काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्लड मनी(हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने सरकारले काम गरिरहेको बताएका छन्। ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका उनले अबुधाबीस्थित नेपाली दूतावासमा भएको अन्तक्रिया कार्यक्रममा विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको बताएका हुन्। विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा…
काठमाडौं : बुटवलको न्यु होराइजन र धनगढीको एसपिए राजधानीमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। न्यु होराइजनले नेपाली राइनोजलाई ८ रनले पराजित गर्दा एसपिएले आयोजक केसीटीसीलाई ४६ रनले हरायो। पहिलो खेलमा पारस खड्काको एपीएफलाई पराजित गरेको नेपाली राइनोज न्यु होराइजनसँग साँघुरो रन अन्तरले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो। यससँगै सेमिफाइनल समिकरण पनि पुरा भएको छ। न्यु होराइजनले…
काठमाडौं : अमरसिंह राउटेलालो अलराउण्ड प्रदर्शन गरेपनि खुकुरी कप क्रिकेट अन्तर्गत समूह सी को खेलमा रोएल पिसी फाइटरले लायन क्रिकेट क्लबलाई १६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रोएल पिसी फाइटरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२६ रन बनायो। पिसी फाइटरका लागि अमरसिंहले नटआउट ८६ रन बनाए। ४५ बल…
डिप्रेसमा रहेको मानिस प्रारम्भमा आत्महत्या गर्ने कि नगर्ने दुविधामा हुन्छ। उसमा छट्पटी बढ्न थाल्छ । साथी, आफन्तसँग मर्न मन लागेको छ भन्ने जस्ता कुरा गर्छ। तर हाम्रो समाजले यस्ता कुरालाई त्यति गम्भिर रुपमा हेरिदैन। उसको कुरा गम्भिर भएर सुन्नुको साटो बरु जा न त मर, हावा कुरा गर्छस् जस्ता कुरा गरेर मजाक बनाईन्छ । यस्तो प्रतिकृयाले उ थप निरास हुन्छ। मनोचिकित्सक…
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेर १३ मिनेट जहाज ल्यान्ड गर्ने समय थियो। समय तालिका अनुसारनै ३ सय ४० जना यात्रु बोकेर मलेसियाको क्वालालाम्पुरवाट काठमाडौंका लागि उडेको एयर एसियाको जहाज कोटेश्वर नजिकै आइपुगिसकेको थियो। विमान अवतरणको तयारीमा रहेका पाइलटलाई एक्कासी शन्देस आयो' जहाज ल्यान्ड नगर्नु।' किन ? तत्काल कारण खुलेन। चालकदलले हतार हतार विमान ओभरसुट गरेर आकाशतिर मोडे।…
काठमाडौँ : डाक्टर गोविन्द केसी र सरकारबीच भएको सम्झौता रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बीएण्डसी मेडिकल कलेजले सम्बन्धन र डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। मेडिकल कलेजको तर्फबाट दुर्गाप्रसाद प्रसाइले…
काठमाडौँ : आज माघ १ गते अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिका रुपमा मनाउने गरिन्छ। उत्तरायण सुरु भएसँगै आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका…
काठमाडौँ : सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण अवकाश पाएका छन्। सर्वोच्च अदालतमा आयोजित बिदाइ कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले माया चिनो प्रदान गरी न्यायाधीस उपाध्यायलाई बिदाइ गरिन्। सर्वोच्च अदालतका न्यायाधीश, कर्मचारीले पनि उनलाई फूलमाला लगाएर बिदाइ गरेका थिए। प्रधानन्यायाधीश कार्कीले अवकाश पछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना दिँदै आवश्यक परेका बेलामा आफूहरुले परामर्श लिने बताइन्।…
बैतडी : प्रहरीले श्रीमतीको हत्या आरोपमा भौनेली–५ का देवेन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको छ । देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ। आफूलाई जानकारी नगराई देवकीको दाहसंस्कार गरिएपछि माइती पक्षले प्रहरीलाई पुस २७ गते बेलुका घटनाबारे खबर गरेको थियो। माइतीको…
काठमाडौँ : ऊर्जामन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन्। ऊर्जा मन्त्रालयमा थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गरेका हुन्। चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै…
रामपुर (पाल्पा) : रामपुर नगरपालिका–१५ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कालीगण्डकी नदीको बौडीघाटबाट बर्दलेतर्फ ढुङ्गा लिएर आउँदै गरेको लु २ त ५९५८ नंको ट्र्याक्टर रामटार नाङ्गेटारीमा दुर्घटना भएको हो। गम्भीर घाइते बनेका चालक जीतेन्द्र थारुको उपचारका लागि रामपुर अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। साँघुरो…
गौशाला : महोत्तरी हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएको हो। आफ्नै घरमा बसिरहेका उनलाई सात-आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारसहित आक्रमण गरी गम्भीर घाइते बनाएर भागेका थिए। गम्भीर घाइते…
भक्तपुर : माघे सङ्क्रान्तिका अवसरमा आज यहाँका नारायण मन्दिरमा मेला लागेको छ। घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुललगायत खाएर मनाइने यस पर्वका दिन आज तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ। ती मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ। गर्भवतीले प्रसादका रुपमा नारायण देवताको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको…
काठमाडौँ : भैरव पुरस्कार गुठीले हास्यव्यङ्ग्य साहित्य क्षेत्रमा योगदान पुर्याउने कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र शेषराज भट्टराईलाई सम्मान गरेको छ। हास्यव्यङ्ग्यकार भैरव अर्यालका स्मृतिमा स्थापित ‘भैरव पुरस्कार’ भक्तपुर निवासी गौतमलाई र ‘भैरव प्रतिभा पुरस्कार’ पोखराका भट्टराईलाई प्रदान गरिएको हो। गौतमले रु ५० हजार र भट्टराईले रु २५ हजारसहित प्रशंसापत्र प्राप्त गरे। गौतमका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, कवितासङ्ग्रह, निबन्धसङ्ग्रहलगायत सात कृति…
विराटनगर : हिन्दू धर्मावलम्बीले आज मकर सङ्क्रान्ति पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन्। यस पर्वको अवसरमा आज बिहानैदेखि पवित्र जलाशयमा स्नान ध्यान गरेर घरका देवीदेउताको पूजापाठ गरी पर्वको शुभारम्भ गरिएको छ। धनु राशिबाट सूर्य आजकै दिन मकर राशिमा प्रवेश गरेकाले यस पर्वलाई मकर सङ्क्रान्ति पर्व भन्ने गरिएको हो। यस पर्वलाई तिला सङ्क्रान्ति पर्व पनि भन्ने गरिन्छ। यस पर्वको अवसरमा…
काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको एक सय ९२ औँ हप्तामा आज सिनामङ्गलदेखि तिलगङ्गा क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिए। सफाइमा समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो।…
विनोदसिंह विष्ट बैतडी : अरुतिर मकर संक्रान्ति मनाइरहँदा सुदूरपश्चिममा भने आज काग तिहार मनाइँदैछ। यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ। स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो। महिनाको सुरुआत भएकाले…
धनगढी : पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। थारू चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउनका लागि तीन दिन अघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन्। वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरिया लगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा…
सोलुखुम्बु : ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ। जिल्ला स्वास्थ्य कार्यलयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यलयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो। निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको…
तनहुँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याए पनि त्यसलाई संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन्। राणा शासनको अन्त्य गर्ने क्रममा बलिदान गर्ने सहिदहरुको सम्झनामा आज तनहुँको बन्दीपुरस्थित सहिदवाटिकामा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले नेताहरुको यस्तै गतिविधिका कारण जनतामा विश्वास घट्दै गएको बताए। अहिले राजनीतिमा मूल्यमान्यता हराउँदै गएको, मनी र मसल…