सप्तरी : जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने दुई जनालाई गएराति पक्राउ गरेको छ। अवैध ढङ्गबाट मदिरा उत्पादन गरेको सूचना थाहा भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले छापा मार्ने क्रममा एक हजार लिटर मदिरा र दुई हजार लिटर कच्चापदार्थसमेत जफत गरेको बुझिएको छ। सप्तरी जिल्लाको जमुनीमध्येपुरा–१ बस्ने विश्वनाथ साह र महेन्द्र साहको घरमा छापा…
उर्लाबारी (मोरङ) : सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन्। मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले आज बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री जबेगुले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए। देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब देशलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने उनको भनाइ…
चितवन : लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ। अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू बिदामा गएका छन्। माघको दोस्रो साता नभई पूरै कामदार नफर्किने देखिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लक्ष्यअनुरुप काम भएको भए यतिबेला ५२ प्रतिशत काम सम्पन्न…
किर्गिजस्तान : हङकङबाट किर्गिजस्तानको राजधानी बिश्केक हुँदै इस्तानबुल उडेको बोइङ ७४७ टिके ६४९१ मालबाहक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। किर्गिस्तानको प्रमुख विमानस्थल मानसबाट करिब २५ किलोमिटर नजिकै सोमबार स्थानीय समयअनुसार बिहान ७:३० मा सो टर्किस एयरलाइन्सको सो विमान दुर्घटनामा परेको हो। मृत्यु हुनेमा चार विमानचालक पनि परेका छन्। किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताका अनुसार…
कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन्। घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए। उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ। युवतीको घरमा फोन गरेर धम्की…
काठमाडौं : फिल्म 'ह्याप्पी डेज' र 'ब्लाइन्ड रक्स' अस्ट्रेलिया प्रदर्शनको लागि बिक्री भएको छ। फिल्म निर्माण प्रक्रिया सकिनुअघि नै यी दुई फिल्म बिक्री भएका हुन्। फिल्म निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्टले फिल्मको अस्ट्रेलिया राइट्स अस्ट्रेलियामा रहेको नमस्ते इन्टरटेनमेन्टलाई दिएको हो। फिल्म ह्याप्पी डेजको भर्खरै लनडनमा सुटिङको सक्किएको छ। ब्लाइन्ड रक्स भने फ्लोरमा निस्कन पनि बाँकी छ। पोस्ट प्रोडक्शनको काम भैरहेको फिल्म…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेका लागि निम्ता पाएका पूर्वराजा ज्ञानेन्द्र शाह शीतल निवास छिरेका छन्। राष्ट्रपति भवनमै भण्डारीकी छोरी निशाकुसुमको बिहे हुने भएको हो। उनका दुलाहा अभिशेष यादव पूर्वराष्ट्रपति रामवरण यादवका नाति हुन्। शीतलनिवासमा यति बेला चहलपहल बढेको छ तर सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको छ। बिहेका लागि पूर्वराजा ज्ञानेन्द्रलाई पनि विवाह समारोहमा भाग लिन निमन्त्रणा गरिएको…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहसँगै राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार लगायत शीतलनिवास पुगेका छन्। बिहान १० बजेदेखि नै उनीहरु राष्ट्रपति भवन शीतलनिवास छिर्न सुरु गरिसकेका थिए। पूर्वराजा ज्ञानेन्द्र भने मध्याह्न १२ बजेर ३५ मिनेटमा शीतलनिवास पुगे। विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री…
सामाजिक संजालमा सेलिब्रेटिहरुको नाममा फेक अकाउन्ट खोलिनु धेरै नौलो विषय होईन। कसैको नाम र फोटोको दुरुपयोग गर्नु साइबर क्राइम मानिए पनि यस्ता कार्यहरु नियन्त्रन कमै हुन्छ। तर सरकारी कागजपत्रमा पनि कुनै सेलिब्रेटिको नाम र फोटोको गलत प्रयोगलाई कसरी लिने? सुन्दा अचम्म लाग्छ तर भयो त्यस्तै। बलिउड स्टार सलमान खानको नाममा भोटर आइडी कार्ड बन्यो। जसमा नाम मात्र होइन फोटो र…
काठमाडौ : र्याप गीत मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए। सार्वजनिक भएको घटना विवरणमा उनले आत्महत्या गरेको देखिएको छ। स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गर्दै शव नजिकैको अस्पतालमा लगेकोछ। चर्चित युवा गायक कुल पोखरेल, गायिका योगिता…
काठमाडौँ : यम बुद्ध नामले चर्चित नेपाली र्याप गायक अनिल अधिकारी शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन्। उनी निकट स्रोतका अनुसार लन्डनको नर्थ होल्डस्थित घरमा स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा बाथरुममा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। २९ वर्षीय अधिकारी आफ्नी पत्नी र सासु ससुरा र सालोका साथ त्यहाँ बस्दै आएका थिए। स्थानीय प्रहरीले मृत्युको…
रामपुर : गएराति पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ। उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार…
खोटाङ : भूकम्प गएको २० महिनापछि खोटाङमा पुनर्निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनर्निर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो। जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। गत…
बेरुत : पूर्वी सिरियामा इस्लामिक स्टेट (आइएस) समूहले गरेको भीषण आक्रमणमा परी ३० भन्दा बढी जिहादी र सरकारी बलको मृत्यु भएको एक मानवअधिकारवादीले जानकारी दिएका छन्। डेइर इज्जोरमा रहेको सरकारी बलको अखडा लक्षित आक्रमणमा परी १२ सरकारी सुरक्षाबल र २० आइएस आतङ्ककारी मारिएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जनाएको छ। अब्जरभेटरी र सिरियाली समाचार समिति सानाका अनुसार सोही सहरको सरकारी…
काठमाडौं : संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ। उनकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो। मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा निधन भएको थियो। स्व. दाहालका तीन छोरा र दुई छोरी छन् । उहाँको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। रासस
काठमाडौँ : राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै निधन भएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँलको सो स्थलमा शालिक निर्माण गर्न माग गरिएको छ। कुसुम नाट्य समूहले सो माग गर्दै उनकोस्मृतिमा रु पाँच हजार राशिको पुरस्कार स्थापनाको निर्णय गरेको छ । समूहले उनको नाममा नाट्यशालाको नामकरण गरी संस्थानकै हाताभित्र फुयाँलको अर्धकदको सालिक निर्माण गर्न सांस्कृतिक संस्थानसँग माग गरेको हो। पाँच दशकसम्म नाटक लेखन,…
काठमाडौं : नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ। पोखराबाट थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेका हुन्। कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बिमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीे र नार्कका कर्मचारीको सावधिक जीवन बिमाअन्तर्गत जम्मा भएको…
एजेन्सी : ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको एक बन्दीगृहमा भएको झडमा परी कम्तीमा दश कैदीको ज्यान गएको छ। कारागारमा रहेका दुई समुहबीच झडप भएको स्थानीय प्रहरीको भनाई उद्रृत गर्दै बिबिसीले जनाएको छ। एल्काकुज नामक कारागारमा झडप भएको हो। यो उक्त क्षेत्रकै सवैभन्दा ठूलो कैदीगृह हो। एक बर्षको अवधिमा बन्दीगृहमा भएको यो तेस्रो झडप हो । एमाजोनामा यही महिनामा भएको फडपमा…
नवलपरासी : नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ। यसअघि नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको छ । अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट , देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न गतिविधिमार्फत अभियानलाई अघि बढाइएको हो। अहिले ती नगरपालिका क्षेत्रमा बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउनेलगायतका बालमैत्री बनाउन…
काठमाडौं : दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको महिला रेगु स्पर्धामा नेपाल दोश्रो भएको छ। श्रीलंकाको कोलोम्बोस्थित सेन्ट जोसेफ स्पोर्ट्स कम्प्लेक्समा नेपालले पाकिस्तानलाई २१–५ र २१–४ तथा आयोजक श्रीलंकालाई २१–१२ र २१–१३ ले पराजित गरेको कोलोम्बोबाट राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन्। पुरुष डबल इभेन्टमा नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपालले बंगलादेशलाई २१–१४ र २१–१२ को सोझो सेटमा…