PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • काभ्रेबाट हराएका १८ महिला अझै फेला परेनन्

    बनेपा :  काभ्रेपलाञ्चोकबाट चालू आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन्।   जिल्ला प्रहरी कार्यालय धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३/७४ मा २३ महिला हराएकामा पाँच जना भने फेला परेका छन्। सो आवमा ६ जना बालबालिकासमेत हराएका छन्।   त्यस्तै, आव २०७२/७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीचको शिष्टाचार भेट सकियो

    प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीचको शिष्टाचार भेट सकियो

    काठमाडौं : चारदिने राजकीय भ्रमणका लागि हिजो भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच केही बेरअघि शिष्टाचार भेटवार्ता भएको छ।  सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो। भेट भारतीय राष्ट्रपति भवनमा भएको हो।  भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक पनि सहभागी थिए।…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयो

    गुलरिया (बर्दिया) : बर्दियाको सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ।   स्कुलबाट फर्कने क्रममा ढोढरी–१ पठरवोजी बस्ने युवराज थारूलाई हिजो दिउँसो जङ्गली हात्तीले आक्रमणमा गरेको थियो। उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो।   यस्तै, गए राति नै खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त वक्तव्य (लाइभ)

    प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त वक्तव्य (लाइभ)

    काठमाडौँ : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले संयुक्त सम्बोधन गरिरहेका छन्। भारतीय प्रधानमन्त्रीको निवास हैदरावाद हाउसमा यसअघि उनीहरुबीच झण्डै सवा घण्टा लामो छलफल भएको थियो। प्रचण्ड र मोदीबीच वान टू वान छलफल समेत भएको थियो। हेर्नुस्, संयुक्त वक्तव्य समारोह लाइभ-   ​

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

    बाबियाचौर (म्याग्दी) : म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  चट्याङबाट ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री) को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताएका…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिगमा पनि हार्‍यो म्यानचेष्टर युनाइटेड

    युरोपा लिगमा पनि हार्‍यो म्यानचेष्टर युनाइटेड

    प्रिमियर लिगको डर्बी भिडन्तमा म्यानचेष्टर सिटीसँग पराजित भएको एक साता पनि नबित्दै म्यानचेष्टर युनाइटेडलाई अर्को झड्का लागेको छ।   युनाइटेड युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा नेदरल्याण्ड्सको क्लब फेयेनुर्डसँग पराजित भएको हो।   समूह ए को अवे खेलमा म्यानचेष्टर युनाइटेड १-० ले पराजित भयो। युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले कप्तान वायन रुनीसहित टीममा आधाभन्दा बढी खेलाडी परिवर्तन गरेका थिए। तर त्यही…

    विस्तृतमा पढ्नुस्

  • ६ फोटोमा हेर्नुस् रंगशाला सरसफाइ, खेलकुद मन्त्रीदेखि कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसम्म

    ६ फोटोमा हेर्नुस् रंगशाला सरसफाइ, खेलकुद मन्त्रीदेखि कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसम्म

    काठमाडौं : पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा अखिल क्रान्तिकारी विद्यार्थी स्वयम्सेवक एवम् अतिरिक्त क्रियाकलाप विभागले आज दशरथ रङ्गशालाको सरसफाइ गरेको छ।   विनाशकारी भूकम्पपछि अस्तव्यस्त बनेको रंगशाला झाडीमा परिणत हुँदै गइरहेपछि सबैको चासो बढेको थियो। सञ्चारमाध्यमले पनि रंगशालाको बेथितिबारे समाचार सम्प्रेषण गरेपछि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले १० दिनभित्रमा सरसफाइ गरिसक्न निर्देशन दिएका थिए।   आजको सरसफाइमा मन्त्री श्रीपाली…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर पुगेर भीम रावलले भने- 'संविधान संशोधन केका लागि?'

    कञ्चनपुर पुगेर भीम रावलले भने- 'संविधान संशोधन केका लागि?'

    भीमदत्तनगर : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन्।   बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उनले संविधान संशोधन केका लागि भन्दै स्पष्ट पार्नुपर्ने बताए।   'संविधानको कुन धाराले कुन समुदाय, कुन जाति र वर्गको अधिकार कुण्ठित गरेको छ। त्यस…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान कार्यान्वयनको क्रममा सबैलाई समेट्न मोदीको सुझाव

    ​संविधान कार्यान्वयनको क्रममा सबैलाई समेट्न मोदीको सुझाव

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान कार्यान्वयन गर्दा समाजका सबै पक्षलाई समेट्न आग्रह गरेका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछिको सयुक्त सम्बोधनका क्रममा मोदीले भने – मलाई विश्वास छ तपाईँको नेतृत्वमा नेपालले सफलता पूर्वक संविधान कार्यान्वयन गर्नेछ।'  समाजका सबै पक्षको अपेक्षाहरुलाइ समेटेर सहभागितामूलक छलफलबाट संविधान कार्यान्वयन हुने विश्वास मोदीको थियो। मोदीले नेपाल र भारतका बीचमा…

    विस्तृतमा पढ्नुस्

  • आफैंले काम गर्ने होटलबाट सुनचाँदीका गहना र झन्डै दुई लाख चोरी गरी भागेका सुन्दास पक्राउ

    सुनसरी : आफैंले काम गर्ने होटलबाट चोरी गरी भागेका भोजपुर आमतेक– ५ बाँसबोटे घर बताउने २३ वर्षीय महेश सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ।   प्रहरीले उनको साथबाट चोरी गरेको नगद १ लाख ९४ हजार ४ सय ५८ रुपैयाँ, १ तोलाको सुनको बाला, आधा तोलाको सुनको तिलहरी, ६ आना सुनको औंठी, १० आनाको चाँदीको पाउजु १ जोर, १ तोलाको चाँदीको कल्ली,…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : गाँठो र ड्राइभर दाइ आजदेखि देशभरका हलहरुमा

    फ्राइडे रिलिज : गाँठो र ड्राइभर दाइ आजदेखि देशभरका हलहरुमा

    काठमाडौं : आज शुक्रबार दुई नेपाली चलचित्र एकैसाथ सार्वजनिक भएका छन्। फ्राइडे रिलिजको ट्रेन्ड पछ्याउँदै चलचित्र 'गाँठो' र 'ड्राइभर दाइ' प्रदर्शनमा उत्रिएका हुन्।   पारिवारिक सम्बन्धमा आधारित गाँठो मल्टिप्लेक्स र सिंगल स्क्रिन गरी देशभरका ४० भन्दा बढी हलमा प्रदर्शन हुँदैछ। त्यस्तै गाडी चालकको कथा बोकेको फिल्म ड्राइभर दाइले भने मल्टिप्लेक्समा ठाउँ पाएको छैन।   बिएस बलामीको निर्देशन रहेको ड्राइभर दाइमा…

    विस्तृतमा पढ्नुस्

  • बैंकको सिइओको कार्यकाल तोक्ने व्यवस्था खारेज गर्न अर्थविज्ञहरुको सुझाव

    काठमाडौँ : व्यवस्थापिका–संसद अर्थ समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक बारेमा सरोकरवाला पक्षसँग आज सुझाव लिएको छ।  समितिको आजको बैठकमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीसहित राष्ट्र बैंक र निजी क्षेत्रका बैंकका प्रमुख एवम् प्रतिनिधिले सुझाव दिएका हुन्। सुवेदीले निजी क्षेत्रका बैंकका अधिकांश प्रतिनिधिले बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल र योग्यता तोक्न नहुने सुझाव…

    विस्तृतमा पढ्नुस्

  • दूधे बालिकासहित आमाले इनारमा हामफालेपछि बालिकाको घटनास्थलमै मृत्यु

    लहान : दूधे बालकसहित इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।   धनगढीमाई नगरपालिका– १२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नो एक वर्षीय छोरी दिलिसालाई बोकेर घरअगाडि रहेको इनारमा हिजो साँझ हामफालेकी थिइन्।   आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि सुपथ मूल्यका बिक्री कक्ष, छुटसहितका कक्ष कहाँकहाँ?

    भोलिदेखि सुपथ मूल्यका बिक्री कक्ष, छुटसहितका कक्ष कहाँकहाँ?

    काठमाडौं : भोलिदेखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सञ्चालन हुने भएको छ।   नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बताए।   भोलिदेखि सुरु हुने बिक्री कक्ष छठ पर्व (कात्तिक २१ गते) सम्म सञ्चालन हुने छ।   ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्ति सम्बद्ध राष्ट्रिय युवा अभियानको प्रथम महाधिवेशन फागुनमा निश्चित

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले आफ्नो प्रथम महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ।   अभियानको भदौ २७ र २८ गते बसेको बैठकले ६ बुँदे निर्णय पारित गर्दै प्रथम सम्मेलन आगामी फागुन १९, २० र २१ गते सम्पन्न गर्ने जनाएको छ।   आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक कमल शाहीले देशव्यापी…

    विस्तृतमा पढ्नुस्

  • 'फिफा वर्ल्ड प्लेअर अफ दि इअर' र 'बालोन डे अर अवार्ड' अब छुट्टाछुट्टै दिइने

    'फिफा वर्ल्ड प्लेअर अफ दि इअर' र 'बालोन डे अर अवार्ड' अब छुट्टाछुट्टै दिइने

    सन् २०१० देखि संयुक्त रुपमा प्रदान गरिँदै आएको फिफा बालोन डे अर अवार्ड अब पुन: छुट्टाछुट्टै प्रदान गरिने भएको छ।   फुटबलको सर्वोच्च निकाय फिफा र फ्रान्स फुटबलको सम्झौता समाप्त भएसँगै अब यी दुई अवार्ड छुट्टै घोषणा हुने भएको हो।   सन् २०१० देखि संयुक्त रुपमा प्रदान गर्न थालिएको फिफा बालोन डे अर अवार्ड लियोनल मेसीले ४ पटक तथा क्रिस्टियानो…

    विस्तृतमा पढ्नुस्

  • ​कसरी प्रचण्डको साइडबाट मोदीको साइडमा पुगिन् सीता?

    ​कसरी प्रचण्डको साइडबाट मोदीको साइडमा पुगिन् सीता?

    काठमाडौँ : भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हात मिलाइरहँदा प्रधानमन्त्री पत्नी सीता दाहालको 'पोजिसन'को आलोचना भएको छ। गार्ड अफ अनर ग्रहण गर्ने क्रममा पधानमन्त्री र उनकी पत्नीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए। स्वागतकै क्रममा सीताको पोजिसन चेन्ज भयो जसका कारण सीताले आलोचना खेप्नु परेको छ। फोटो : AP Photo/Manish Swarup कसरी पोजिसन चेन्ज…

    विस्तृतमा पढ्नुस्

  • हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घट्यो, अरु पेट्रोलियमको मूल्य यथावत

    हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घट्यो, अरु पेट्रोलियमको मूल्य यथावत

    काठमाडौं : आयल निगमले हवार्इ इन्धनको मूल्य घटाएको छ। निगमले आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ मूल्य घटाएको हो।   निगमका प्रवक्ता भानु खनालले चाडपर्वमा उपभोक्तालार्इ सहुलियत दिन हवार्इ इन्धनको मूल्य घटाएको जानकारी दिए।   आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य ९४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रियतर्फ भने प्रतिकिलो लिटर ५० डलर घटेकाले अब हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ८ सय ३१ डलर…

    विस्तृतमा पढ्नुस्

  • बलिउड अभिनेत्री विद्या बालनलाई डेङ्गूको संक्रमण

    बलिउड अभिनेत्री विद्या बालनलाई डेङ्गूको संक्रमण

    बलिउड नायिका विद्या बालनलाई डेङ्गूको संक्रमण भएको छ। आफ्नो नयाँ प्रोजेक्टका लागि काम गरिरहेकी उनी स्वास्थ्य समस्याका कारण केही समय विश्राममा छिन्। हाल दुई फिल्मको सुटिङमा व्यस्त उनी 'कहानी २' को लागि अमेरिका पुगेकी थिइन्। अमेरिकाबाट फर्किएपछl उनलाई डेङ्गू भएको बलिउड हंगामाले जनाएको छ। डाक्टरले उनलाई १० दिनसम्म 'बेड रेस्ट'का लागि सुझाव दिएका छन्। कहानी फिल्मको सिक्वेल 'कहानी २' मा…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारले भन्यो - लडाकु शिविरको अनियमिततामा छानविन सुरु

    अख्तियारले भन्यो - लडाकु शिविरको अनियमिततामा छानविन सुरु

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुका शिविरहरुमा भएको भनिएको भ्रष्टाचारबारे आजदेखि सुरु अनुसन्धान थालेको बताएको छ।  सर्वोच्च अदालतले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिबारे प्रश्न उठाइएको खारेज भएको रिट पुनरावलोकन गर्न उत्प्रेषणयुक्त आदेश दिएको केही घण्टामा आयोगले केन्द्रीय कार्यालय टंगालमा पत्रकार सम्मेलन गरेर लडाकु शिविरमा भएको अनियमिततामा छानविन अगाडि बढाएको जनाएको हो। प्रवक्ता गणेश कार्कीले अनियमितताको विषयमा छानविन सुरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell