PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • सैनिक अस्पतालले सर्वसाधारणलाई पनि सेवा दिने, फागुन १३ देखि सुरु

    काठमाडौँ : नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ।   स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच भएको सैद्धान्तिक सहमति अनुसार नेपाली सेनाले आफ्नो स्थापना दिवस (शिवरात्रि) को अवसर पारेर आगामी फागुन १३ गतेदेखि सर्वसाधरणका लागि बहिरङ्ग उपचार सेवा उपलब्ध गराउने भएको हो।   सरकारले विशिष्ट व्यक्तिलाई देशभित्रै स्तरीय उपचार सेवा उपलब्ध गराउन प्रेरित गर्न र…

    विस्तृतमा पढ्नुस्

  • ड्युटीमै लडेर बेहोस भएका बैंक कर्मचारीको मृत्यु

    काँकडभिट्टा (झापा) : नेपाल बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ।   कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो।   उनी पाँचौं तहका कर्मचारी रहेको बैंकका निमित्त प्रमुख सुरेशबहादुर श्रेष्ठले बताए।  दिउँसो एक्कासि रिङ्गटा चल्यो भन्दै बेहोस भएका दिवाकरलाई उपचारका…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेता ज्ञवाली भन्छन्- 'संविधान संशोधन प्रस्ताव पारित हुँदै हुन्न, थाती राखेर समझदारी गरौं'

    एमाले नेता ज्ञवाली भन्छन्- 'संविधान संशोधन प्रस्ताव पारित हुँदै हुन्न, थाती राखेर समझदारी गरौं'

    बाबियाचौर (म्याग्दी) : नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन्।   प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए। 'सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम…

    विस्तृतमा पढ्नुस्

  • कालु पाँडेको समाधिस्थलमा साहित्यकार छाङ्छाका दुई कृति विमोचित

    कालु पाँडेको समाधिस्थलमा साहित्यकार छाङ्छाका दुई  कृति विमोचित

    काठमाडौँ : नियात्राकार एवम् कवि जय छाङ्छाको नियात्राकृति ‘दोहाको सीधा उडान’ तथा नियात्रा कविताकृति ‘यात्रामा कविता’ एकसाथ विमोचन गरिएको छ।  नागार्जुन नगरपालिकाको पौराणिकस्थल इन्द्रदहअर्थात् देवदहको सिरानमा अवस्थित ऐतिहासिकस्थल एवम् काजी कालु पाँडेको समाधिस्थलमा ती कृतिहरु विमोचन भएका हुन्। स्रष्टा तथा पत्रकार टोलीको स्रष्टा पदयात्रा अभियानअन्तर्गत तेस्रो पदयात्रा शृङ्खलाको क्रममा ती कृति शुक्रबार विमोचित भएका हुन्।  स्थानीय समाजसेवी भरत खत्रीको सभापतित्व एवम्…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका कर्णाली इन्चार्ज बस्नेतले भने : अबको जोड उत्तर-दक्षिण लोकमार्गमा

    माओवादी केन्द्रका कर्णाली इन्चार्ज बस्नेतले भने : अबको जोड उत्तर-दक्षिण लोकमार्गमा

    जुम्ला : नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश कर्णालीका इञ्चार्ज शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने बताएका छन्। प्रेस सेन्टर जुम्लाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा इञ्चार्ज बस्नेतले नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइने बताए। 'मानसरोवर समेत जोड्ने परिकल्पनाबाट आयोजना सम्पन्न गर्न सकिएमा जुम्ला कर्णालीको आधार शिविर बन्छ, साथै पूर्व–पश्चिम राजमार्गलाई…

    विस्तृतमा पढ्नुस्

  • 'महिलाका कार्यक्रम बाहिरै गर' भनेपछि सामुदायिक भवन बनाउन महिला जुटे, बजेट जुटेन

    तेह्रथुम : तेह्रथुमको थोक्लङ गाविसका महिलाले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ। महिलाले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकासमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो।   गाविसको लक्षित वर्ग तर्फको बजेटले निर्माण थालिए पनि थप आशा गरिएका गाविस, जिविस र अन्यत्र कतैबाट पनि…

    विस्तृतमा पढ्नुस्

  • ‘बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई, ब्राइट फ्युचर ३-१ ले पराजित

    ‘बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई, ब्राइट फ्युचर ३-१ ले पराजित

    बागलुङ : दलित युवा सञ्जाल बागलुङले आयोजना गरेको बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि विष्णुपादुका युवा क्लब हेम्जा कास्कीले हात पारेको छ।   स्थानीय बाङ्गेचौर खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा ‘फ्युचर ब्राइटर स्पोर्ट क्लब’ (पहेँलो) बागलुङ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै विष्णुपादुकाले उपाधि चुमेको हो।   उपाधिसँगै विष्णुपादुकाले नगद रु एक लाख पुरस्कार पाएको छ। उपविजेता फ्युचार…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले क्षतिग्रस्त रसुवागढीको पर्खाल मर्मत, सँगसँगै थालियो पुनर्निर्माण

    रसुवा : गत वर्षको भूकम्पले क्षति पुर्‍याएको रसुवागढीका पर्खाल मर्मत एवम् पुनःनिर्माण सुरु गरिएको छ।   सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार नेपाल र तिब्बत युद्धको समयमा निर्माण गरिएको ऐतिहासिक गढी भूकम्पले क्षति पुर्‍याएपछि पुरातत्व विभागको अनुमतिमा मर्मत एवम् पुनःनिर्माण अगाडि बढाइएको हो।   गढीको पर्खाल भूकम्पले भत्काएको, तत्कालीन समयमा फौजीले कवाज खेल्ने मैदानको डिल…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनको लागि उदयपुरमा १६ दल दर्ता

    गाईघाट (उदयपुर) :  स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन्।   निर्वाचन आयोगले पुस २४ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएका कारण उदयपुरमा पनि सोही मितिसम्ममा १६ राजनीतिक दलले पार्टीको विवरण र जिल्ला समितिको सदस्यको नाम समेत बुझाएको जिल्ला निर्वाचन कार्यालय, उदयपुरले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटनामा ८ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

    खोटाङ : ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।   दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको हो।   दुर्घटनामा सोही स्थानका अढाई वर्षीय आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षीय दिनेश राई…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्नको कमब्याक जित

    बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्नको कमब्याक जित

    रोवर्ट लेवान्डास्कीले दुई गोल गरेपछि वायर्न म्युनिखले जर्मन बुण्डेसलिगमा फेइवर्गलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  एक गोलले पछि परेको अवस्थामा लेवान्डास्कीले पहिलो हाफमा बराबरी गोल फर्काए भने इन्जुरी टाइममा विजयी गोल गरे। घरेलु मैदानमा भएको खेलको चौथो मिनेटमै जानिक हावेररले गोल गर्दै फेइवर्गलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिक्न सकेन। ३५ औं मिनेटमा लेवान्डास्कीले भलीमार्फत…

    विस्तृतमा पढ्नुस्

  • हुलाक सेवा सामुदायिक सूचना केन्द्रमा बदलिन्छन् : सञ्चारमन्त्री कार्की

    हुलाक सेवा सामुदायिक सूचना केन्द्रमा बदलिन्छन् : सञ्चारमन्त्री कार्की

    हेटौँडा : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताएका छन्।   नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री कार्कीले हुलाक सेवा सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको भन्दै सरकारले सूचनाको क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताए। जनतालाई सुसूचित गराउँदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकन कप : सेनेगल क्वाटरफाइनलमा, दोस्रो बराबरीपछि आइभरीकोस्टलाई कठिन

    अफ्रिकन कप : सेनेगल क्वाटरफाइनलमा, दोस्रो बराबरीपछि आइभरीकोस्टलाई कठिन

    सेनेगल गावोनमा भइरहेको अफ्रिकन कप अफ नेसन्स अफकन को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको दोस्रो खेलमा जिम्वावेलाई २-० ले पराजित गर्दै सेनेगल समूह बी बाट अन्तिम आठमा पुगेको हो।  अफकन अफ्रिका महादेशको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता हो। पहिलो खेलमा पनि सेनेगलले ट्युनिसियालाई २-० ले नै हराएको थियो। सेनेगललाई लगातार दोस्रो जित दिलाउन साढियो माने र हेनरी साएभेटले गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • ऋषि कपुर भन्छन्- 'फिल्ममा हिरोइनसँग नाच्ने बाहेक केही गरिएन'

    ऋषि कपुर भन्छन्- 'फिल्ममा हिरोइनसँग नाच्ने बाहेक केही गरिएन'

    जयपुर : भारतको जयपुरमा भइरहेको साहित्य महोत्सवमा सहभागी बलिउड अभिनेता ऋषि कपुरले आफ्नो फिल्मी यात्रामा केवल हिरोइनहरुसँग नाच्ने बाहेक केही काम नगरेको बताएका छन्। उनी हालै सार्वजनिक भएको आफ्नो विवादित जीवनी 'खुल्लमखुल्ला'को प्रमोशन गर्न सम्मेलनमा पहिलो पटक सहभागी भएका हुन्। कार्यक्रममा उनले आफ्नो ४४ वर्ष लामो फिल्मीयात्रा सम्झँदै भने, 'स्विटजरल्यान्डमा राम्री हिरोइनसँग गीत गाउने बाहेक केही गरिएन। अहिले  पो पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • धुलाम्मे सडकको असरले स्वास्थ्यमा समस्या, श्वासप्रस्वासका रोगी बढे

    जाजरकोट : यहाँका कच्ची तथा धुलाम्मे सडकको छेउछाउका स्थानीयबासी बढी बिरामी हुने गरेका छन्।   जिल्लाको खलङ्गा पाँचकाटिया सडक, छेडा–मोर्क सडक, जाजरकोट–डोल्पा सडकखण्डको छेउछाउमा घर बनाएर बसोबास गरेका स्थानीय बढी बिरामी हुने गरेका छन्। हावाहुरी तथा गाडी चल्दा धुलो घरभित्र पसेर यहाँका स्थानीयको स्वास्थ्यमा समस्या हुने गरेको छ।   जिल्लाका स्वास्थ्य संस्थामा उपचार गर्न आउने अधिकांश बिरामी सडकको छेउछाउमा बस्ने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'सायद दुई' को रिलिज डेट तेस्रो पटक घोषणा

    फिल्म 'सायद दुई' को  रिलिज डेट तेस्रो पटक घोषणा

    काठमाडौं: युवावस्थामा घट्ने विभिन्न घटनालाई पर्दामा उतार्दै सायद, होस्टल, होस्टल रिटर्न्स जस्ता हिट फिल्म दिएको दुर्गिस फिल्मले २०७३ मा मात्र तीन फिल्म प्रस्तुत गर्ने लक्ष्य लिएको थियो। गत वैशाखमा कार्यक्रम आयोजना गरी दुर्गिस फिल्मस ब्यानारले सायद २, लाउरे र लभ नम्बरको घोषणा पनि गर्यो। तर फिल्म निर्माण प्रक्रिया र प्रदर्शन मितिको चर्चा भने हिट फिल्म सायदको सिक्वेल 'सायद दुईको मात्र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय भलिबल र दौड प्रतियोगिता गर्दै सेना

    राष्ट्रिय भलिबल र  दौड प्रतियोगिता गर्दै सेना

    काठमाडौँ : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल र प्रधानसेनापति खुला दौड प्रतियोगिता हुने भएको छ।  माघको तेस्रो र पाँचौँ हप्तामा प्रतियोगिता आयोजना हुन लागेको हो।   नेपाली सेना, खेलकुद विभाग प्रमुख रामकाजी रानामगरका अनुसार माघ ९ देखि १४ सम्म भलिबल र खुला दौड प्रतियोगिता माघ २९ गते हुने छ। भलिबलमा पाँच विकास क्षेत्रसहित आयोजक आर्मी, नेपाल पुलिस…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी च्यालेञ्जमा पिसी फाइटरले कुपन्डोललाई हरायो

    काठमाडौँ :खुकुरी च्यालेन्ज कप क्रिकेट–२०१७ रोयल पिसी फाइटरले कुपन्डोल क्रिकेट क्लबलाई पराजित गरेको छ। भक्तपुरस्थित वीरेन्द्र सैनिक महाविद्यालयको मैदानमा बिहीबार भएको खेलमा रोयलले कुपन्डोललाई १ सय २४ रनको भारी अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रोयलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रनको योगफल बनायो । दुई सय २० रनको विजय लक्ष्य लिएर मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • आरुषि हत्याकाण्डमा दिल्लीमा मारिएका हेमराज परिवारको दुख : आर्थिक अभावमा पढाई छाडेर छोरा लागे दिल्लीतिर

    आरुषि हत्याकाण्डमा दिल्लीमा मारिएका हेमराज परिवारको दुख : आर्थिक अभावमा पढाई छाडेर छोरा लागे दिल्लीतिर

    अर्घाखाँची : घरमा ८१ वर्षीया आमा एक छोरा र एक छोरी छन् । १८ वर्षीय छोरा प्रज्वलले १२ कक्षा उत्तीर्ण गरे तर पढाइ खर्च नभएपछि अनि बाबुझै अहिले काम खोज्न दिल्ली पुगेका छन्। रोजगारीका लागि भारत गएका श्रीमानको ज्यान मात्र गएन। झन्डै हत्यारा नै बनेका थिए। मृत्युपछि श्रीमानको नाम अपराधीको सुचीमा पर्नबाट त जोगियो। तर परिवारको भरथेग कसरी गर्ने हैरान छिन्…

    विस्तृतमा पढ्नुस्

  • सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल चलाउनुपर्ने

    सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल चलाउनुपर्ने

    काठमाडौँ। धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री गर्न पाइने भएको छ ।  मन्त्रिपरिषद्को विहिवार बसेको बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्तावमा बैठकले सो निर्णय गरेको हो ।   सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११(छ) मा सरकारले चाहेमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell