बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ। गएराति भएको खेलमा वल्फस्वर्गलाई ५-१ गोल अन्तरले हराउँदै डर्टमण्ड वायर्न म्युनिखलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। डर्टमण्डको जितमा पियरे एमरिक औवामेएङले २ गोल गरे भने राफेल गुएरेइरो, ओसमान डेम्बेले र लुकास पिज्जेकले १-१ गोल गरे। वायर्न समान ९ अंक भए पनि गोल अन्तरका आधारमा डर्टमण्ड अगाडि रहेको हो। ४…
काठमाडौ : असंलग्न आन्दोलन (नाम) मा संलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका उपराष्ट्रपति नन्दबहादुर पुन आज स्वदेश फर्किएका छन्। भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुन भेनेजुएला प्रस्थान गरेका थिए। उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख,…
काठमाडौं : दीपकुमार उपाध्यायलाई भारतका लागि राजदूत बनाउन अनुपयुक्त भएको भन्दै संसदीय सुनुवाइ समितिमा तीन उजुरी परेका छन्। चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्यालविरुद्ध भने एक उजुरीकर्ताले सम्पति विवरण माग गरेका छन्। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएका उपाध्यायलाई वर्तमान सरकारले भारतका लागि राजदूतमा पुन: सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १० दिनको समय दिँदै गत भदौ २२ गते…
सुरुङ्गा (झापा) : झापाको शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ। शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।…
काठमाडौं : राष्ट्रिय भलिबल टिमका खेलाडीद्वय सन्जय अर्याल र मन्जु गुरुङ सम्मानित भएका छन्। सन्जय स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुरुषतर्फ सन्जय र महिलातर्फ मन्जुलाई नगद २५ हजारसहित कदर पत्रद्वारा सम्मान गरेको हो। नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले खेलाडीद्वयलाई कदर पत्र प्रदान गरे। सन्जय राष्ट्रिय पुरुष टिमका उपकप्तान हुन्…
धनकुटा : धनकुटाको पाख्रीबासमा आज घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घरले थिचिएर कार्कीको घटनास्थलमै मृत्यु भएको हो। सोही घरमा बास बसेका एक बटुवा पनि घाइते भएका छन्। उनको पहिचान…
हेटौंडा : ऊर्जामन्त्री जनार्दन शर्मा जलविद्युत आयोजनाको निरीक्षणमा निस्कन थालेका छन्। उनले मकवानपुरको कुलेखानी जलविद्युत् आयोजना प्रथम निबुवाटार, दोस्रो आयोजना भैंसे र निर्माणाधीन आयोजना तेस्रोको आज स्थलगत निरीक्षण गरे। निरिक्षणको अवसरमा उनले निर्माणाधीन तेस्रो आयोजनाका सम्बन्धित पदाधिकारीलाई छिटोभन्दा छिटो उक्त आयोजना निर्माण कार्य सञ्चालन गरी लक्ष्यअनुसार उत्पादन कार्य सञ्चालनमा ल्याउन निर्देशन पनि दिए। कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट…
काठमाडौं : गएराति परेको वर्षाका कारण काठमाडौंका बागमती लगायतमा पानीको बहाव बढेको छ। ठाउँठाउँमा डुबानको समस्या देखिएको छ। कागेश्वरी मनहरा नगरपालिका–८ मुलपानी तिवारी टोलमा खहरे खोलाको भेल पस्दा ५०/६० घर डुबान परेको प्रहरीले जनाएको छ। डुबानमा परेका ७० जनाको भने उद्धार गरी सुरक्षित स्थानमा सारिसकिएको छ। देशको मध्य र पूर्वी भेगमा न्युनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको…
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमा आएको बताएका छन्। दोस्रो उपत्यकास्तरीय अन्तर कलेज क्रान्तिकारी फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले गणतन्त्रको संस्थागत विकासका लागि विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। मन्त्री कार्कीले देशमा प्रजातन्त्र र गणतन्त्र आइसकेको भनेर ढुक्क नरहन विद्यार्थीलाई आग्रह गर्दै मुलुकको विकास र समृद्धिमा लाग्न अह्वान समेत गरे। विद्यार्थी…
आइभरीकोष्टका मिडफिल्डर याया टुरेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। इंगलिस क्लब म्यानचेष्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने टुरेले मंगलबार सन्यासको घोषणा गरेका हुन्। क्लबका प्रशिक्षक पेप गोर्डिओलाले म्यानचेष्टर सिटीबाट खेल्न टुरेले माफ माग्नुपर्ने बताउनुअघि मात्र उनले अन्तर्राष्ट्रिय फुटबलबाट टाढिने घोषणा गरेका हुन्। सन् २००४ मा आइभकोष्टका लागि डेब्यु गरेका टुरेले ११३ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यस क्रममा उनले…
काठमाडौं : भूकम्पपीडितलाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि अनुदान लिएको जानकारी आएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले एक प्रेस नोट जारी गर्दै आफूहरुकहाँ गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले रकम…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालबाट देशभित्रका पार्टी र अर्को छिमेकीको विरोधमा भारतमा गएर टीकाटिप्पणी गरेको भन्दै आलोचना गरेका छन्। आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठक थालनीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कूटनीतिक मर्यादा र हैसियत कमजोर भएकाले त्यसमा आफूहरुको गम्भीर असहमति रहेको बताए। ‘देशभित्र कुन पार्टी र नेता भारतको विपक्षमा…
काठमाडौं : आउँदो मंसिर १७ गते सार्वजनिक हुने फिल्म 'तँ म र ऊ' की निर्देशक लक्षु गौतम बुधबार एक समारोहबीच निकै आक्रोशित रुपमा प्रस्तुत भइन्। फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा उनले आफूलाई महिला निर्देशक भनिएको मन नपर्ने समेत बताइन्। भनिन्, 'म महिला निर्देशक होइन, फिल्म निर्देशक बन्न चाहन्छु। मलाई आरक्षणमा विश्वास छैन र प्रतिशतमा बाँडिएको अधिकारले कसैको क्षमता नाप्छ भन्ने…
इनरुवा : केही दिनअघि सप्तकोसी नदीमा डुंगा दुर्घटना भएपछि तत्कालका लागि डुङ्गा सञ्चालनमा रोक लगाइएको छ। बारम्बार दुर्घटना हुन थालेको जनाउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले डुङ्गा सञ्चालनमा रोक लगाएको हो। जिल्ला सुरक्षा समितिको बैठकले डुङ्गा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। जिल्लाको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा…
सुरुङ्गा (झापा) : नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधानमा खोट लगाउने ठाउँ नभएको बताएका छन्। आज झापाको दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व सभामुख समेत रहेका उनले संविधानसभाबाट प्राप्त नेपालको संविधानमा खोट लगाउने ठाउँ नरहेको प्रस्ट पारे। संविधान समझदारीको साझा दस्तावेज भएको बताउँदै उनले सबैले भनेजस्तो र चाहेजस्तो संविधान नभए पनि त्यसलाई परिमार्जित गर्दै लान सकिने बताए। नेपालको…
मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङको कोबाङमा ४६औँ संस्करणको थाक खेलकुद महोत्वसव आजबाट सुरु भएको छ। महोत्सवको पहिलो दिन भलिबलका दुई खेल सम्पन्न भएका छन्। यहाँ धनुषवाण प्रतियोगिता पनि हुनेछ। वाणिज्य मन्त्री रोमी गौचन थकाली, सांसद महेन्द्र शेरचन र आयोजकका अध्यक्ष प्रेम प्रसाद गौचनले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर महोत्सवको उदघाटन गरेका थिए। पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई…
काठमाडौं : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमाथि नै धेरै राजनीति भएका कारण पूर्ण कार्यान्वयनले गति लिन नसकेको टिप्पणी गरेका छन्। नेपाल कानुन समाजले आज ललितपुरमा गरेको ‘संविधान जारी भएको एक वर्षका प्रतिबिम्ब’विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको संविधानले राजनीतिलाई सुसंस्कृत तुल्याउनुपर्ने बताए। 'कानुन मान्ने संस्कृतिको विकास गर्न आवश्यक छ। नेताले जित्ने, जनताले हार्ने संविधान हामीले खोजेका होइनौँ,' उनले भने। …
काठमाडौं : जर्मन ओपन प्रिमियर लिग कराते वन मा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन्। जसका लागि पर्शुराम बास्तोलाले एकल काता र विजय लामाले कुमुतेमा प्रतिस्पर्धा गर्नेछन्। लामाले कुमुतेको ६० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने पर्शुरामले शुक्रबारै प्रतिस्पर्धा गर्नेछन्। विजय भने शनिबार खेल्दैछन्। पर्शुरामले जर्मन प्रिमियर लिगमा सहभागिता जनाउन लागेको यो दोस्रो पटक हो। जर्मन ओपन…
काठमाडौं : अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घको आयोजनामा बङ्गलादेशको राजधानी ढाकामा हुने मध्य–दक्षिण एसियालीस्तरको आइएचएफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष खेलाडीको छनोट सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घले हरेक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगितामा विभिन्न ९ राष्ट्रको सहभागिता रहने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिए। प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ समान १४ खेलाडी छनोट…
वासिङ्टन : अमेरिकी प्रशासनले कम्तिमा ८ सइ ५८ जना विदेशीलाई ‘भूलबस’ नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएको छ। यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ। यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल…