पर्वत : गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ। कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो। बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सडक…
भक्तपुर : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत मूपात्र (राक्षसको प्रतीक) जात्रा आजदेखि सुरु भएको छ। नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ। मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ। देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालन भए तापनि मल्लकालमा भक्तपुरका राजा जगत्प्रकाश…
इनरुवा : सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ। शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकाको खोजी आज बिहानैदेखि सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी खोजी सुरु गरिएको सुनसरीका प्रजिअ मोहन चापागाईंले जानकारी दिए। …
तुलसीपुर (दाङ) : गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तुलसीपुर–१९ जसपुरका ५४ वर्षीय देवबहादुर डाँगी रहेका छन्। मृतक डाँगी अमर उच्च मावि उरहरीका…
म्यानहल्टनको भिडमा भएको शनिबार राति विस्फोट हुँदा २९ जना घाइते भएका छन्। खराब नियतले विस्फोट गराइएको भए पनि यसको आतंकवादीसँग नाता नरहेको त्यहाँका मेयरले जनाएका छन्। विस्फोटको तीन घन्टाभन्दा पनि कम समयमा अर्को स्थानमा अज्ञात वस्तु देखिएको छ जसलाई सम्भावित विस्फोट भन्दै यातायात रोक्का गरिएको छ। प्रेसर कुकर बम हुनसक्ने भएकाले घेराउ गरिएको हो। विस्फोट राति ८:३० बजे चेल्सीको वेस्ट…
नयाँ दिल्ली : कास्मिरको सैनिक क्याम्पमा आतंकवादीको आत्मघाती आक्रमणमा परी १७ भारतीय सेनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। बरामुल्ला जिल्लाको उरीमा रहेको १२ औं ब्रिगेडको मुख्यालयमा चार आत्मघातीले आक्रमण गरेका थिए। पछिल्लो अवधिमा भारतीय सैनिकमाथि भएको यो भिषण आक्रमण हो। २०१६ कै जनवरीमा पठानकोटमा भएको आक्रमणमा ७ सैनिकको मृत्यु भएको थियो। आक्रमण भएको ठाउँमा डोगरा रेजिमेन्टका…
काठमाडौं : नेपालको संचार क्षेत्रमा लामो समय काम गरेका पत्रकार भरतराज पौडेलले अष्ट्रेलियाको ब्रिसबेन स्थित कुइँन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट प्रकोप व्यबस्थापनमा मिडिया फ्रेमिङ सम्बन्धमा बिद्यावारिधि गरेका छन्। प्रकोप ब्यबस्थापनमा मिडियाको भूमिकालाई लिएर उनले बिद्यावारिधि गरेका हुन्। नेपालमा प्राकृतिक बिपत्तिका बेला आम संचारले कसरी समाचार वा सन्देश प्रवाह गरिरहेका छन्? तिनको विशेषता केके छ? र प्रकोप ब्यबस्थापनको चक्रमा नेपाली मिडियाको रेपोर्टिङ…
बनेपा : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताएका छन्। एमाले काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हचुवाका पारामा संविधान संशोधन गर्नुहुँदैन भने। “राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए संविधानको कार्यान्वयनतर्फ मुलुक अगाडि बढ्छ” पूर्वप्रधानमन्त्री नेपालले भने। यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ…
वासिङ्टन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई बधाई ज्ञापन गरेका छन्। नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देश यस प्रकार छ : प्रिय राष्ट्रपतिज्यू, : यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाई ज्ञापन गर्न पाए मलाई खुशी लागेको छ। संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट…
काठमाडौँ : लोकसेवा आयोगले प्रशासन सेवातर्फ सहसचिवको परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ। आयोगले समयक्रमअनुसार परीक्षा प्रणालीलाई व्यवस्थित बनाउनका लागि सहसचिव तहको खुला र आन्तरिक प्रतियोगिताको पाठ्यक्रम परिमार्जन गरेको आयोगका सूचना अधिकारी गीता हुमागाइँले जानकारी गराइन्। उनका अनुसार आयोगले लिखित, कौशल/गुणमापक र अन्तर्वार्ता गरी तीन चरणमा पाठ्यक्रम बनाएको छ। यसअघि लिखित र अन्तर्वार्ता परीक्षा मात्र राखिएको थियो। परिमार्जित पाठ्यक्रम…
काठमाडौं : तेस्रो संस्करणको गोदावरी रनिङ फेस्टिभल शनिबार हुने भएको छ। रन क्याम्प नेपाल, पम्प र बेस क्याम्प आउटडोरको संयुक्त आयोजनामा हुन लागेको फेस्टिभलमा ट्रेल रनिङ, अब्स्ट्याकल टीम रेस, बास्केटबल लगायत विभिन्न किसिमका म्युजिकल परफरमेन्स समेत हुनेछ। आउटडोर स्पोर्ट्स र अल्ट्रा ट्रेलको प्रोमोट गर्न गोदावरी फेस्टिभलले साथ दिँदै आएको आयोजकको दाबी छ। स्पोर्ट्स इन्थुजियास्टहरुको लागि नयाँ खेलको स्वाद दिन, आउटडोर…
काठमाडौँ : सभामुख ओनसरी घर्तीले संविधानमा समय सापेक्ष जनताका भावना र आकांक्षालाइ समेट्दै समृद्ध र व्यापक बनाउँदै लैजानुपर्ने बताएकी छिन्। संसद सचिवालयले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सभामुख घर्तीले संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै संविधान निर्माण भन्दा प्रभावकारी कार्यान्वयन कठिन कार्य भएको बताइन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको आन्दोलनमा सँगै होमिएका राजनीतिक शक्तिहरुले आपसमा मिलेर नै यो समस्या…
काठमाडौं : न्युडायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्। आइतबार भएको सेमिफाइनलमा न्युडायमण्ड शसस्त्र प्रहरीको एपीएफ र पुलिस पश्चिमाञ्चलको टप्सलाई हराउँदै फाइनल पुगेका हुन्। राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा न्युडायमण्डले एपीएफलाई ३–० को सेटमा पराजित गरेको हो। न्युडायमण्डले एपीएफलाई २५–२२, २५–२२ र २५–२३…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद २०७३ को ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीत आइतबार सार्वजनिक गरेको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले गीतको सीडि संयुक्त रुपमा विमोचन गरे। वरिष्ठ संगीतकार दुर्गालाल श्रेष्ठ संयोजक तथा सातौं राष्ट्रिय खेलकुद…
म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा लगातार दोस्रो खेलमा पराजित भएको छ। समग्रमा भने युनाइटेडको यो लगातार तेस्रो हार हो। प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा युनाइटेड वाटफोर्डसँग ३-१ गोल अन्तरले पराजित भएको हो। अघिल्लो साता प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा ओल्ड ट्राफोर्डमै म्यानचेष्टर सिटीसँग हारेको युनाइटेड युरोपा लिगमा फेयेनुर्डसँग पराजित भएको थियो। वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा ३४ औं मिनेटमा एटिने कपाउले…
काठमाडौँ : भारतीय पत्रकार गीता मोहनले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँगको फोटो राख्दै प्रचण्डले भनेको भन्दै एउटा ट्विट गरिन्। उनले लेखिन् – पाकिस्तानको आतंक राज्यको लगानीमा भइरहेको छ। 'म यसको प्राविधिक पक्षबारे बताउन चाहन्न।' तर के प्रधानमन्त्री प्रचण्डले वास्तवमै पाकिस्तानबारे बोलेका थिए त? #Breaking #IndoNepal Nepal PM #Prachanda: #PakTerror is state sponsored. 'Don't want to disclose technical aspects' pic.twitter.com/4xEY09F2hU —…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणले दुईपक्षीय सम्बन्ध सुधारमा सकारात्मक अध्यायको थालनी हुने दाबी गरेका छन्। भारतीय राष्ट्रिय टेलिभिजन दुरदर्शनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले दुई देशबीचको सम्बधनमा नयाँ अध्याएको थालनी गर्नेमा आफू विश्वस्त रहेको बताए। ‘मेरो भ्रमणले दुई पक्षीय सम्बन्ध सकारात्मक बनाउन नयाँ अध्याएको थालनी हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले अन्तर्वार्तामा भने, ‘दुई देशबीचको…
काठमाडौं : तिहारमा रिलिजको मिति तोकिएको फिल्म 'राधा'को नयाँ गीत सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालले लेखेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने स्वरचाहिँ राजेश पायल राईको छ। 'फूल सारा बेकार छन् जून तारा बेकार छन्' बोलको गीतले छुट्टै मेलोडी बोकेको छ। गीतका शब्दमा माया-प्रेमभन्दा ठूलो अरु केही होइन भन्दै एउटा प्रेमीले आफ्नो प्रियको प्रशंसा गरेको…
हरि लामिछाने नयाँदिल्ली : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन्। भारत भ्रमणबारे जानकारी दिन आज एक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री महतले सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य सफल भएको दाबी गरे। भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख…
काठमाडौं : आज विश्वकर्मा पूजा धातुजन्य वस्तुको पूजाआज गरी मनाइँदैछ। प्रत्येक वर्ष असोज १ गतेका दिनलाई विश्वकर्मा बाबालाई सम्झिई फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजा गरेर मनाउने गरिएको हो। आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरु विश्वकर्माको पूजाआजामै व्यस्त हुन्छन्। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद…