चितवन : गत बैसाखदेखि देखिएको स्क्रब टाइफस रोगबाट हालसम्म चितवनमा २०५ जना प्रभावित भएका छन्। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ। कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीका अनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा नौ र भरतपुर अस्पतालमा…
हरि लामिछाने नयाँदिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताएका छन्। नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको जानकारी गराए। प्रधानमन्त्रीले सरकारले लगानी एवम् राजनीतिक…
नयाँदिल्ली : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र बाँकी अनुदान भएको प्रष्ट पारेका छन्। भारत भ्रमणबारे जानकारी दिन आज एक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, 'सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्था थियो, त्यसलाई हटाएर सहज बनाउने सहमति भएको छ।' उनका अनुसार…
काठमाडौं : हिन्दु परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृण्ण औंशीसम्मको सोह्र दिनलाई सोह्रश्राद्धको रुपमा लिइन्छ। सोह्रश्राद्धभरि दिवंगत पिृतहरुका नाममा तर्पण पिण्डदान दिने गरिन्छ। सोह्रश्राद्धमा पितृलाई तर्पण दिई दान गर्नाले आफ्ना सन्तनिहरु ऋण मुक्त हुने, चित्त शुद्ध हुने, पितृ खुसी हुने र पुत्र तथा परिवारको रक्षा हुन्छ भन्ने जनविश्वास तथा परम्परा रहिआएको छ। बुबाआमा…
काठमाडौं : सुनसरीको कोसी नदीमा डुंगा पल्टिँदा हराएका ३५ भन्दा बढी यात्रुमध्ये २३ जनाको उद्धार गरिएको छ। कोसीटप्पुको पश्चिममा पर्ने श्रीलंका टापुबाट प्रकाशपुर राजावास आउँदै गरेको डुंगा पल्टिएको हो। डुंगामा ३५ भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ। घटनापछि प्रहरीले २३ जनाको भने सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोखरेलले पहिलोपोस्टलाई बताए। उनका अनुसार पल्टिएको डुंगाको केही…
काठमाडौं : दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आजदेखि उपत्यका र उपत्यकाबाहिर पनि 'सुपथ मूल्य पसल' सञ्चालनमा ल्याएको छ। नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रुपमा सुपथ मूल्का बिक्री कक्ष सञ्चालनमा ल्याएका हुन्। आजदेखि सुरु भएको पसल कात्तिक २२ गतेसम्म सञ्चालन हुने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए। उपत्यकामा चक्रपथ…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन्। मोतीदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका–१० भीमढुङ्गामा उद्घाटन गदै उनले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनुपर्ने बताए। संविधान अनेकथरीसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चटकी र…
काठमाडौं : पहिलो पटक आयोजना भइरहेको रेडबुल फुटसल प्रिमियर लिगको अन्तिम चरणका खेलहरु असोज १० गतेबाट सुरु हुने भएका छन्। एएमए इभेन्टले आयोजना गरेको उक्त प्रतियोगिताको अन्तिम चरणमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। छनोट चरणमा सहभागिता जनाएका ३२ टीममध्ये उत्कृष्ट १६ टीम अन्तिम चरणका लागि छनोट भएका हुन्। उपत्यकाभित्रका १६ फुटसलको सहभागिता रहने अन्तिम चरणका खेलहरु होम एण्ड अवेका…
काठमाडौं : प्रोस्टेटमा ट्युमर भएपछि पीडित पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि आज अमेरिका जाँदैछन्। अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा असोज १० गते उनको ट्युमरको शल्यक्रिया हुनेछ। अघिल्लो महिना भारतमा उपचार गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो। उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सकले ट्युमर…
वीरगन्ज : जंगली हात्तीको अक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेका मधुवन मथवल गाविस-६ बस्ने ५० वर्षीय रामचन्द्र चौधरी रहेका छन्। पर्सा प्रहरीले उनको शव आज बिहान ७ बजे सोही गाविसको वडा नं ५ पर्ने शिवधाम मन्दिर नजिक फेला पारेको हो। सिद्धपुर गाउँभन्दा उत्तर रहेको सो मन्दिरमा सहायक पुजारीको काम गर्दै आएको चौधरी बिहीबार रातिदेखि बेपत्ता थिए।…
रमेश लम्साल काठमाडौं : सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ। सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवर्द्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो। प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट क्षमताको चमेलिया र…
हिमाञ्चल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहाँको झाकडी परियोजना अवलोकन गरेका छन्। हेलिकप्टरबाट परियोजनाको परिसरमा रहेको हेलिप्याडमा उत्रिएका उनले १ हजार ५ सय मेगावाट क्षमताको नाथपा झाकडी पावर स्टेसन र त्यसको पावरहाउस हेरे। उनले डेढ घन्टा पावरहाउसमा विताएका थिए। प्रचण्डलाई स्वागत गर्न हिमाञ्चलका ऊर्जा मन्त्री सुजान सिंह पुगेका थिए। २७ किलोमिटर लामो सुरङबाट पानी ल्याएर निर्माण गरिएको यो आयोजनाबारे उनलाई…
काठमाडौं : सुनसरीको कोसी नदीमा डुंगा पल्टिँदा हराएका ४५ यात्रुमध्ये ३६ जनाको उद्धार गरिएको छ। कोसीटप्पुको पश्चिममा पर्ने श्रीलंका टापुबाट प्रकाशपुर राजावास आउँदै गरेको डुंगा पल्टिएको हो। घटनापछि प्रहरीले ३६ जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोखरेलले पहिलोपोस्टलाई बताए। उनका अनुसार बाँकी ९ जनाको खोजीकार्य जारी रहेको छ। शनिबार लाग्ने हाट बजार…
काठमाडौं : सरकारले हाल प्रचलनमा रहेका साना तथा मझौला क्षमताका प्रसारण लाइनको सट्टामा ४ सय केभीदेखि ७६५ केभी क्षमताका ठूला प्रसारण लाइन निर्माण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाउने भएको छ। प्राधिकरणले हाल ११ केभीदेखि ४ सयकेभी क्षमताका मात्रै प्रसारण लाइन निर्माण गरिरहेको छ। एकाध वर्षभित्र १० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले ठूलो क्षमताको प्रसारण राजमार्ग जरुरी रहेको…
काठमाडौं : विभागिय प्रतिष्ठाको लडाईँमा आर्मीलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गर्दै नेपाल पुलिस राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको क्वाटरफाइनलम खेलमा पुलिसले आर्मीलाई २५–२२, २४–२६, २०–२५, २५–१९ र १५–५ ले हरायो। च्याम्पियनसिप अन्तर्गत पुलिसले अब सेमिफाइनलमा पश्चिमाञ्चलको टप्ससँग प्रतिस्पर्धा गर्नेछ। शनिबारै भएको दोश्रो क्वाटरफाईनलमा पश्चिमाञ्चलको टप्सले…
काठमाडौं : पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कास्य पदक जितेकी छिन्। पोल्यान्डको वार्सामा भएको ५८ केजी तौल समुहको के–४४ विधातर्फ सीताले कास्य पदक जितेकी पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताएका छन्। सीताले रसियाकी खेलाडी अब्दुलोभालाई १२–१ स्कोरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। तर उनी फाइनल यात्रा तय गर्न रसियाकै खेलाडी रामा जोनोभासँग भएको खेलमा ६–१…
काठमाडौं : प्रतियोगिताअघि नै प्रतिक्षित बनेको वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेट अन्तर्गत विशाल वारियर्स र कान्तिपुर गोर्खाजबीचको उद्घाटन खेल वर्षको कारण रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा १२:३० मा खेल हुने भनिए पनि निरन्तरको वर्षाको कारण खेल हुन नसकेपछि दुवै टीमले १/१ अंक बाँडेका छन्। वारियर्सका कप्तान पारस खड्काले यो १ अंक लुजिङ प्वाइन्ट मानेका छन् भने…
काठमाडौँ : बिहारका मुख्यमन्त्री नीतिश कुमारले कोशीमा अग्लो बाँध बाँध्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार दिल्लीस्थित नेपाली दुतावास पुगेर भेट गरेका नीतिशले नेपाल हुँदै बग्ने नदीका कारण उत्पन्न बाढीको समस्या प्रधानमन्त्रीलाई सुनाएका थिए। भारतीय पत्रिका दैनिक भाष्करका अनुसार नीतिशले बाढीको समस्याको स्थायी समाधान आवश्यक रहेको भन्दै कोशीमा उच्च बाँध बाँध्नुपर्ने बताएका थिए। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले…
काठमाडौँ : बैदेशीक रोजगारीमा साउदी अरेबिया पुगेर अलपत्र परेका ७ नेपालीको प्रहरीले उद्धार गरेको छ । पीडितहरुलाई साउदीबाट उद्धार गरि प्रहरीले बुधवार नेपाल ल्याएको हो । उद्धार गरिएकाहरुमा बर्दिया जमुनि सितापुरका २५ बर्षिय देवबहादुर कडेल, मुग हयागलुका ३५ बर्षिय रनबहादुर रोकाया, बाके जिल्ला नेपालगञ्जका ३३ बर्षिय मोहमद आरुन खान, २५ बर्षका निसार खान, बर्दिया शिवपुर २ का २८ बर्षिय खगेन्द्रनाथ…
काठमाडौं : युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै आज सरसफाइ गरिएको छ। बिहीबार रङ्गशालाको निरीक्षणपछि मन्त्री श्रीपालीले १० दिनभित्रमा त्यहाँको सरसफाइ गरिसक्नुपर्ने भन्दै निर्देशन दिएका थिए। मन्त्री स्वयम् सहभागी सरसफाइ कार्यक्रममा मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो। अखिल नेपाल खेलकुद महासंघको अगुवाइमा सरसफाइ भएको हो। रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक…