काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेका टासी घलेले उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गरी उनले उम्मेदवारी नदिने बताएका हुन्। उनी मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष पनि हुन्। उनले भदौ १४ गते अध्यक्षमा भिड्ने घोषणा गरेका थिए। वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा शेर्पा र…
काठमाडौं : चेलीबेटी बेचबिखनको विषयमा आधारित सर्ट फिल्म 'मुना'को अन्तिम भाग रिलिज भएको छ। यसअघि पहिलो र दोस्रो भाग युट्युबमार्फत नै सार्वजनिक भएको थियो। चेतना अभावका कारण बालविवाह र मानव बेचबिखनको समस्याबारे तयार भएको उक्त लघु फिल्म ग्राभिटी तन्त्रले निर्माण गरेको हो। दिपेश प्रतापको निर्देशन रहेको फिल्ममा रङ्मञ्चका कलाकार रुपक खरेल र सानु पाण्डेको मुख्य भूमिका छ। पशुपतिप्रसाद…
धादिङ : नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन जिल्ला वन कार्यालयले भत्काएको छ। गत साउन ३० गते दिउँसो उक्त भवन भत्काउन खोज्दा स्थानीयवासीले विरोध गरेका थिए। आज बिहान ४ बजे नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र बल रक्षकको सहयोगमा डोजर लगाएर दुवै भवन भत्काइएको हो।…
सुरुङ्गा (झापा) : शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताए। शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ…
बागलुङ : बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँदिल्लीसम्म सिधा बससेवा सुरु भएको छ। ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गरेको छ। धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो। आज यहाँ सेवा शुभारम्भ गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ…
दिगो विकासको लक्षका लागि गरिएको स्वास्थ्य अवस्थाको सूचीमा नेपाल १ सय ५८ औं स्थानमा रहेको सार्वजनिक भएको छ। स्वास्थ्य अवस्थाका दृष्टिले नेपाल दक्षिण एसियाकै सबैभन्दा कमजोर स्थानमा रहेको हो। कूल १ सय ८८ मुलुकको सूचीमा नेपालभन्दा मुनि जम्मा ३० वटा मुलुकमात्र छन्। राष्ट्रसंघीय महासभामा दिगो विकासमा आधारित रहेर स्वास्थ्यको र्याङ्किङ पहिलोपटक बुधबार पेश भएको हो। मिलेनियम डेभलोपमेन्ट गोल अन्तर्गत सन्…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी प्रभागले बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरेको छ। दसैंमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सावारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो। आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्युनीकरण गर्न सबैको सहयोगको खाँचो…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणस्थल सिन्धुपाल्चोक पुगेर आयोजनालाई छिटो टुङ्ग्याउन निर्देशन दिएका छन्। राष्ट्रिय गौरवको आयोजनाको अनुगमन सुरु गरेका प्रधानमन्त्री प्रचण्डले यस्ता आयोजनाको ढिलासुस्ती, बेथिति र विकृतिले जनतामा निराशा व्याप्त भएको बताए। आयोजनाको गुणस्तरमा ध्यान दिन र तोकिएको भन्दा छिटो समापन गरेर उदाहरण प्रस्तुत गर्न पनि उनले निर्देशन दिएका छन्। …
काठमाडौं : काठमाडौं राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावबाट मधेशको समस्या समाधान हुन नसक्ने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष भण्डारीले विवादित पाँच जिल्लालाई थाँती राखेर प्रदेशको सीमांकनबारे विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रस्ताव नौलो नभएको बताएका हुन्। उनले भने, ‘सीमांकनको समाधान नै अहिलेको पेचिलो समस्या हो, यसलाई टुंग्याउनुपर्छ…
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भूकम्पका कारण फेला नपरेको भनिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको फाइल अदालतमा पेश गरेको छ। अदालतले अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको पुनरावलोक क्रममा फाइल मागेको थियो। तर, प्रधानमन्त्री कार्यालयले भूकम्पका कारण भवन सर्नुपरेको उल्लेख गर्दै गत भदौ २१ गते फाइल नभेटिएको जवाफ फर्काएको थियो। सर्वोच्च अदालतका प्रवक्ता नहकुल…
काठमाडौं : मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले 'सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको' घटनाले प्रेस स्वतन्त्रता र मानवअधिकार हनन भएको भन्दै तत्काल दोशीलाई कारबाही गर्न सिफारिस गर्ने बताएका छन्। सामुदायिक प्रसारक संघको नेतृत्वमा गएको विभिन्न रेडियोकर्मी तथा पत्रकारहरुको संगठनका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै शर्माले यस घटनाको आयोगले तत्काल अनुसन्धान सुरु गर्ने पनि बताए। आयोगका सदस्य एवं प्रवक्ता…
काठमाडौं : कलाकार मनुजबाबु मिश्र आत्मकथा 'हर्मिताज : अढाई दशक गुफामा' लिएर आएका छन्। संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले मिश्रको आत्मकथा 'हर्मिताज : अढाई दशक गुफामा'को विमोचन गरे। कार्यक्रममा बोल्दै जोशीले मनुजबाबु एक अद्भुत मान्छे भएको र नेपाली कला र साहित्यको क्षेत्रमा उतिकै योगदान रहेको चर्चा गरे। सोही कार्यक्रममा झर्रोवादी आन्दोलनका अगुवा एवम् चर्चित भाषाविद् डा. तारानाथ शर्माले…
काठमाडौं : स्थानीय तह पुनःसंरचना आयोगले दसैं बिदामा पनि काम गर्ने भएको छ। असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी काममा जुट्ने आयोगका अध्यक्ष बालानान्द पौडेलले बताए। रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै अध्यक्ष पौडेलले असोजभित्रै ७५ वटै जिल्लाको रिपोर्ट सरकारलाई बुझाउने तयारीमा रहेको बताए। 'अहिलेसम्म आयोगले ४८ वटा जिल्लाको काम करिब सकेको भए पनि ४८ मध्ये ८ जिल्लामा पूर्ण सहमति बनिसकेको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो खुट्किला हुने बताएका छन्। संविधान कार्यान्वयन गर्नुपर्ने जटिल घडीमा रहेको उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता हुनुपर्ने बताए। तरुण प्रकाशनले प्रकाशित गरेको नेपाली कांग्रेस महाधिवेशन विशेष पुस्तकको विमोचन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि पुनर्संरचनामा सहमति आवश्यक रहेको बताए। 'स्थानीय निकाय पुनर्संरचनाका लागि…
काठमाडौं : आयव्ययको वार्षिक प्रतिवेदन तथा स्पष्टीकरण पेस नगर्ने ११ वटा दलको दर्ता निर्वाचन आयोगले खारेज गरेको छ। आयोग समक्ष प्रतिवेदन पेस नगर्ने ८२ दललाई भने एक सय रुपैयाँ जरिवाना गरिएको छ। ती दललाई निर्धारित ढाँचा र समयभित्रै प्रतिवेदन पेस गर्नका लागि निर्वाचन आयोगले सचेत पनि गराएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०५८ अनुसार आयोगले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता…
काठमाडौं : पवन प्रकृति कलेजलाई फाइनलमा ७-१ गोल अन्तरले पराजित गर्दै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले उपत्यकास्तरीय इन्टरकलेज 'रेभुलुसनरी कप'को उपाधि जितेको छ। अखिल (क्रान्तिकारी) द्वारा आयोजित फुटसल प्रतियोगितामा आरआर कलेजले ५१ हजार नगद पुरस्कार प्राप्त गरेको छ। मध्य बानेश्वरस्थित बानेश्वर फुटसल तथा रिक्रिएसन सेन्टरमा आयोजित उक्त प्रतियोगितामा दोस्रो भएबापत पवन प्रकृति कलेजले ३१ हजार नगद तथा विश्वभाषा क्याम्पसले…
काठमाडौं : गोर्खा क्रिउ बेसबल क्लबको आयोजनमा आगामी मंगलबार र बुधबार राजधानीमा गोर्खा क्रिउ बेसबल प्रतियोगिता २०१६ आयोजना हुने भएको छ। दुईदिने प्रतियोगितामा यु १५ उमेर समूहबीच खेलाइने प्रतियोगितामा ८ टीमको सहभागिता रहने आयोजक समूहका अध्यक्ष दिनेश बजगाईंले बताए। नकआउट चरणमा खेलाइने खेल जुनियर लिगको नियम अनुसार ५ इनिङमा सञ्चालन हुनेछ। नेपाली सेनाको मैदान लगनखेलमा मंगलबार प्रतियोगिताको उद्घाटन…
अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट काठमाडौँ : अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ। परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा छन्। संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको…
काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले सात प्रदेशमा गठन भएका उच्च अदालतसम्बन्धी नियमावली पारित गर्ने निर्णय गरेको अदालतमा प्रवक्ता नहकुल सुवदीले जानकारी दिए। नियमावलीमा सात वटा प्रदेशमा रहेका उच्च अदालत र इजलास गठनसमेत गरेको छ। त्यसलाई व्यवस्थित गर्न कार्यविधिमा समेटिएको छ। सरकारले संशोधित एकीकृत न्याय…
रसुवा : बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन्। जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेको र लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेको बताए। यस्तै दसैँका…