PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • पहिरोमा हराएकी रञ्जनाको शव भेटियो

    गोरखा : मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव भेटिएको छ।   बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन्।   नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बूढीगण्डकी नदीबाट शवलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • दसैंअघि नै संविधान संशोधन प्रस्ताव, एमाले सहमतिमा आउनैपर्छ : प्रधानमन्त्री

    दसैंअघि नै संविधान संशोधन प्रस्ताव, एमाले सहमतिमा आउनैपर्छ : प्रधानमन्त्री

    सरिता पौडेल चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधनको प्रस्ताव दसैंअघि  नै संसदमा दर्ता गर्ने बताएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनको भवन उद्घाटन लगायतका कार्यक्रमका लागि चितवन आएका दाहालले यसका लागि एमाले सहमतिमा आउनुपर्ने बताए। ‘संविधान संसोधनको विषयमा सबैसँग छलफल भएको छ। दसैंअघि प्रस्ताव दर्ता गर्ने कोसिसमा छौं,' उनले भने, ‘राष्ट्रिय सहमति बनाउने कोसिस गरेको छु, एमाले पनि सहमतिमा…

    विस्तृतमा पढ्नुस्

  • दसैंको मुखमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द, पूर्व जाने यात्रुलाई सास्ती

    दसैंको मुखमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द, पूर्व जाने यात्रुलाई सास्ती

    सिन्धुली : यातयात व्यवसायीले बुधबारबाट बिपी राजमार्ग बन्द गराएका छन्।   सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका छन्। माग पूरा नभएसम्म नखोल्ने उनीहरुको भनाइ छ।   दसैंको मुखमा राजमार्ग बन्दा हुँदा सिन्धुली हुँदै पुर्वी नेपाल जानेहरु मारमा परेका छन्। व्यवसायीले गरेको बन्दले उदयपुर, झापा, मोरङ…

    विस्तृतमा पढ्नुस्

  • नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति पेरेजको निधन, अन्त्येष्टिमा ओबामा जाने

    नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति पेरेजको निधन, अन्त्येष्टिमा ओबामा जाने

    इजरायल : नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ।   दुई साताअघिदेखि सिकिस्त बिरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार बिहान ३ बजे निधन भएको उनका ज्वाइँ रफी वालडेनले जानकारी दिए।   पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए भने जीवनको उत्तरार्धसम्म पनि राजनीतिज्ञका रुपमा क्रियाशील थिए।   प्यालेस्टाइनसँग शान्ति…

    विस्तृतमा पढ्नुस्

  • निगमको चाडपर्व लक्षित उडान सुरु : पोखरा, भैरहवा र सिमराका लागि भाडादर कति?

    निगमको चाडपर्व लक्षित उडान सुरु : पोखरा, भैरहवा र सिमराका लागि भाडादर कति?

    काठमाडौं : नेपाल वायुसेवा निगमले आजदेखि पोखरा, भैरहवा र सिमरामा उडान सुरु गरेको छ।   दसैं, तिहार जस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए।   उनका अनुसार निगमको जहालले बिहान ६:३० बजे पोखरा र १०:३० बजे भैरहवा उडान भरेको छ। सिमराका लागि बिहान ८:३० बजेको उडान तालिका रहे पनि आज उडान भएन।  …

    विस्तृतमा पढ्नुस्

  • अफिसर गुप्ता नै खैरो हेरोइन कारोबारमा, उनीसहित ५ जना पक्राउ

    अफिसर गुप्ता नै खैरो हेरोइन कारोबारमा, उनीसहित ५ जना पक्राउ

    काठमाडौं : अवैध आगुऔषध खैरो हेरोइन कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।   विषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले राजधानीका विभिन्न स्थानबाट ४३ दशमलव ५ ग्राम हेरोइन सहित उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं जयबागेश्वरी बस्ने २७ वर्षीय सूर्य संगत, बाँके उपमहानगरपालिका-८ रानीतलाउ बस्ने २२ वर्षीय प्रकाश जोशी, सोही ठाउँका २२ वर्षीय सदाम अन्सारी, ३२ वर्षिय वीरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • इपिएल टी २० क्रिकेट : वारियर्सको दोस्रो जित, राइनोज ७ विकेटले पराजित

    इपिएल टी २० क्रिकेट : वारियर्सको दोस्रो जित, राइनोज ७ विकेटले पराजित

    काठमाडौं : विशाल वारिसर्यले राजधानीमा जारी वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेटमा लगातार दोस्रो जित हात गरेको छ।   बुधबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको वारियर्सले शक्ति गौचनको जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ। वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा राइनोजले दिएको १११ रनको लक्ष्य वारिसर्यले १५ बल बाँकी छँदै ३ विकेट…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार गरेर फरार युवक तीन वर्षपछि पक्राउ परे

    काठमाडौं : तीन वर्षअघि एक महिलालाई बलत्कार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बुधबार ललितपुरको नखिपोटबाट ललितपुर गोदावरी गाविस–२ घर भई उपहानगरपालिका– १४ बस्ने २७ वर्षीय कुमार प्रधानलाई पक्राउ गरेको हो। उनले २०७० पुस २० गते आफैंले सञ्चालन गरेको सत्यम् बिहेवियर सुधार केन्द्रमा लागुपदार्थ दुर्व्यसनको कुलत छुटाउन आएकी महिलालाई बलात्कार…

    विस्तृतमा पढ्नुस्

  • प्रथम राष्ट्रिय खुला लनटेनिस : संरक्षकभूषण र मायांका च्याम्पियन

    प्रथम राष्ट्रिय खुला लनटेनिस : संरक्षकभूषण र मायांका च्याम्पियन

    काठमाडौं : संरक्षकभूषण बज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन्। ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा संरक्षकले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै कमल भण्डारीलाई २-१ को सेटमा हराए।   ३ घन्टा १५ मिनेट चलेको खेलमा संरक्षकले पूर्व नेपाल नम्बर वान भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे।…

    विस्तृतमा पढ्नुस्

  • लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

    लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

    काठमाडौं : लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा कलाकार बद्री पंगेनी निर्वाचित भएका छन्।   प्रतिष्ठानको छैंटौं केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी र उपमहासचिवमा चौलेन्द्र पौडेल निर्वाचित भएका छन्।   प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रीता थापा,…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा भेला भए सात देशका कवि, सुनिए ३४ कविता

    नेपालमा भेला भए सात देशका कवि, सुनिए ३४ कविता

    काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा सात देशबाट आएका विविध भाषाका कविहरूको कवितामा झुमिरहेका देखिए कविताका पारखीहरू। भाषाभन्दा पनि बढी कविता ध्वनि हो र त्यो ध्वनि वैश्विक हुन्छ भन्ने मान्यतालाई चरितार्थ पार्दै म्यानमार, भुटान, थाइल्यान्ड, भारत, बङ्गलादेश, जर्मनी र नेपालका ३४ कविहरूले आआफ्नै भाषाका कविता सुनाए।   जरा फाउण्डेशन नेपालले आयोजना गरेको तीनदिने सिर्जना उत्सव 'क्रिएटिभ ब्रिज'को अन्तिम दिन सो…

    विस्तृतमा पढ्नुस्

  • ​मेलम्चीको सुरुङ पूरा गर्न छ महिना म्याद थपियो

    ​मेलम्चीको सुरुङ पूरा गर्न छ महिना म्याद थपियो

    काठमाडौँ : मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ।   सुरुङ निर्माणका लागि २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ।   कम्पनीले २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो। गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध आएपछि…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह पुनर्संरचान आयोगलाई नयाँ टिओआर : औचित्यहीन हुँदै अहिलेसम्मका काम

    ​स्थानीय तह पुनर्संरचान आयोगलाई नयाँ टिओआर : औचित्यहीन हुँदै अहिलेसम्मका काम

    काठमाडौं : चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको सरकारलाई आफ्नै निर्णयले अप्ठ्यारोमा पारेको छ। स्थानीय तह पुनर्संरचना आयोगले ५१ जिल्लाको प्रारम्भिक प्रतिवेदन प्राप्त गरिसकेको अवस्थामा कार्यादेश (टिओर) परिमार्जनपछि आयोग नै अन्योलमा परेको छ। अन्योलबीच मन्त्रिपरिषद्को निर्णय अनुसारको कार्यादेश परिमार्जनपत्र आयोगले बुधबार प्राप्त गरेको हो। गत असोज ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको तीन दलीय बैठकमा पुराना इलाकाहरुलाई आधार…

    विस्तृतमा पढ्नुस्

  • ​बजेटका बाँकी आश्रित विधेयक संसदमा पेश हुँदै

    ​बजेटका बाँकी आश्रित विधेयक संसदमा पेश हुँदै

    काठमाडौँ : सरकारले बजेटसँग सम्बन्धित तीन आश्रित विधेयक पुन: संसदमा पेश हुने भएको छ। यसअघि गत साउन ७ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले विधेयक प्रस्तुत गर्दा अस्वीकृत भएको थियो। संविधानले जेठ १५ गते बजेट ल्याएको थियो। बजेटको खर्च सम्बन्धि अख्तियारी दिने मूल विधेयक विनियोजन विधेयक असार २५ गते पारित भएको थियो। तर सँगै पेश भएका अन्य तीन आश्रित विधेयक अस्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रले भन्यो : ४ देशबाट आयो सार्कमा सहभागी नहुने पत्र

    परराष्ट्रले भन्यो : ४ देशबाट आयो सार्कमा सहभागी नहुने पत्र

    काठमाडौं : आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा आयोजना हुने भनिएको दक्षिण एसियाली मुलुक सार्कको १९ ‍औं सम्मेलन अन्तत: नहुने भएको छ। नेपाल सरकारले सार्कका ८ मध्ये ४ मुलुकबाट इस्लामावाद सम्मेलनमा सहभागिता जनाउन नसक्ने बेहोराको पत्र पाएको जनाएको छ। परराष्ट्र मन्त्रालयले बुधबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – 'अफगानिस्तान, वंगलादेश, भुटान र भारतले इस्लामावादमा…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडक : मन्त्रीको निर्देशन- 'काम गर', कर्मचारी भन्छन्-'काम रोकिन्छ'

    नारायणगढ-मुग्लिन सडक : मन्त्रीको निर्देशन- 'काम गर', कर्मचारी भन्छन्-'काम रोकिन्छ'

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार र सरकारी कर्मचारी दसैंको बेलामा काम रोकेर सवारीसाधन सहज रुपमा सञ्चालन गर्न चाहन्थे। केही समयअघि आयोजनाका इन्जिनियर शिव खनालले दसैंको बेलामा काम रोकेर सवारी सहज बनाइने बताउँदै कामदार पनि विदामा बस्ने भएकोले काम नहुने जानकारी दिएका थिए। सडक निर्माणसँगै सवारी सहज बनाउन कठिन हुने बताएका थिए।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने यही…

    विस्तृतमा पढ्नुस्

  • पूर्वगृहमन्त्रीको अवस्था अज्ञात, गृहमन्त्री भन्छन्- 'विदेशबाट विशेष यन्त्र झिकाएर खोजी गर्छौं'

    पूर्वगृहमन्त्रीको अवस्था अज्ञात, गृहमन्त्री भन्छन्- 'विदेशबाट विशेष यन्त्र झिकाएर खोजी गर्छौं'

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीकार्यका लागि विदेशबाट विशेष यन्त्र मगाइने बताएका छन्।  बेपत्ता घिमिरेको खोजीका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए। गृहमन्त्री निधिले सुरक्षा निकायलाई अहोरात्र खोजीकार्य तीव्र बनाउन निर्देशन दिए। तीन दिनदेखि त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी तथा उद्धारबारे जानकारी लिन घटनास्थल पुगेका निधिले यस्तो निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि ५० को नयाँ नोट बजारमा, भेडाको चित्र हटाएर किन राखियो हिउँचितुवा?

    आजदेखि ५० को नयाँ नोट बजारमा, भेडाको चित्र हटाएर किन राखियो हिउँचितुवा?

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डा. चिरञ्जीवी नेपालले हस्ताक्षर हुनेछ भने पुरानो नोटमा भएको चित्रको ठाउँमा नयाँ चित्र आउनेछ।   बजारमा पठाउनका लागि गभर्नरले हिजै साँझ मुद्रा व्यवस्थापक विभागलाई स्विकृति दिएका थिए। गभर्नर नेपालले नयाँ नोटमा नेपालकै 'हिउँचितुवा'को तस्बिर राखिएको जानकारी दिँदै पहिलो पटक नेपाली नोटमा…

    विस्तृतमा पढ्नुस्

  • जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न कमल थापाको आह्वान

    जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न कमल थापाको आह्वान

    इवाते (जापान) : राप्रपा नेपालका अध्यक्ष कमल थापाले जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपाल-जापान कूटनितिक सम्बन्धको ६०औं वर्ष पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अहिले नेपाल सुरक्षित भइसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे।   गतवर्षको विनाशकारी भूकम्प, त्यसको प्रभाव र पुनर्निर्माणको अवस्थाका साथै देशको वर्तमान राजनीतिक परिस्थितिका बारे पनि थापाले प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा बस दुर्घटना : १४ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

    धादिङमा बस दुर्घटना : १४ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

    काठमाडौं : धादिङमा आज भएको यात्रुबाहक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा सो दुर्घटना भएको हो।  मृत्यु हुनेमा पुरुष १० जना र महिला ४ जना रहेका छन्। उक्त दुर्घटनामा ३ महिलासहित ९ जना घाइते भएका छन्।   धादिङबेँसीबाट किन्ताङफेदी गइरहेको संयुक्त यातायातको ना४ख ३३१८ नम्बरको बस मार्पाक गाविस-६ लपाङमा दुर्घटना भएको हो। पहिरो गएको कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell