महेन्द्र बिष्ट विराटनगर : दसैं, तिहार र छठ लगायतका नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दूध, दही र पनिर लगायतका दुग्धजन्य पदार्थको उत्पादन वृद्धि गर्ने भएको छ। दसैंदेखि छठसम्मलाई आयोजनाले थप पाँच हजार किलो पनिर उत्पादन गरी भण्डारण गर्ने तयारी गरेको आयोजना प्रमुख सरोज कुमार सिंखडाले बताए। चाडपर्वको बेला दुग्धजन्य पदार्थको माग सामान्य बेलाको भन्दा…
काठमाडौं : ओकेश बज्राचार्य र प्रचित थापा मगर क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा विजेता बनेका छन्। मंगलबार सम्पन्न च्याम्पियनसिपमा ओकेश खुला तथा प्रचित यु–२३ उमेरसमूहमा पहिलो भए। चोभारमा भएको प्रतियोगिता अन्तर्गत दुवै विधामा १५ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो। ओकेशले निर्धारित दूरी ५२ मिनेट ५५ सेकेन्डमा पूरा गरे। मनबहादुर थापा (५४ मिनेट १६ सेकेन्ड) दोश्रो तथा सुरज राना मगर (५६…
काठमाडौं : पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलन बहिस्कार गर्ने भारतको सार्वजनिक अभिव्यक्तिप्रति पाकिस्तानले कडा आपत्ति जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्तामोहम्मद नफीज जाकारियाले ट्वीटमार्फत स्टेटमेन्ट जारी गर्दै भारतले सार्क सम्मेलन बहिस्कार गर्नेबारे आफूहरुलाई कुनै औपचारिक जानकारी नआएको र यो पाकिस्तानको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको जनाएको हो। आउँदो कात्तिक २४ र २५ गते सम्मेलन हुँदैछ। भारतले लिएको…
ललितपुर : ललितपुर उपमहानगरपालिका- १२ लगनखेलमा रहेको मन्जुश्री पेट्रो सेन्टर पम्पका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। मिसावट गरी पट्रोलियम पदार्थ बिक्री गरेको सूचनाको आधारमा पम्प सञ्चालक ललितपुर-१२ का ४२ वर्षीय विशाल बज्राचार्य पक्राउ परेका हुन्। त्यस्तै प्रहरीले पम्पका मेनेजर दोलखा डाँडाखर्कका ४० वर्षीय रामकाजीलाई समेत नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोली, जिल्ला प्रशासन…
काठमाडौं : नेपाली खेलकुदको पहिलो पुस्ताका राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी र मनमोहन स्मृति प्रतिष्ठानले संयुक्त रुपमा नेपाली खेलकुदमा लामो समय खर्चिएका ज्येष्ठ पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो। विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रतिष्ठान र एकेडेमीले नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० वर्षभन्दा माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान…
काठमाडौं : आसन्न सार्क सम्मेलनमा भाग नलिएर नयाँ दिल्ली सुरु गरेको पाकिस्तानविरुद्धको रणनीतिक प्रहारमा वंगलादेश, भुटान र अफगानिस्तानले पनि साथ दिएका छन्। थप तीन मुलुकले इस्लामावादमा हुन लागेको सार्क सम्मेलानमा सहभागिता नजनाउने भएका हुन्। भारतको इस्लामावाद नजाने निर्णयसँगै सार्क सम्मेलन अनिश्चिततातिर गएको छ। सार्क सम्मेलन फेरि भारत र पाकिस्तानको तनावको सिकार बन्ने करिब निश्चित छ। काठमाडौंस्थित सार्क सचिवालय स्रोतलाई उदृद्ध…
काठमाडौं : भारतको गुवाहाटीमा जारी ६४ औं बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सेमिफाइनलमा आज सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। थ्रीस्टार समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। सिक्किम युनाइटेडले समूह बी को उपविजेता बन्दै थ्री स्टारसँगको भेट पक्का गरेको हो। मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले…
काठमाडौं : आर्थिक सङ्कटमा फसेको देशकै पुरानो प्रकाशन संस्था साझा प्रकाशनका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी आर्थिक सहयोगका लागि आग्रह गरेका छन्। निरन्तर घाटामा रहेको साझाले ऋण चुक्ता गर्न नसकेपछि पुल्चोकस्थित ७ रोपनी जग्गा सहकारी विकास बोर्डले लिलामीका लागि तयारी गरेपछि उनीहरुले लिलामी रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। भेटमा प्रधानमन्त्रीले जग्गा लिलामी हुन नदिने वचन दिएका छन्। प्रकाशनले कर्मचारीको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोलुखुम्बुका कांग्रेसका पुराना नेता शिवध्वज बस्नेतप्रति श्रद्धाञ्जली दिएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग निकट रहेर काम गरेका नेता बस्नेतको बौद्धस्थित निवासमा आजै ९६ वर्षको उमेरमा निधन भएको हो। बस्नेतलाई देउवाले नेपाली कांग्रेसको झन्डा ओढाएर सम्मान श्रद्धाञ्जली दिएका हुन्। सोलुखुम्बुको सिरुवा चौलाखर्कमा १९७८ असारमा जन्मिएका शिवध्वज मकरध्वज बस्नेतका तिनमध्ये जेठी…
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताएका छन्। प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए। उनले भने “नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ।” मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको…
काठमाडौँ : व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ। सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो। प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरेका थिए। सो क्रममा उनीहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत…
मुस्ताङ : भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्कैका छन्। यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिए। छ दिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गरे। दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको…
काठमाडौं : भारत र चीनका लागि प्रस्तावित राजदूतहरुमाथि आज संसदीय सुनुवाइ भएको छ। संसदीय सुनुवाइ विशेष समितिमा चीनका लागि प्रस्तावित लीलामणि पौड्याल र भारतका लागि सिफारिस दीपकुमार उपाध्यायमाथि सुनुवाइ भएको हो। उपाध्यायमाथिको सुनवाइ क्रममा एमाले र कांग्रेस सांसदबीच जुहारी चलेको थियो। एमाले सांसदहरुले अनेक प्रश्न तेर्स्याउँदै उपाध्यायलाई र्याखर्याख्ती पारे भने कांग्रेस सांसदहरुले नै उनीहरुलाई प्रतिप्रश्न गरे। एमाले प्रमुख सचेतक…
काठमाडौं : काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेस्ट हाउसमा एक महिलाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२२ भोटेबहालमा रहेको गेस्ट हाउसमा दोलखा बाबरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको शव फेला परेको हो। सोमबार बिहानदेखि नामथर नखुलेको पुरुष र उनी कोठा बुक गरी बस्दै आएका थिए। आफैंले लगाएको सुरुवालले उनको घाँटीमा कसिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी सन्तोष…
काठमाडौं : ब्याटिङमा सम्हालिएको प्रदर्शन र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पञ्चकन्या तेजले वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा तेजले अपराजित यात्रा कायम राख्ने क्रममा कान्तिपुर गोर्खाजलाई ३४ रनले हरायो। १३० रनको लक्ष्य पछ्याएको गोर्खाजले पूरै २० ओभर खेल्दै ९५ रन मात्र बनाउन सक्यो। टस जितेर फिल्डिङ…
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आकांक्षा बुझेर, जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। बुधबार चितवन जिल्लामा अवस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘जनताको कर्मचारी प्रशासनलाई हेर्ने नजर अहिले पनि राम्रो बन्न सकेको छैन। जनताले हाम्रै कर्मचारी हुन्न भन्ने अनुभूति हुने गरी काम गर्नुस्।’ धेरै कुरा गर्नुभन्दा पनि परिणाममुखी काम गर्न…
काठमाडौं : फिल्म 'गाँठो'ले चित्रकला प्रदर्शनी थालेको छ। शुक्रबारसम्म चल्ने प्रदर्शनीको चित्रकार किरण मानन्धरले उद्घाटन गरे। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम आर्ट ग्यालरीमा गरिएको प्रदर्शनीमा देशभरबाट आएका ६२३ चित्रकलामध्ये छनोट गरेर ३० वटा चित्र राखिएका छन्। विद्यालय, कलेज र खुला गरी तीन तहमा गरिएको प्रतियोगिता काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बुटवल, पोखरा लगायत १२ स्थानमा गरिएको थियो। दुर्गा बराल प्रमुख निर्णायक…
काठमाडौँ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति नभई कुनै पनि निर्वाचन गर्न सकिन्न भने बोध सरकारलाई रहेको बताएका छन्। व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले भने–“राजनीतिक सहमति कायम गर्न संविधान संशोधनको लागि गृहकार्य र प्रक्रिया अघि बढाएका छौँ।” संविधान संशोधनसँगै निर्वाचन कानुनको तयारी तीव्र गतिमा भइरहेको बताउँदै उपप्रधानमन्त्री निधिले निर्वाचन हुन्छ भन्नेमा कसैले शङ्का नगर्न…
काठमाडौं : प्रहरीले राजधानीका विभिन्न स्थानबाट ट्याक्सी चालकहरुलाई पक्राउ गरेको छ। जबर्जस्ती ट्याक्सी बन्द गराउँदै हिँडेका ५६ जना चालकहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए। 'आफू पनि ट्याक्सी नचलाउने र चलेकालाई पनि हाम्रो आन्दोलनमा साथ दिनुपर्यो भन्दै जबर्जस्ती ट्याक्सी बन्द गराउँदै हिँडेकाहरुलाई पक्राउ गरेका हौं,' उनले भने। प्रहरीले कालिमाटी, चाबहिल, गौशाला, चक्रपथ, सुन्धारा लगायतका स्थानबाट ट्याक्सी…
काठमाडौँ : व्यवस्थापिका– संसद्मा आजको बैठकमा अधिकांश सांसदहरुले मुलुकमा बढ्दै गएको सडक दुर्घट्ना न्यूनीकरण गर्न ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको विशेष समयमा बोल्दै सांसद कृष्णभक्त पोखरेल चितवत दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै ३६ किलोमिटर लामो बाटो पार गर्न ६ घन्टा लाग्ने गरेको दुखेसो पोखे। उनले उक्त सडकमा दुर्घटना बढ्दै गएको भन्दै राजधानी भित्रिने एकमात्र सडक…