PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • 'भाग्यले बाँचेकाहरु’का निर्देशकलाई अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड

    'भाग्यले बाँचेकाहरु’का निर्देशकलाई अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड

    काठमाडौं : नेपाली डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेलाई ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ दिइएको छ। राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधामा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेका हुन्। बुधबार भारतको जयपुरमा भएको तेस्रो राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले प्राकृतिक प्रकोपको समयमा पनि डकुमेन्ट्रीका लागि गरेको मेहनतको चर्चा भयो। उत्कृष्ट निर्देशकको अवार्डका लागि नेपाल, इटली, भारत, अफगानिस्तान, फ्रान्सका फिल्ममेकरहरु मनोनीत थिए। …

    विस्तृतमा पढ्नुस्

  • प्रहरी टोलीमाथि गोली प्रहार गरी फरार दुई लुटेरा पक्राउ

    काठमाडौं : सहकारीको सेफ चोरेर प्रहरीलाई गोली हानेर भागेका दुई युवा पक्राउ परेका छन्। पाँच महिनाअघि ललितपुरस्थित एक सहकारीको सेफ लुटेर भाग्ने क्रममा प्रहरीसँग जम्काभेट भएपछि उनीहरुले प्रहरीलाई गोली हानेर हानेर फरार भएका थिए।      महानगरीय प्रहरी अपराध महाशाखाले घटनामा संलग्न रहेको आरोपमा कुमार भन्ने निङ लामा र पेमा लामालाई पक्राउ गरेको हो। पेमा काठमाडौं-सर्लाही रुटमा ना १ ज ३९४८ नम्बरको टाटा सुमो…

    विस्तृतमा पढ्नुस्

  • भिडियोकन टेलिकम सधैंका लागि बन्द, मोबाइल सेवा परिवर्तन गर्न ग्राहकहरुलाई आग्रह

    भिडियोकन टेलिकम सधैंका लागि बन्द, मोबाइल सेवा परिवर्तन गर्न ग्राहकहरुलाई आग्रह

    नयाँदिल्ली : भारतको सबैभन्दा सानो टेलिकम कम्पनी भिडियोकोन टेलिकम बन्द हुने भएको छ। पञ्जाबमा रहेको यो कम्पनीले आगामी फेब्रअरी १५ देखि देशैभरि मोबाइल सेवा बन्द गर्ने जनाएको छ।   भिडियोकनले उसका ३० लाख ग्राहकलाई अर्कै टेलिकम अपरेटरसँग सेवा परिवर्तन गर्न भनेको छ। प्रिपेड ग्राहकले कम्पनीसँगको ब्यालेन्स बिलहरु पेमेन्ट गरेर त्यसपछि अर्को टेलिकम कम्पनीसँग मुभ हुन सक्ने भिडियोकन टेलिकमको माउ कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • दुई मन्त्रीले लिए राष्ट्रपतिबाट सपथ, अब मन्त्रिपरिषद् ४३ सदस्यीय

    दुई मन्त्रीले लिए राष्ट्रपतिबाट सपथ, अब मन्त्रिपरिषद् ४३ सदस्यीय

    काठमाडौँ : नवनियुक्त मन्त्रीद्वय प्रेमबहादुर सिंह र कुमार खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै मन्त्रीलाई सपथ ग्रहण गराइन्।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका हुन्।   नवनियुक्त मन्त्री सिंह समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीमा भन्सार कर्मचारीको संलग्नता नरहेको छानबिन समितिको दाबी

    सुन तस्करीमा भन्सार कर्मचारीको संलग्नता नरहेको छानबिन समितिको दाबी

    काठमाडौ : त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सुरक्षा घेरा कटाएर गरिएको ३३ किलो सुन तस्करीबारे छानबिन गर्न सरकारले गठन गरेको समितिकोे समय गुज्रिसक्दा पनि प्रतिवेदन बुझाउन सकेन।  भन्सारको जाँच पूरा गरी विमानस्थलबाट बाहिरिएको सुन प्रहरीले पक्राउ गरेपछि पुस २२ मा  सरकारले भन्सार विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा समिति गठन गरेको थियो। विभागले ३३ किलो सुन बाहिरिएसँगै त्यस दिन विमानास्थलमा कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी काण्ड : कर्मचारी फेरेर भए पनि विमानस्थलको भन्सार सुधार्न अर्थमन्त्रीले दिए निर्देशन

    सुन तस्करी काण्ड : कर्मचारी फेरेर भए पनि विमानस्थलको भन्सार सुधार्न अर्थमन्त्रीले दिए निर्देशन

    काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन्।   भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने आफूले सुनेकाले एउटै कर्मचारी एक वर्षभन्दा बढी नराख्न पनि निर्देशन दिए।   वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि अर्थमन्त्री महराले…

    विस्तृतमा पढ्नुस्

  • ​गैर कानुनी डलर साट्न जाँदा सैनिकको ४० लाख ठगियो

    ​गैर कानुनी डलर साट्न जाँदा सैनिकको ४० लाख ठगियो

    काठमाडौं :सस्तोमा अमेरिकी डलर पाउने लोभमा नेपाली सेना एयरपोर्टमा कार्यरत एक्का बहादुर दमाईको ४० लाख ठगिएको छ। २०७३ असारमा एक परिचितले उनलाई सस्तोमा अमेरिकी डलर दिलाउने भन्दै भक्तपुरको चागुनारायणमा लगेका थिए। ४० लाख नेपाली रुपैंया बोकेर उनी अमेरिकी डलर लिन गए। सहमती अनुसार उनले डलर पनि पाए तर ती सबै नक्कली थिए। डलर साट्न जाँदा ति फोटोकपी भएको खुलेपछि उनले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको जुट मिलमा आगलागी, ६ लाख मूल्य बराबरको क्षति

    विराटनगरको जुट मिलमा आगलागी, ६ लाख मूल्य बराबरको क्षति

    उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आज बिहान आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ।   मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो। आगलागीबाट चार थान स्पिनिङ मेसिन र छ टन तयारी कोप जल्दा रु छ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगोलाई सोही मिलमा काम गर्ने मजदुरहरुले नियन्त्रणमा लिएका…

    विस्तृतमा पढ्नुस्

  • इन्स्टिच्युटको डेलिगेसन होस् कि इन्टरपोलको प्रमको एउटै रटान : चिनियाँ राष्ट्रपतिको भ्रमण छिटो होस्

    इन्स्टिच्युटको डेलिगेसन होस् कि इन्टरपोलको प्रमको एउटै रटान : चिनियाँ राष्ट्रपतिको भ्रमण छिटो होस्

    काठमाडौँ : प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधे – चीनसँग मेरो सरकारको पालामा भएको सम्झौता के गर्नुहुन्छ? प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गरे लगत्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा भएको थियो। तर नेपालमा सरकार परिवर्तन लगत्तै चिनियाँ राष्ट्रपतिको भ्रमणमा अन्यौल बढेको टिप्पणी सार्वजनिक भयो। प्रचण्ड साउन २० गते प्रधानमन्त्री बने। लगत्तै उपप्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ​३३ देशका प्रहरी प्रमुखलाई भक्तपुरमा गाला डिनर,चन्द्रागिरीमा साइटसिन

    ​३३ देशका प्रहरी प्रमुखलाई भक्तपुरमा गाला डिनर,चन्द्रागिरीमा साइटसिन

    काठमाडौं : इन्टरनेशल क्रिमिनल पुलिस अर्गनाइजेशन (इन्टरपोल) को एसियाली क्षेत्रीय संगठनमा सहभागी हुन आएका ३३ राष्ट्रका १ सय ३२ प्रतिनिधि अहिले काठमाडौंमा छन्। बुधबारबाट शुरु भएको सम्मेलनमा अन्तराष्ट्रिय अपराधका आयाम र नियन्त्रणका उपायबारे छलफल चलिरहेको छ। उनीहरुको बाहिरी भेटघाट र मन बहलाउन आयोजक नेपाल प्रहरीले कार्यक्रमस्थल बाहिर घुमघाम र डिनरको समेत आयोजना गरेको छ। बिहीबार इन्टरपोलका अध्यक्ष मेङगहोङग वीले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • गाला डिनरमा धपक्क बलेको भक्तपुर ! हेर्नुस् ९ तस्विरमा

    गाला डिनरमा धपक्क बलेको भक्तपुर ! हेर्नुस् ९ तस्विरमा

    काठमाडौं : भुकम्पले हल्लाएको धरोहर टेको लगाइए पनि अाकर्शण उस्तै थियो। रङगिचङगी सजावटले धपक्कै बलेको थियो भक्तपुर दरवारस्क्वायर बिहीबार बेलुका । जहा थिए ३३ राष्ट्रका १ सय ३२ प्रतिनिधि जो इन्टरनेशल क्रिमिनल पुलिस अर्गनाइजेशन (इन्टरपोल) को एसियाली क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल आएका थिए।  पुरातात्विक शहरको मध्यभागमा नेपाल प्रहरीले आयोजना गरेको गाला डिनरमा सहभागी उनीहरु भक्तपुरको कला देखेर मग्न थिए। गाला डिनरमा धपक्क  बलेको…

    विस्तृतमा पढ्नुस्

  • २ सय ३९ यात्रुसँगै हराएको मलेसियन विमानको खोजी रोकियो

    २ सय ३९ यात्रुसँगै हराएको मलेसियन विमानको खोजी रोकियो

    २ सय ३९ यात्रु सहित हराएको मलेसियन एयरलाइन्सको एमएच ३७० विमानको खोजी रोकिएको छ। सन् २०१४ को मार्चमा २ सय ३९ यात्रु रहेको विमान हराएको थियो। विमान दुर्घटनामा परेको भनिए पनि हालसम्म विमान कहाँ दुर्घटना भयो खुलेको छैन। विमानको खोजी गर्न अस्ट्रेलिया, मलेशिया र चीनको संयुक्त टिम बनेको थियो। तीन वर्षको खोजीमा पनि विमानबारे केही संकेत नपाएपछि संयुक्त टिमले मंगलबारबाट खोजीको…

    विस्तृतमा पढ्नुस्

  • यमबुद्धको पोस्टमार्टम रिपोर्टमा अल्कोहल भेटियो, 'ड्रग्स भेटिएन'

    यमबुद्धको पोस्टमार्टम रिपोर्टमा अल्कोहल भेटियो, 'ड्रग्स भेटिएन'

    लण्डन : शनिबार नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका भनिएका लोकप्रिय र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को सोमबार पोस्टमार्टम गरिएको छ।  परिवार निकट स्रोतले जनाए अनुसार पोस्टमार्टम रिपोर्टमा धेरैले शंका गरे जस्तो लागूऔषधजन्य पदार्थ भेटिएको छैन।  पोस्टमार्टममा अल्कोहल भने भेटिएको छ। स्रोतका अनुसार राति कामबाट फर्किएपछि उनले श्रीमतीसित बसी वाइन खाएका थिए।  त्यसैगरी रिपोर्टमा बंगारा भाँच्चिएको…

    विस्तृतमा पढ्नुस्

  • गोली हानेर ​गाडी चालक मारेको आरोपमा पूर्व माओवादी लडाकु प्रेमिका सहित पक्राउ

    काठमाडौ‌ं : मंसिर ९ गते विहान ६ वजे रामेछाप मझुवा गाविसको निगालपानीमा जलेको अवस्थामा टाटा सुमो फेला पर्‍यो । त्यहाँ गाडिमात्र थिएन। गाडिभित्र एक युवकको शब समेत थियो। गाडिको पछिल्लो सिटमा रहेको शब चिन्नसक्ने अवस्थामा थिएन। शवसँगै रहेको सिक्री र हातमा रहेको पाथीभरा मन्दिरको चुरा थियो। गाडिको नम्बर भने चिन्नसक्ने अवस्थाको थियो- मे. १ ज.२१८७ । रामेछाप प्रहरीले गाडि नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • मतदाता कार्ड नदेखाएसम्म श्रीमानसँग नसुत्न केन्याली महिला सांसदको अपिल

    मतदाता कार्ड नदेखाएसम्म श्रीमानसँग नसुत्न केन्याली महिला सांसदको अपिल

    केन्याकी एक महिला सांसदले श्रीमानले मतदाता सूचीमा नाम दर्ता नगरेसम्म सेक्स बहिष्कार गर्न अपिल गरेकी छिन्। केन्यामा ८ अगस्टमा निर्वाचन हुँदैछ भने फेब्रुअरी १७ सम्म नाम दर्ता गर्नुपर्नेछ। केन्याकी  सांसद मिशि मबोकोले श्रीमानले जबसम्म कार्ड देखाउँदैनन् तबसम्म सम्भोग बहिष्कार गर्न अपिल गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। मबोको केन्याको तटीय सहर मोम्बासाबाट महिला प्रतिनिधि हुन्। 'महिलाले यो रणनीति अपनाउनुपर्छ, यो नै…

    विस्तृतमा पढ्नुस्

  • ​विवादबीच उच्च अदालतका न्यायाधीशको सपथ तय, १ बजे सपथ

    ​विवादबीच उच्च अदालतका न्यायाधीशको सपथ तय, १ बजे सपथ

    काठमाडौं : उच्च अदालतका लागि नियुक्त ८० न्यायाधीशको आज सपथ हुने भएको छ। पुस २८ गते सिफारिसमा परेका सवै न्यायाधीशले सोमवार नै नियुक्तिपत्र बुझिसकेका छन्। न्याय परिषद् सचिवालयले बुधवार दिउँसो १ बजे सपथ कार्यक्रम तय गरेको छ।   नेपाल बार एशोसिएसन, सरकारी वकिल तथा राजनीतिक दलहरुको समेत बिरोधका बीच प्रधानन्यायाधीश सुशील कार्कीले नवनियुक्त न्यायाधीशको सपथ कार्यक्रम तय गरेकी हुन्। प्रधानन्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • ​आगलागीमा पाँच लाख रुपैयाँ बराबरको क्षति

    राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मंगलवार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ।  स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ।  सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • ​बागलुङ नगरपालिकाको बजेट १५ करोड

    बागलुङ : बागलुङ नगरपालिकाले आगामी आवको लागि रु १५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २२ औँ नगर परिषद्ले आव २०७४÷०७५ को आयव्यय मंगलबार सार्वजनिक गरेको हो।  परिषद्को निर्णयअनुसार चालुतर्फ रु दुई करोड ५० लाख र पुँजीगततर्फ रु १३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार निर्माण, सरसफाइ र कृषि तथा पर्यटन विकासका लागि प्राथमिकता दिइएको…

    विस्तृतमा पढ्नुस्

  • ​ग्यास बिक्रेता प्रहरीको नियन्त्रणमा, कमिसन बृद्धिको आन्दोलन रोकिएन

    तिलोत्तमा (रुपन्देही) : ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ।  लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए।  इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता संघका केन्द्रीय सदस्य कमल पौड्याल,…

    विस्तृतमा पढ्नुस्

  • ​परराष्ट्रमन्त्री महत भन्छन् ‘एक वर्षभित्र तीनवटै तहको निर्वाचन’

    ​परराष्ट्रमन्त्री महत भन्छन् ‘एक वर्षभित्र तीनवटै तहको निर्वाचन’

    काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा एक वर्षभित्र मुलुकका तीन वटै तहको निर्वाचन सम्पन्न गरिने बताएका छन्।  भारतको नयाँ दिल्लीमा आयोजित ‘दोस्रो राइसिना डायलग’ अन्तर्गत ‘विग पोलिटिक्स एण्ड न्यु च्यालेन्जेस’ विषयको सम्मेलनलाई मंगलवार सम्बोधन गर्दै मन्त्री महतले संविधानको दायराभित्र सबैलाई समेट्ने आफ्ना प्रयास जारी रहेको अवगत गराउँदै त्यसमा सरकार सफल हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell