PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • ट्र्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गयो

    गौशाला : महोत्तरीको गौशाला नगरपालिका–७ हनुमानचोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भरतपुर गाविस–४ का ५५ वर्षीय रामवृक्ष भगत रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।   ज १ त १९५१ नम्बरको ट्र्याक्टरले जिल्लाको मरहा खोलाबाट ढुङ्गा बोकी गौशाला बजारतिर आउँदै गर्दा गौशालाबाट आफ्नो घरतिर जाँदै गरेका भगतलाई गौशाला–७ स्थित…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर अदालत घुस प्रकरण : फिर्ता ल्याएको अदालतको कर्मचारीलाई सर्वोच्चले पुन अख्तियार पठायो

    ललितपुर अदालत घुस प्रकरण : फिर्ता ल्याएको अदालतको कर्मचारीलाई सर्वोच्चले पुन अख्तियार पठायो

    काठमाडौँ : सर्वोच्च अदालतले घुस लिँदालिदै पक्राउ परेका ललितपुर जिल्ला अदालतका कर्मचारी श्याम अर्याललाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फिर्ता पठाएको छ। गत २२ गते अख्तियारले उनलाई पक्राउ गरी आफ्नो हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइरहेकै बेला ३ दिनपछि ललितपुर जिल्ला अदालतका कर्मचारी अख्तियार पुगेर फिर्ता ल्याएपछि विवाद भएको थियो। सर्वोच्चले अर्यालबारे छानविनका लागि सह रजिष्ट्रार नृपध्वज निरौलाको संयोजकत्वमा…

    विस्तृतमा पढ्नुस्

  • ​अदालतमा बहस बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी

    ​अदालतमा बहस बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी

    काठमाडौँ : सरकारी वकिल तथा महान्यायाधिवक्ता कार्यालयका विभिन्न ट्रेड युनियनहरुले आउँदो माघ ९ गते आइतबार देखि सर्वोच्च अदालत लगायत देशभरका अदालतमा बहस पैरवी बहिष्कार गर्ने चेतावनी दिएका छन्। न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिल समूहबाट १ जना मात्र समावेश गरिएको विरोधमा सरकारी वकिल समाज र महान्यायाधिवक्ता कार्यालयका कर्मचारी संगठन विरोधमा उत्रिएका हुन्। गत २८ गते न्याय परिषदले उच्च अधालतमा रिक्त…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्य बैंकको 'सेकेण्ड पोजिसन'मा पहिलो महिला बन्दना पाठक

    वाणिज्य बैंकको 'सेकेण्ड पोजिसन'मा पहिलो महिला बन्दना पाठक

    काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठकलाई नियुक्त गरेको छ। बैंकले पुस १५ गतेदेखि लागु हुनेगरी पाठकलार्इ नियुक्त गरेको हो। पाठकले नेपाल बंगलादेश बैंकबाट क्यारियर सुरु गरेकी थिइन्। अर्थशास्त्र प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठक पछिल्लो दश बर्ष देखि एनसीसी बैंकमा नायब प्रवन्धकको रुपमा कार्यरत रहेकी थिइन्। सहायक पदबाट बैंकिङ क्षेत्रमा सेवा सुरु गरेकी पाठक…

    विस्तृतमा पढ्नुस्

  • बच्चा जन्माएको दुई महिनापछि करिना कपूर काममा फर्कंदै

    बच्चा जन्माएको दुई महिनापछि करिना कपूर काममा फर्कंदै

    विवाह वा बच्चा जन्माएपछि धेरै नायिका कलाकारिताबाट हराउँछन्। तर गर्भावस्थामा पनि विज्ञापन र प्रेस सम्मेलन मार्फत मिडिया फेस गरिन् बलिउड नायिका करिना कपूरले। उनले सोही अवस्थामा रहेर पनि उनले फेशन स्टेटमेन्ट सार्वजनिक गरिन्। उनले गत डिसेम्बर २० मा छोरालाई जन्म दिइन्। बच्‍चा जन्माएको एक महिना पनि नहुँदै उनले आफ्नो फिल्मी कमब्याक घोषणा गरेकी छिन्। दुई महिना मात्र ग्याप लिएर उनी…

    विस्तृतमा पढ्नुस्

  • भारत उत्तरप्रदेश राजनीति : छोराको लोकप्रियताको अगाडि बाबुको केही चलेन, चुनावचिन्ह साइकल छोराले पाए

    भारत उत्तरप्रदेश राजनीति : छोराको लोकप्रियताको अगाडि बाबुको केही चलेन, चुनावचिन्ह साइकल छोराले पाए

    भारतको उत्तर प्रदेशको समाजवादी पार्टीमा जारी बाबु-छोराविचको राजनीतिक लडाइमा निर्वाचन आयोगले छोरा अखिलेश यादवलाई विजेता बनाएको छ। पार्टीको नाम र चुनाव चिन्ह साइकलबारे जारी विवाद आयोगमा पुगेपछि आयोगले पार्टी र चुनाव चिन्ह उत्तरप्रदेशका मुख्यमन्त्री समेत रहेका अखिलेशको हुने आदेश दिएको हो। आगामि निर्वाचनमा उम्मेदवार तोक्ने विषयमा शुरु भएको पारिवारिक विवाद बढ्दा पार्टी अध्यक्ष मुलायमसिंह यादव र मुख्यमन्त्री अखिलेशविच कटुता बढेको…

    विस्तृतमा पढ्नुस्

  • ​प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित एक जना पक्राउ

    जाजरकोट : इलाका प्रहरी कार्यालय दल्लीले डोल्पा नर्कु गाविस–१ का ६७ वर्षीय नामबहादुर बोहोरालाई आज तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित पक्राउ गरेको छ।  भगवती गाविसबाट बगरातर्फ जाँदै गरेको भे१ज ५७६ नंको जिपलाई खगेनकोट–८ स्थित प्रहरी चेक पोस्टमा जाँच गर्दा उक्त परिमाणको पाँचऔलेसहित बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोरालाई आजै जिल्ला वन कार्यालयमा बुझाइएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • ​धनकुटामा जन्ती बोकेको भ्यान दुर्घटना, तीन जनाको मृत्यु चार घाइते

    ​धनकुटामा जन्ती बोकेको भ्यान दुर्घटना, तीन जनाको मृत्यु चार घाइते

    धनकुटा : फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।  विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिए। तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो।  दुर्घटनामा परी अन्य चार जना…

    विस्तृतमा पढ्नुस्

  • ​जलबिद्युतमा लगानी गर्न दुई अर्व १२ करोडको प्रतिबद्धता

    ​जलबिद्युतमा लगानी गर्न दुई अर्व १२ करोडको प्रतिबद्धता

    काठमाडौँ : ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ।  मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका लागि पहिलो चरणमा नागरिकसँग प्रतिबद्धता जनाउन आग्रह गरेको थियो।  मन्त्रालयकाअनुसार हालसम्म व्यक्तिगत रुपमा २१ हजार ८२४ जनाले लगानीको प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु दुई अर्ब ५१ लाख…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार

    दमौली : छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन्। महोत्सवमा रु तीन करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ।  महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताए।  महोत्सवको वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले समापन गरे। समापन कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • ​सुरक्षाकर्मीको कारबाहीमा कमाण्डरसहित २१ तालिवानको मृत्यु

    ​सुरक्षाकर्मीको कारबाहीमा कमाण्डरसहित २१ तालिवानको मृत्यु

    काबुल : अफगानिस्तानमा देशभरी तालिवान आतङ्ककारीविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीका क्रममा करिब २१ जना आतङ्ककारीको मृत्यु भएको छ। सो कारबाहीमा मारिएका आतङ्ककारीहरू तालिवान समूहका कमाण्डरसमेत रहेका छन्।  गत २४ घण्टाभित्र अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहयोगमा अफगानिस्तानको कासिसा, पार्वा, ओरुजगान र खोस्त प्रान्तमा गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएको गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा बताइएको छ।  यस घटनाको…

    विस्तृतमा पढ्नुस्

  • ​पहिरोका कारण सामुदायिक बनका पोखरी पुरिए, संरक्षणमा जुटे स्थानीय

    बेनी (म्याग्दी) : पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन्।  तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् । ‘सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो’, स्थानीयवासी डेकबहादुर कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा फोटोसहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता

    कञ्चनपुर : जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन्।  निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन्। ५३ वटा केन्द्रमा नामावली संकलन र…

    विस्तृतमा पढ्नुस्

  • कोलकाता बन्दरगाहको यार्ड र गोदाम प्रयोगविहीन, सरकारी अकर्मण्यताका कारण करौडौं शुल्कको भार

    कोलकाता बन्दरगाहको यार्ड र गोदाम प्रयोगविहीन, सरकारी अकर्मण्यताका कारण करौडौं शुल्कको भार

    अनन्तराज न्यौपाने  विराटगर : कोलकाता बन्दरगाहमा भएको नेपालको आफ्नै यार्ड र गोदाम प्रयोगमा नआउँदा यहाँका व्यवसायीले भारतीय स्वामित्वको यार्ड र गोदाम प्रयोग गर्नुपरिरहेको छ।   यसबाट नेपालको व्यवसायमा प्रक्रियागत झन्झट र अतिरिक्त शुल्कको समस्या थपिएको छ। नेपालसँग भएको आफ्नै यार्ड समेत प्रयोग गर्न नसक्नु सरकारको अकर्मण्डयता भएको व्यवसायीले आरोप लगाएका छन्।   कोलकाता बन्दरगाहमा नेपालको आफ्नै यार्ड त छ तर…

    विस्तृतमा पढ्नुस्

  • ​डोनाल्ड ट्रम्पलाई गुप्तचर प्रमुखको चेतावनी- 'बोलीमा नियन्त्रण राख्नूस्'

    ​डोनाल्ड ट्रम्पलाई गुप्तचर प्रमुखको चेतावनी- 'बोलीमा नियन्त्रण राख्नूस्'

    एजेन्सी : अमेरिकी गुप्तचर संस्था सिआइए प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई सानातिना विषयमा टिप्पणी नगर्न चेतावनी दिएका छन्। कार्यकालको अन्त्यतिर रहेका ब्रेननले फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पलाई यस्तो चेतावनी दिएका हुन्।   ब्रेननले ट्रम्पलाई आफ्नो बोलीमा नियन्त्रण राख्न पनि भनेका छन्।   उनले ट्वीटरमार्फत विचार प्रवाह गर्दा आन्तरिक हित प्रवाभित गर्नेगरी मत नराख्न पनि ट्रम्पलाई सुझाव दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • घाँस झार्ने क्रममा रुखबाट लडेका खनालको अस्पताल लैजाने क्रममा ज्यान गयो

    इलाम : इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो।   गम्भीर घाइते भएका खनालको गएराति उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • रेडियो नारायणीमा आगलागी भएपछि सम्पूर्ण प्रसारण बन्द

    रेडियो नारायणीमा आगलागी भएपछि सम्पूर्ण प्रसारण बन्द

    रत्ननगर (चितवन) : चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ।   गएराति करिब ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए। भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको छ। क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत् सर्ट भएको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हङकङबाट उडेको टर्किस एयरलाइन्सको विमान किर्गिस्तानमा दुर्घटना, १६ जनाको मृत्यु

    हङकङबाट उडेको टर्किस एयरलाइन्सको विमान किर्गिस्तानमा दुर्घटना, १६ जनाको मृत्यु

    हङकङबाट उडेको कार्गो विमान किर्गिस्तानको बिशकेकस्थित मनास विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 'टर्किस एयरलाइन्सको बोइङ ७४७ विमान खराब मौसमी अवस्थाका कारण दुर्घटनामा परेको हो,' संकट व्यवस्थापन केन्द्रका रिया नोभोस्तीले बताए।आपतकालीन मन्त्रालयले पनि मौसमको खराबीका कारण उक्त विमान ल्याण्डिङका क्रममा दुर्घटनामा परेको जनाएको छ। उद्धारकर्मीहरूले एक पाइलट र अन्य १५ जनको शव निकालेका छन्। दुर्घटना…

    विस्तृतमा पढ्नुस्

  • ​बेरोजगार हुनुहुन्छ? युवा परिषद्मा पेश गर्नुस् व्यावसायिक कार्ययोजना र लिनुस् सहायता

    ​बेरोजगार हुनुहुन्छ? युवा परिषद्मा पेश गर्नुस् व्यावसायिक कार्ययोजना र लिनुस् सहायता

    काठमाडौं : राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी विभिन्न परियोजनामा सहयोगका लागि व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ। संगठित संस्था स्थापना गरी विभिन्न क्षेत्रमा उद्यमको योजनासहित आवश्यक स्रोतका लागि युवा परिषद्मा निवेदन दिन सकिनेछ।   आउँदो फागुन ३ गतेसम्म यु्वा समूहले आफ्ना योजना पेश गर्न सकिने परिषद्को सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।   परिषदले ७५ वटै जिल्लाका २४०…

    विस्तृतमा पढ्नुस्

  • दुबई पुगेर प्रधानमन्त्रीले भने- 'मधेसबिनाको काठमाडौं कल्पना गर्न सकिन्न'

    दुबई पुगेर प्रधानमन्त्रीले भने- 'मधेसबिनाको काठमाडौं कल्पना गर्न सकिन्न'

    दुबई : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशबिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन्। दुबईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पहाड र मधेशका नाममा कुनै पनि हालतमा क्षेत्रीय ध्रुवीकरण बढ्नु नहुने बताए।   'हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो। कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन,' उनले भने, 'मधेशका लागि काठमाडौं र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell