काठमाडौं : भूकम्पपछि पनि नेपाल घुम्नका लागि अझै सुरक्षित भन्ने सन्देश प्रवाह गर्न र क्यान्सर लागेको बच्चाहरुको उपचार सहयोगार्थ फण्ड संकलन गर्नका लागि रन फर नेपाल २०१६ हुने भएको छ। रन फर नेपालमा अष्ट्रेलियाका टिमोथी ब्लेयर पोखराबाट लगातार चार दिन दौडनेछन् र काठमाडौंमा आइपुगेपछि उक्त दौड सकिनेछ। ब्लेयर आगामी बुधबारदेखि शनिबारसम्म कुल २२० किलोमिटर दौडने छन्। बुधबार पोखराको बसुन्धरा पार्कबाट…
काठमाडौँ : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताएका छन्। नयाँ दिल्ली जानुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारतसँग यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गरिने बताए। प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा उनी आज त्यसतर्फ…
काठमाडौँ : मन्त्रिपरिषद्ले सरकारका १२ सचिवहरुको सरुवा गरेको छ। त्यस्तै भवन आचारसंहिता राजपत्रमा प्रकाशित गरी लागु गर्ने निर्णय समेत गरेको छ। सिंहदरबारमा बसेको बैठले राष्ट्रिय योजना आयोगमा तीन सदस्यको नियुक्ति र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजनीनामा स्वीकृत समेत गरेको छ। योजना आयोगमा डाक्टर स्वर्णीम वाग्ले, प्रभु बुढाथोकी र धिरेन्द्रमान प्रधानलाई नियुक्ती गरेको सकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।…
काठमाडौँ : नेपाल पत्रकार महासङ्घका पूर्व सभापति विष्णु निष्ठुरीले संविधान निर्माणका क्रममा सबै निर्वाचन क्षेत्रबाट सङ्कलन गरिएको जनमतको विवरण माग गर्दै व्यवस्थापिका–संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन्। पूर्व सभापति निष्ठुरीले आज संसद् सचिवालय सिंहदरबारमा संसद्का महासचिवलाई सम्बोधन गर्दै ‘जानकारी उपलब्ध गराइदिनु हुन’ भन्दै निवेदन दर्ता गराएका हुन्। दोस्रो संविधानसभाले जनताका भावनालाई समेट्ने उद्देश्यले संविधानसभा नागरिक सम्बन्ध तथा संविधान…
काठमाडौं : नवनियुक्त उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालयलाई 'मन्त्रायहरुको पनि नेतृत्वदायी मन्त्रालय' बनाउने घोषणा गरेका छन्। जोशीले आज पत्रकार सम्मेलन गरी ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। ‘मलाई मन्त्री हुँदा पनि साथीहरुले ‘उद्योग मन्त्रालयमा!’ भन्दै प्रश्न गरेका थिए, यो मन्त्रालयलाई महत्वहीन मन्त्रालयका रुपमा लिइँदै आएको थियो,’ जोशीले भने, ‘राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक समृद्धिको…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन्। सभापति देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीलाई बोलाएर सबैसँग समन्वय गरेर विवादरहित, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आआफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए। सो अवसरमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी…
काठमाडौं : शहरी विकास मन्त्री अर्नुननरसिंह केसीले जेठ सम्म २५/३० प्रतिशत बजेट खर्च हुने र असार लागेपछि ९५ प्रतिशतसम्म खर्च हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन्। मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका मन्त्री केसीले २५ बुँदे कार्ययोजना पनि सार्वजनिक गरे। उनले एक महिनाभित्र गरिसक्नुपर्ने निर्देशन सचिव सहित मातहतका निकायलाई दिँदै सार्वजनिक गरेको कार्ययोजनामा मन्त्रलयका अल्पकालीन र दीर्घकालीन सबै…
चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ट्रकका चालक बारा गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल पुर्याइएपछि उपचार क्रम भरतपुर अस्पतालमा मृत्यु भएको हो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा दुवै ट्रक र बसमा सवार…
काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ। चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँमा एक कम्पनीमा गएका उनीहरुलाई चार महिनादेखि पारिश्रमिक नदिइएपछि बिचल्ली परेको खबर सार्वजनिक भएपछि उद्धार गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई पत्र लेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले…
पर्सा : वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरस्थित त्रिवेणी फिड इन्ड्रस्टिजमा आज बिहान भएको आगलागीमा एक करोड मूल्यको धनमाल जलेर नोक्सान भएको छ। विद्युत्को तार सर्ट भई भएको आगलागीमा परी उद्योगमा रहेका उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ। बिहान ५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न वीरगन्ज तथा बाराको कलैयाबाट आएका वारुणयन्त्रले प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय…
काठमाडौं : गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ। प्राडा राममान श्रेष्ठको नेतृत्वमा रहेको विज्ञहरुको टोलीले देशभरका गणितिज्ञहरुलाई अभिनन्दन गर्ने कार्यक्रममा आतिथ्यता ग्रहण गरी दिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधिहरु…
तिलकरत्ने दिल्सानको अन्तिम टी २० खेलमा पनि श्रीलंका अष्ट्रेलियासँग पराजित भएको छ। शुक्रबार भएको सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई फेरि उसैको मैदानमा ४ विकेटले हरायो। जितसँगै अष्ट्रेलियाले टी २० सिरिज २ ० ले जितेको छ। दिल्सानले आफ्नो अन्तिम टी २० खेलमा श्रीलंकाका लागि जम्मा १ रन मात्र बनाउने सके भने बलिङतर्फ २ विकेट लिन सफल रहे। यता अष्ट्रेलियाको…
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा माओवादी केन्द्र र एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो। दुईबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत…
नोभाक जोकोभिक र स्वाटन वावरिन्का वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम टेनिस प्रतियोगिता युएस ओपनको उपाधिका लागि भिड्ने भएका छन्। विश्व नम्वर वन सर्वियन जोकोभिक दसौं वरीयताका फ्रान्सेली खेलाडी गेल मोनफिल्सलाई ६-३, ६-२, ३-६, ६-२ को सेटमा पराजित गर्दै फाइनल पुगेका हुन्। युएस ओपनको सेमिफाइनलमा पराजित भएसँगै मोनफिल्सले जोकोभिकसँग खेलेका सबै १३ खेल हारेका छन्। यस्तै तेस्रो वरीयताका स्वीस…
काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलगो बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्गीत साधना सम्मान-२०७३ प्रदान गरेको छ। पुरस्कारको राशि जनही पाँच हजार छ नगद छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सम्मान गर्दै नेपाली साहित्यको समग्र विकासका लागि मोतीराम भट्टको ठूलो योगदान रहेको बताए। सोही कार्यक्रममा लोकेन्द्र बन्जराको दोस्रो गजलकृति ‘जैतुन’तथा डा…
फलेवास (पर्वत) : उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा आज दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्युभएको हो। कास्की जिल्ला रिभान– ९…
काठमाडौं : पाँचौं मनाङ मस्र्याङ्दी धनुषवाण प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजले जितेको छ। मनाङ मस्र्याङ्दी आर्चरी क्लवको आयोजनामा भएको प्रतियोगितामा म्याग्दी मगर समाजले नेपाल छन्त्याल समाजलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि जितेको हो। शुक्रवार बेलुका कृतिम प्रकाशमा सम्पन्न भएको १० डोरको (१२०अंकको) खेलमा म्याग्दी मगर समाज र नेपाल छन्त्याल संघले समान १०८ अंक बटुलेर बराबरी खेलेका थिए। दुई टीमबीच विजेता…
काठमाडौं : भाषामा देखापरेको विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राडा खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा १४ सदस्यीय ‘मानक नेपाली भाषा अभियान- २०७३’ गठन भएको छ। अभियानको सहसंयोजकमा सहप्राध्यापक भरतकुमार भट्टराई, सचिव सहप्रा डा. लक्ष्मणप्रसाद गौतम र र सहसचिवमा सहप्रा डा. गोविन्दप्रसाद शर्मा (सुकुम) रहेका छन्। कोषाध्यक्षमा उपप्रा. रजनी ढकाललाई तोकिएको छ। सदस्यमा प्राडा कृष्णहरि बराल, सहप्राडा नारायण गड्तौला,…
आभास कर्माचार्य माफ पाऊँ हजुर म माफी माग्दिन तिम्रो बाटोमा हिँड्न जान्दिन जिउन नसिकाऊ तिमी मेरो आत्मा जलाई बेफिक्री आऊ, बरु जिउँदै झुन्ड्याऊ मलाई मैले जानी-जानी तिमी हिँड्ने बाटो बिराएँ मेरा छुद्र शब्दहरुका काँडा ओछ्याएँ यो षड्यन्त्र नै हो, तिमीलाई फसाउने तिम्रो बगानहरुको जरा उखाल्ने जिउदै नछोड़ मलाई, म आगो सल्काउँदैछु तिम्रो मन्दिरको ढुङ्गाको चिता सजाउँदैछु हो म पागल साथी…
काठमाडौं : राजधानीमा जारी रेडबुल फुटसल लिगको अन्तिम चरणका लागि ८ टोली छनोट भएका छन्। नयाँ बानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा सञ्चालन भइरहेको खेलबाट ताहाचल फुटसल, बानेश्वर रिक्रियसन सेन्टर, किकअफ फुटसल, आदर्श फुटसल, ढुकु फुटसल, शंखमुल फुटसल, रजनी फुटसल र इम्पेरियल फुटसल रेडबुल फुटसलका लागि छनोट भएका छन्। समूह ई बाट ताहाचल र किकअफ फुटसल शीर्ष दुई स्थानमा रहदै…