काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको १७४ औँ हप्तामा आज टेकु दोभानमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सफाइका क्रममा बङ्गुरलगायत चौपाया बध गरी रगत नदीमा बगाउनेको अनुगमन काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ नेतृत्वको समूहले गरेको…
काठमाडौँ : नेपालमा हरेक दिन करिब एक दर्जन व्यक्तिले कुनै न कुनै कारणले आत्महत्या गर्ने गरेका छन्। त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाका अनुसार सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँमा छ। दक्षिण एसीयाली सहयोग सङ्गठन (सार्क) राष्ट्रमा श्रीलङ्कापछि बढी आत्महत्या हुने देशमा नेपाल रहेको ठगुन्नाले जानकारी दिए। 'विश्व आत्महत्या रोकथाम दिवस'का सन्दर्भमा उनले यस्तो जानकारी…
अमेरिकी शिक्षाविद् तथा चिन्तक जोन काल्डवेल हल्टको किताब 'द अन्डर अचिभिङ स्कूल' को नेपाली संस्करण आज सार्वजनिक भएको छ। सिकाइ समुहले 'असफल स्कूल' नाम दिएर किताबको नेपाली संस्करण ल्याएको हो। असफल स्कूलको नेपाली अनुवाद शरच्चन्द्र वस्तीले गरेका हुन्। नेपाली शिक्षा प्रणालीमा हुने बेथिती, नेपाली विद्यालयहरुमा सिकाइने सिपसँग हल्टको सो किताब प्रासंगिक हुने भएकाले असफल स्कूलको नेपाली संस्करण ल्याएको बताइयो।…
बहुप्रतिक्षित म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडलाई उसैको मैदानमा पराजित गरेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार भएको चौथो चरणको खेलमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको हो। यस म्यानचेष्टर डर्बी विशेष गरी दुई कारणले चर्चित बनेको थियो। तीन वर्षपछि विश्वकै दुई उत्कृष्ट प्रशिक्षक जोसे मोउरिन्हो र पेप गोर्डिओला पनि यसै डर्बी मार्फत आमने सामने भए। अर्को…
काठमाडौं : भालु भैरव जिम फिट्नेसका नवीन राणाले मिस्टर काठमाडौं शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ‘ओभरअल’ प्रतिस्पर्धामा नवीनले ५५ केजीमा पहिलो भएका फिट्नेस फस्टका अमिर थापा, ६० केजीमा पहिलो भएका न्यु फ्लेक्स एन्ड फिटनेसका रमेश कार्की, ६५ केजीमा पहिलो भएका वेल्नेस अर्गनिक क्लबका श्रृजेशभक्त श्रेष्ठ, ७० केजीमा पहिलो भएका डिभाइन फिजिकल फिट्नेस सेन्टरका…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टर गोविन्द केसीलाई अधैर्यता नदेखाउन आग्रह गरेका छन्। केसीले फेरी अनसन बस्ने घोषणा गरे लगत्तै जनतासँग प्रधानमन्त्री कार्यक्रम मार्फत प्रधानमन्त्री प्रचण्डले नयाँ सरकारको काम केहि समय हेर्न आग्रह गरे। केसीले नवौँ अनसनको घोषणा गर्दै असोज २ गते भित्र माग पुरा गर्न अल्टिमेटम दिएका छन्। अन्यथा ३ गतेबाट अनसन थाल्ने भन्दै आफ्ना चार बुदेँ मागको विषय…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गरेर नै दिल्ली जाने आफ्नो प्रतिबद्धता अझै कायम रहेको बताएका छन्। आफू मधेसी मोर्चाका नेताहरुसँग सघन छलफलमा रहेको उनले उल्लेख गरे। प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डले संविधान संशोधनको प्रारुपमा छलफल भइरहेको बताए। 'भारत भ्रमण अघि मधेसी जनता र सिङ्गो नेपाली जनताको विश्वास लिएर जाने छु', उनले भने। प्रचण्ड भारत भ्रमण…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको भन्ने समाचारका विषयमा पहिलोपटक सार्वजनिक टिप्पणी गरेका छन्। प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डले भने - 'चीनबाट पनि राष्ट्रपति आउने चर्चा चाँही हो, निर्णय भइसकेको थिएन भन्ने जानकारी मलाइ छ।' उनले आफ्नो 'कार्यकाल या छिट्टै' चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने विश्वास व्यक्त गरे। 'मिडियामा आउने निर्णय भइसकेको र स्थगित भइसकेको जसरी आयो…
काठमाडौं : मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप २ हजार ८ सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ। नेपालस्थित मलेसियाली दूतावासले सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका लागि अब ६ हजार ७ सय लाग्ने जनाएको हो। प्रवेशाज्ञा शुल्क ७ सय मात्रै भए पनि बिचौलियाको चलखेलका कारण विभिन्न शीर्षकमा नेपालीबाट बढी रकम असुली भइरहेको छ।…
काठमाडौं : जननेता तथा साहित्यकार विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती आज मनाइँदैछ। नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म १९७१ साल भदौ २४ गते बनारसमा भएको थियो। कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए। उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए। उनले पटकपटक गरी करिब १२ वर्ष कारागार जीवन…
गुल्मी : जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल जैसीथोक गाविस–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन्। भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका उनी घर फर्किएका थिएनन्। घरपरिवारले खोजी गरिदिन स्थानीयवासीसँग आग्रह गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाइसँग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ।…
मड्रिडका दुई क्लबले आगामी दुई वर्षसम्म खेलाडी किन्न नपाउने भएका छन्। यी दुई क्लबले फिफासँग गरेको अपिल खारेज भएसँगै सन् २०१८ सम्म ट्रान्सफर विन्डोमा खेलाडी किन्न नपाउने हुन्। रियल र एथ्लेटिको मड्रिडले २०१८ को जनवरीसम्म खेलाडी किन्न पाउँदैनन्। दुई क्लबले खेलाडी किन्न नपाउने विश्व फुटबलको सर्वोच्च निकायको निर्णयविरुद्ध अपिल गरेको थियो। तर १८ वर्षभन्दा कम उमेरका विदेशी खेलाडी…
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो संसद मार्फत जनतालाई गरेको सम्बोधन 'इच्छा पत्र, चाहाना पत्र जस्तो' मात्र भएको टिप्पणी गरेका छन्। संसदको बैठकमा रावलले प्रधानमन्त्रीको प्रस्ताव नीति तथा कार्यक्रम र बजेट पास गरेपछि आएको उल्लेख गर्दै संविधानको कुन धारा र संसदको कुन नियमावली अनुसार आएको हो? स्पष्ट गर्न माग गरे। 'संसदबाट पारित…
काठमाडौँ : नेकपा एमालेका नेता शंकर पोखरेलले माइक्रो ब्लगिङ साइट ट्विटरमा गरेको एउटा विवादित प्रतिक्रियाले संसदमा प्रवेश पाएको छ। पोखरेलले ट्विटरमा कालो वर्ण र कालो झण्डाको विषयमा टिप्पणी गरेका थिए। जसलाई उनले विवाद भएलगत्तै डिलिट गरेका थिए। संसदमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष समेत रहेका महेन्द्र राय यादवले 'पोखरेलले मधेसीलाई हेपेको' भन्दै असन्तुष्टस जनाए। 'कालो वर्ण भनेर मधेसीलाई…
काठमाडौं : नेकपा एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका विषयमा उठेका सवालमा सदनमा जानकारी गराउन माग गरेका छन्। संसदको बैठकमा पाण्डले प्रधानमन्त्रीले जनताको नाममा संसद मार्फत गरेको सम्बोधनमा सन्तुलित परराष्ट्र नीति भनेकोमा समेत प्रश्न उठाए। 'छिमेकी देश चीनका राष्ट्रपतिको भ्रमण स्थगित भएको सुनेका छौँ। सन्तुलित नीति भनेको यस्तै यस्तो हो?' 'समय मिलाउने कुरा भइसकेको थियो त्यो रोकिएको…
विश्व नम्बर एक महिला टेनिस खेलाडी सेरेना विलियम्सलाई दोहोरो झड्का लागेको छ। वर्षको चौथो तथा अन्तिम ग्राण्डस्लाम जित्ने तरखरमा रहेकी अमेरिकी सेरेना सेमिफाइनलमै पराजित भइन्। यस्तै युएस ओपन पछि सेरेनाले महिलातर्फको शीर्ष वरीयता समेत गुमाउने भएकी हुन्। युएस ओपनको सेमिफाइनलमा सेरेना दशौं वरियता प्राप्त चेक खेलाडी कारोलिना ल्सिकोभोसँग २-० को सोझो सेटमा पराजित भइन्। ३४ वर्षे सेरेनाले म्याच प्वाइन्टमा डबल…
काठमाडौं : आज बिहान त्रिशूली नदीमा ट्रक खसेको छ। भैरहवा भन्सारबाट सामान लिएर आउँदै गरको ना३ख ६०१७ नम्बरको मालवाहक ट्रक त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ। मुग्लिनबाट ३ किलोमिटर पर नदीमा खसेको ट्रक बेपत्ता भएको चितवन ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक राजन भेट्वालले बताए। ट्रकमा चाउचाउ, चोकोफन लगायतका सामान थियो। ती सामान यत्रतत्र छरिएको भेटिए पनि ट्रक भेट्टाउन…
काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत यो साता एक मात्र नेपाली फिल्मले सोलो रिलिजको अवसर पाएको छ। दीपाश्री निरौलाद्वारा निर्देशित 'छक्का पन्जा' आजदेखि हलहरुमा लाग्दैछ। फिल्मले मल्टिप्लेक्स तथा सिंगल स्क्रिनका सबै हलमा शो पाएको छ। फिल्ममा दीपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, शिवहरि पौड्याल, वर्षा राउत, केदार घिमिरे लगायतका नेपाली हास्यकलाकारको अभिनय छ। बलिउडतर्फ भने नेपाली हलमा 'बार…
काठमाडौं : नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डा समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा महतोले नेपाल–भारतबीच चिसिएको राजनीतिक र कूटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेसी युवाको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’समावेश गर्न, तराई–मधेस हुलाकी राजमार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका…
काठमाडौँ : नेकपा माओवादी केन्द्र संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो। यसअघिका प्रमुख सचेतक हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा चयन भएपछि सचेतकको पद खाली थियो। प्रधानमन्त्री तथा दलका नेता…