PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • वाइवाइ इपिएल : तेजको लगातार दोस्रो जित, कलर्स एक्स फ्याक्टर ३४ रनले पराजित

    वाइवाइ इपिएल : तेजको लगातार दोस्रो जित, कलर्स एक्स फ्याक्टर ३४ रनले पराजित

    काठमाडौं : पञ्चकन्या तेजले वाइवाइ इपिएल एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न दिनको पहिलो खेलमा तेजले कलर्स एक्स फ्याक्टरलाई ३४ रनले पराजित गरेको हो।   १५५ रनको लक्ष्य पछ्याएको एक्स फ्याक्टरलाई १२० रनमा रोक्दै तेजले दोस्रो जित हासिल गरेको हो। आइतबार भएको आफ्नो पहिलो खेलमा तेजले जगदम्बा राइनोलाई ६…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग समिति बनाउन सभामुखको कसरत, दलहरुलाई बोलाएर परामर्श

    महाभियोग समिति बनाउन सभामुखको कसरत, दलहरुलाई बोलाएर परामर्श

    काठमाडौं : सभामुख ओनसरी घर्तीले सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुसँग महाभियोग समिति बनाउने विषयमा छलफल थालेकी छिन्। प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई बोलाएर महाभियोग समिति गठनका लागि सभामुखले कसरत गरेकी हुन्।   नेपालको संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था छ। जसमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाएर…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट एक नेपालीले वार्षिक सवा ५ लाख पठाउँछन्, कहाँ केमा हुन्छ खर्च?

    विदेशबाट एक नेपालीले वार्षिक सवा ५ लाख पठाउँछन्, कहाँ केमा हुन्छ खर्च?

    काठमाडौं : वैदेशिक रोजगारीमा गएका एक नेपाली नागरिकले वर्षमा कति रकम घर पठाउला?   नेपाल राष्ट्र बैंकले गरेको एक अनुसन्धान अनुसार एक कामदारले वार्षिक पाँच लाख ३२ हजार रुपैयाँ नेपाल पठाउने गरेको छ। उसले वर्षमा ६ देखि ७ पटकमा यति रकम नेपाल पठाउने गरेको अनुसन्धानमा देखिएको छ।   एक जनाले यति रकम घर पठाउँदा ९ हजार ४४ रुपैयाँ रेमिटेन्स कम्पनीलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप ज्ञवालीको कविता : म कर्नाली

    प्रदीप ज्ञवालीको कविता : म कर्नाली

    प्रदीप ज्ञवाली म कर्नाली! बगाइरहेछु निरन्तर दुधको नीलो धारा पार गर्दै गहिरा खोंच, कन्दरा र भीरहरु सिंचिरहेछु तिम्रा आँत र खेतखलियानहरु रित्याएर आफूलाई म आफैं बनिरहेछु उजाड पठार!   म कर्नाली! खेलिरहेछु निरन्तर तिम्रा ओठ र गलाहरुमा शब्द, निःशब्द युगौंयुगदेखि गाइरहेछु पीडाको धमारी! पठाएर रातो मार्सी तिम्रा भोजनगृहहरुमा लडिरहेछु एक मुठ्ठी कुहेको चामलको युद्ध एक चिम्टी नून र एक फाँको…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्रीको खोजी गर्न बंगलादेशबाट गोताखोर झिकाउने प्रमको तयारी

    त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्रीको खोजी गर्न बंगलादेशबाट गोताखोर झिकाउने प्रमको तयारी

    चितवन : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।   दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्याइँ नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए। त्यस क्रममा उनले…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार गोपाल खनालको पुस्तक 'भूराजनीति'माथि नेताहरुको यस्तो टिप्पणी

    पत्रकार गोपाल खनालको पुस्तक 'भूराजनीति'माथि नेताहरुको यस्तो टिप्पणी

    काठमाडौं : पत्रकार गोपाल खनालको पुस्तक भू–राजनीति’ सार्वजनिक भएको छ। पुस्तक विमोचनमा बोलाइएका नेताहरुले नेपालको भू–राजनीति संवेदनशील रहेको र भू–राजनीतिक धरातलको यथार्थतालाई स्वीकार गर्दै नेपालले पनि आन्तरिकरुपले राम्रोसँग व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिएका छन्।   दुई ढुङ्गाबीचको तरुल भनेर नेपालले गुम्सिएर वा निसास्सिएर बस्यो भने देशले कहिल्यै पनि आर्थिकरुपमा फड्को मार्न नसक्ने भएकाले कूटनीतिक र राजनीतिक पहलकदमी गरेर दुवै मुलुकसँग…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री महतद्वारा संविधानको प्रतिरक्षा

    राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री महतद्वारा संविधानको प्रतिरक्षा

    रमेश लम्साल -  न्युयोर्क : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन्।   संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए।   उनले संविधानमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहलाई…

    विस्तृतमा पढ्नुस्

  • गुट अन्त्य गर्न एमालेमा समूहगत निर्वाचन रोक्ने

    गुट अन्त्य गर्न एमालेमा समूहगत निर्वाचन रोक्ने

    काठमाडौँ : नेकपा (एमाले)ले कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरु समूहगत (प्यानल) सूचीका आधारमा नगर्ने निर्णय गरेको छ।   पार्टीका विभिन्न कमिटीमा उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारिता र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने तथा त्यसो नगर्ने व्यक्ति र सङ्गठनहरुलाई अनुशासनको कारबाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने पनि एमालेले निर्णय गरेको छ। पार्टीमा गुटबन्दी अन्त्यका लागि…

    विस्तृतमा पढ्नुस्

  • आतंकवादविरुद्ध जुध्न दरिलो इच्छा शक्ति बटुलौं : परराष्ट्रमन्त्री महत

    आतंकवादविरुद्ध जुध्न दरिलो इच्छा शक्ति बटुलौं : परराष्ट्रमन्त्री महत

    रमेश लम्साल- न्युयोर्क (अमेरिका) : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्।    नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए।   नेपालको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • स्कुटर र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु, चार घाइते

        उर्लाबारी (मोरङ) : मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका छन्।   विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल कदमाह–२ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी भारतीय मोटरसाइकका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलले चेल्सीलाई ३-० ले हरायो, म्यानचेष्टर सिटी र टोटनहमको अपराजित यात्रा कायमै

    आर्सनलले चेल्सीलाई ३-० ले हरायो, म्यानचेष्टर सिटी र टोटनहमको अपराजित यात्रा कायमै

    प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न लण्डन डर्बी भिडन्तमा आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको दिन शीर्ष टोलीहरु म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले अपराजित यात्रा कायमै राखेका छन्।   घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई ३-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ। आर्सनलले तीनै गोल पहिलो हाफमा गरेको हो।   एलेस्सिक सान्चेज, थियो वाल्कोट र मेसुट ओजिलले…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : उपहार गोलले विजयी हुँदै युभेन्ट्स शीर्ष स्थानमा, नेपोलीको अपराजित यात्रा कायमै

    सिरी ए : उपहार गोलले विजयी हुँदै युभेन्ट्स शीर्ष स्थानमा, नेपोलीको अपराजित यात्रा कायमै

    युभेन्ट्स पालेर्मोलाई १-० ले पराजित गर्दै इटालियन सिरी ए को शीर्ष स्थानमा कायम रहन सफल भएको छ। आफैँले गोल गर्न नसके पनि युभेन्ट्सको जितमा पालेर्मोका खेलाडीले गोल उपहार दिए।  ४९ औं मिनेटमा एडोअर्डो गोल्डानिगाले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता लियो। र, अन्त्यमा त्यहि आत्मघाती गोल नै निर्णायक बन्दा युभेन्ट्स ३ अंक जोड्न सफल भएको हो। जितपछि ६ खेलबाट १५ अंक…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : स्पोर्टिङ गिहोनको पोस्टमा बार्सिलोनाको ५ गोल, रियल लस पलमससँग बराबरीमा रोकियो

    ​ला लिगा : स्पोर्टिङ गिहोनको पोस्टमा बार्सिलोनाको ५ गोल, रियल लस पलमससँग बराबरीमा रोकियो

    स्पानिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिहोनविरुद्ध सहज जित हात पार्दा शीर्ष स्थानको रियल मड्रिड लस पलमससँग बराबरीमा रोकिएको छ।  लियोनल मेसी बिनै मैदान उत्रेको बार्सिलोनाले १० खेलाडीमा रहेर खेलेको अन्तय गरेको स्पोर्टिङ गिहोनलाई उसैको मैदानमा ५-० ले हरायो। बार्सिलोनाको जितमा नेमारले २ गोल गरे भने लुइस स्वारेज, रफिन्हा र अर्दा तुरानले १/१ गोल गरे। गिहोनका लोरा ७४…

    विस्तृतमा पढ्नुस्

  • ​४६औं थाक खेलकुद महोत्सव : भलिबलमा जोमसोमको ह्याट्रिक उपाधि

    ​४६औं थाक खेलकुद महोत्सव : भलिबलमा जोमसोमको ह्याट्रिक उपाधि

    मुस्ताङ : जनहित युवा क्लब जोमसोमले मुस्ताङको कोबाङमा जारी ४६औँ थाक खेलकुद महोत्सव अन्तर्गत पुरुष भलिबलमा च्याम्पियन बन्दै उपाधिमाथि ह्याट्रिक गरेको छ। यस्तै महिलातर्फ डिफेन्डिङ च्याम्पियन निलगिरी युवा क्लब टुकुचेले उपाधि जितेको छ। घासा महिला र पुरुष दुवै टीमले उपविजेतामै चित्त बुझाएका छन्।  शनिबार भएको पुरुष फाइनल खेलमा जोमसोमले सिक्स सोल्टिज युवा क्लब घासालाई ३–२ सेटले पराजित गर्दै लगातार तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • दसैंका लागि बैंकहरुलाई आजैबाट नयाँ नोट वितरण, सर्वसाधारणले भोलिदेखि ३७ हजारसम्म पाउने

    दसैंका लागि बैंकहरुलाई आजैबाट नयाँ नोट वितरण, सर्वसाधारणले भोलिदेखि ३७ हजारसम्म पाउने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ। बैंकहरुले भोलिबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउनेछन्।   राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन्। बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ गतेसम्म नयाँ नोट उपलब्ध गराइनेछ।   'सर्वसाधारणले लामो लाइन बस्नु नपरोस् भनेर यसपालि कुपन वितरण…

    विस्तृतमा पढ्नुस्

  • ​१५ फोटोमा हेर्नुस्, गोदावरी फेस्टिभलको रौनक, अल्ट्रा दौडको उपाधि शेरबहादुर थारुलाई

    ​१५ फोटोमा हेर्नुस्, गोदावरी फेस्टिभलको रौनक, अल्ट्रा दौडको उपाधि शेरबहादुर थारुलाई

    काठमाडौं : तेस्रो संस्करणको गोदावरी फेस्टिभल शनिबार सम्पन्न भएको छ। बेसक्याम्प आउटडोर लाइफस्टाइलले आयोजना गरेको फेस्टिभलमा ६० किलोमिटर अल्ट्रा रन, सोलोमन ३० किलोमिटर र सुन्टो १५ किलोमिटर रन लगायत विभिन्न गतिविधि सम्पन्न भयो।  द नर्थ फेस अल्ट्रा रनको उपाधि शेरबहादुर थारुले जिते। ६ जना मात्र सहभागी दौडमा उनले निर्धारित दुरी ६ घण्टा १३ मिनेटमा पूरा गरे। दोस्रो भएका भीमबहादुर गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • ​वाइवाइ इपीएल : पञ्चकन्या तेजको विजयी सुरुवात, जगदम्बा राइनो ६ विकेटले पराजित

    ​वाइवाइ इपीएल : पञ्चकन्या तेजको विजयी सुरुवात, जगदम्बा राइनो ६ विकेटले पराजित

    काठमाडौं : वाइवाइ एभरेस्ट प्रिमियर लिग इपीएफ क्रिकेटमा शरद भेषवाकरको टीम पञ्चकन्या तेजले विजयी सुरुवात गरेको छ।इपीएल अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा तेजले शक्ति गौचनको जगदम्बा राइनोलाई ६ विकेटले पराजित गरेको हो।  १३० रनको मध्यम लक्ष्य तेजले ४ विकेटको क्षतीमा १९ ओभरमा पुरा गर्यो। पहिलो ओभरमै दुवै ओपनरलाई गुमाएपनि तेजले त्यसपछि सम्हालिए खेल्दै  उत्कृष्ट पुनरागमन गरेको हो। ४६ बल खेलेका…

    विस्तृतमा पढ्नुस्

  • ​पिंककी अभिनेत्री फलकले भनिन् म सहअभिनेत्री होइन

    ​पिंककी अभिनेत्री फलकले भनिन् म सहअभिनेत्री होइन

    सकारात्मक प्रतिक्रिया साथै व्यवसायिक सफलता हात पारिरहेको बलिउड फिल्म पिंकमा तीन युवती मुख्य पात्र छन्। फिल्ममा अभिनेत्रीहरु तापसी पन्नु, फलक कीर्ति कुल्हारी र एन्ड्रिया तारियाङ छन्, जो परिवारदेखि टाढा एउटै अपार्टमेन्टमा बस्छन्। पुरै फिल्म उनिहरुकै जीवनकथा र दैनिकीमा घुम्छ। स्वतन्त्र जीवन बिताउन चाहने युवतीहरुको अवस्था, भोग्न पर्ने कष्ट र यौन दुर्व्यवहारको कथा समेटिएको फिल्ममा मिलन पात्रको भूमिका निभाएकी तापसी पन्नु…

    विस्तृतमा पढ्नुस्

  • सांसदले सोधे : लोकमान र प्रधानमन्त्री प्रचण्डबीच 'मिलेको' के हो?

    सांसदले सोधे : लोकमान र प्रधानमन्त्री प्रचण्डबीच 'मिलेको' के हो?

    काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल र अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबीच 'मिलेको भनिएको विषय' संसदलाइ जानकारी दिन माग गरेका छन्। अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आफ्नै पुरानो निर्णयलाई उल्ट्याउँदै मुद्दा पुनरावलोकन थाल्ने आदेश गरेकै दिन कार्कीले लडाकुका लागि दिइएको रकम हिनामिना भएको मुद्‍दा अघि बढाउने बताएका थिए। त्यतिखेर…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसका पौडेल पक्षधरको माग : केन्द्रीय समिति बैठक डाक

    काँग्रेसका पौडेल पक्षधरको माग : केन्द्रीय समिति बैठक डाक

    काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यथाशीघ्र पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्।   संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले जानकारी गराए।   बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell