PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

  • जलवायु परिवर्तनसम्बन्धी सार्क राष्ट्रको सम्मेलन काठमाडौँमा, दुई सय प्रतिनिधि सहभागी हुने

    काठमाडौँ : प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँ जनसार्क सम्मेलन’ माघ ११ र १२ गते काठमाडौँमा गर्ने भएको छ। नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुनेछ। कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन्। अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • किन चढ्दैछन् शाहरुख खान प्लेन छोडेर ट्रेन?

    किन चढ्दैछन् शाहरुख खान प्लेन छोडेर ट्रेन?

    सेलिब्रेटीहरु सुरक्षाको लागि पनि प्राय: लामो दुरीको यात्रा प्लेनमा गर्ने गर्छन्। तर बलिउड स्टार शाहरुख खानले भने मुम्बईदेखि दिल्लीसम्मको यात्रा रेलमा गर्ने भएका छन्। फिल्म रईस प्रोमोशनका लागि उनले ट्रेनलाई यात्राको माध्यम बनाएका हुन्। शाहरुखसँगै फिल्मका निर्देशक राहुल ढोलकिया र निर्माता रितेश सिधवानी पनि रहने बलिउड हंगामाले जनाएको छ। फिल्ममा पनि शाहरुखको भूमिका यात्रामा रहने पात्र रईसको रुपमा देखाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राष्ट्रपति रामवरण यादव अझै केही दिन अस्पताल बस्ने

    पूर्व राष्ट्रपति रामवरण यादव अझै केही दिन अस्पताल बस्ने

    काठमाडौँ : पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा. रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन दिन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन्। पेटसम्बन्धी समस्या देखिएपछि उनी बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनका छोरा डा‌. चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको…

    विस्तृतमा पढ्नुस्

  • ​सरकारी वकिलको आन्दोलनमा महान्यायाधिवक्ताको समर्थन

    काठमाडौँ : काठमाडौं उच्च अदालतका न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै इजलास बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका सरकारी वकिल र ट्रेड युनियनलाई महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले समर्थन गरेका छन्। जिल्ला तहदेखि सर्वोच्च अदालतसम्म सरकारीपक्षबाट बहस नगरी उनीहरु आन्दोलनमा उत्रिएका उनीहरुलाई सरकारको कानुनी सल्लाहकार रहेका श्रेष्ठले सार्वजनिक कार्यक्रममै आन्दोलनमा समर्थन जनाएका हुन्। आइतबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारी वकिल र चारवटा…

    विस्तृतमा पढ्नुस्

  • राँगाले आक्रमण गर्दा ७१ वर्षीय वृद्धको ज्यान गयो

    सप्तरी : राँगाको आक्रमणबाट कविलासा गाविसमा आज ७१ वर्षीय बच्चीलाल यादवको मृत्यु भएको छ।   घर नजिकै गहुँ खेतमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा राँगाले कविलासा गाविस– ७ निवासी यादवलाई आक्रमण गरेको थियो। आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।रासस

    विस्तृतमा पढ्नुस्

  • भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    दमक : पिकअप भ्यानको ठक्करबाट गएराति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ।   दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नं को भ्यानले मे १ ज ४०४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।   दुर्घटनामा परी सख्त घाइते…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेपलाञ्चोकका भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्

    बनेपा : काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्तावापतको रकम भूकम्पपीडितले अझै पाउन सकेका छैनन्। व्यक्तिगत नाममा जमीन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायतका कारणले अहिलेसम्म पाँच हजार दुई सय ९८ भूकम्पपीडितले पहिलो किस्तावापतको रु ५० हजार पाउन नसकेको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ। जिल्लाका ७५ गाविस र पाँच नगरपालिकामा ६७ हजार सात सय ११ लाभग्राहीमध्ये ६२ हजार…

    विस्तृतमा पढ्नुस्

  • चौथो एक दिवसीय खेल ८६ रनले जित्दै अस्ट्रेलियाद्वारा सिरिज कब्जा

    चौथो एक दिवसीय खेल ८६ रनले जित्दै अस्ट्रेलियाद्वारा सिरिज कब्जा

    डेविड वार्नरको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पाकिस्तानलाई चौथो एक दिवसीय खेलमा ८६ रनले पराजित गर्दै अस्ट्रेलियाले ५ खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा ३५४ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई २६७ रनमा अलआउट गर्दै घरेलु टोलीले एक खेल बाँकी रहँदै सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियाले ब्रिसवनमा भएको पहिलो एक दिवसीय ९२ रनले…

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक नगद पुरस्कार राशीको पुरुष भलिबल फागुन १० देखि

    सर्वाधिक नगद पुरस्कार राशीको पुरुष भलिबल फागुन १० देखि

    काठमाडौं : राष्ट्रिय युवा अभियानको आयोजनामा आगामी फागुन १० गतेदेखि राजधानीमा सर्बाधिक नगद पुरस्कार राशीको  पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। नयाँ शक्ति पार्टी सम्वद्ध राष्ट्रिय युवा अभियानले गर्न लागेको भलिबल प्रतियोगितामा तीन विभागीय क्लबको टोली र पाँच विकास क्षेत्रका टोली गरी कूल ८ टोलीको सहभागिता हुनेछ। प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख…

    विस्तृतमा पढ्नुस्

  • एपी वान टेलिभिजनले 'नेपाल आइडल'का लागि अडिसन खुलाउने, विजेतालाई २० लाखसहित कार

    एपी वान टेलिभिजनले 'नेपाल आइडल'का लागि अडिसन खुलाउने, विजेतालाई २० लाखसहित कार

    काठमाडौं : एपी वान टेलिभिजनले म्युजिकल रियालिटी शो 'नेपाल आइडल'का लागि प्रतियोगितात्मक गायन कार्यक्रम सञ्चालन गर्ने भएको छ।   केही समयपछि नै नियमित प्रसारणमा आउन लागेको टेलिभिजनले ३२ भागसम्म हुने सो कार्यक्रम बिहीबार र शुक्रबार बेलुका हुने जनाएको छ। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विश्वप्रसिद्ध म्युजिकल रियालिटी शोको नेपाली संस्करणका रुपमा नेपाल आइडलका…

    विस्तृतमा पढ्नुस्

  • गच्छदार भन्छन्- 'सिके राउतलाई कारबाही गर्न नसक्नु सरकारको निरीहता र कमजोरी’

    गच्छदार भन्छन्- 'सिके राउतलाई कारबाही गर्न नसक्नु सरकारको निरीहता र कमजोरी’

    अनन्तराज न्यौपाने विराटनगर : मधेसी लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले ‘मधेसलाई अलग्गै देश बनाउँछु’ भनेर वक्तव्य दिइरहेका सिके राउतलाई कारबाही गर्न माग गरेका छन्।   लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले मुलुक नै टुक्रयाउँछु भन्ने अभिव्यक्ति संविधान र कानुनअनुकूल नहुने जिकिर गर्दै कारबाहीको माग गरेका हुन्। आफूमा विखण्डनको अधिकार रहेको भन्दै मधेसका उग्रवादी अभियन्ता राउतको मधेसलाई अलग्गै मुलुक बनाउनुपर्ने माग यथावत् छ।…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चालाई मनाउन संविधान संशोधनको पूरक प्रस्तावको तयारी : प्रधानमन्त्री

    मधेसी मोर्चालाई मनाउन संविधान संशोधनको पूरक प्रस्तावको तयारी : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन्। जेठ १५ भित्र निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने उनको भनाइ छ। संविधान संशोधन र निर्वाचनमा आफूले ध्यान केन्द्रित गरेको संसदीय मामिला पत्रकार मञ्चको कार्यक्रममा उनले बताए। मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधनको पुरक प्रस्ताव ल्याउने विषयमा छलफल अगाडि बढाएको उनले जानकारी दिए। नयाँ संशोधन ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • युवाहरु शिक्षित भएपछि पहिलोपटक योजना माग, आक्रोशित गाउँलेद्वारा गाविस कार्यालयमा तालाबन्दी

    युवाहरु शिक्षित भएपछि पहिलोपटक योजना माग, आक्रोशित गाउँलेद्वारा गाविस कार्यालयमा तालाबन्दी

    सुर्खेत : सुर्खेतको पश्चिम गाविस लगाममा योजना बाँडफाट गर्दा स्थानीयलाई सहभागी नगराइएको भन्दै विरोध भएको छ।   लगाम ५ नम्वर वडाका स्थानीयले गाविस स्थापना भएदेखि अहिलेसम्म एउटै सरकारी योजना नपरेकोले यो पटक खानेपानी र दुई किलोमिटर मोटरबाटोको माग गरेको स्थानीय राम बहादुर कठायतले जानकारी दिए।   गत पुस २५ गते गाउँ परिषद् पास गर्दा उक्त गाउँमा योजना नपरेको थाहा पाएपछि…

    विस्तृतमा पढ्नुस्

  • मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा

    मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा

    पोखरा : ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी पोखरामा भइरहेको १५ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले समान २ गोल गरेपछि धरान फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी अन्तिम चारमा प्रवेश गरेको हो। मनाङका लागि सुजलले ३३ औं र ६३ औं तथा अनिलले ४१ औं र ५९ औं मिनेटमा गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति पुरुष भलिबल : एपीएफमाथि सेनाको रवाफ

    प्रधान सेनापति पुरुष भलिबल : एपीएफमाथि सेनाको रवाफ

    काठमाडौं : नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाले विजयी सुरुवात गरेको छ। नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा सेनाले विभागिय प्रतिद्वन्दी सशस्त्र प्रहरी बलको एपीएफलाई ३–० को सोझो सेटमा हरायो। सेनाले एपीएफलाई २५-१५, २५-१९ र २५-२० कोसेटमा पराजित गर्‌यो।  अर्को खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० को…

    विस्तृतमा पढ्नुस्

  • ​सुवास नेम्वाङलाई घत परेका रमेश लेखकका दुई किस्सा

    ​सुवास नेम्वाङलाई घत परेका रमेश लेखकका दुई किस्सा

    काठमाडौँ : संसदबाट नयाँ प्रधानमन्त्री चयन गर्ने बेला संविधानको फरक फरक ब्याख्या गर्दै आमने सामने भएका थिए संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका प्रभावशाली नेता समेत रहेका भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखक। तर आइतबार संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित 'संसदीय पत्रकारिता' किताब सार्वजनिक गर्ने कार्यक्रममा नेम्वाङले लेखकसँग संविधान निर्माणका बेला भएको कुराकानीका केही प्रसङ्ग उप्काए। लेखक दोश्रो…

    विस्तृतमा पढ्नुस्

  • एटिएमबाट पैसा चोरीमा भारतीय नागरिक : २ जना पक्राउ

    एटिएमबाट पैसा चोरीमा भारतीय नागरिक : २ जना पक्राउ

    काठमाडौं : अरुको एटिएम बाट पैसा झिक्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भारत चण्डीगढका इक्तेदार खान र भारत मंगलवजारका निरन्जन मेहतलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार उनीहरु १ महिनादेखी काठमाडौंको कमलपोखरी, माछापोखरी, भाटभटेनीमा रहेको एटिएमबुथबाट पैसा झिकेको खुलेको छ। केही सेवाग्रहीले आफ्नो एटिएमबाट पैसा झिकेको भन्दै प्रहीमा उजुरी गरेपछि प्रहरीले एटिएम बुथको क्लोजसर्किट टेलिभिजनको…

    विस्तृतमा पढ्नुस्

  • ​पूर्वन्यायाधीशहरुको बक्तव्य ‘न्यायाधीश नियुक्तिमा राजनीतिकरण भयो’

    ​पूर्वन्यायाधीशहरुको बक्तव्य ‘न्यायाधीश नियुक्तिमा राजनीतिकरण भयो’

    काठमाडौं : न्याय परिषदले उच्च अदालतमा न्यायाधीश नियुक्ति राजनीतिक भागबण्डामा गरेको भन्दै पूर्वन्यायाधीशहरुले बिरोध गरेका छन्। पूर्वन्यायाधीश फोरम नेपालले न्याय परिषदको निर्णय प्रक्रिया माथि पनि प्रश्न उठाएको छ। पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायको अध्यक्षताको फोरमले न्याय परिषदका सदस्य स्वयमले दलहरुलाई भागबण्डा पुर्‍याएको  सार्वजनिक अभिव्यक्ति जिम्मेवारीपूर्ण नभएको पनि आरोप लगाएको छ। फोरमद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सरकारको प्रतिनिधि न्याय परिषदका सदस्य कानूनमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ​महान्यायाधिवक्तासँग रुष्ट बारले भन्यो ‘अभिव्यक्ति पदीय मर्यादा बिपरित’

    ​महान्यायाधिवक्तासँग रुष्ट बारले भन्यो ‘अभिव्यक्ति पदीय मर्यादा बिपरित’

    काठमाडौं : नेपाल बार एशोसिएशनले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको अभिव्यक्ति पदीय जिम्मेवारी बिपरित भएको टिप्पणी गरेको छ। ‘आफुखुशी कानुनी सल्लाहाकार राखे प्रतिरक्षा गर्दैनौं’ भन्ने अभिव्यक्तिलाई बारले पदीय जिम्मेवारी बिपरित भएको भन्दै आपत्ति जनाएको हो। बारले बिज्ञप्ती जारी गर्दै संवैधानिक, राज्य संयन्त्र र व्यक्तिले समेत कानुनी परामर्श दिनका लागि संविधानले ग्यारेन्टी गरेको अवस्थामा महान्यायाधिवक्ताको भनाई जिम्मेवारीपूर्ण नभएको बताएको हो। बारको बिज्ञप्तीमा भनिएको छ…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुनकाण्डमा भन्सारमा सुब्बा तानिए

    ३३ किलो सुनकाण्डमा भन्सारमा सुब्बा तानिए

    काठमाडौ‌ं : हवाइमार्गहुँदै भएको ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सारका सुब्बा पक्राउ परेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भन्सारका सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको ब्युरोस्रोतले जानकारी दियो। सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुको फोन सम्पर्क जालो केलाउनेक्रममा श्रेष्ठ समेत सम्पर्कमा देेखिएपछि प्रहरीले उनलाई  मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो। अनुसन्धानस्रोतका अनुसार भन्सारमा बुझाउने रकम सुब्बा श्रेष्ठमार्फत वितरण हुने गरेको देखिएपछि अनुसन्धानका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell