PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • ​मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित गर्न एमालेको माग

    ​मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित गर्न एमालेको माग

    काठमाडौँ : सरकारले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने तयारी गरिरहेकै बेला नेकपा एमालेले भने विधेयक पारित गर्न माग गरेको छ। एमाले केन्द्रीय समितिको बैठकले विधेयकलाइ अनेकौँ बहानाबाजी गर्दै विधेयक फिर्ता लिने भन्दै पूर्व प्रधानमन्त्री एवम् मुलुककै प्रतिष्ठित राजनीतिज्ञ मनमोहन अधिकारीको नामलाई अपमान गर्ने प्रयास भइरहेको निष्कर्ष निकालेको हो। 'सो विधेयकलाई तत्काल संसदबाट पारित गर्न सरकारसँग माग गर्दछ',…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत सहभागी नहुने

    पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत सहभागी नहुने

    काठमाडौँ : भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता नजनाउने भएको छ। भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो। अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले स्पष्ट गरेका हुन्। भारतीय विदेश मन्त्रालयले भनेको छ – एउटा देशले तयार…

    विस्तृतमा पढ्नुस्

  • सिड्नीमा साहित्यकार बुद्धिसागर र पहिलोपोस्ट सम्पादकको अन्तर्क्रिया

    सिड्नीमा साहित्यकार बुद्धिसागर र पहिलोपोस्ट सम्पादकको अन्तर्क्रिया

    सिड्नी : प्रवासमा साहित्य सृजना र पत्रकारिताका विषयमा सिड्नीको दक्षिण कोग्रामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।  अष्ट्रेलियाबाट प्रकाशन हुँदै आएको पाक्षिक पत्रिका 'नेपालीपत्र' र साहित्यिक अनलाइन 'साताको साहित्य'को संयुक्त आयोजनामा यो अन्तर्क्रिया कोग्रा स्कुल अफ आर्टमा आइतबार मध्यान्ह १२ देखि अपरान्ह ३ बजेसम्म चलेको थियो। कार्यक्रमको मुख्य वक्ताको रुपमा उपन्यासकार यवं युवा साहित्यकार बुद्धिसागर र पहिलोपोस्टका सम्पादक उमेश श्रेष्ठ सहभागी…

    विस्तृतमा पढ्नुस्

  • आयोगको ‘अति गोप्य’ बैठकमा नयाँ दलको मात्र दर्ता गर्न ३१ दलका शीर्षनेताको सुझाव

    आयोगको ‘अति गोप्य’ बैठकमा नयाँ दलको मात्र दर्ता गर्न ३१ दलका शीर्षनेताको सुझाव

    काठमाडौं : व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका ३१ दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।   आयोगले संवैधानिक प्रावधानका बारेमा राजनीतिक दलसँग छलफल गर्न आज डाकेको बैठकमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ मात्र गराए पुग्ने सुझाव दिए।   नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले राजनीतिक दलसम्बन्धी संविधानको व्यवस्थाका बारेमा आयोगले बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • इराक र अफगानिस्तान जान लगाइएको प्रतिबन्ध हटाउन सरकारको तयारी

    इराक र अफगानिस्तान जान लगाइएको प्रतिबन्ध हटाउन सरकारको तयारी

    काठमाडौं : इराक र अफगानिस्तानमा यसअघि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी गरेको छ।   श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा यसबारे जानकारी दिएका छन्। ती देशमा जाने नेपालीको प्रतिबन्ध हटाउनेबारे आगामी क्याबिनेटले निर्णय गर्ने उनको भनाइ छ।   'दुवै देशमा कामदार पठाउने कुरामा दबाब आएको छ, सरकारले अबको क्याबिनेटमा  निर्णय गर्छ,' मन्त्री गुरुङले भने, 'प्रधानमन्त्रीले पनि…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई महाभियोग लगाउन माग गर्दै गोविन्द केसी नवौं अनसनमा

    लोकमानलाई महाभियोग लगाउन माग गर्दै गोविन्द केसी नवौं अनसनमा

    काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा. गोविन्द केसीले आजदेखि नवौं पटकको आमरण अनसन सुरु गरेका छन्।   केसीले त्रिभुवन विश्वाविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको गणेशमान भवनमा अनसन सुरु गरेका हुन्। केसीले अनसनसँग आफ्ना चार बुँदे माग समेत अगाडि सारेका छन्। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र राजनारायण पाठकलाई महाभियोग लगाउनुपर्ने समेत उल्लेख छ। …

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले हराएको भनिएको लोकमानको स्पष्टीकरण फाइल सर्वोच्च अदालत पुग्यो

    भूकम्पले हराएको भनिएको लोकमानको स्पष्टीकरण फाइल सर्वोच्च अदालत पुग्यो

    काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको स्पष्टीकरण फाइल सर्वोच्च अदालतमा पठाएको छ। मन्त्रालयले उक्त फाइल आज सर्वोच्चमा पठाएको प्रवक्ता नहकुल सुवेदीले पहिलोपोस्टलाई जानकारी दिए। सर्वोच्च अदालतले कार्कीलाई नेपाल सरकारको मुख्य सचिव हुँदा सोधिएको स्पष्टीकरणको फाइल मन्त्रालयसँग मागेको थियो। कार्कीको नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको पुनरावलोकनको क्रममा सर्वोच्चले फाइल मागेको हो। तर मन्त्रालयले १०…

    विस्तृतमा पढ्नुस्

  • ​इपिएल टी २० क्रिकेट : पारस शतकबाट एक रनले चुके पनि वारियर्सको जित, लेजेण्ड्सको लगातार दोस्रो हार

    ​इपिएल टी २० क्रिकेट : पारस शतकबाट एक रनले चुके पनि वारियर्सको जित, लेजेण्ड्सको लगातार दोस्रो हार

    काठमाडौं : कप्तान पारस खड्काले ९९ रनको कप्तानी पारी खेलेपछि विशाल वारियर्सले वाइवाइ एभरेस्ट प्रिमियर लिगमा इपीएल टी २० क्रिकेटमा पहिलो जित हात पारेको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा वारियर्सले सगरमाथा लेजेण्ड्सलाई २५ रनले पराजित गरेको हो। १७५ रनको उच्च लक्ष्य पछ्याएको लेजेण्ड्सले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। ओपनर सुनिल धमलाले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • सांगीतिक दुनियाँमा विनोद राईको यस्तो छ 'पारा'

    सांगीतिक दुनियाँमा विनोद राईको यस्तो छ 'पारा'

    काठमाडौं : नेपाली तारा सिजन—३ का उत्कृष्ट सातबाट बाहिरिएका गायक हुन्, विनोद राई। संगीतिक यात्राको क्रममा इलामको रविबाट झापा झरेर संघर्ष गर्दै धरानको अडिसनबाट छनोटमा परी उनले उत्कृष्ट सातसम्मको यात्रा तय गरे र सांगीतिक यात्रामा आफूलाई अनवरत यात्री बनाउने प्रण गरे। त्यसैको प्रतिफलस्वरुप उनले पहिलो एकल एल्बम ‘पारा’ भरखरै सार्वजनिक भएको छ।   चिन्डो म्युजिकले आयोजना गरेको समारोहमा संगीत तथा…

    विस्तृतमा पढ्नुस्

  • फुटसल लिग : चौर फुटसलको विजयी सुरुवात

    फुटसल लिग : चौर फुटसलको विजयी सुरुवात

    काठमाडौं : फुटबल प्रिमियर लिग अन्तर्गत फाइनल राउण्डका खेलहरु सोमबारबाट राजधानीमा सुरु भएको छ।   सोमबार भएको उद्घाटन खेलमा चौर फुटसल बाँसबारीले विजयी सुरुवात गरेको छ। रञ्जित श्रेष्ठको २ गोल मद्दतमा चौरले होम ग्राउण्डमा भएको खेलमा ढुकु फुटसल हव महाराजगन्जलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो।   चौरलाइ जिताउन निर्णायक भूमिका खेलेका रञ्जित म्यान अफ द म्याच चुनिए। चौरका लागि अर्को गोल…

    विस्तृतमा पढ्नुस्

  • म राजनीतिमा आधिकारिक हुँ, साहित्यमा होइन : केपी ओली

    म राजनीतिमा आधिकारिक हुँ, साहित्यमा होइन : केपी ओली

    काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको बोली राजनितिमा आधिकारिक हुने दाबी गरेका छन्।   सोमवार काठमाडौंमा एमाले सचिव प्रदीप ज्ञवालीको कविताकृति 'बिना सालिकका नायहरु'को लोर्कापण कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।ओलीले कृतिमाथि टिप्पणी गर्दै आलोचना गर्दैमा स्रस्टा हतोत्साही हुनु नपर्ने बताए। 'म पोलिटिक्समा अर्थेन्टिक हुँ तर साहित्यमा होइन,' उनले भने।   ओलीले ज्ञवालीको संग्रह उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चाको ठहर : सरकार एकलौटी ढङ्गले अघि बढ्न खोज्यो

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको हवाला दिएर सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ।   बिजुली बजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधनबारे सरकारले आफूसँग छफफल नै नगरी एकलौटी ढङ्गले अघि बढेको जनाएको छ।   संविधान संशोधनलगायत आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी निर्णायक छलफल गर्ने मोर्चाको एक…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा रडाको कायमै : पौडेल समूहले गर्‍यो बेग्लै बैठक

    काठमाडौं : निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता नभएको भन्दै नेपाल विद्यार्थी सङ्घमा आज छुट्टाछुट्टै बैठक भएका छन्।       भर्खरै भएको निर्वाचनमा अध्यक्ष भएका नैनसिंह महरले नेविसङ्घलाई एकलौटी ढङ्गले सञ्चालन गरेको भन्दै पौडेल समूहका विद्यार्थीको छुट्टै बैठक बसेको ह।       पार्टीका पदाधिकारी र केन्द्रीय समितिलाई जानकारी बिना नै अध्यक्ष र महामन्त्रीले एकलौटी ढङ्गले विभिन्न कार्यक्रमको आयोजना गरेको भन्दै आफूहरुको छुट्टै बैठक बसेको…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा ध्रुव आले निर्वाचित

    काठमाडौँ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को अध्यक्षमा ध्रुव आले निर्विरोध निर्वाचित भएका छन्। राजधानीमा आज भएको एनएफपीजेको नवौँ साधारण सभाले आलेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो। एनएफपीजेको सचिवमा प्रदिपराज वन्त, कोषध्यक्षमा तेज बहादुर बस्नेत सर्वसम्मत भएका छन्। यस्तै चारजना सदस्यहरु राजेन्द्र चित्रकार, सुनिल बज्राचार्य, शोभा महर्जन र  प्रतीक लामिछाने पनि निर्विरोध चयन भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्कमा नेपथ्य गुञ्जियो

    न्यूयोर्कमा नेपथ्य गुञ्जियो

    न्यूयोर्क : यहाँस्थित म्यानहटन सेन्टरमा नेपथ्यले शनिबार आफूलाई प्रस्तुत गरेको छ। सधैँजस्तै घडीको संकेत जसै ४, ३, २, १ गर्दै ० मा अडियो, भुइँबाट स्टेजभरि छरिएको निलो बत्तीले गितारको आवाजसँगै नृत्य सुरु गरेको थियो। गितारको ध्वनी तीब्र हुँदै गएपछि क्रमशः अन्य वाद्ययन्त्रहरु पनि गुञ्जन सुरु भए। र, त्यति नै खेर भित्तामा थुप्रै आमाहरुका तस्बिर लगालग देखापर्न थाल्यो। ‘सन्तानहरु कहाँ पुग्छन्…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : ग्रिजमनले जिताए एथ्लेटिकोलाई, भियारियाल र भ्यालेन्सियाको जित

    ​ला लिगा : ग्रिजमनले जिताए एथ्लेटिकोलाई, भियारियाल र भ्यालेन्सियाको जित

    स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा खेलमा एथ्लेटिकोले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको डेपोर्टिभा ला कुरानालाई १-० ले पराजित गरेको छ।  पहिलो हाफमा फेसल फजरले दोहोरो पहेँलो कार्ड सामना गरेपछि ला कुरानाले दोस्रो हाफमा १० खेलाडीमा रहेर खेलेको थियो। त्यसैको फाइदा उठाउँदै एन्टोनी ग्रिजमनले ७० औं मिनेटमा निर्णायक गोल…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरे अझै फेला परेनन्, यातायातमन्त्री घटनास्थल जाँदै

    त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरे अझै फेला परेनन्, यातायातमन्त्री घटनास्थल जाँदै

    काठमाडौं : त्रिशूली नदीमा कार दुर्घटनामा परी बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य आज पनि बिहानैदेखि थालिएको छ।   मुक्तिनाथबाट काठमाडौं आउने क्रममा हिजो बेलुका घिमिरे सवार बा ९ च १५३१ नम्बरको  स्कार्पियो कार त्रिशूली नदीमा खसेको थियो ।   केही दिनदेखि पानी परेका कारण नदीमा खोजीकार्यमा समस्या आएको छ। पानीको बहाव बढेकाले खोजी कार्यमा जुटेको टोलीलाई केही…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियर संगमले गाए- 'छोराछोरी आफ्नो राम्रो स्वास्नी अर्काको'

    इन्जिनियर संगमले गाए- 'छोराछोरी आफ्नो राम्रो स्वास्नी अर्काको'

    काठमाडौं : संगीतकार तथा गीतकार दीपक जंगमले अन्य पेसा र संगीत क्षेत्रलाई एकैपटक अघि बढाउन सक्नुलाई 'हिम्मत'को संज्ञा दिएका छन्। उनले दुवै क्षेत्रमा संघर्ष गरिरहेकाबाट समाजले फाइदा लिन सक्ने बताए।   पेसाले सिभिल इन्जिनियर भए पनि चौथो एल्बम बजारमा ल्याएका सुमन श्रेष्ठ संगमको संगीत साधनाको बखान गर्दै जंगमले त्यसो भनेका हुन्। उनी आफैं पनि प्राध्यापक डाक्टर हुन्। जंगम भन्छन्, 'मुल…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिकमा, संगठनको आकारबारे विशेष छलफल हुने

    माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिकमा, संगठनको आकारबारे विशेष छलफल हुने

    काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी महिना पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। ‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भयो। पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलको गोली र अन्य अवैध सामानसहित एक युवा पक्राउ

    पेस्तोलको गोली र अन्य अवैध सामानसहित एक युवा पक्राउ

    काठमाडौं : पेस्तोलको गोली र अन्य अवैध सामानका साथ एक जनालाई प्रहरीले बानेश्वरको ठूलो खरिबोटबाट पक्राउ गरेको छ।   महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले धनुषा जनकपुर-८ घर भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने सुमित शाहलाई पक्राउ गरेको हो। शंका लागेर चेकजाँचको क्रममा अवैध सामान सहित उनी पक्राउ परेको महानगरी प्रहरी वृत्त  बानेश्वरका डिएसपी नारायण सिमरियाले बताए।   शाहको साथबाट प्रहरीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell