपू सैनिक राइजिङ इङ्गलिस स्कुल, रामपुर पाल्पालाई एउटा बस सहयोगस्वरुप प्राप्त भएको छ । भारतीय राजदूतावास, काठमाडौँले ३३ सिट क्षमता रहेको विद्यार्थी बोक्ने बस सहयोग गरेको हो। टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएपछि स्कुलसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले भारतीय राजदूतावास काठमाडौँ नेपालले बस सहयोग गरेको बताइएको छ। टाढाटाढाबाट विद्यालय आवतजावतमा विद्यार्थीलाई समस्या परेपछि विद्यालय व्यवस्थापन…
बेनी : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन। शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित…
काठमाडौं : यस बर्ष सात महिनाको अवधिमा पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन्। केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा गएर जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदका घटना दर्ता भएका हुन्। विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले वैशाख महिनादेखि कात्तिक महिनासम्म उक्त संख्यामा व्यक्तिगत घटना दर्ता गरेको जानकारी दिए। उनले भने ‘व्यक्तिगत…
दमक : मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो। बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको…
गोपालप्रसाद पोख्रेल पथरी (मोरङ) : मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसंख्यक भारतीय कामदार छन् । काम गर्नेमा स–साना बालबालिका र महिला बहुसंख्यक छन् भने इँटाभट्टा भित्रको अवस्था भयावह र कहालिलाग्दो छ। माघको कठ्याङ्गिँ्रदो जाडो । एकाबिहानैदेखि माटोमा काम गर्नुपर्ने उनीहरुको बाध्यता…
खेम बम डोटी : गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन । २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका दौड र तोलेनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन्। एक्कासि आएको अविरल बाढीले एकै घरका पाँच जनाको ज्यान लियो । गरिखाने जमिन जग्गा बगाएर लग्यो, आफ्नै परिवारका…
काठमाडौं सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशबिरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेका छन्। पुस २१ गतेदेखि सार्वजनिक सूचना जारी गरी उजुरी माग भएकोमा दश दिनको समयसीमामा तीन उजुरी प्राप्त भएका हुन्। न्याय परिषदको निर्णयअनुसार प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संसदीय सुनुवाई प्रक्रिया सुरु समितिले गरेको हो। समितिमा पुस १९ गते भएको परिषदको पत्र अनुसार पुस २१…
काठमाडौं : प्रहरीले साढे ८ केजी चरेससहित एक जनालाई नागढुंगा नाकाबाट पक्राउ गरेको छ। आज बिहान पोखरबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा रहेका बाग्लुङका ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कृष्ण पंगेनीले जानकारी दिए। बस चेकजाँचको क्रममा झोलामा लुकाइरहेको अवस्था चरेसका पोका पक्राउ गरेको उनले बताए। पक्राउ परेका बमले…
काठमाडौं : निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाबीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरुले फिल्मको 'रिलिज डेट' एकै समयका लागि घोषणा गरेकाले फिल्मी प्रतिस्पर्धा चल्ने भएको हो। छविको निर्माण रहने फिल्म 'मङ्गलम'को प्रदर्शन मिति २०७४ को दसैंअगाडि तोकिएसँगै रेखाले पनि आफ्नो फिल्म 'रुद्रप्रिया' दसैंअघि नै सार्वजनिक गर्ने घो घोषणा गरेकी छन्। ‘कसले चोर्यो मेरो मन फेरि’ निर्माणको घोषणा गरेकी…
मलेखु (धादिङ) : खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँच वर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। सोमबार बेलुका भएको दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएकामा वीर…
विराटनगर : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको पनि निर्माण नभएका अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा पार्टीको पुरानै अडान कायम रहेको बताए। निर्वाचन गराउने सरकारको मनशाय नरहेको कारण सो प्रस्ताव ल्याइएको उनले जिकिर गरे। 'यदि सरकारले निर्वाचन गराउन खोजेको…
काठमाडौँ : पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ। गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब पाँच महिनाको समयअवधिमा भत्काइएको हो। विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिँड्डुल गर्नेका लागि खतरा बढेसगै भत्काउनुपरेको…
गुल्मी : गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि आधा करोडभन्दा बढी रुपैयाँ आर्थिक सहयोग जुटेको छ। जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी ५१ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए। विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई…
काठमाडौँ : स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिए। नेपालमा सञ्चालित धेरै निजी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता नभएको…
सुन्दा अचम्म लाग्छ बलिउड सुपरस्टार गाडीको डिक्कीमा बसेर यात्रा गरेको खबर। धेरैलाई विश्वास नलाग्न पनि सक्छ तर शाहरुख खानको हकमा साच्चै डिक्कीको यात्रा हुन्छ। बिबिसी हिन्दीसँगको कुराकानीमा उनले आफू गाडीको डिक्कीमा बसेर यात्र गर्ने बताएका हुन्। उनले भने,'म कोही साथीलाई भेट्न जाँदा प्राय आफ्नो हुडको टोपीले अनुहार ढाक्छु नभए गाडीको डिक्कीमा लुक्छु। म छु नै डिक्कीमा अट्ने।' उनले आफू फ्यानको…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐनकानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले नेताहरुको फरक फरक भनाइले आफू चकित भएको बताए। ‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैतमा चुनाव हुने भनेका छन्, कसैले बैसाखमा। कसैले…