चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताएका छन्। काँग्रेस क्षेत्र नं ५ चितवनले पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिए। स्थानीय तह जनतालाई सहजताका लागि भएकाले…
काठमाडौं : सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ। उनीहरूले कार्यालय समय बाहिरका समयमा आफू कार्यरत स्वास्थ्य संस्थाका काममा बाधा नपुग्ने गरी निजी संस्थामा गर्न आगामी फागुन मसान्तभित्र स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिइसक्नुपर्नेछ। यसअघि यस्तो स्वीकृति प्राप्त गरेका वा नगरेका सबैले सोही अबधिभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। निजी…
मलेखु (धादिङ) : धादिङको मैदीमा बिहीवार भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ। मैदीबाट सदरमुकाम धादिङवेसीतर्फ आउँदै गरेको ना २ ख ४९२७ नं को यात्रुवाहक बसले किचेर मैदी गाविस–५ का केशकुमारी तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसबाट ओर्लने क्रममा सोही गाडीले ठक्कर दिएर घाइते भएकी तिवारीको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी…
गोरखा : गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ। बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन्। उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ। प्रहरीचौकी घ्याम्पेशालबाट…
मिलान (इटाली) : मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन्। बुधवार त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो। स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भूकम्प गई तहसनहस पारेको थियो। सोही…
लखनउ (भारत) : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार एक विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ। उच्च गतिमा रहेको ट्रक बससँग ठोक्किँदा भएको यस घटनामा परी अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी जाभेद अहमेदले बताएका छन्। अर्का एक प्रहरी अधिकारी दलजित चौधरीका अनुसार बाक्लो…
एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। त्यहाँका प्रधानन्यायाधीशबाट औपचारिक रुपमा पद तथा गोपनीयताको शपथसँगै ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समाल्नेछन्। अमेरिकी कंग्रेसको भवन क्यापिटोल हिलमा आयोजित समारोहबीच ट्रम्पले शपथ लिनेछन्। शपथपछि उनको औपचारिक रुपमा ह्वाइटहाउस यात्रा सुरु हुनेछ। नेपाली समय अनुसार आज राति ११ः४५ मा ट्रम्पले शपथ लिनेछन्। अमेरिकी संविधान अनुसार उनले चारवर्षे कार्यकालका लागि…
राजविराज : सप्तरीको भारदह गाविस–३ मा बिहीबार साँझ आगलागी हुँदा रु १७ लाख भन्दा बढीको क्षति भएको छ। स्थानीय कपलेश्वर माझीको गाईगोठबाट अचानक सल्केको आगोले निजको एउटा घर तथा छिमेकी गजेन्द्र माझीको गाईगोठ गरी दुईवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। आगलागी कुन कारणले भएको खुल्न नसकेको बताइएको छ। आगलागीबाट गाई गोठभित्र रहेको एक थान ट्र्याक्टर,…
जाजरकोट : छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ। जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ। प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन्। रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताए। जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही…
इनरुवा : अर्नाको आक्रमणबाट बिहीबार एक महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सुनसरी मधुवन–१ बस्ने ४० वर्षीया राधादेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षमा खर काट्न गएको बेला अर्नाले आरक्षभित्र आक्रमण गरेपछि खत्वे गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। घाइते खत्वेलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा ल्याएको र…
ललितपुर : निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ। यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताए। उनले भने ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ।’ कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला…
राजविराज : सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ। बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको स्थानीयवासीले बताएका छन्। यसैबीच, बम फेला परेको…
प्रकाश सिलवाल काठमाडौं : विद्यालय तहका पाठ्यपुस्तक छपाइमा ढिलाइ र तथ्याङ्कमा अविश्वास उत्पन्न भएपछि सरकारले सो कार्यमा संलग्न सरकारी र निजी क्षेत्रका मुद्रकसँग कार्ययोजना र प्रगति विवरण मागेको छ। आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्ने कक्षा १ देखि ५ सम्मको निजी क्षेत्र र ६ देखि १० सम्मका लागि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उत्पादनको जिम्मा पाएकामा हालसम्मको प्रगति सन्तोषजनक नभएपछि…
काठमाडौं : एक साता स्थगनपछि व्यवस्थापिका संसदको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा पनि संविधान संशोधन विधेयक छलफलमा पेश गरिनेछैन। प्रतिपक्ष दलहरुको अवरोधबीच पेश भएको संशोधन विधेयक जनताको जानकारीका लागि प्रकाशन भइसकेको छ। जनताको जानकारीका लागि प्रकाशन भएपछि सैद्धान्तिक छलफलमा बाधा पर्दैन। सर्वसाधरणको जानकारीका लागि प्रकाशनसँगै छलफल गराउने परम्परा भएपनि राजनीतिक…
काठमाडौं : दुर्इ वर्षको प्रयासपछि कर्मचारी सञ्चय कोषले सुन्धारास्थित काठमाडौं मल नयाँ व्यक्तिलार्इ भाडामा दिन सफल भएको छ। कोषले निर्माण गरेको यो मल लिजमा लिएका ललितपुर सानेपाका प्रवीरशमशेर जबराले समयमै भाडा चुक्ता नगरेपछि विवादका कारण सञ्चय कोषले नोक्सानी बेहोर्नुपरेको थियो। कोषले नयाँ टेण्डरपछि मलको पूरै संरचना भाडामा दिएको हो। पुरानो भाडावाल प्रवीर राणाले भाडा नतिरेपछि कर्मचारी सञ्चय कोषले…
सुरेन्द्र भण्डारी सुरुङ्गा (झापा) : झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन्। कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले…
रमेश गिरी भक्तपुर : अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को २३औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आएका टोलीलाई भक्तपुरमा गएराति भव्य स्वागत गरिएको छ। भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरीको रुपमा विश्व प्रख्यात विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर परिसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा इन्टरपोलका टोलीलाई स्वागत गरिएको हो। काठमाडौँमा सुरु भएको तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल आएका…
काठमाडौं: फिल्म 'लभ लभ लभ' को पहिलो गीत सार्वजनिक भएको छ। नयाँ बर्षको दिन रिलिज हुन लागेको फिल्मको 'तिमि अघि अघि' बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। फिल्मको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन्। आरिफ रफुको आवाज रहेको गीतमा सुरेश राईको शब्द र संगीत रहेको छ। सुरज सिने आर्ट्सको व्यानरमा तयार भएको फिल्ममा स्वस्तिमा खडका र सुरज पाण्डे…
कविता उपाध्याय लिबाङ (रोल्पा) : रोल्पामा उत्पादन तथा प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ। दुई वर्षदेखि जडिबुटी प्रशोधन गरी तेल निकाल्न थालिएको हो। आइडिई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला,…
काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा रामकण्ठ माकाजू नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा माकाजूलाई पुन: नियुक्त गरेको शिक्षामन्त्रीका स्वकीय सचिवले जानकारी दिए। चार वर्षको कार्यावधि समाप्त भएपछि गएको मंसिर २६ गतेपछि केयु उपकुलपतिविहीन थियो। शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले मकाजूसहित पाँच जनाको नाम सिफारिस गरेको थियो। चिकित्सक समेत…