PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

  • मिस नर्स वीरगन्जको उपाधि अस्मितालाई, स्वाती फर्स्ट रनरअप

    मिस नर्स वीरगन्जको उपाधि अस्मितालाई, स्वाती फर्स्ट रनरअप

    वीरगन्ज : बिटिभी (वीरगन्ज इन्टरटेनमेन्ट्स प्रालि) ले आयोजना गरेको प्रथम मिस नर्स वीरगन्ज सौन्दर्य प्रतियोगिताको उपाधि वीरगन्जकी नर्स अस्मिता गौतमले जितेकी छन्।   इभरग्रीन टेक्निकल इन्स्टिच्युटबाट नर्सिङ अध्ययन पूरा गरी हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा कार्यरत २१ वर्षीया अस्मिताले उपाधि जितेसँगै सबैभन्दा पहिले आफ्नी आमासँग आशीर्वाद लिइन्। उनले भनिन्, ‘म निकै खुसी छु। अनएक्सपेक्टेड लागिरहेको छ।’ योभन्दा अघि उनले कहिल्यै…

    विस्तृतमा पढ्नुस्

  • सबभन्दा पहिले प्रदेशको विवाद टुंग्याऔं : प्रकाशमान सिंह

    सबभन्दा पहिले प्रदेशको विवाद टुंग्याऔं : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबभन्दा पहिलो काम प्रदेशको विवाद टुंग्याउनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस टोखा नगर समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान संशोधनभन्दा अघि प्रदेशका सवालमा उठेका विषयमा राजनीतिक समझदारी जुटाउन जरुरी रहेको बताए। 'जनता विकास र स्थिरता चाहिरहेका छ। दलहरुबीचको किचलोले संविधान कार्यान्वयनकै मुद्दामा अल्झिरहँदा निराशा छाएको छ,' उनले भने, 'अब दलगत स्वार्थमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई राष्ट्रसंघीय महासचिव मुनको सन्देश- 'नेपाल समृद्धिको दिशामा अघि बढोस्'

    प्रचण्डलाई राष्ट्रसंघीय महासचिव मुनको सन्देश- 'नेपाल समृद्धिको दिशामा अघि बढोस्'

    रमेश लम्साल न्युयोर्क : संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकोमा खुसी व्यक्त गरेका छन्। शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुनेमा उनको विश्वास थियो। राष्ट्रसङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समृद्धिका…

    विस्तृतमा पढ्नुस्

  • पूर्व निर्वाचन आयुक्त उप्रेतीले भने- 'राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव'

    पूर्व निर्वाचन आयुक्त उप्रेतीले भने- 'राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव'

    फलेवास (पर्वत) : पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।   सदरमुकाम कुश्मामा आज पत्रकारसँग कुरा गर्दै उनले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का व्यक्त गरे। दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुने भन्दै उनले राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाए। बाँकी १६ महिनाभित्र तीन वटै…

    विस्तृतमा पढ्नुस्

  • सिङ्गापुरले नेपालमा लगानी बढाउने, राष्ट्रसंघीय महासभामा नेपालको सम्बोधन आज

    न्युयोर्क : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज भएको भेटमा सिङ्गापुरका समकक्षी विभिन बालकिसनले आफ्नो देशले नेपालमा लगानी बढाउन चाहेको र सहयोगका विविध आयामका बारेमा दुई देश मिलेर अगाडि बढ्ने बताएका छन्।   संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री डा. महत र बालकिसनबीच आपसी हित र द्विपक्षीय चासोका अन्य विषयमा पनि कुराकानी भयो।   यस्तै, महासभामा नेपालका तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • पुरुषोत्तम दाहालको उपन्यास 'शान्ता'माथि रिडर्स क्लबमा बहस

    पुरुषोत्तम दाहालको उपन्यास 'शान्ता'माथि रिडर्स क्लबमा बहस

    काठमाडौं : रिडर्स क्लबमा आज वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको नारीप्रधान उपन्यास 'शान्ता'माथि बहस भएको छ।   बहसमा सहप्राध्यापक डा. गणेश घिमिरे र उपप्राध्यापक डा. विमला शर्माले समीक्षा गरेका थिए। उपन्यासलाई घिमिरेले दाहालको रुखो राजनीतिक विश्लेषकबाट कोमल भावनातर्फको ल्यान्डिङ भएको बताए। 'दाहालको भावयत्री प्रतिभाबाट कारयत्री प्रतिभातर्फको ल्यान्डिङ हो,' उनले भने, 'उहाँ रुखो राजनीतिक विश्लेषणबाट भावनाको यो उछालसम्म आइपुग्नुभएको छ।' उपन्यासमा मानवीयतालाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं म्याराथन : भूमिराज र कान्छीमायालाई उपाधि, कान्छीको नयाँ राष्ट्रिय कीर्तिमान

    काठमाडौं म्याराथन : भूमिराज र कान्छीमायालाई उपाधि, कान्छीको नयाँ राष्ट्रिय कीर्तिमान

    काठमाडौं : नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी कान्छीमाया कोजुले १० औं काठमाडौं म्याराथनको उपाधि जितेका छन्।   शनिबार बिहान सम्पन्न प्रतियोगितामा भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर) मा पहिलो भए। भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दुरी २ घन्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे। यसअघि नेपालमा भएको…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    फिलिपिन्समा ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    फिलिपिन्स : फिलिपिन्समा आज बिहान ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहानको  ६ बजेर ५३ मिनेट जाँदा उक्त भूकम्प गएको हो। माटी भन्ने ठाउँमा भूकम्पको केन्द्र रहेको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ। यो केन्द्र डेभाओ सहरभन्दा ११४ किमि टाढा पर्छ। बिहानै भूकम्प गएपछि सुतिरहेका मान्छेहरु अत्तालिँदै भागेका थिए। अहिलेसम्म कति क्षति भयो र कतिको…

    विस्तृतमा पढ्नुस्

  • तपाईं गलत काम गर्दै हुनुहुन्छ? सावधान, सिसिटिभी क्यामेराको निगरानीमा पर्नुहोला

    तपाईं गलत काम गर्दै हुनुहुन्छ? सावधान, सिसिटिभी क्यामेराको निगरानीमा पर्नुहोला

    किरण भट्टराई काठमाडौँ : के तपाईँ सार्वजनिक स्थानमा गलत कार्य गर्दै हुनुहुन्छ? गर्दै हुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ।   काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ। दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • आयोग बनाएर संविधान संशोधन गर्न बाबुराम भट्टराईको सुझाव

    आयोग बनाएर संविधान संशोधन गर्न बाबुराम भट्टराईको सुझाव

    काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले संविधानलाई शंशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार संविधान जारी भएको एक वर्षको अवसरमा नयाँ शक्ति नेपाल आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो धारणा दोहर्‍याएका हुन्। संविधान गतिशील दस्तावेज भएकाले समयअनुसार शंशोधन गर्न सकिने उनले बताए। संविधान जारी गर्न आन्दोलन गरेका दलहरुको एजेन्डालाई नै संविधानमा समेट्न नसक्दा संविधान कार्यन्वयनमा समेत…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाले आप्रवासीका परिवारलाई पाँच वर्षे प्रवेशाज्ञा दिने

    अस्ट्रेलियाले आप्रवासीका परिवारलाई पाँच वर्षे प्रवेशाज्ञा दिने

    क्यानबेरा : अस्ट्रेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा पाउने भएका छन्।   लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् भन्ने उद्देश्यले पाँच वर्षको अस्थायी प्रवेशाज्ञा दिने घोषणा गरिएको अस्ट्रेलिया सरकारले जनाएको छ।   अस्ट्रेलियामा बसिरहेका आप्रवासीहरुमा तत्कालीन प्रवेशाज्ञा प्रक्रियाका कारण निराशा छाएकाले यस्तो निर्णय लिइएको अस्ट्रेलियाको आप्रवासी मन्त्रालयका सहायक मन्त्री एलेक्स हकले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • ठूलो दुर्घटनाबाट बच्यो यतीको जहाज

    ठूलो दुर्घटनाबाट बच्यो यतीको जहाज

    काठमाडौं : यती एयरलाइन्सको जहाज अवतरणका क्रममा भैरहवा विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ। विमान रनवेबाट चिप्लिए पनि कुनै मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बेल पाण्डेले जानकारी दिए। विमान काठमाडौंबाट भैरहवा गएको थियो। पाण्डेका अनुसार विमान चिप्लिएर रनवेको पश्चिमतिरको घाग्रा नजिकै पुगेको छ।  कल साइन नाइन एन एआइबी रहेको यती एयरलाइन्स काठमाडौंबाट दिउँसो सबा ४ बजे उडेको थियो। २९ यात्रु…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतम भन्छन्- 'संविधान नमान्नेलाई त्यसै छाड्नुहुन्न, कारबाही गर्नुपर्छ'

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौं भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताएका छन्।   प्युठान–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्ने बताए।   'नेपालको संविधान सबैले मान्नुपर्दछ,' उनले भने, 'एक दिन, दुई दिन फरक धारणा राख्न सकिएला तर…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको शानदार जित, लेस्टर सिटी ४-१ ले पराजित

    ​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको शानदार जित, लेस्टर सिटी ४-१ ले पराजित

    प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।  युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले कप्तान वायन रुनीलाई बेन्चमा राख्दै हुवान माटा र जेस लिनगार्डलाई पहिलो रोजाईमा मैदान उतारेका थिए। वाटफोडसँगको खेलमा पहिलो रोजाईमा परेको एन्टोनी मार्टियललाई पनि मोउरिन्होले ड्रोप गरेका…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक अभावले थलिँदैछन् थालेसिमियाका बिरामी, भन्छन्- 'के हामी कहिल्यै जाती हुँदैनौ?'

    आर्थिक अभावले थलिँदैछन् थालेसिमियाका बिरामी, भन्छन्- 'के हामी कहिल्यै जाती हुँदैनौ?'

    सरिता पौडेल चितवन : चितवन रत्ननगर नगरपालिका टाडीका महेश चौधरी १७ वर्षका भए। कक्षा ११ मा पढ्दै गरेका उनी एकाउन्टेन्ट बन्न चाहन्छन्। तर जन्मनेबित्तिकै थालेसिमिया भएका महेशको भविष्य कस्तो बन्ला? यो चिन्ता उनको मात्र होइन परिवार आफन्तको पनि हो।   चितवन आइपुगेका स्वास्थमन्त्री गगन थापासँग महेशले आफ्नो जीवनरक्षा गरिदिन माग गरे। थालेसिमिया रोगले जीवनयापन गाह्रो भएको दुखेसो गर्दै उनले उपचारमा…

    विस्तृतमा पढ्नुस्

  • चितुवा मार्न हिँडेका १५ प्रहरीलाई खान-बस्नकै समस्या, तर कतै देखिएन चितुवा

    चितुवा मार्न हिँडेका १५ प्रहरीलाई खान-बस्नकै समस्या, तर कतै देखिएन चितुवा

    बैतडी : बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ।   तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो। भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ (४) बमोजिम चितुवालाई…

    विस्तृतमा पढ्नुस्

  • पुतलीसडक र लाजिम्पाटमा भएको दुर्घटनामा दुई जना घाइते

    काठमाडौं : काठमाडौंको लाजिम्पाटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका परमेश्वर अर्याल घाइते भएका छन्।   गएराति बा५च ३५३९ नम्बरको कारले बा४२प ८५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोह्रखुट्टे कालीधाराका ३५ वर्षीय अर्याल घाइते भएका हुन्। उनको अपाङ्ग अस्पताल नारायणटार जोरपाटीमा उपचार भइरहेको छ।   मोटरसाइकल चालक भने सामान्य घाइते छन्। दुर्घटनामा संलग्न कार चालक…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा चक्काजाम गराउँदै हिँडेका नेकपा क्रान्तिकारी माओवादीका १३ कार्यकर्ता पक्राउ

    राजधानीमा चक्काजाम गराउँदै हिँडेका नेकपा क्रान्तिकारी माओवादीका १३ कार्यकर्ता पक्राउ

    काठमाडौं : चन्दा संकलन अभियोगमा पक्राउ परेका आफ्ना नेताहरुलाई रिहा गर्न माग गर्दै आज राजधानीमा चक्काजाम गराउँदै हिँडेका वैद्य माओवादीका १३ कार्यकर्ता पक्राउ परेका छन्।   प्रहरीले आज सुन्धाराबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले बिहान १० देखि ११ बजेबीचमा चक्काजाम गराइरहेका थिए। 'हामीले चक्काजाम हुन नदिनका लागि उनीहरुलाई पक्राउ गरेका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले पहिलोपोस्टसँग…

    विस्तृतमा पढ्नुस्

  • आमा मारेर गोठमा लुकेका छोरा पक्राउ

    तम्घास : वृद्ध आमाको हत्या गरी फरार भएका गुल्मी दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ।   बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउचालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरवहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।   प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • हराएको एसएमजी र २५० राउन्ड गोली भेटियो

    हराएको एसएमजी र २५० राउन्ड गोली भेटियो

    भीमदत्तनगर : साउनको तेस्रो साता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ।   पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो। सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताए।   उनले भने, ‘हतियार लोकेट भइसकेकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell