PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • हात्ती आतंक नियन्त्रणको माग गर्दै चितवन माडीका बासिन्दाले गरे यातायात बन्द

    रत्ननगर (चितवन) : दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यातायात बन्द गरेका छन्।   इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज यातायात बन्द गरेका हुन्। बन्दका कारण यहाँ सवारीसाधन चल्न सकेका छैनन्। हिजोमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाको न्युनतम तापक्रम शून्यमा झर्‍यो, मौसमविद् भन्छन्- 'चिसो अझै बढ्छ'

    काठमाडौँ : न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ।   एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ। न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा माघीको रौनक, थारु परिकार र संस्कृति विशेष आकर्षण

    टुँडिखेलमा माघीको रौनक, थारु परिकार र संस्कृति विशेष आकर्षण

    काठमाडौं : माघ १ अर्थात् मकर संक्रान्तिलाई विभिन्न समुदायले आआफ्नै तरिकाले मनाइरहेका छन्। आज राजधानीको टुँडिखेलमा थारु विद्यार्थी समाज लगायत २९ वटा संघसंस्थाले माघी महोत्सव २०७३ आयोजना गरेका छन्। जसको उद्घाटन सभामुख ओनसरी घर्तीले गरिन्।   पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायहरुले केही वर्षयता राजधानीमा पनि माघी पर्व मनाउन थालेका छन्। नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वलाई उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • जनआन्दोलनका घाइतेमाथि कसको आँखा लाग्यो? सरकारले दिएको एक लाख गायब

    काँकडभिट्टा (झापा) : सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको रु दुई लाखमध्ये जनआन्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ।   जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलाबारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो।   २०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • ​एसियन कप छनोटको लागि यस्तो छ वरीयता, नेपाल 'पट डी' मा, ड्र जनवरी २३ मा हुने

    ​एसियन कप छनोटको लागि यस्तो छ वरीयता, नेपाल 'पट डी' मा, ड्र जनवरी २३ मा हुने

    काठमाडौं : एसियन फुटबल कन्फेडेरेसन एएफसीले सन् २०१९ मा हुने एसियन कपको अन्तिम चरणको छनोटको 'ड्र' का लागि २४ टीमको वरीयता सार्वजनिक गरेको छ।  युएईमा हुने एसियन कपको लागि यसअघि नै छनोट भएका शीर्ष १२ टीम बाहेक बाँकी २४ टीमको वरीयता एएफसीले सार्वजनिक गरेको छ।  गत नोभेम्वरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कपको च्याम्पियन बनेको नेपालले ग्वामले नाम फिर्ता लिएका कारण…

    विस्तृतमा पढ्नुस्

  • रुस्लान कप क्रिकेट : शंकर रानाको शतकमा न्यु होराइजन क्वाटरफाइनलमा, एसपिए पनि अन्तिम आठमा

    रुस्लान कप क्रिकेट : शंकर रानाको शतकमा न्यु होराइजन क्वाटरफाइनलमा, एसपिए पनि अन्तिम आठमा

    काठमाडौं : शंकर रानाको शानदार शतकको मद्वतमा कुलेश्वर क्रिकेट क्लबलाई पराजित गर्दै बुटवलको न्यु होराइजन क्रिकेट क्लब रुस्लान कप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शंकरले नटआउट ११५ रन बनाएपछि न्यु होराइजनले कुलेश्वर क्लबलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यस्तै अर्को खेलमा वीरगन्जको अनुभूती एजुकेशन फाउण्डेसनलाई पराजित गर्दै धनगढीको एसपिए पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन महिला भलिबल : एपीएफ शीर्ष स्थानमा, रिड मोडल कलेजको अपराजित यात्रा कायमै

    ढोरपाटन महिला भलिबल : एपीएफ शीर्ष स्थानमा, रिड मोडल कलेजको अपराजित यात्रा कायमै

    काठमाडौं : १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस र रिड मोडल कलेजले सफलता हासिल गरेका छन्। शनिबार भएको खेलमा एपीएफ रामेछापको चन्डेश्वरी युवा क्लब र नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको हो।  प्रतियोगितामा अहिलेसम्म ८ खेल खेलेको एपीएफ ७ खेलमा जित…

    विस्तृतमा पढ्नुस्

  • मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन, अनिल गुरुङ बेस्ट प्लेयर

    मनाङ मर्स्याङदी सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन, अनिल गुरुङ बेस्ट प्लेयर

    धनगढी : मनाङ मर्स्याङदी क्लबले धनगढीमा भएको प्रथम सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा सिएमजी संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदीले सिजनको पहिलो नकआउट उपाधि जितेको हो।  मनाङलाई उपाधि जिताउन कप्तान अनिल गुरुङले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो। हेटौंडा गोल्डकपको फाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो। संकटाले ८२ औं  मिनेटमा पेनाल्टी…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी कप क्रिकेट : ओएसिस क्रिकेट एकेडेमीको विजयी सुरुवात

    काठमाडौं : खुकुरी कप टी-२० क्रिकेट प्रतियोगितामा ओएसिस क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ओएसिसले जि फोर्स क्रिकेट एकेडेमी लाई ६१ रनले पराजित गरेको हो।  टस जितेर पहिले ब्याटिङ गरेको ओएसिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउादै १५८ रन बनाएको थियो। उसका लागि म्यान अफ दि म्याच हसिम अन्सारीले सर्बाधिक ३७ तथा अभिनास सिंहले ३५ रन बनाए। …

    विस्तृतमा पढ्नुस्

  • ​दोस्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि वेदबहादुर र मन्जुलाई

    काठमाडौं : वेदबहादुर सुनुवार र मन्जु रावतले दोस्रो  बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन्। वेद पुरुष तथा मन्जु महिलातर्फ च्याम्पियन बनेका हुन्। काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल आर्मीका वेदले ६ घण्टा १० मिनेट ५८ सेकेन्डमा पूरा गरे।  २००९ सालदेखि दौडमा लागेका वेदले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन्। उनले २०१६ मा हङकङमा भएको १ सय किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • खानाको बिल ७९ , टिप्स एक हजार पाउण्ड

    खानाको बिल ७९ , टिप्स एक हजार पाउण्ड

    उत्तरी आयरल्याण्डको पोर्टाडाउनको एक भारतीय रेष्टुरेण्टमा आएका एक ग्राहकले  केवल ७९ पाउण्डको खाना खाएका थिए । खानाको स्वादबाट उनी खुसी भएर टिप्स मात्रै एक हजार पाउण्ड दिए । इन्डियन ट्री रेष्टुरेण्टका सेफ शब्बिर सत्तारका अनुसार ती ग्राहकले उनलाई निक्कै सम्मानका साथ बोलाए र एक हजार पाउण्ड टिप्स दिए। ती ब्यक्तीले आफ्नो परिचय भने सार्वजनिक गर्न चाहेनन्। उनले अन्य पाँच ब्यक्तिसँग…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा चल्ने भो आधुनिक मेट्रो बस : सरकारको ६८ करोड लगानी

    उपत्यकामा चल्ने भो आधुनिक मेट्रो बस : सरकारको ६८ करोड लगानी

    अशोक घिमिरे काठमाडौं : सरकारले मुनाफारहित कम्पनी मार्फत काठमाडौं उपत्यकामा अन्तराष्ट्रियस्तरको मेट्रो बस चलाउने तयारी गरेको छ। यसका लागि उसले काठमाडौं उपत्यकाका सबै  स्थानीय निकायको शेयर हुनेगरी मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ताको प्रकृया अगाडि बढाएको छ। स्थानीय विकास मन्त्रालयले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाबाट रत्नपार्कलाई केन्द्र मानेर बस चलाउने योजना बनाएको छ । ती बस रत्नपार्कबाट आआफ्नो…

    विस्तृतमा पढ्नुस्

  • टाटाको नयाँ अध्यक्ष चन्द्रशेखरन

    टाटाको नयाँ अध्यक्ष चन्द्रशेखरन

    टाटा समूहले नटराजन चन्द्रशेखरनलाई नयाँ अध्यक्षमा नियुक्त गरेको छ। टाटा सन्सको बोर्डले एन चन्द्रशेखरनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले २१ फेब्रुअरीबाट आफ्नो जिम्मेजारी सम्हाल्ने छन्। नयाँ अध्यक्षको नियुक्तीसँगै पूर्व अध्यक्ष साइरस मिस्त्री हटाउँदा उत्पन्न विविध आशंका समेत हटेको छ। मिस्त्रीलाई अध्यक्षबाट हटाएपछी रतन टाटाले अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए। नवनियुक्त अध्यक्ष चन्द्रशेखरन तीन दशकदेखी टाटासँग अवद्द छन्। उनी टाटा…

    विस्तृतमा पढ्नुस्

  • कास्की र स्याङ्जा जोड्ने सुरौदी खोला पुल शिलान्यास, सात करोड लागत

    कास्की र स्याङ्जा जोड्ने सुरौदी खोला पुल शिलान्यास, सात करोड लागत

    पोखरा : कास्की र स्याङ्जा जिल्लालाई जोड्ने चिसापानी–सिगारेबास–टक्सार सडकमा पर्ने सुरौदी खोलामा रु छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाइको आधुनिक मोटर चल्ने पुल निर्माण हुने भएको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई वर्षको अवधिमा सम्पन्न गरिने लक्ष्य रहेको छ।  व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • ​सुरक्षाकर्मीको कारबाहीमा तालिवान प्रमुख कमाण्डरसहित १२ को मृत्यु

    ​सुरक्षाकर्मीको कारबाहीमा तालिवान प्रमुख कमाण्डरसहित १२ को मृत्यु

    अफगानिस्तान : अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार आतङ्ककारीको अखडालक्षित विमानबाट गरिएको बमबारीमा १२ आतङ्ककारी मारिएका छन्।  मारिएका यी आतङ्ककारीहरूमा तालिवान प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ।  सो बमबारी भएको अवस्थामा ती आतङ्ककारीहरू सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ।  हेलमाण्ड प्रान्तमा सरकारी बलसँग गत दुई…

    विस्तृतमा पढ्नुस्

  • ​रियल मड्रिडको नयाँ कीर्तिमान, ४० खेलसम्म अपराजित

    ​रियल मड्रिडको नयाँ कीर्तिमान, ४० खेलसम्म अपराजित

    रियल मड्रिड स्पानिस फुटबलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाउँदै कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा सेभियासँग ३-३ गोलको बराबरी खेलेको रियल समग्रमा ६-३ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो। यसक्रममा रियलले ४० खेलसम्म अपराजित हुने नयाँ कीर्तिमान कायम गरेको छ। जिनेदिन जिदानको रियलले गत वर्ष लुइस एनरिकेको नेतृत्वमा बार्सिलोनाले बनाएको…

    विस्तृतमा पढ्नुस्

  • उच्च अदालतका लागि सिफारिस ८० न्यायाधीशको पदस्थापन कहाँ? सम्पूर्ण विवरण यस्तो छ

    उच्च अदालतका लागि सिफारिस ८० न्यायाधीशको पदस्थापन कहाँ? सम्पूर्ण विवरण यस्तो छ

    काठमाडौं : न्याय परिषदले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति र पदस्थापन गरेको छ।   बिहीबार राति संविधानको धारा १४० (१) अनुसार नियुक्ति तथा पदस्थापन गरिएको परिषद्को निर्णयमा उल्लेख छ।   परिषदले विशिष्ठ श्रेणीबाट न्यायाधीश भएका पाँचमध्ये चार जनालाई उच्च अदालत पाटनमा पदास्थपन गरेको छ। जसमा नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदी, न्याय परिषद् सचिव कृष्ण गिरी, कानुन सचिव टेकप्रसाद ढुंगाना र…

    विस्तृतमा पढ्नुस्

  • कपास उद्योगमा आगलागी, १५ लाख मूल्य बराबरको क्षति

    कपास उद्योगमा आगलागी, १५ लाख मूल्य बराबरको क्षति

    काँकडभिट्टा (झापा) : भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।   रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट रु पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, जस्तालगायत सामग्री नष्ट भएको भद्रपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • तिङ्कर नाका नखोल्दा राज्यले कसरी गुमाइरहेको छ पर्यटक? मुलुकको विकासमा बेवास्ता

    काठमाडौँ : दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरोकारवालाले सरकारसँग माग गरेका छन्। दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास गर्न सकिने सुझाएका हुन्।   चिनियाँ पक्ष सो नाका खोल्नका लागि सकारात्मक रहेको भए पनि सरकार यस विषयमा संवेदनशील नरहेको नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाको आरोप छ। 'कैलाश पर्वत…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायीको लापरबाही, पुल निर्माणको काम तीन वर्षदेखि अलपत्र

    जाजरकोट : भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ।   जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको हो।   हालसम्म नदीको दुवै तर्फका पिल्लर समेतको निर्माण पूरा भएको छैन। पुलको पिल्लर आधा मात्र उठाएर काम रोकिएकै दुई वर्ष भएको छ। पुलको स्ल्यापलगायत निर्माण कार्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell