PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

  • बसले ठक्कर दिँदा पैदल यात्रु एक महिलाको ज्यान गयो

    उर्लाबारी (मोरङ) :  मोरङको कोसीहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।   झापाको काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना५ख ७०८३ नंको बसको ठक्करबाट भोजपुर षडानन्द नगरपालिका–४ घर भएकी ३३ वर्षीया पदमकुमारी भट्ट (घिमिरे) को घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मेघराज…

    विस्तृतमा पढ्नुस्

  • नेपालको सार्वभौमिकता संकटमा पर्ने भारतीय नेताको चेतावनी !

    नेपालको सार्वभौमिकता संकटमा पर्ने भारतीय नेताको चेतावनी !

    काठमाडौं : भारतीय जनता पार्टीका नेता रघुनन्दन शर्माले नेपालमा संवैधानिक रुपमा भएको व्यवस्थाविरुद्ध अभिव्यक्ति दिएका छन्। उनले संविधानले व्यवस्था गरेको धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै त्यसले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्तालाई नै खल्बल्याउने चेतावनी दिए। वीपी विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता शर्माले नेपालले अवल्म्बन गरेको धर्म निरपेक्षता नसच्याएर सार्वभौमिकता संकटमा पर्न बढीमा एक दशक लाग्ने बताए। ‘धर्म निरपेक्षताले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले आफ्ना सांसदलाई भने- 'तीन वटै चुनाव भइन्जेल हामी नै सरकारमा हुनेछौं'

    प्रचण्डले आफ्ना सांसदलाई भने- 'तीन वटै चुनाव भइन्जेल हामी नै सरकारमा हुनेछौं'

    काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने बताएका छन्।    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दलको भूमिका प्रभावकारी बनाउन पनि आफ्ना सांसदहरुलाई निर्देशन दिए।   'तीन वटै निर्वाचन सम्पन्न गरिन्जेलसम्म हामी सरकारमा नै हुनेछौं,' उनले भने, 'त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ।'   सरकारले दलीय…

    विस्तृतमा पढ्नुस्

  • ड्युटीमै रहेका प्रहरी जवानको रहस्यमय मृत्यु

    चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको बहादुरगन्जमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ।   मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन्। खनाल गएराति करिब ८ बजेको समयमा ड्युटी गरिरहेको अवस्थामा अचानक अस्वस्थ भएका थिए। खनालको मृत्यु के कति कारणले भएको हो खुलेको छैन।   खनालको तत्काल बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा सामान्य उपचार गराई थप उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री थापा भन्छन्- 'अलमलमा नपर्नुस्, चैतमै हुन्छ चुनाव'

    मन्त्री थापा भन्छन्- 'अलमलमा नपर्नुस्, चैतमै हुन्छ चुनाव'

    पोखरा : स्वास्थ्यमन्त्री गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको बताएका छन्। बिपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस कास्कीले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेको जानकारी गराए।   स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७ सय देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले यसको निधो…

    विस्तृतमा पढ्नुस्

  • प्रथम किङ खान महिला इन्डोर हक्की च्यालेन्ज आइतबार हुँदै

    प्रथम किङ खान महिला इन्डोर हक्की च्यालेन्ज आइतबार हुँदै

    काठमाडौं : प्रथम किङ खान नेपाल महिला इन्डोर हक्की च्याम्पियनसिप-२०१६ आइतबार हुने भएको छ।   नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने भएको हो। किङ खान हक्की क्लब युएईले प्रतियोगिताको मुख्य प्रायोजन गर्ने भएको छ।   पछिल्लो समय नेपालमा हक्की खेलप्रति दर्शक रुचि र खेलको लोकप्रियता बढ्दै गएकाले…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक काफ्लेले दिए राजीनामा, प्रधानमन्त्रीलाई बुझाए पत्र

    विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक काफ्लेले दिए राजीनामा, प्रधानमन्त्रीलाई बुझाए पत्र

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।   'बिहान समय माग्नुभयो, साढे १० बजे भेटेर राजीनामा बुझाउनुभएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। राजीनामामा नेपाल सरकारलाई सम्बोधन गरिएको जानकारी पनि उनले दिएका छन्।   प्रबन्ध निर्देशक काफ्लेसँग ऊर्जामन्त्री जनार्दन शर्माले यसअघि…

    विस्तृतमा पढ्नुस्

  • ५ रिक्टर स्केलको भूकम्पझैं धक्का दिनेगरी उत्तर कोरियाको अर्को पारमाणविक शक्ति परीक्षण

    ५ रिक्टर स्केलको भूकम्पझैं धक्का दिनेगरी उत्तर कोरियाको अर्को पारमाणविक शक्ति परीक्षण

    सोल : उत्तर कोरियाले पुङग्येरी स्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान पारमाणविक शक्ति परीक्षण गरेको छ। यो पाँचौं पटकको भएको दाबी गरिएको छ।   सोलको सैनिक स्रोतका अनुसार यस परीक्षणको क्रममा पुङग्येरी क्षेत्र वरिपरि टाढासम्म ५.० रिक्टर स्केलको कृत्रिम भूकम्पको महसुस गरिएको थियो। उत्तर कोरियाले गरेको यस पारमाणविक परिक्षणले ल्याएको ५.० रिक्टर स्केलको कम्पनले १० हजार टन सम्मको विस्फोटन…

    विस्तृतमा पढ्नुस्

  • जिन्दगीको अर्थ अरूले हामीलाई बताइदिनुपर्छ

    जिन्दगीको अर्थ अरूले हामीलाई बताइदिनुपर्छ

    जोन हल्ट शिक्षा त्यो चीज हो, जो व्यक्तिले स्वयंलाई दिन्छ; त्यो चीज होइन, जो अरू कसैले उसलाई देओस्। तर आज दुनियाँभरि शिक्षालाई ठीक उल्टो रूपमा परिभाषित गरिन्छ; जस अनुसार शिक्षा त्यो चीज हो, जो केही व्यक्तिले अरूलाई उसको भलाइका लागि दिन्छन्; शिक्षा मार्फत उसलाई त्यो सिकाउने प्रयास गर्छन्, जो उनीहरूको दृष्टिमा उसले जान्नुपर्छ। म यस्तो ‘शिक्षा’ को पूर्णतः विपक्षमा छु।…

    विस्तृतमा पढ्नुस्

  • ​एसियन जुनियर टेनिस : महिलातर्फ नेपाली इरा रावत र पुरुषतर्फ भारतका अर्नभ च्याम्पियन

    ​एसियन जुनियर टेनिस : महिलातर्फ नेपाली इरा रावत र पुरुषतर्फ भारतका अर्नभ च्याम्पियन

    काठमाडौं : नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ र्याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि जितेका छन्। केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघको सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न गल्र्स सिंगल्स फाइनलमा इराले भारतकी सम्भावी तिवारीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन्। यस स्पर्धामा भारतकी लक्षण्या…

    विस्तृतमा पढ्नुस्

  • एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता सेप्टेम्वर २४ देखि, ६ टीमको सहभागिता रहने

    एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता सेप्टेम्वर २४ देखि, ६ टीमको सहभागिता रहने

     काठमाडौं : वाई वाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्वर २४ देखि हुने भएको छ। जोहरा स्पोर्ट्स म्यानेजमेन्टको आयोजना र  सिजी फुड्सको प्रायोजनमा नेपाली क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागेको हो। दुई वर्ष अघि एनसेल नेपाल प्रिमियर लिग आयोजना गरेको जोहरा स्पोर्ट्स म्यानेजमेन्टले नयाँ सोचका साथ वाई वाईसँग मिलेर प्रतियोगिता गर्न लागेको जोहराका निर्देशक आमिर अख्तरले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निर्वाचित भएको एक महिना पछि प्रचण्डले संसद मार्फत जनताको नाममा सम्बोधन गर्न लागेका हुन्।  संसदको बैठक आज ११ बजे बस्दैछ। प्रचण्डले सम्बोधन मार्फत सरकारका प्राथमिकता सार्वजनिक गर्न लागेका हुन्। कांग्रेस सरकारमा सहभागि भइसक्दा समेत उनले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सकेका थिएनन्। सम्बोधन मार्फत उनले प्राथमिकताहरु…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा आएको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

    पोखरा : भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकै परिवारका चार जनाको ज्यान गएको छ। घटनामा दुई जना घाइते भएका छन्।   गएराति साढे ११ बजेतिर आएको पहिरोले चन्द्रकली विक सुनारको तीनकोठे पक्की घर पुरिएको प्रहरीले जनाएको छ। सो घटनामा उनका १४ वर्षीय छोरा निशान, ९ वर्षीया छोरी रजिना, ७ वर्षीया छोरी अन्जिला र…

    विस्तृतमा पढ्नुस्

  • छोराको मृत्युपछि चिन्तामा डुबेकी आमाले गरिन् आत्महत्या

    रत्ननगर (चितवन) : छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन्।   माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सुमित रानाभाटकी श्रीमती सङ्गीताले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। एक महिनाअघि उनका छोरा सोनिसको रोगका कारण मृत्यु भएको थियो।   छ वर्षको पहिलो सन्तान…

    विस्तृतमा पढ्नुस्

  • आज शिक्षा दिवस, नेपाल विद्याभूषण 'क' १९० जनालाई

    काठमाडौँ : आज मुलुकभर ३७औं शिक्षा दिवस मनाइँदैछ।   राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नारासहित मनाउन लागिएको हो।   शिक्षा मन्त्रालयले दिवसका लागि शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। दिवसका अवसरमा आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा…

    विस्तृतमा पढ्नुस्

  • लामखुट्टे भगाउन बालिएको घुर सल्किँदा आगलागी, तीन लाखको क्षति

    सप्तरी : सप्तरीको काचन गाविस–७ मा आज आगलागी हुँदा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ।   स्थानीय रामबहादुर दासको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।   छिमेकी दिपो दास, देलाल दास, कैली दाससहित चार जनाको एकएक वटा घर समेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   आगलागीबाट खाद्यान्न, लताकपडा…

    विस्तृतमा पढ्नुस्

  • दलित छात्रवृत्ति झ्वाम पार्ने प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी

      खोटाङ : रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ।   जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको हो।   अध्यक्ष, प्रअ र दुई जना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक सुरु, केही बेरमै प्रधानमन्त्री प्रचण्डले जनताको नाममा सम्बोधन गर्ने

    संसद बैठक सुरु, केही बेरमै प्रधानमन्त्री प्रचण्डले जनताको नाममा सम्बोधन गर्ने

    काठमाडौं : व्यवस्थापिका संसद बैठक सुरु भएको छ। ११ बजेपछि सुरु भएको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्।   केही बेरमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि उनले संसदमार्फत सम्बोधन गर्न लागेका हुन्।   उनले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सकेका थिएनन्। सरकारका प्राथमिकता र आगामी कार्यक्रमबारे उनले धारणा राख्ने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुुस् पारालम्पिक गेमको ओपनिङ सेरेमोनी

    ​फोटोमा हेर्नुुस् पारालम्पिक गेमको ओपनिङ सेरेमोनी

    १५ औं संस्करणको पारालम्पिक गेम ब्राजिलमा सुरु भएको छ। ३१ औं गृष्मकालिन ओलम्पिक जस्तै रियो दी जेनेरियोमै पारालम्पिकको पनि भव्यताका साथ उद्घाटन गरिएको छ। यस संस्करणको पारालम्पिकमा १६० देशको सहभागिता रहेको छ। रियोको विभिन्न २० भेन्युमा २३ खेलका ५२८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। डिफेरेन्टी एबल खेलाडीहरुको सहभागिता रहने पारालम्पिकमा यस पटक नेपालबाट पनि २ खेलाडीले सहभागिता जनाएका छन्।  ओपनिङ सेरेमोनीमा आरोन…

    विस्तृतमा पढ्नुस्

  • मातातीर्थ गोली घटना : प्रहरीलाई गोली हान्ने युवा फेला परेनन्, बरामद सेफ सहकारीको

    काठमाडौं : आज बिहान काठमाडौंको मातातीर्थमा अज्ञात समूहबाट बरामद भएको सेफमा कागजपत्र मात्र रहेको प्रहरीले पुष्टि गरको छ।   उक्त सेफ लतिपुपर उपमहानगरपालिकाको चापागाउस्थित ललितपुर सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको भएको प्रहरीले पुष्टि गरेको हो। सेफमा महत्वपूर्ण कागजपत्र भएकाले लुटेराले सेफ लुटेर ल्याएको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए।   आज बिहान  मातातीर्थस्थित चिहानडाँडामा प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell