कोहलपुर (बाँके) : नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ। नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन्। आगलागीबाट अनिशाका स्तन, मुख र टाउको जलेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए। 'आपसी…
रामपुर (पाल्पा) : रामपुर भलिबल कपको उपाधि स्याङजाले हात पारेको छ। रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा नवलपरासीलाई स्याङजाले हराउँदै उपाधि हात पारेको हो। फाइनल खेलमा स्याङजाले नवलपरासीलाई तीन सेटले हराउँदै रामपुर भलिबल कपको उपाधि हात पार्न सफल भएको हो। प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न…
भक्तपुर : दूधपाटीबाट काठमाडौं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीमा सो दुर्घटना भएको हो। सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। दुर्घटनामा बा…
काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। पेटसम्बन्धी समस्या भएपछि हिजो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका डा यादवको इन्डोस्कोपी लगायतको स्वास्थ्य परीक्षण आज गरिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए। विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ। अस्पतालमा भर्ना हुनुअगाडि पूर्वराष्ट्रपति यादवलाई पेटमा समस्या भएको थियो। उनको स्वास्थ्य परीक्षणमा…
काठमाडौं : नेकपा एमालेका सांसद रामवीर मानन्धरले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको राजीनामा माग गरेका छन्। संसद्को शून्य समयमा बोल्दै मानन्धरले सरकार भएर पनि नभएको जस्तो महसुस भएको बताए। 'मन्त्रीहरु पनि देख्छु, प्रधानमन्त्री पनि देख्छु; त्यो हेर्दा सरकार छ जस्तो देखिएको छ,' मानन्धरले भने, 'तर काठमाडौंमा घन्टौं जाममा बस्नुपर्ने, धुलोधुवाँले समस्या हुने अवस्था देख्दा सरकार छैन जस्तो लाग्छ।'…
काठमाडौं : दुबईमा रहेका एक नेपाली नागरिकले नेपाली र भारतीयलाई परिचालन गरेर आतंकवादी समूह चलाएको सार्वजनिक भएकै बेला नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले 'नेपालमा आतंकवादी गतिविधि भएको छैन भनेर ढुक्क बस्न सक्ने अवस्था नभएको' बताएका छन्। ३३ देशका कानुन कार्यान्वयन गर्ने निकायका प्रतिनिधि काठमाडौंमा भेला भएर आतंकवाद र संगठित अपराध नियन्त्रणमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने मन्थनमै रहेको बेला दुबईमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्। धनुषा क्षेत्र नम्बर ७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्ने बताए। ‘तपाईहरुको ज्ञापन पत्र हेरेँ, यसभन्दा अघि पनि यस्तै ज्ञापन पत्र मेरा हातमा…
खोटाङ : कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ। वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई ९८ लाख १० हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो। राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए। मृतकका परिवारले…
काठमाडौं : कलाकार तथा निर्मात्री प्रज्ञा जोशीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ। निमात्री जोशीले डेढ करोड बराबरको रकम ठगी गरिएको बुझिएको छ। निर्माता तथा वितरक सुनिल मानन्धरलाई उनले डेढ करोड बाउन्स चेक दिएर ठगी गरेको उजुरी परेको हो। मानन्धरले महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएका हुन्। महाशाखाका ठगी पिल्लर हेर्ने प्रहरी निरीक्षक मनोजित कुवँरले जोशीविरुद्ध उजुरी परेको…
सप्तरी : राजविराजमा फेला परेको शङ्कास्पद ग्रिनेड बमलाई नेपाली सेनाले आज अपराह्न निष्क्रिय पारेको छ। राजविराजस्थित कृष्ण दल गणका सहसेनानी भोजराज कोइरालाको नेतृत्वमा गएको सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त बम निष्क्रिय पारिएको हो। राजविराज नगरपालिका–१ स्थित फनसराज दुगडको घर अगाडि सो बम फेला परेको थियो। बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति…
मधेश राजनीतिको वर्तमान प्रसंगमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भूमिका महत्वपूर्ण देखिएको छ। उहाँ तपसीलका समस्याहरुमा अल्झिनुभएको छैन। उहाँको कुरा स्पष्ट छ – लोकतन्त्र समावेशी हुनु पर्दछ। लोकतन्त्रको स्वभाव र चरित्र नै यही हो। एकथरी मानिस र समुदायबाट सर्वाधिक आलोचित ठाकुर आलोचनाबाट विचलित हुने राजनीतिज्ञ होइन। नेपाली कांग्रेस समावेशी नभएको र पार्टीले तराई–मधेशका समस्याहरुमा स्पष्ट दृष्टिकोण नराखेकोले कांग्रेससँगको…
पोखरा : भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा फागुन ७ गते ११औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २५ हजार र रु चार हजार पाउनेछन्। सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ह्वीलचेयर प्रतियोगिता पनि आयोजना गरिनेछ। …
काठमाडौँ : स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्त नियुक्त भएका छन्। बालस्वास्थ्य महाशाखाका निर्देशक डा पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए। नवनियुक्त महानिर्देशक पन्तले आज नियुक्ति पत्र बुझेका छन्। विभागका महानिर्देशक डा पुष्पा चौधरीलाई प्रसूतिगृहमै काज फिर्ता गरिएको सल्लाहकार पौडेलले बताए। यसैगरी, सरकारले राप्ती…
काठमाडौं : अख्तियार दुरुपयोग अुनसन्धान अयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दल्दा एक महिना कैद सजाय पाएका चन्द्रबहादुर बुढा र प्रकाश शाही कारागारमुक्त भएका छन्। बुढा र शाहीले सर्वोच्च अदालत परिसरमा कार्कीलाई कालो मोसो दलेका थिए। उनीहरुलाई सर्वोच्च अदालतले मानहानीको मुद्दामा एक महिना कैद सजाय सुनाएको थियो। कैद भुक्तानका लागि दुवै केन्द्रीय कारागार सुन्धारामा एक महिना बसेका…
विराटनगर : सरकारी निकायको संरक्षणमा फस्टाएको रुपमाहुँदै आएको सुपारी तस्करीको जालो तोडिएको छ। तेस्रो मुलुकबाट सुपारी ल्याएर नेपाली भन्दै भारतमा तस्करी हुने गरेको थियो। नेपाल-भारतबीचको व्यापार वार्ताको प्रमुख एजेण्डा नै सुपारी बन्थ्यो। यही सुपारीकाण्डमा अख्लोतियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की समेत तानिएका थिए। तस्करी बढ्दा नेपाल-भारत वाणिज्य वार्ताको अन्तरसरकारी बैठकमा भारतले सुपारी निकासीको एजेण्डा उठाउँदा नेपालले आफ्ना मुद्दा समेत उठाउन नसक्ने…
काठमाडौँ : गएको मंसिर ६ गते राप्रपा नेपाल र राप्रपा एकीकरण घोषणाको दिन कार्यक्रम सञ्चालन गरेकी गायिका तथा रेडियो नेपालकी वरिष्ठ समाचार सम्पादक कोमल वली पार्टी प्रवेश गरिन्। उनलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर राप्रपा पार्टी प्रवेश गराए। अनि अर्का अध्यक्ष पशुपतिशमशेर राणाले पनि माला लगाएर स्वागत गरे। वलीको पार्टी प्रवेशले राप्रपामा 'ग्ल्यामर' थप्यो। २७ मंसिरमा नायिका रेखा थापा पनि…
दुई दिनदेखि काठमाडौँ खुलेको छ। सामान्यतया पानी परेपछि आकाश खुल्ने भए पनि विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा पानी परेको छैन। र पनि आकाश खुल्को छ र हिमालका गजबका दृश्य काठमाडौँको भिडभाडयुक्त ठाउँहरुबाट देखिएको छ। काठमाडौँबाट सामान्यतया देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ पर्छ। गणेश २ हिमाल ७ हजार १५० मिटर उचाइको हिमाल हो भने गणेश ५ हिमाल ६ हजार…
काठमाडौं : प्रहरीले स्थलमार्ग र हवाइमार्गहुँदै भइरहेको सुनको तस्करीमाथी निगरानी बढाएपछि बजारमा सुनको अभाव देखिन थालेकोछ। तस्करीको सुनको भरमा बजार चलाउँदै आएका ब्यापारीले अर्डर अनुसारको गहना बनाउन सुन पाउन छाडेपछि पसलै बन्द गरेर आन्दोलनमा उत्रिन थालेका छन्। काठमाडौंको बजारमा तत्काल सुन अभाव देखिएको छैन। तर रुपन्देहीका सुनचाँदी व्यवसायी दैनिक २ किलो सुन समेत नपाएपछि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।…
राजविराज : मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको मल्नहवा–६ निवासी ३५ वर्षीय राजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १७९१ नंको मोटरसाइकल महेन्द्र राजमार्गअन्तर्गत कञ्चनरुप–११ मा…
उर्लाबारी (मोरङ) : नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ। विजुलीको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बताए। विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान…