डोल्पा : उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव रु छ लाख खर्च गरी छ दिनपछि आज हेलिकप्टरबाट घर लगिएको छ। सल्यान दारमाकोट–५ का दशरथ चन्दको शव हेलिकप्टर चार्टर गरी लगिएको हो। चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो। उनले साल्दाङ– ८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए। उनको शव घर…
काठमाडौं : संविधान दिवसको दिन टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधानको दोस्रो संशोधनका लागि लागिसकेको बताएका थिए। संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि संविधान संशोधन आवश्यक भएको पनि उनले प्रस्ट्याए। आज राजधानीमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पनि दसैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन्। अझ उनले त संविधान…
काठमाडौं : नेपाली कांग्रेसले विद्यालयमा बम राख्ने तथा शंकास्पद वस्तु राखेर आतंक फैलाउने काम घोर निन्दनीय भएको बताएको छ। कांग्रेसले विज्ञप्ति जारी गरी शान्ति क्षेत्रका रुपमा रहेको विद्यालयमा भएको घटना अत्यन्त निन्दनीय भएको जनाएको हो। 'शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यो घटनाले ठाडो प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,…
काठमाडौं : वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेट प्रतियोगितामा भारतका पूर्व कप्तान अजय जडेजा आउने भएका छन्। आयोजक जोहोरो स्पोर्टस् म्यानेजमेन्स जेडएसएमका निर्देशक आमि अख्तरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जडेजा फाइनल खेलको लागि 'स्पेसियल गेष्ट'मा रुपमा उपस्थित हुने बताए। असोज ८ गते उद्घाटन हुने वाइवाइ इपिएल क्रिकेटको फाइनल खेल असोज १७ कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। जडेजा…
काठमाडौं : अनिल योन्जनको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म 'डायरी' घोषणा कार्यक्रममा उपस्थित सबैलाई एक छिन अन्धकारमा राखियो। केही बेरपछि मधुरो प्रकाशसँगै देखिइन्- नायिका छुल्ठिम गुरुङ। उनको अभिनयबाट सुरु भएको थियो सो फिल्म घोषणा समारोह। यो त केही समयअघिको कार्यक्रमको झल्को थियो। फिल्मी क्षेत्रका कार्यक्रमहरु पछिल्लो समय फरक ढङ्गले गर्न थालिएको छ। यस्तै फरक झल्को दिने गरी…
काठमाडौं : व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले एनसेललार्इ स्वामित्व बिक्रीमा पुँजीगत लाभकर तिरेको पत्र दिएमात्रै महत्वपूर्ण व्यवसायिक व्यक्ति(सिआइपी) सम्मान दिने जनाएको छ। केन्द्रले मंगलबार तीन दिनभित्र राजस्व फरफारक भएको चिठ्ठी पठाए मात्रै सिआइपी सम्मान दिने जनाएको छ। केन्द्रले देशकै सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा एनसेललार्इ सम्मान गर्ने सूचीमा राखेको छ। तर कर विवादका कारण केन्द्र अनिर्णित बनेपछि पत्र…
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी '९० हजार औं' भुटानी शरणार्थी सरीमाया ठटाललाई आज बिदाइ गरेकी छिन्। अमेरिकाको न्यु ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्। राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको…
काठमाडौं : २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह 'ऐना'का लागि दिइने भएको छ। जगदम्बाश्री पुरस्कार भने साहित्यकार लीलबहादुर क्षेत्रीले पाउने भएका छन्। मदन पुरस्कार गुठीको आजको बैठकले पुरस्कारको घोषणा गरेको हो। यसअघि गुठीले असार २१ गते पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको थियो। अघिल्ला वर्षहरुमा भने गुठीले एकैचोटि पुरस्कृत पुस्तकको नाम सार्वजनिक गर्दै आएको थियो।…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्तिको विरोधमा चार जना उपकार्यकारी निर्देशक (डिएमडी)ले सर्वोच्चमा रिट दायर गरेका छन्। सामान्य प्रक्रिया पनि पूरा नगरेको र नियम मिचेर सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै उनीहरुले रिट दायर गरेका हुन्। प्राधिकरणका उत्पादन विभाग निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाट, योजना कार्यन्वयन निर्देशनालयका उपकार्यकारी निर्देशक सुरेन्द्रराज भण्डारी, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक कनैयाकुमार मानन्धर र…
काठमाडौं : काठमाडौं म्याराथनको दसौं संस्करण आगामी शनिबार हुने भएको छ। प्रो स्पोर्ट्सको आयोजनामा हुन लागेको म्याराथनमा ४२.१९५ किमि म्याराथन, हाफ म्याराथन, ५ किमि खुल्ला तथा विधार्थी दौड, ह्वीलचेयर विधामा महिला तथा पुरुष दुबैको स्पर्धा समावेश गरिएको छ। भूकम्पपछिको देशको परिस्थितिलाई अंगीकार गर्दै यस वर्षको नारा 'रन फर रिबिउल्ड' (पुनर्निर्माणको लागी दौडौं) राखिएको छ। प्रतियोगिताका सम्पूर्ण दौड त्रिपुरेश्वरस्थित दशरथ…
काठमाडौं : २०६७ सालदेखि बन्द भएको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आउने भएको छ। तीन महिनाभित्र लिमिटेडले आठ प्रकारका औषधी उत्पादन गर्ने भएको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै प्रक्रिया पूरा गरेर तीन महिनाभित्रै आठ प्रकारका औषधी उत्पादन गर्ने जानकारी दिए। उनका अनुसार प्रारम्भिक चरणमा सरकारी अनुदानमा जनतालाई नि:शुल्क दिइरहेका औषधिहरु सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट…
काठमाडौं : डाक्टर गोविन्द केसीले आफूले घोषणा गरेको अनसनको मिति एक साता सारेका छन्। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आफूले अगाडि बढाएको चार बुँदे मागमध्ये तीन बुँदा कार्यान्वयनको खाका सरकारले प्रस्तुत भएको उल्लेख गर्दै केसीले अनसन सारेका हुन्। यसअघि केसीले आफ्ना माग पूरा नभए असोज ३ गतेदेखि अनसन सुरु गर्ने बताएका थिए। साथै केसीले आउँदो असोज १० गतेसम्म कार्यान्वयन नभए पुन: नवौँ पटक…
दाङ : सल्यान–८ फालावाङ निवासी इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको छ। घटनामा सोही ठाउँका धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन्। दाङको तुलसीपुर–३ गणेशपुरमा कोठा भाडा लिई बस्दै आएका उनीहरुले राति लामखुट्टे धपाउन भुसेचुलो बालेका थिए। सो धुवाँले निस्सासिएर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए। आइतबार साँझ कोठामा भुसेचुलो बालेर…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक नरहेको बताएका छन्। संविधान दिवसको असरमा नेकपा एमाले जिल्ला संगठन काठमाडौंले आज वसन्तपुरमा गरेको कार्यक्रममा नेता गौतमले भने, 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जे जेमा हस्ताक्षर गर भन्नुभयो, उहाँ त्यसैमा सही गरेर फर्कनुभएको आरोप छ।' अहिलेको सरकार र सरकार गठबन्धन दलहरु संविधान कार्यन्वयन र स्थानीय निकायका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको द्वीदेशीय संयुक्त वक्तव्यका दुई बुँदामाथि चर्को आलोचना भएपछि परराष्ट्र मन्त्रालयले त्यसको प्रतिकार गरेको छ। संयुक्त वक्तव्यको ११ औं र १३औं बुँदालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरेको हो। राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संगठनमा एजेन्डमा आधारित भएर सहकार्य गर्ने विषयलाई लिएर आलोचना भएको थियो। परराष्ट्रले त्यसको प्रतिकार गर्दै नेकपा एमालेबाटै परराष्ट्र मन्त्री…
काठमाडौं : संविधान निर्माणको एक वर्ष पूरा भएको अवसरमा एकातिर संविधान दिवस मनाइँदैछ भने अर्कातिर पहिचानसहितको संघीयता पक्षधर २८ दलीय संघीय गठबन्धनले 'कालो दिवस' मनाउँदैछ। नयाँ संविधान त्रुटिपूर्ण रहेको भन्दै पुनर्लेखन र संशोधनको माग गर्दै आन्दोलन गर्दै आएको गठबन्धनले आझो दिउँसो रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको छ। कालो झन्डा र ब्यानरसहित नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन्। यसअघि गतवर्ष…
काठमाडौं : प्रधानमन्त्री र सभामुखले संविधान दिवसको सम्बोधनमा सेनाको भूमिकालाई नजरअन्दाल गरेको भन्दै रक्षामन्त्री बालकृष्ण खाँणले असन्तुष्टि जनाएका छन्। संविधान दिवसको समारोह सकिएपछि असन्तुष्ट भएर फर्किएका खाँणले आफू निकटका पत्रकार डाकेर सेनाको भूमिकालाई प्रधानमन्त्री र सभामुखले नजरअन्दाज गरेको आरोप लगाए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले पहिलो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले…
काठमाडौं : तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि महिलातर्फ न्यु डायमन्ड एकेडेमी र पुरुषतर्फ हेल्प नेपाल क्लबले जितेका छन्। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपमा महिलातर्फ नैकापको न्यु डायमन्ड एकेडेमीले नेपाल पुलिस र पुरुषतर्फ हेल्प नेपालले नेपाल आर्मीलाई समान ३-० को सेटमा पराजित गर्यो। न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र…
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। अध्यक्ष दाहालको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले समग्रमा भ्रमण फलदायी भएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूसँगको भेट तथा उद्योगी, व्यवसायी, बुद्धिजीवी र प्रवासी नेपालीहरुसँगको अन्तक्र्रिया बारे जानकारी…
काठमाडौँ : चिकित्सा शिक्षा सुधारको माग राख्दै आजबाट नवौँ अनशनको घोषणा गरेका डा गोविन्द केसीले सरकारले लिखित रुपमा माग कार्यान्वयनको प्रतिबद्धता पत्र पठाएपछि एक हप्ताका लागि अनशन स्थगित गरेका छन्। स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम पौडेलले डा केसीलाई उनले राखेका चार बुँदा मागमध्ये तीन बुँदा कार्यान्वयनमा रहेको खाकासहितको पत्र पठाएपछि अनशन स्थगित गरेका हुन्। आज शिक्षण अस्पताल…