मुस्ताङ : मुस्ताङको कोबाङमा जारी ४६ औँ थाक खेलकुद महोत्वसवमा भलिबलको क्रेज देखिएको छ। हिमाल पारीको जिल्लाको रुपमा चिनिएको मुस्ताङमा पनि हरेक वर्ष महोत्सव आयोजना हुँदा भलिबलको क्रेज उस्तै देखिन्छ। स्थानिय टीमको सहभागिता रहनेभएपनि प्रतियोगितामा आधा दर्जन भन्दा बढी टीमको सहभागिता रहेको छ। यस्तै दर्शक र समर्थक पनि उस्तै देखिन्छन्। महोत्सवमा भलिबलसँगै धनुषबाण प्रतियोगिता पनि समावेश छ। यस्तै विभिन्न…
काठमाडौं : सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उनलार्इ नियुक्त गरेको हो। उनी टेलिकममै नायब प्रबन्ध निर्देशक थिइन्। सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट गरेको थियो। कामिनीका अन्तिम प्रतिस्पर्धीमा मदन खरेल र सुनिल…
बनेपा : सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थामीले संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। काभ्रेपलाञ्चोकको महादेवस्थानस्थित कुन्ताबेँसीमा आज पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि प्रधानमन्त्रीले पहल गरिरहेको बताए। मन्त्री थामीले संविधान संशोधनको विषय जसरी सरकारले बुझिरहेको छ त्यसरी नै नेकपा (एमाले)ले पनि बुझेकाले राष्ट्रिय राजनीति फरक नहुने दिशाबाट संविधान संशोधन हुने विश्वास व्यक्त गरे।…
काठमाडौं : वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरणात्मक पुस्तक ‘आगो निभेको छैन’ बजारमा आएको छ। पञ्चायतकालको कठिन अवस्थामा पत्रकारितालाई जगेर्ना गर्दै नेपाली कांग्रेसको प्रजातन्त्र प्राप्तिको अभियानमा लागेका पत्रकार विरहीको पुस्तकमा अधिकांश भागमा उनको पत्रकारिता र नेपाली राजनीतिक संघर्षका अनेक पाटाहरु समेटिएका छन्। २००७ सालपछिको नेपाली राजनीतिक इतिहास जान्न चाहनेहरुका लागि एकदमै महत्वपूर्ण मानिने पुस्तक सोमबार सहिद पत्नीहरु विद्या घिमिरे र गुणकुमारी…
काठमाडौँ : नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा आज सदस्यहरुले संविधान बमोजिम छिटो निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। संविधान कार्यान्वयन नै अहिलेको मुख्य विषय भएकाले छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्नेमा उनीहरुले जोड दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजना सहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा सदस्यहरुले राष्ट्रिय एकता र सामाजिक सद्भाव…
काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना भएका छन्। अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना भएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिए। डा यादव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले…
काठमाडौँ : छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेकी गङ्गामाया अधिकारीले न्याय नपाएसम्म आफूले अनशन नतोड्ने बताएकी छिन्। विगत छ वर्षदेखि वीर अस्पतालमा अनशन बस्दै आउनुभएकी गङ्गामायाले आफू मर्न तयार रहेको तर छोराको हत्यारालाई कारबाही नभएसम्म अनशन नतोड्ने दृढता व्यक्त गरिन्। छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेका नन्दप्रसाद अधिकारीको आजका दिन नै दुई वर्षअघि निधन भएको थियो।…
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ८ भित्र चुनाव हुन नसके परिस्थिति शून्यमा पुग्ने बताएका छन्। नेपाली कांग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा २०३१ सालमा मारिएका ओखलढुंगाका चार शहीदको ४२ औं स्मृति दिवसमा निधिले परिस्थिति बिग्रन नदिन राजनीतिक दलमात्र नभएर जनता पनि लाग्नुपर्ने बताए। 'लीलानाथ, ठगिराज, खगेन्द्र र गोकर्णजस्ता शहीदहरुले युवा अवस्थामै आफूलाई बलिदान गरे। अहिले हामी गणतन्त्रमा…
तम्घास (गुल्मी) : वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गाबहादुर थापा रहेका छन्। गएराति वर्षाका कारण उद्योग माथिबाट ढिस्कोसँगै खसेको पहिरोमा पुरिएर घाइते बनेका थापाको उपचारका क्रममा राति नै स्थानीय स्वास्थ्य चौकीमा…
काठमाडौं : नवलपरासीको दुम्कीवासदेखि छत्रेडाँडासम्म जाने बाटोमा अहिले दिनरात एक्स्काभेटर चलिरहेको छ। दिनरात नभनी सडक खोस्रिरेहका छन् एक्स्काभेटर। यो सडकमा युद्धस्तरमा काम भइरहेको छ। २० किलोमिटर लामो यो सडक डबल लेनको बन्दैछ। यो बाटोको काम देखेर स्थानीय समेत चकित छन्। यसरी युद्धस्तरमा सरकारले बाटो बनाइरहेको छ? होइन, यो नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना गर्ने अनुमति पाएको होङसी शिवम्…
काठमाडौं : सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि जागिर खुलाएको छ। बलको प्रधान कार्यालयले आज सार्वजनिक विज्ञापन प्रकाशित गरी सशस्त्र प्रहरी निरीक्षक (साधारण) र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण) का लागि जागिर खुलाएको हो। निरीक्षकका लागि ५४ जना र सहायक निरीक्षकका लागि ३६ जनाको कोटा तोकिएको छ। त्यसभित्रै निरीक्षकमा खुला २९, अमर/अशक्त सप्रक. सन्तति १, महिला ५, आदिवासी/जनताति ८,…
भक्तपुर : नेपालभाषा साहित्यको 'नोबेल पुरस्कार' मानिने श्रेष्ठ सिरपा (पुरस्कार) पाउने भक्तपुरका सात साहित्यकार एवं स्रष्टाहरु सम्मानित भएका छन्। नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १४९ औं जन्मजयन्तीको अवसरमा सिद्धिदास प्रतिष्ठान भक्तपुरले श्रेष्ठ सिरपा पाउने सात स्रष्टाहरुलाई सम्मान गरेको हो। प्रतिष्ठानले भक्तपुरका स्रष्टाहरु पूर्णबहादुर वैद्य, डा. योगेन्द्र प्रधान, रामशेखर नकर्मी, केवलप्रसाद कायस्थ, डा. दिनेशराज भुजू, ध्रुव मधिकर्मी र प्रतिसरा सायमीलाई…
लमजुङ (बेसीशहर) : जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षीय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाउँदा उनीहरुको मृत्यु भएको हो। वर्षापछि बढेको खोला तर्ने क्रममा हिजो साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो। उनीहरुको मृत शरीर करिब एक सय ५० मिटर तल…
काठमाडौं : नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुलेको छ। बैंकले कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदका लागि जागिर खुलाएको हो। बैंकको यो जागिरका लागि प्लस टु भने उत्तीर्ण हुनुपर्छ। आवेदन आगामी १५ दिनभित्र बुझाइसक्नुपर्छ। बैंकले खुलातर्फ २६ जना माग गरेको छ। महिला ७, आदिवासी/जनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको हो। जागिरका लागि…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने बताएका छन्। शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आज आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरिएको बताए। 'सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुर्यायौं,' उनले भने, 'अब शान्ति प्रक्रियाका…
नवलपरासी : नवलपरासीमा सम्पन्न प्रथम राष्ट्रिय कयाक म्याराथन प्रतियोगिताको उपाधि तनहुँका सोमबहादुर मगरले हात पारेका छन्। जुगेडीदेखि नवलपरासीको गैँडाकोट नारायणी तीरसम्मको २० किलोमिटरको दुरीमा भएको प्रतियोगितामा २७ जना खेलाडीलाई पछाडि पार्दै मगरले उपाधि कब्जा गरेका हुन्। उनले निर्धारित दुरी १ घन्टा ३ मिनेट २६ सेकेन्डमा पार गरेका थिए। नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन नवलपरासीको आयोजनामा नारायणी नदीमा भएको…
गुलरिया (बर्दिया) : सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ। बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए। सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाको भनाइ छ। पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकलसेल रोगबाट…
सोल : संविधान दिवसको अवसरमा दक्षिण कोरियास्थित नेपाली दूतावासले आयोजना गरेको कविता प्रतियोगितामा जीवन खत्री प्रथम भएका छन्। दूतावास परिसरमा आयोजित प्रतियोगितामा ‘माहुरी जिन्दगी’ शीर्षकको कविताबाट उनले प्रथम पुरस्कार हात पारे। यस्तै, ‘विशाल नेपाल’शीर्षकको कविताका लागि सुरेश सम्बाहाम्फे र ‘रंगीन बचेराहरु’बाट प्रमोद गौतम तृतीय भए। पुरस्कृत कविहरूलाई कार्यवाहक राजदूत किरण शाक्यले प्रमाणपत्र र ट्रफी प्रदान गरे। दूतावासले नेपालको…
प्रिमियर लिग क्लब चेल्सी १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको लेस्टर सिटीलाई पराजित गर्दै इंगलिस फुटबल लिग कपको चौथो चरणमा प्रवेश गरेको छ। प्रिमियर लिगकै लिभरपुल र आर्सनलले पनि जित हात पार्दा एभरटन भने च्याम्पियनसिप क्लब नर्विच सिटीसँग पराजित भएको छ। गएरातिको खेलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले अतिरिक्त समयमा लेस्टरलाई ४-२ ले पराजित गरेको हो।…
सेभिया अपराजित यात्रालाई कायम राख्दै स्पानिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। गएराती सम्पन्न खेलमा सेभियाले रियल बेटिसलाई १-० ले हरायो। सेभियाको साँघुरो जितमा गाब्रिएल मर्काडोले ५१ औं मिनेटमा निर्णायक गोल गरे। जितपछि ५ खेलबाट ३ जित र २ बराबरीका साथ ११ अंक जोडेको सेभिया दोस्रो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको रियल मड्रिड १२ अंकका साथ…