PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • सप्तरीमा सर्पको बिगबिगी : महिनामा ७ जनाको मृत्यु, दैनिक ६ बिरामी अस्पताल भर्ना

    राजविराज : सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय एक महिलाको सर्पदंशबाट ज्यान गएको छ।   योसँगै जिल्लामा एक महिनाको अवधिमा सर्पदंशबाट सात जनाको मृत्यु भइसकेको छ। पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको हो।   यस्तै, सप्तरीको अर्नाहा–२ मा घरमा बसेर टेलिभिजन हेर्ने क्रममा स्थानीयवासी…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा ट्रयाक्टर पल्टिँदा चालकको घटनास्थलमै ज्यान गयो

    बागलुङ : गएराति  बाग्लुङगको कुस्मिसेरा-२ स्थित किसेकामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। बाग्लुङगबाट कुस्मिसेरा तर्फ जाँदै गरेको ध १ त २११ नम्बरको ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खस्दा चालक म्याग्दी बरम्जा-१ सातबिसे का २१ वर्षीय प्रकाश बिकको घटनास्थलमै मृत्यु भएकोे हो।

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा माओवादी नेतालाई जानकारी

    भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा माओवादी नेतालाई जानकारी

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे नेकपा माओवादी केन्द्रका नेताहरुलाई जानकारी गराएका छन्। आज बिहान प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा उनले भोलिदेखि हुने भारत भ्रमणबारे नेताहरुलाई जानकारी गराएका हुन्।    बैठकमा उनले भ्रमण मुख्यत गुडविल भिजिट भनेका छन्। विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तिनलाई तीव्रता दिनेमा भ्रमण केन्द्रित…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको गोकर्णेश्वरमा स्कुटर दुर्घटना, चालक गम्भीर घाइते

    काठमाडौं : काठमाडौंको गोकर्णेश्वर-१५ बेसीगाउँमा स्कुटर दुर्घटना हुँदा २९ वर्षीय चालक गम्भीर घाइते भएका छन्।    गएराति सवा ११ बजे बा३९प ७८ ६६ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका हुन्। उनको नामथर खुल्न सकेको छैन। घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल हुँदै थप उपचारको लागी वीर अस्पताल महांकाल ल्याइएको छ।   दुर्घटना भएको स्कुटरलाई प्रहरी वृत बौद्धले लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • असंलग्न मुलुकको शिखर सम्मेलनका लागि उपराष्ट्रपति पुन भेनेजुएला जाँदै

    असंलग्न मुलुकको शिखर सम्मेलनका लागि उपराष्ट्रपति पुन भेनेजुएला जाँदै

    काठमाडौ : असंलग्न मुलुकको १७औं शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला जाने भएका छन्। उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति पुन आज राति ९:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुएला प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।  टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय सङ्घ तथा सङ्गठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाका प्रमुख भरतराज पौड्याल, सोही शाखाका…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कपाल काट्ने महिला, जो समाजमा उदाहरणीय बनिरहेकी छिन्

    यी हुन् कपाल काट्ने महिला, जो समाजमा उदाहरणीय बनिरहेकी छिन्

    गोपालप्रसाद पोखरेल  पथरी (मोरङ) : कपाल काट्ने सैलुन कसले चलाउँछ? वा सैलुनमा कसले कपाल काट्छ? भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ- पुरुषले।  तर त्यो प्रश्नको उत्तर अब गलत हुन सक्छ। मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उनी उदाहरणीय बनेकी छिन्। मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस

    राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस

    काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ। शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन्।   यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो।   त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम…

    विस्तृतमा पढ्नुस्

  • १९ सय ८० पिस लागुऔषध नाइट्रोजन सहित दुई जना पक्राउ

    सुरुङ्गा : प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट गएराति पक्राउ गरेको छ।   पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेका छन्। उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक हजार ९८० पिस नाइट्रोजन बरामद गरिएको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए।   पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • चार शिक्षकद्वारा एक विद्यार्थीमाथि निर्घात कुटपिट

    पोखरा : कास्कीको एक विद्यालयमा चार शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।   कास्कीको पुरुञ्चौरमा रहेको भारती भवन माविका शिक्षकहरु मीनराज ढुंगाना, वासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले १५ वर्षीय विद्यार्थी अनिष गौतमलाई स्कुलभित्रै कुटेका हुन्।   ती शिक्षकको कुटाइबाट अनिषको बायाँ गालो सुन्निएको छ भने बंगारा हल्लिएको छ। उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिएको पारिवारिक स्रोतले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • आमरण अनसनमा रहेकी गङ्गामाया अधिकारीले तोडिन् अनसन

    आमरण अनसनमा रहेकी गङ्गामाया अधिकारीले तोडिन् अनसन

    काठमाडौँ : आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन्।   एक महिनादेखि औषधि र स्लाइन समेत नलिई वीर अस्पतालमा नै आमरण अनसन थालेकी गङ्गामायाले आजबाट अनसन तोडेकी हुन्।   २०६१ सालमा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनसनरत गङ्गामायाले अदालतको बयानका लागि अनसन तोडेकी हुन्।   असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक…

    विस्तृतमा पढ्नुस्

  • प्रियंका कार्कीलाई ह्याङ गराउने को?

    प्रियंका कार्कीलाई ह्याङ गराउने को?

    काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको फिचरिङ ‘ह्याङ बनायौ' गीतको म्युजिक भिडियो सर्वाजनिक भएको छ।   गोदावरीमा छायांकन गरिएको यस गीतमा प्रियंकासंगै गम्भीर विष्ट तथा गायक कर्णराज गिरीलाई देख्न सकिन्छ। कर्णले गाएको गीतमा नारायण बस्नेतको शब्द रहेको छ भने विकास चौधरीको संगीत।   'संगीतमै भविष्य खोज्दैछु र पाइला पनि अघि बढाउँदैछु। यसैको एउटा प्रयास हो यो गीत,' कर्णले भने।   युट्युबमार्फत…

    विस्तृतमा पढ्नुस्

  • हत्या गरेर फरार तीन युवा १३ वर्षपछि पक्राउ

    काठमाडौं : १३ वर्षअघि हत्या गरी फरार भएका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ।   हत्या अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३१ वर्षीय श्रीवीर लामा, सोनु भनिने देवराज लामा र खेप्पा भन्ने राकेश लामालाई प्रहरीले पक्राउ गरेको हो।   २०६० सालको दसैंमा स्थानीय युवाहसँग झगडा हुने क्रममा रोशनकुमार आले मगरको मृत्यु भएको थियो। सोही आरोपमा फरार रहेका उनीहरु पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • हिसिला यमी भन्छिन्- 'प्रचण्डजी अलि बढी नै हौसिनुभएको छ'

    हिसिला यमी भन्छिन्- 'प्रचण्डजी अलि बढी नै हौसिनुभएको छ'

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले भोलिदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पछिल्लो एक वर्षदेखि बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने विश्वास व्यक्त गरेको छ।   बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विभागले आफ्ना सुझाव अघि सारेको हो। विभागकी प्रमुख हिसिला यमीले प्रधानमन्त्रीको भारत भ्रमणले आधुनिक युगको बदलिएको परिवेश र आवश्यकता अनुरुप द्विपक्षीय सम्बन्ध अघि बढाउने विश्वास व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • न्युडायमण्ड, एपीएफ, पश्चिमाञ्चल र पुलिस क्वाटरफाइनलमा

    न्युडायमण्ड, एपीएफ, पश्चिमाञ्चल र पुलिस क्वाटरफाइनलमा

    काठमाडौं : न्यु डायमण्ड एकेडमी र सशस्त्र प्रहरीको एपिएफ क्लब राजधानीमा जारी तेस्रो एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।   महिलातर्फ समुह ए बाट न्यु डायमण्ड र समुह बी बाट एपिएफ क्वाटरफाइनलमा पुगेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहलमा बुधबार भएको खेलमा न्यु डायमण्डले प्रगतिशील युथ क्लबलाई ३–० को सेटमा पराजित गर्‍यो। एकतर्फी…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्रिपरिषद् बैठकले गर्‍यो सात ठाउँमा अस्थायी उच्च अदालत राख्ने निर्णय

    ​मन्त्रिपरिषद् बैठकले गर्‍यो सात ठाउँमा अस्थायी उच्च अदालत राख्ने निर्णय

    काठमाडौं : आज बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशमा उच्चअदालत राख्ने स्थान तय गरेको छ। आजको बैठकले संविधानको कार्यान्वयनको बाधा फुकाउँदै अस्थायी रुपमा सात वटै प्रदेशका सात ठाउँमा उच्च अदालत राख्ने तय गरेको हो। आगामी असोज ३ गतेअघि नै उच्चअदालत स्थापना गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले वाधा अड्काउ फुकाउ गरेको हो।   मन्त्रिपरिषद निर्णय अनुसार एक नम्बर प्रदेशको विराटनगर, दुई नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • महिला नेतृलाई शीर्ष नेताको संदेश : स्थानीय तह कब्जा गर्नुस्

    महिला नेतृलाई शीर्ष नेताको संदेश : स्थानीय तह कब्जा गर्नुस्

    काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले महिलालाई स्थानीय तहको नेतृत्व लिन तयार भएर बस्न आग्रह गरेका छन्। नेपाली कंग्रेसको भगिनी संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनको उद्घाटनमा कांग्रेसका नेताहरुले तत्लकालै स्थानीय चुनाव हुन लागेको भन्दै त्यसका लागि संविधानले तोकेको ४० प्रतिशत कोटा मात्र नभएर नेतृत्वकै लागि गृहकार्य गर्न निर्देशन दिएका हुन्।   ‘संविधानले महिलाहरुको प्रतितिधित्व स्थानीय तहमा ४० प्रतिशत र प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ​यिनै हुन घुस लिँदालिँदै समातिएका कर्मचारी

    ​यिनै हुन घुस लिँदालिँदै समातिएका कर्मचारी

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिँदै गर्दा सब इन्जिनियर नरेशकुमार श्रेष्ठलाई समात्यो। इटहरी उपमहानगरपालिकामा कार्यरत उनलाई ग्रामिण सडकको प्राविधिक अनुगमन गरी प्रतिवेदन दिने विषयमा घुस लिँदै गर्दा समातिएको हो। फोटो : याम प्रधान/रासस

    विस्तृतमा पढ्नुस्

  • ​'मृत्यु जितेपछि' पहिलो चोटी सार्वजनिक समारोहमा शशांक

    ​'मृत्यु जितेपछि' पहिलो चोटी सार्वजनिक समारोहमा शशांक

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला ‘मृत्यु जितेर’ फर्किएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भए। अस्पतालबाट फर्किएर टोखास्थित निवासमा आराम गरिरहेका महामन्त्री शशांक बुधबार नेपाल महिला संघको तेस्रो महाधिवेशन उद्घाटन् समारोहमा सहभागी भएका हुन्।   लामो समयपछि सार्वजनिक समारोहमा निस्किएका महामन्त्री शशांकले आफ्नो उपस्थिति राजनीतिक प्रभाव र शक्तिका भाषणले भन्दा पनि छुट्टै ढंगले सबैको ध्यानाकर्षण गराए। महिला सशक्ति करणमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पसेका भारतीय एसएसबीद्वारा दुई नेपालीमाथि निर्घात कुटपिट

    गौशाला :  भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुई नेपाली निर्घात कुटिएका छन्।   सोमबार दिउँसो भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन्।   एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन्। मधवापुर बजारबाट…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारका लागि मलेसिया गएका वलीको मृत्यु

    सल्यान : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सल्यान घाँजरी पिपल–७ सङ्ग्रही घर भएका ज्ञानबहादुर वलीको मृत्यु भएको छ।   ४३ वर्षीय वली एक वर्षअघि मलेसिया पुगेका थिए। उनी डब्लुएसएम कोसोन फाइभ कम्पनीमा ड्युटीमै रहेका बेला अचानक बिरामी भएका थिए। पेट दुखेको बताएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा नै उनको मृत्यु भएको हो।   वलीको शव मलेसियाकै अस्पतालमा छ। शव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell