PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • जोकोभिचलाई हराउँदै वावरिन्काले जिते ​युएस ओपनको उपाधि

    जोकोभिचलाई हराउँदै वावरिन्काले जिते ​युएस ओपनको उपाधि

    विश्व नम्वर वन नोभाक जोकोभिचलाई ३-१ को सेटमा पराजित गर्दै स्टान वावरिन्काले वर्षको अन्तिम ग्राण्डसलाम टेनिस युएस ओपनको उपाधि जितेका छन्।  न्युयोर्कमा भएको फाइनलमा वावरिन्काले डिफेन्डिङ च्याम्पियन समेत रहेका जोकोभिचलाई ६-७, ६-४ ७-५ र ६-३ को सेटमा पराजित गरे। ३१ वर्षे स्वीस खेलाडी वावरिन्काले यो तेस्रो ग्राण्डसलाम उपाधि हो। यसअघि उनले सन् २०१४ मा अष्ट्रेलियन ओपन तथा २०१५ मा जोकोभिचलाई…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : भ्यालेन्सियाको लगातार तेस्रो हार, एथ्लेटिक विल्वाओको पहिलो जित

    ​ला लिगा : भ्यालेन्सियाको लगातार तेस्रो हार, एथ्लेटिक विल्वाओको पहिलो जित

    स्पानिस ला लिगामा भ्यालेन्सियाले लगातार तेस्रो हार बेहोर्दा एथ्लेटिक विल्वाओले पहिलो जित हात पारेको छ।  तेस्रो चरणको खेल अन्तर्गत गएराती भएको खेलमा दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको भ्यालेन्सिया रियल बेटिससँग ३-२ ले पराजित भयो। एक खेलाडीको कमी र २ गोलले पछि परेको अवस्थामा पनि भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्दै २-२ को बराबरी गरेको थियो। तर खेलको अन्तिम समयमा रुवेन क्यास्ट्रोले…

    विस्तृतमा पढ्नुस्

  • मनसुन अझै १५ दिन बाँकी, बुधबारसम्म पानी पर्ने

    मनसुन अझै १५ दिन बाँकी, बुधबारसम्म पानी पर्ने

    काठमाडौँ : उपत्यका लगायत देशभर मौसम बदली भई बुधवारसम्म झरी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्व र मध्य भागमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौमा दिउँसो बर्षात केहि कम भएपनि राति पुन बर्षा हुनेछ। पौडेलले  भने – 'मनसुन समय अझै १५ दिन जति बाकी रहेकाले केहि दिन सुख्खा रहेको मनसुन…

    विस्तृतमा पढ्नुस्

  • बिहान उठ्दा हराएका पुनको शव खोलामा फेला

    लिवाङ (रोल्पा) : कोर्चावाङ–५ निम्रीका ४१ वर्षीय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा फेला परेको छ।   करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता बिरामी थिए। सँगै सुतेका पति बिहान उठ्दा कोठामा नदेखेपछि श्रीमती पूर्णकुमारी र परिवारले खोजी  गर्दा उनी मृत अवस्थामा फेला परेका हुन्।    श्रीमती निदाएको अवस्थामा मध्यरातमा घरबाट निस्किएका पुनको घरदेखि करिब चार किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • बस्तीमाथिबाट प​हिरो खसेपछि पाँच घर विस्थापित, लघु जलविद्युत् समेत अवरुद्ध

    फलेवास (पर्वत) : अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन्।   उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन्। तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो। उनीहरू अहिले आफन्तकोमा शरण लिएर बसिरहेको स्थानीय महानबहादुर गुरुङले जानकारी दिनुभयो ।…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ-पाँचथर सडक खण्डमा पहिरो खस्यो, मेची राजमार्ग अवरुद्ध

    ताप्लेजुङ : मनसुन सक्रिय भएपछि ठाउँठाउँमा पहिरो र बाढीले समस्या बल्झिएको छ।   अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ।   गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि एस्काभेटर मेसिनको सहायताले सात दिनपछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने- 'राष्ट्रिय गौरवका आयोजनाको अनुगमन आफैं गर्छु'

    प्रधानमन्त्रीले भने- 'राष्ट्रिय गौरवका आयोजनाको अनुगमन आफैं गर्छु'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाहरुमा आफैं अनुगमन गर्ने बताएका छन्।   राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै प्रधानमन्त्री राष्ट्रिय गौरवका आयोजनामाथि तालिका बनाएरै अनुगमनमा जाने बताए। 'सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस्,’ उनले निर्देशन दिए।   बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम…

    विस्तृतमा पढ्नुस्

  • गैंडाका दुई टुहुरा बच्चाको उद्धार, थालियो उपचार

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुई वटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ।   निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो। दुवै बच्चालाई निकुञ्जको सौराहामा राखेर उपचार गरिएको छ।   मेघौलीमा उद्धार गरिएका गैँडाका बच्चालाई बाघले आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षदेखि बेपत्ता मलेसियाली जेटको भग्नावशेष फेला पर्‍यो, अस्ट्रेलियामा अनुसन्धान सुरु

    दुई वर्षदेखि बेपत्ता मलेसियाली जेटको भग्नावशेष फेला पर्‍यो, अस्ट्रेलियामा अनुसन्धान सुरु

    क्यानबेर्रा : आगोले डढेर झुर्रिएको एक टुक्रा विमानको भग्नावशेष अनुसन्धानका लागि अस्ट्रेलिया ल्याइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।   उक्त भग्नावशेष मलेसियाली जेट विमान बोइङ ७७७ को एउटा अङ्ग भएको अनुमान गरिएको छ। उक्त मलेसियाली विमान दुई वर्षअघि ८ मार्च २०१४ का दिन मध्यरातमा एमएच ३७० अन्तर्गत २३९ जना यात्रु बोकी क्वालालम्पुरबाट चीनको बेइजिङ्गका लागि प्रस्थान गरेको थियो।   आजसम्म…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ, नेपथ्यको नयाँ गीत- हो रामा रामा

    यस्तो छ, नेपथ्यको नयाँ गीत- हो रामा रामा

    काठमाडौं : ‘कोसीको पानी’बाट पछिल्लो समय चर्चा कमाएको नेपथ्यले आगामी अल्बममा समेटिने अर्को नयाँ गीत ‘हो रामा रामा’सार्वजनिक गरेको छ।   नेपथ्यले लाइभ कन्सर्टहरुमा यो गीतलाई भने दुई वर्षदेखि सुनाउँदै आएको छ। ब्याण्डले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत भने यसलाई पहिलोपटक सार्वजनिक गर्न लागेको हो।   सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सोलमा यो गीत पहिलोपटक गाइएको थियो। र, यसको भिडियोलाई…

    विस्तृतमा पढ्नुस्

  • 'एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव' कात्तिकमा हुने

    'एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव' कात्तिकमा हुने

    काठमाडौं : 'एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव' आउँदो कात्तिक २६, २७ र २८ गते काठमाडौंको कुमारी सिनेमा हलमा हुने भएको छ।   कथाहरुको विश्लेषण, प्रदर्शनी र अन्तरक्रिया गर्ने उदेश्यले आयोजित महोत्सवको यो चौथो संस्करण हो। चलचित्रकर्मीले यहाँ ३० मिनेटभन्दा कम समयका कथानक चलचित्र, वृत्तचित्र या एनिमेशन चलचित्र देखाउन पाउनेछन्। लघु चलचित्रहरु सन् २०१४ पछि बनेका तथा नेपालमा पहिलोपटक प्रदर्शनी गरिएको हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • जापानमा नेपाली युवतीले गरिन् आत्महत्या

    जापान : अध्ययनको लागि जापान आएकी एक नेपाली किशोरी झुण्डिएको अवस्थामा सोमवार बिहान फेला परेकी छिन्।   कास्कीको पोखरा घर भएकी टिना गुरुङले आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै जापानी मिडियाहरुले जनाएका छन्। दुई वर्षअघि जापानिज भाषा अध्ययनको लागि आएकी टिना हाल क्यूसू किताक्यूसुमा जापानी भाषा पढ्दै थिइन्। उनको पढाइ सकिन तीन महिना मात्र बाँकी रहेको र विद्यालयको शुल्क सबै तिरिसकेको टिना…

    विस्तृतमा पढ्नुस्

  • चिनीको पोकाभित्र फेला पर्‍यो १८ राउन्ड गोली

    कैलाली : नेपाल-भारत सिमानाबाट प्रहरीले ९ एमएम क्यालिभरको १८ राउन्ड गोली बरामद गरेको छ।   क्षेत्रीय अनुसन्धान समूह (RIT) को प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ र्बैयाबेहडीस्थित नेपाल-भारत सीमाबाट सो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी पुग्नासाथ १८ वर्षीय शंकास्पद एक युवक १ केजी चिनीको थैली फालेर भारतीय भूमितर्फ भागेका थिए। उक्त थैली चेक गर्दा प्रहरीले चिनीभित्र ढाका कपडामा बेरी राखेको…

    विस्तृतमा पढ्नुस्

  • डेउडा खेल्दाखेल्दै चक्कु प्रहार हुँदा एक युवक गम्भीर घाइते, तीन जना पक्राउ

    बैतडी : चक्कु प्रहारबाट दार्चुलामा आज एक युवक गम्भीर घाइते भएका छन्। चक्कु प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।   अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ।   अपी नगरपालिका–५ छापरीको कोटमा डेउडा खेलिरहेका…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र मन्त्री महतले भेटे भारतीय विदेश मन्त्री स्वराजलाई

    परराष्ट्र मन्त्री महतले भेटे भारतीय विदेश मन्त्री स्वराजलाई

    काठमाडौँ : भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि नयाँदिल्ली पुगेका मन्त्री महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।   भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुने भनिएका सम्झौता र छलफलका बारेमा द्विपक्षीय कुराकानी भएको…

    विस्तृतमा पढ्नुस्

  • बेरोजगारलाई खुसीको खबर, काठमाडौं महानगरपालिकाले माग्यो एकै पटक ७० अधिकृत

    बेरोजगारलाई खुसीको खबर, काठमाडौं महानगरपालिकाले माग्यो एकै पटक ७० अधिकृत

    काठमाडौं : काठमाडौं महानगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ७० कर्मचारी माग गरेको छ।   महानगरपालिकाले आवश्यक अधिकृत कर्मचारीको विवरण आजको गोरखापत्र दैनिकमा विज्ञापन गरेको छ। महानगरले माग गरेका ७० अधिकृतमध्ये ५६ जना अधिकृत प्रशासनतर्फका छन्। लेखा समूहबाट एक जना छन् भने राजस्व समूहबाट ३ जना छन्। त्यसबाहेक १० जना प्राविधिकतर्फका छन्।    प्रशासनतर्फका ५६ अधिकृत मध्ये ३० जना खुल्ला प्रतिस्पर्धाका…

    विस्तृतमा पढ्नुस्

  • प्रमाणपत्रका आधारका ‘शैक्षिक ऋण’ कार्यक्रम कार्यान्वयनमा लैजान प्रमसमक्ष विद्यार्थीको माग

    काठमाडौँ : संयुक्त विद्यार्थी सङ्गठनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ।   आठ विद्यार्थी सङ्गठनको आज बागबजारमा बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहालको भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन अनुरोध गर्दै नेपाल र नेपालीको हित विपरीत कुनै सन्धि, सम्झौता र निर्णय नगर्न आग्रह गरेको हो।   बैठकले शिक्षक प्रमाणपत्रका…

    विस्तृतमा पढ्नुस्

  • पक्राउ परे दुई नक्कली चिकित्सक

    काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सञ्चालन गरेको अपरेसन क्वाक अन्तरगत थप दुई जना नक्कली चिकित्सकलाई पक्राउ परेका छन्।   ब्युरोले स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ घर भएका बालकृष्ण अर्याल र धनुषाका सञ्जीवकुमार शाहलाई पक्राउ गरेको हो। अर्याल काठमाडौंको बाँसबारी र शाह सानो भर्‍याङबाट पक्राउ परेका हुन्।   अर्याल मिड इष्ट पोलिक्निक युएई र शाह जनसेवा डेण्टल हस्पिटल पथरी मोरङमा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफसको आतंक : १० मुसाको परीक्षण, सात वटामा भेटियो ‘माइट’

    स्क्रब टाइफसको आतंक : १० मुसाको परीक्षण, सात वटामा भेटियो ‘माइट’

    रत्ननगर (चितवन) : स्क्रब टाइफस अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोलीले १० वटा मुसामा परीक्षण गर्दा सात वटामा स्क्रब टाइफस भनिने नयाँ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ फेला पारेको छ।   चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली आजै राजधानी फर्किएको हो।   'माइट सङ्कलन गरेर पठाइएको छ,' जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • 'ह्याप्पी डेज' मनाउने तयारीमा दयाहाङ र प्रियंका

    'ह्याप्पी डेज' मनाउने तयारीमा दयाहाङ र प्रियंका

    काठमाडौं : चाम्स इन्टरटेनमेन्टको ब्यानरमा ‘ह्याप्पी डेज’ नामक फिल्म बन्ने भएको छ।   'वीर विक्रम' रिलिज गरिसकेका निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्देशन गर्न लागेका हुन्।   युके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्था नै फिल्मको विषय हो।   वीर विक्रमको मुख्य भूमिकामा देखिएका दयाहाङ राई र प्रियंका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell