काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। प्रधानमन्त्री प्रचण्डले दुई साना दलबाट दुई मन्त्री थप गरी मन्त्रिपरिषद् बिस्तार गर्न लागेका हुन्। संविधान संशोधनमा अंकगणितको खेल तीव्र भइरहँदा उनले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। संविधान संशोधनमा विपक्षी दलसँग दुई सय एक मतको अंकगणित छ। प्रचण्डले बाँकी साना दलहरुले पनि ध्रुवीकृत हुने सम्भावना…
बनेपा : काभ्रेपलाञ्चोकको भीमखोरी–२ कालढुङ्गामा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक मेच्छे–३ बस्ने १६ वर्षीय अजय लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ४७१४ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ६९२० नं को मोटरसाइकललाई उछिन्ने क्रममा ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक…
काठमाडौं : पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको छ। प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ…
गाईघाट (उदयपुर) : उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकास्थित वडा नम्बर २ को द्वारखोला आसपासमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न निर्माण गरेको बाँध हालै स्थानीय प्रशासनले भत्काई दिएको छ। बेल्टारको द्वारखोला क्षेत्रको तीनसय मिटर क्षेत्रसम्म चौडाइका रुपमा फैलिएको क्षेत्रमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदीमा बाँध बाँधेर नदीको भाग ५० मिटर मात्र राखेर अन्य भाग कब्जा गर्दै आएका थिए। केही…
रत्ननगर (चितवन) : पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो। अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उनको भनाइ छ । उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उनले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन्। ४ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि अत्मड्जाले प्रधानमन्त्री प्रचण्डसँग बिदाई भेट गरेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको बताएका थिए। महाभूकम्पको विपत्तिमा इण्डोनसियाले नेपाललाई सहयोग गरेको भन्दै त्यसका लागि राजदूत…
तिलोत्तमा (रुपन्देही) : रूपन्देही जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ। आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता संघको आन्दोलनले लागु हुन सकेको थिएन । नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो। निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली…
भक्तपुर : चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ। अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ। केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो। महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो…
इलाम : अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जमुना र सुलुबुङ बीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रु तीन करोड १७ लाखको लागतमा पक्की पुल बन्ने भएको हो। करिब डेढ दशकदेखि स्थानीय प्रयासमा सडकको ट्रयाक खोलेर सवारी आवागमन हुँदै आए पनि पक्की पुल नहुँदा स्थानीयवासीले सास्ती बेहोर्दै आएका थिए। स्थानीयवासीले खोलाको दुवैतर्फ…
प्रकाश धौलाकोटी तेह्रथुम : गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ। सो क्षेत्रमा पर्ने तेह्रथुम र संखुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरीलगायत बस्तीमा खानेपानीको चरम अभाव भएको हो। स्वच्छ पिउने पानी नपाउँदा यहाँ आइपुग्ने पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई समस्या भएको घुर्मिसेका डिकबहादुर पौडेलले बताए। ‘एक दशकदेखि कुहिरोबाट…
काठमाडौं : उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो। नेपाल हस्तकला महासंघका उपनिर्देशक ऋषिराम सुवेदीले सार्क देशमा उत्पादन भएका हस्तकलाको सोरुम, प्रयोगशाला सेवा र डिजाइन केन्द्र राख्ने गरी तयारी थालिएको जानकारी दिए। उनले भने ‘यो भवन निर्माण…
रसुवा : उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ। आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात गत एक महिना अगाडिदेखि पुनर्निर्माण कार्यमा तीव्रता आएको हो। समग्रमा ३० प्रतिशत काम भइसकेको छ। भूकम्पका कारण बाहिरी सतहको ड्यामसाइट क्षेत्रमा ठूलै क्षति व्यहोर्नु परेको थियो। खोला फर्काउने ठाउँबाहेक सबै…
वीरेन्द्र कर्ण वीरगन्ज : पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई तान्न थालेका छन्। प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रहेका चित्तल, बँदेल, मयूर जस्ता जनावर तथा पन्छी र बाघमोचन (टावर), माईस्थान, घोडे मसान, बुद्धेश्वर महादेव जस्ता तीर्थस्थल, चारकोसे झाडी, डापही दहजस्ता प्राकृतिक दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेका छन्।…
(लमजुङ) बेसीसहर : सदरमुकाम बेसीसहरमा दुई वर्षदेखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोलिएको छ। तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको हो। सङ्ग्रहालय व्यवस्थापन, नयाँ सहमति लगायतमा सहमति जुटेपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले ताला खोलेका थिए। गुरुङ अगुवाबीच विवाद बढेपछि स्थानीय प्रशासनले तमु…
हेटौँडा : दुई दिनदेखि बन्द रहेको हेटौँडाबजार आज बिहानदेखि सञ्चालनमा आएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा सर्वसाधारणका घर भत्काएको विरोधमा व्यापारीले बजार बन्द गराएका थिए। मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने भन्दै सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा पार्न सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ भवन भत्काएको…
काठमाडौं : पत्याउनै सक्दिन साथी, छाडेर गयौ खै कहाँ धेरै धेरै माथि सोच्थेँ तिमी जुझारु छौ, शब्दको वाण हान्न सफल योद्धा हौ! गायिका आस्था राउतले र्याप गायक यमबुद्धलाई श्रद्दाञ्जली व्यक्त गर्न कोरेको कविताको हरफ हो यो। र्यापर यमबुद्धको पोस्टमार्टमको रिपोर्टले बतायो- उनले आत्महत्या नै गरेका हुन्। गत शनिबार नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए उनी।…
एजेन्सी : अमेरिकी राष्ट्रपति बाराक ओबामा जनवरी २० को बिहान आँखा खोल्दा व्हाइटहाउसको पलङमा हुनेछन्। तर जब रात पर्छ त्यही पलङमा ओबामा होइन डोनल्ड ट्रम्प सुतिरहेका हुनेछन्। जनवरी २० को दिउँसो १२ बजेसम्म व्हाइटहाउसको उत्तराधिकारी ओबामा नै हुन्छन्। १२ बज्न एक मिनेट बाँकी रहदासम्म पनि नयाँ राष्ट्रपति ट्रम्प प्रवेश गर्न पाउनेछैनन्। अहिले व्हाइटहाउसमा नयाँ राष्ट्रपतिलाई स्वागत र ओबामालाई…
बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित ‘ट्रिपल एक्स द रिर्टन अफ जेंडर केज’ले बलिउड बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। भारतका लागि पहिले सार्वजनिक भएको फिल्मले पाँच दिनमा मात्र २२ करोड ग्रस कलेक्शन गरेको बलिमुभी रिभ्युले जनाएको छ। दीपिकाको यो पहिलो हलिउड फिल्म हो। सो फिल्मको ट्रेलर युट्युबमा केही समयका लागि ट्रेन्डिङमा रहने गरी हिट्स बटुले पनि दर्शक फ्लो भने उत्साहजनक हुन…
काठमाडौं : मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न निर्णय गरेको छ। ती निर्णय यस्ता छन्- राष्ट्रिय किसान आयोग गठन। नेपाली सेनाको प्राविधिक सेनानी खुमबहादुर कुँवरलाई प्रविधिक महासेनानीमा बढुवा। २०७१ सालमा बाढीपहिरोले क्षति पुर्याएको बाँके, बर्दिया लगायतका जिल्लाका पीडितलाई अनुदान वितरण गर्नका लागि कार्यविधि स्वीकृत। रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्की नियुक्त। महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता किरण पौडेललाई नायव महान्यायाधिवक्तामा नियुक्त। सर्वोच्च अदालतका सहरजिष्ट्रार…
काठमाडौं : महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता किरण पौडेल नायव महान्यायाधिवक्तामा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो। नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीलाई न्याय परिषद्ले पुस २८ गते उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरेपछि सो ठाउँमा पौडेल आएका हुन्। यस्तै सर्वोच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी भने न्याय परिषद्का सचिवमा नियुक्त भएका छन्। सचिव कृष्ण गिरी उच्च अदालतको न्यायाधीशमा…