चरिकोट (दोलखा) : लाकुरीडाँडा गाविस– ८ आहालेडाँडामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। काठमाडौँदेखि सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको ना१ज ४९७८ नंको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस– ७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे– १ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुङ्गेश्वर– ६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन्। …
रमेश लम्साल काठमाडौं : ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ। विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने भए पनि जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए। प्रसारण लाइन…
धनुषा : सत्रौं राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ। नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा आउँदो चैत १४ देखि १९ गतेसम्म जनकपुरको रङ्गभूमि मैदान बाह्रबिगाहामा प्रतियोगिता हुने भएको हो। मङ्गलबार रिपोर्टर्स क्लब जनकपुरमा भएको पत्रकार सम्मेलनमा धनुषा हक्की सङ्घको उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँचवटा…
कोहलपुर (बाँके) : बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ। कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेस्टमा ३५ जनामा सो रोग देखिएको भेरी अञ्चल अस्पतालका डा राजन पाण्डेले बताए। 'अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका…
काठमाडौं : कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ सेवा दिने भएको छ। बैंकले मोवाइल बैंकिङ सेवा सञ्चालनका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको उपस्थितिमा सम्झौतापत्रमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका प्रमुख प्रेमकुमार श्रेष्ठ तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका थिए। बैंकले आफ्ना ग्राहकलाई…
काठमाडौं : तरकारी काट्ने चक्कुले हानेर श्रीमानको हत्या गरेको अभियोगमा सरस्वती तामागं पक्राउ परेकी छिन्। ४२ वर्षका सुमन तामाङको हत्या अभियोगमा ४१ वर्षिय सरस्वती पक्राउ परेकी हुन् । प्रहरीका अनुसार घरायसी विवादकोक्रममा तामाङले गौरीघाटमा रहेको डेरामा सोमबार श्रीमानलाई तरकारी काट्ने चक्कुले हानेकी थिइन् । चक्कु लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेल्पिङ ह्याण्ड अस्पताल चाविहल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु…
सन् २०१७ को सुरुवातमै दुई भारतिय सेलिब्रेटीको किताब चर्चामा छन्। अभिनेता ऋषि कपूरको 'खुल्लम खुल्ला' र करण जौहर को 'दा अनसूटेबल ब्वाय'। दुबै किताबमा लेखकहरुको निजी जीवन माथीको कथा र यथार्थ समेटेको बताइएको छ। हिजो मुम्बईमा करणको किताब सार्वजनिक भयो। बिमोचन कार्यक्रममा विभिन्न कलाकारहरुको उपस्थिती रहेको बिबिसी हिन्दीले जनाएको छ। सेलिब्रेटीहरु बिच करणले शाहरुख खानसँगको सम्बन्ध र आफ्नो बुवा बन्ने…
काठमाडौं: चीनका थिङ्कट्याङक माझ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने देश भएकाले आफ्नो मनमा चीनप्रति सम्मान रहेको बताएका छन्। मंगलबारबाट काठमाडौमा सुरु भएको नेपाल चीन थिङ्क्ट्याङ्क सम्मेलनको उद्घाटन गर्दै उनले चीन नेपालको स्वाधिनता र अखण्डतामा सधै प्रतिबद्ध रहेको दावी गरेका थिए। 'चीनले सधै नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने भएकाले म चीन र…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफै सहभागि सरकारको नेतृत्वप्रति गुनासो गरे। गतवर्ष आफू सहभागि ओली नेतृत्वको सरकारले गरेको चीनसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै आलोचना गरे। 'गत वर्ष केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा म उपप्रधान तथा परराष्ट्रमन्त्री थिँए, सम्बन्ध सुधारमा हामीले सक्दो प्रयास गरेका हौ' थापाले भने, 'त्यसलाई कार्यान्वयन गर्ने दायित्व अहिलेको सरकारको हो तर, सरकारको नेतृत्वले…
काठमाडौँ : नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। आर्मीले दिएको १४३ रनको लक्ष्यलाई पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। उसको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन हिर्काए। त्यस्तै,…
काठमाडौं : मंसिर ९ गते विहान ६ वजे रामेछाप मझुवा गाविसको निगालपानीमा जलेको अवस्थामा टाटा सुमो फेला पर्यो । त्यहाँ गाडिमात्र थिएन। गाडिभित्र एक युवकको शब समेत थियो। गाडिको पछिल्लो सिटमा रहेको शब चिन्नसक्ने अवस्थामा थिएन। शवसँगै रहेको सिक्री र हातमा रहेको पाथीभरा मन्दिरको चुरा थियो। गाडिको नम्बर भने चिन्नसक्ने अवस्थाको थियो- मे. १ ज.२१८७ । रामेछाप प्रहरीले गाडि नम्बरको…
काठमाडौं : सर्वोच्च अदालतबाट प्रमुख आयुक्त लोकमानसिंह कार्की अयोग्य प्रमाणित भएपछि बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो औपचारिक बैठकले वित्तिय संस्थाहरुमा ऋण दिँदा र लिँदा आफू खुशी शर्तहरु निर्धारण गर्ने र ग्राहकहरुमाथि लाद्ने प्रवृत्ति हावी भएको भन्दै आलोचना गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको नेतृत्वमा भएको बैठकमा अर्थमन्त्रालय,राष्ट्र बैंकका गभर्नर,नेपाल बैंकर्स एशोसिएसनका अध्यक्षलार्इ डाकेर ऋण प्रवाह र असुलीका…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै राजनीतिक दल मिले पनि अबको निर्वाचनमा एमाले पहिलो हुने दावि गरेका छन्। अनेरास्ववियुद्वारा सञ्चालित सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३ को उद्घाटन गर्दै गौतमले एमालेको जोड सरकारभन्दा पनि निर्वाचन रहेको दावी समेत गरे। सत्तारुढ दलले संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर फकाउने प्रयास गरिरहेको उनको दावी थियो।…
काठमाडौं: भारतको दिल्ली पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की श्रीमती र छोरासँग क्यानडा जाने भएका छन्। सर्वोच्च अदालतबाट उनी अख्तियारको प्रमुख आयुक्तका लागी अयोग्य ठहर भए पनि संसदमा महाअभियोग प्रस्ताव विचाराधिन छ। आइतबार दिल्ली पुगेका उनी मंगलबार श्रीमती र छोरो अभ्युदयमानसिंह कार्कीसँग क्यानडा जाने विश्वस्तस्रोतले जानकारी दियो। सर्वोच्चमा उनको योग्यतासम्बन्धी मुद्दा प्रकृयामै रहँदा ब्यक्तिगत कामका लागि…
काठमाडौं: बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्ने नेपाली फिल्म 'पाहुना'को मुख्य भूमिकामा सिक्किमकी मन्जु केसी क्षेत्री छानिएकी छिन्। अडिशन मार्फत मन्जु मुख्य भुमिकामा छानिएकी हुन्। उनी टेलिसिरियल मेरी बास्सैमा खड्काजी (सीताराम कट्टेल) को दोस्रो श्रीमतीको भूमिकामा देखिएकी थिइन्। त्यसमा उनले नानु बनेर सिक्किमकै लवजमा अभिनय गरेकी थिइन। नेपाली मोडलिङ र फिल्महरुमा अवसरका लागि नेपाली भाषा सुधार्ने बताउँदै आएकी मन्जु अन्तत:…
काठमाडौं : ठगीका अनेक शैली भनेझैं हिजोआज फरक फरक शैली अपनाएर ठगी गर्नेहरु राजधानीमा सलबलाएका छन्। प्रहरीले यस खाले व्यक्ति पक्राउ गरे पनि छुटेपछि पुन: नयाँ शैली अपनाएर पुरानै धन्दामा लाग्ने गरेको पाइएको छ। राजधानीका विभिन्न स्थानमा यस्तै नौलो तरिकाले ठगी गर्ने गिरोह सक्रिय छन्। गिरोह प्रहरीको टाउको दुखाइ बनेको छ। बिस्कुट थुक्ने शैली राजधानीमा यस्तो एउटा गिरोह…
सिरहा : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी कर्मचारीको आचरणमा समयानुकल सुधार हुनुपर्नेमा जोड दिएका छन्। आफ्नो कार्यकालको अन्तिम महिनामा रहेका उनी प्रहरी कार्यालय गोलबजारको नयाँ भवनको सिलान्यास गर्न सिरहा पुगेका थिए। फागुन २ मा उनले अवकास पाउँदैछन्। अर्यालले प्रहरीको व्यवहारमा समयानुकुल सुधारमा जोड दिएका हुन्। जनजअपेक्षा अनुरुप प्रहरीले जनतालाई ढुक्कसँग बस्न सुरक्षा बलियो बनाउनुपर्ने बताए।
काठमाडौँ : दक्षिण एसियाली सेपाकताक्रो महासङ्घको चौथो बैठकले दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको तेस्रो संस्करण नेपालमा आयोजना गर्ने निर्णय गरेको छ। श्रीलङ्काको कोलम्बोमा महासङ्घका अध्यक्ष सीताराम मास्केको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए। उनका अनुसार प्रतियोगिता २०१८ को जनवरी १८ तारिखदेखि सञ्चालन हुनेछ। पहिलो संस्करण पनि नेपालले नै भएको…
पर्वत (कुश्मा) : माघेसंक्रान्तिको सन्दर्भमा पर्वत कुश्माको माहोल कवितामय बन्यो। उमेरले समकालीन झैं देखिने पाँच कविहरु गणेशकुमार जिसी, ओमप्रसाद घायल, संगीतश्रोता, भरत विवश पौडेल र आरके अदीप्त गिरीलाई प्रगतिशील लेखक संघ पर्वतले टिकटमा कविता वाचनका लागि मञ्चमा उभ्याएको थियो। करिब दुई सय दर्शकबीच कविहरुले आ–आफ्ना पाँचपाँच कविता वाचन गरे। एउटै मञ्चबाट फरकफरक विषयका कविताहरु सुन्न पाउँदा दर्शकहरु मक्ख थिए।…
काठमाडौं : दिनप्रतिदिन बजारमा नयाँ गीत आइरहेको बेला पृथक धारको एल्वम ‘श्रृंगार’ले नेपाली गीत संगीतको पारखीहरुलाई आकर्षण गरेको छ। एल्वम सार्वजनिक भएसँगै हिमाल हल्लाउन सक्छु र तिम्रो कम्मर कति छ मैया बोलको गीतले चर्चा बटुल्न थालेको हो। तिम्रो कम्मरलाई पछिल्लो समय चर्चामा रहेका गायक थानेश्वर गौतम र अमेरिकालाई कर्मथलो बनाउँदै आएका सुवास पुरीको गाएका छन् भने प्रभाको शब्द रहेको…