चितवन : काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन्। ट्याङ्कर…
रामपुर (पाल्पा) : मोहमी माध्यमिक विद्यालय, साँखरमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ। शिक्षा मन्त्रालयमार्फत भौतिक सुधार कार्यक्रमअन्तर्गत छुट्याइएको रु १९ लाख ५० हजारको लागतमा नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कक्षा बालविकास तथा कक्षा १ र २ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले बताए। कक्षा बालविकासदेखि कक्षा १० सम्म पठनपाठन हँुदै आइरहेको यस विद्यालयमा भवन अभावमा…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा करार सेवामा कर्मचारी पदपूर्ति माग गरेको छ। स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन लगायतमा २५ जिल्लाका लागि ६५८ कर्मचारी माग गरेको हो। सबैभन्दा बढी माग स्टाफ नर्समा रहेको छ। स्थायी पदपूर्ति भएपछि स्वतः करार बदर हुने गरी मन्त्रालयले पदपूर्ति सूचना प्रकाशित गरेको हो। तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका नागरिकले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य…
खोटाङ : खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुलको ८५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ। दुई वर्षभित्र पूरा गर्ने शर्तमा २०६६ भदौमा सम्झौता गरिएको जयराम पुलको अहिलेसम्म ८५ प्रतिशत काम पूरा भएको छ। ठेकेदार कम्पनीले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पुलका लागि क्याट–वे (मेन लट्ठा टाँग्न आवश्यक) लट्ठा राख्न सुरु…
गोविन्द लामिछाने इलाम : इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन्। जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन्। समुद्र सतहदेखि एक हजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्विरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि…
काठमाडौं : सरकारले आजदेखि भूकम्पपीडितलाई आवास निर्माण बापतको दोस्रो किस्ताको राहत रकम वितरण सुरु गरेको छ। दोस्रो किस्ताबापत सरकारले प्रत्येक परिवारलाई डेढ लाख रुपैयाँ दिन लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा सिन्धुली, मकवानपुर र गोरखामा दोस्रो चरणको डेढ लाख रुपैयाँ वितरण गर्दैछ। पहिलो किस्तामा ५० हजार लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँचपास गराएका भूकम्पपीडित प्रतिपरिवारले मात्र दोस्रो…
काठमाडौं : प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको २३औँ एसियाली क्षेत्रीय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा भाग लिन ५५ देशका २ सय ५० प्रतिनिधि काठमाडौं आइपुगेका छन्। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे। सम्मेलनमा मानव तस्करी, बलात्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङ लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनमा भारत, अफगानिस्तान, चीन, मकाउ, थाइल्यान्ड,…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकलाई आवास निर्माणका लागि आजबाट दोस्रो किस्ताको रकम वितरण सुरु गरेको छ। दोस्रो किस्तामा लाभग्राही सूचीमा समावेश पीडितले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्राधिकरणले पहिलो चरणमा सिन्धुली, मकवानपुर र गोरखाबाट रकम वितरण सुरु गरेको हो। पहिलो किस्तामा ५० हजार रकम लिएर घरको जग निर्माण सम्पन्न गरी प्राविधिक जाँचपास गरेका पीडितले दोस्रो किस्ता…
गाईघाट (उदयपुर) : उदयपुरको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिङ्गर फेला परेको छ। रामपुर ठोक्सिलाको माछापुछ्रे्र बनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिङ्गर हालै स्थानीय वन हेरालुले फेला पारेको कुरा जिल्ला वन कार्यालय उदयपुरका प्रमुख श्रीप्रसाद बरालले बताए। फेला पारिएको उक्त अजिङ्गरलाई आफूले रामपुरकै राष्ट्रिय वन बेलकातरी…
राजविराज : सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन्। स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन्। मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट गम्भीर घाइते युवकको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
इटहरी : नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुड प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँच थान मोबाइल र एक थान क्राइम कन्ट्रोल क्यामेरा लुटेर लगेका छन्। अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्जतसँगै पेस्तोल देखाई पसेर उद्योगका प्रबन्धक जीतु अग्रहरीलाई नियन्त्रणमा लिई आक्रमण गरेको र त्यहाँ भएको पैसा मोबाइल र…
गौशाला : महोत्तरीको भरतपुर गाविसमा गएराति एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर गाविस–६ बस्ने मोहमद फरोजकी पत्नी २० वर्षीया जसिरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनका पति रोजगारीको सिलसिलामा भारतको तामिलनाडुमा रहँदै आएका छन्। जसिराको शव गएराति सुत्ने कोठामा काठको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले…
काठमाडौँ : नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन्। आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन्। यस्तै अन्तरिम संविधान २०६३ अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा २६९ अनुसार दर्ता हुन नआएका ६…
एक समय भारतीय टेलिसिरियल 'कसौटी जिन्दगी की' नेपाली दर्शकमाझ निकै लोकप्रिय रह्यो। सो सिरियलका पात्र मिस्टर बजाज जसले भारत साथै नेपालमा पनि सयौं फ्यान कमाए। कुशल अभिनय र आकर्षक व्यक्तित्वका कारण अहिलेसम्म पनि सिरियलहरुमा तिनै मिस्टर बजाज उर्फ रोनित रोयको डिमान्ड रहेको छ। केही ठूलो पर्दाका फिल्महरुमा पनि देखिएका उनी अब ऋृतिक रोशनको फिल्ममा भिलेनको रुपमा देखिने भएका छन्। संयोग…
काठमाडौँ : महाभियोग सिफारिस समितिले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावअनुसार छानबिन गर्ने भएको छ। समितिले बुधबार तीन सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा नेपाली कांग्रेसका दीपक कुँइकेल, नेकपा एमालेका रेवतीरमण भण्डारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारी रहेका छन्। समिति सदस्य केशब बडालका अनुसार उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनेछ। माओवादी…
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा देखापरेका नारायण सुवेदी आफ्नो एकल संगीतमा 'प्रियसी' एल्बम लिएर आएका छन्। छ वटा गीत रहने एल्बमको शीर्ष गीत 'प्रियसीले छुट्ने बेला'को म्युजिक भिडियो भने सार्वजनिक भएको छ। सीता तिवारीले लेखेको गीतमा स्वरूपराज आचार्यको आवाज सुन्न पाइन्छ भने उदयराज पौडेलले यसको संगीत संयोजन गरेका छन्। अनुप चापागाईंले निर्देशन गरेको भिडियोमा रिचा थापा र महेश्वर थापाको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकाससँगै अज्ञात स्थानमा बसेर अज्ञात व्यक्तिले औंलाले क्लिक गरेकै भरमा गम्भीर प्रकृतिको अपराध गर्न सक्ने अवस्था आएको बताएका छन्। काठमाडौंमा आजदेखि सुरु भएको प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको २३औं एसिया प्यासेफिक सम्मेलनमा सम्बोधन गर्दै उनले अपराध नियन्त्रणमा चुनौती बढिरहेको बताए। सम्मेलनको उद्घाटन गर्दै उनले आतंकवादीहरुले प्रविधिको दुरुपयोग गरेर सञ्जाल विस्तार गरिरहेका र…
काठमाडौं : अमेरिकी फिल्म मास्टर डभ साइमन जनवरी २२ र २३ मा सञ्चालन हुने 'डभ साइमन फिल्म स्कुल'का लागि मङ्गलबार नेपाल आएका छन्। आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी स्कुलको कार्यसूची बारे उनले जानकारी दिए। 'कथा भए पनि नेपाली फिल्म इन्डस्ट्रीमा स्रोतको कमी छ। जसको असर फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा पर्छ,' डभले भने, 'म नेपाली फिल्म विश्व बजारमा नपुग्नुको कारण,…
बलिउड अभिनेता सलमान खानले १८ वर्षअघि कालो हरिण मारेको आरोपबाट सफाइ पाएका छन्। जोधपुर अदालतले सलमान विरुद्धको आरोप खारेज गरेको हो। १९९८ मा फिल्म 'हम साथ साथ है' को सुटिङ युनिट फ्लोरमा रहँदा सलमानले हरिणको शिकार गरेको आरोप थियो। उनले शिकारको समय अवैध हतियार राखेको बताइएको हो। दुई वटा हरिण मारेको आरोपका कारण सलमानले जोधपुर जेलमा सात दिन बिताएका थिए।…
पाँचथर : पत्रकार किशोर नेपाललाई स्वतन्त्र सेनानी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ पाँचथरको आजको बैठकले अग्रज पत्रकार नेपाललाई 'स्वतन्त्र सेनानी पत्रकारिता सम्मान २०७४' बाट सम्मान गर्न लागेको हो। सम्मान आउँदो गणतन्त्र दिवस २०७४ जेठ १५ मा प्रदान गरिनेछ। सम्मानको राशी २२ हजार २२२ रुपैयाँ छ। चार दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा…