PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • प्राधिरणले भन्यो : पैसा झिक्न नहतारिनुस्

    काठमाडौँ : भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ।   पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक खातामा रहेको रकम झिक्नेहरुको भिड लागेको भन्दै तत्काल नझिक्न सुझाएको छ। प्राधिकरणले आज जारी गरेको वक्तव्यमा बैंकले…

    विस्तृतमा पढ्नुस्

  • ​दसैमा विशेष सुरक्षा योजना : कुकुरदेखि मोटर गस्तीसम्म

    काठमाडौँ : बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ।   महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ।   परिसरका…

    विस्तृतमा पढ्नुस्

  • ​दसैंअघि नै संविधान संशोधनको प्रस्ताव : प्रधानमन्त्री दाहाल

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताएका छन्।   प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए। उनले भने “नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ।”   मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ नाकामा भारतीय राजदूत : आखिर गए किन?

    मुस्ताङ : भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्कैका छन्। यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिए।   छ दिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गरे। दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन,…

    विस्तृतमा पढ्नुस्

  • दीपकुमार उपाध्यायको विषयमा कांग्रेस-एमाले सांसदको दोहरी

    काठमाडौं : भारत र चीनका लागि प्रस्तावित राजदूतहरुमाथि आज संसदीय सुनुवाइ भएको छ। संसदीय सुनुवाइ विशेष समितिमा चीनका लागि प्रस्तावित लीलामणि पौड्याल र भारतका लागि सिफारिस दीपकुमार उपाध्यायमाथि सुनुवाइ भएको हो।   उपाध्यायमाथिको सुनवाइ क्रममा एमाले र कांग्रेस सांसदबीच जुहारी चलेको थियो। एमाले सांसदहरुले अनेक प्रश्न तेर्स्याउँदै उपाध्यायलाई र्‍याखर्‍याख्ती पारे भने कांग्रेस सांसदहरुले नै उनीहरुलाई प्रतिप्रश्न गरे।   एमाले प्रमुख सचेतक समेत…

    विस्तृतमा पढ्नुस्

  • ​यती एयरलाइन्सले भन्यो : फ्लाइटमा नो ‘ग्यालेक्सी नोट सेभेन’

    काठमाडौं : नेपालको ठूलो हवाई सेवा प्रदायकमध्येको एक यति एयरलाइन्सले यात्रुलाई सामसङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिवन्ध लागाएको छ। कम्पनीले सूचना जारी गर्दै विमानमा यात्रामा रहँदा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल चलाउन रोक लगाएको हो।   कम्पनीले जहाजमा चढेदेखि नओर्लेसम्म अनिवार्य रुपमा मोबाइल स्विच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ। यात्रुले आफ्नो लगेजमा समेत मोबाइल बोक्न नपाउने कम्पनीले जारी…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्री गगन थापा अस्वस्थ, ग्रान्डी अस्पतालमा उपचार हुँदै

    स्वास्थ्य मन्त्री गगन थापा अस्वस्थ, ग्रान्डी अस्पतालमा उपचार हुँदै

    काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापा अस्वस्थ भएपछि उपचारका लागि काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पताल पुर्‍याइएको छ। बिहान अचानक हृदयाघात जस्तो समस्या देखिएपछि पत्नी डा. अञ्जना केसीले अस्पताल पु्‍र्‍याएकी थिइन्।  उपचारमा संलग्न चिकित्सक डा. अखिलेशकुमार काश्यपका अनुसार उनमा ग्यास्ट्रिकको समस्या बढेको छ। अहिले इन्डोस्कोपी गरिएको पनि काश्यपले  जानकारी दिए। उनी आजै बिहान चाबहिलको गिरिजाप्रसाद कोइराला मेमोरियल सामुदायिक कलेजले राखेको सम्मान कार्यक्रममा प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीले बन्द गराएको अवरुद्ध बिपी राजमार्ग प्रहरीले खुलायो

    सिन्धुली : यातायात व्यवसायीले बन्द गराएको बिपी राजमार्ग प्रहरीले खुलाएको छ।   सरकारले रुट परमिट नदिएको भन्दै यातायात व्यवसायीले हिजोदेखि राजमार्गमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका थिए।   बल प्रयोग गरेर राजमार्ग खुलाउने प्रहरीको चेतावनीसँगै व्यवसायीले अवरोध हटाएका हुन्। प्रहरीको चेतावनीसँगै व्यवसायी, चालक तथा यातायात मजदुरहरु खाना खाने बाहना बनाएर राजमार्गबाट बाहिरिएका थिए।   राजमार्ग खुलाउन पुगेका प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • खोलामा डुबेका बालकको शव आठ दिनपछि फेला पर्‍यो

    पाँचथर : हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव फेला परेको छ।   असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव भेटिएको हो।   स्थानीयवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै हातखुट्टा भाँचिएको र शव पनि सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।   उनको…

    विस्तृतमा पढ्नुस्

  • दसैंको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

    दसैंको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

    काठमाडौं : सर्वोच्च अदालतले विजयादशमीका अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहे पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने निर्णय गरेको छ।   प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेक अरु विदाका दिन बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने निर्णय गरेको हो।   सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार सो अवधिका लागि न्यायाधीश दीपकराज जोशी, प्रकाशमानसिंह राउत, हरिकृष्ण…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : बार्सिलोनाको उत्कृष्ट कमब्याक, एथ्लेटिकोले वायर्नलाई हरायो, आर्सनल र पिएसजीको जित

    युसिएल : बार्सिलोनाको उत्कृष्ट कमब्याक, एथ्लेटिकोले वायर्नलाई हरायो, आर्सनल र पिएसजीको जित

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा पानिस जायन्ट बार्सिलोनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई पराजित गरेको छ।   मोन्चेनग्लाडबाचको घरेलु मैदानमा भएको खेल बार्सिलोनाले २-१ ले जित्यो। पहिलो हाफमा १ गोलले पछि परेको बार्सिालेनाले दोस्रो हाफमा २ गोल गर्दै समूह सी मा लगातार दोस्रो जित हात पारेको हो।  बार्सिलोनाको जितमा अर्दा तुरान र जेरार्ड…

    विस्तृतमा पढ्नुस्

  • थ्रीस्टार सिक्किम युनाइटेडलाई हराउँदै फाइनलमा, उपाधि भिडन्त इस्ट बंगालसँग

    थ्रीस्टार सिक्किम युनाइटेडलाई हराउँदै फाइनलमा, उपाधि भिडन्त इस्ट बंगालसँग

    काठमाडौं : नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टार क्लब भारतको गुवाहाटीमा जारी ६४अौ‌ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार बेलुका सम्पन्न पहिलो सेमिफाइनलमा  थ्री स्टारले घरेलु टोली सिक्किम युनाइटेडलाई अतिरिक्त समयमा ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  अतिरिक्त समयमा…

    विस्तृतमा पढ्नुस्

  • ग्यास उद्योगीको लापरबाहीले ज्यानको जोखिम बढ्यो

    भक्तपुर : राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापरबाहीले सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताएका छन्।   रफत सञ्चार क्लबले गरेको अन्तरक्रियामा उनले उद्योगीको लापरबाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण दुर्घटना बढेको बताए। पुराना ग्यास सिलिन्डर बजारमा लैजाने, ग्यास चुहावट भएकै सिलिन्डर बजारमा पठाउने, उद्योगीले बेलाबेलामा सिलिन्डरको पुनः परीक्षण नगर्ने तथा सिलिन्डरको निर्माणमा लापरबाही गर्दा…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालको आकस्मिक निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड

    भरतपुर अस्पतालको आकस्मिक निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्। आज बिहानै उनले अस्पतालको आकस्मिक निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले अस्पतालका बिरामीहरुको स्वास्थ्य स्थिति र सेवा प्रवाहबारे जानकारी लिएका थिए।   निरीक्षणपछि प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिँदै उनले सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। 'सात वटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य परीक्षण गराएर ग्रान्डी अस्पतालबाट फर्किए स्वास्थ्य मन्त्री थापा

    स्वास्थ्य परीक्षण गराएर ग्रान्डी अस्पतालबाट फर्किए स्वास्थ्य मन्त्री थापा

    काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापा स्वास्थ्य परीक्षण गराए केही बेरअघि घर फर्किएका छन्।   आज बिहान एक्कासि छाती दुखेपछि उनलाई श्रीमती डा. अञ्जना केसीले ग्रान्डी इन्टरनेशनल अस्पताल धापासी पुर्‍याएकी थिइन्। मुटुको समस्या भएको हुन सक्ने भन्दै हतारमा अस्पताल पुर्‍याए पनि उनमा त्यस्तो ठूलो समस्या नदेखिएको चिकित्सकले बताएका छन्।   'मन्त्रीज्युलाई त्यस्तो गम्भीर समस्या देखिएन, सामान्य ग्यासट्राइसिसको समस्या देखिएको रहेछ,'…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको कालोपुलमा तासको खाल जमाउने ६ जना पक्राउ

    काठमाडौं : काठमाडौंको कालोपुलमा तासको खाल जमाएर बसेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।   महानगरपालिका–५ कालोपुलस्थित विमल थापाको घरमा तास खेलिरहेका बारा निजगढ– ७ का प्रेमध्वज लामासहित ६ जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट ३ बुक तास र नगद १ लाख ५ हजार ७ सय प्रहरीले बरामद गरेको छ।   काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित वीरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास…

    विस्तृतमा पढ्नुस्

  • मदिरामाथि सरकारको कडाइ, राति १० बजेपछि बेच्न नपाइने

    मदिरामाथि सरकारको कडाइ, राति १० बजेपछि बेच्न नपाइने

    काठमाडौं : सरकारले मदिराको बिक्री वितरणमा कडाइ गरेको छ। आन्तरिक राजस्व विभागले राति १० बजेपछि उता मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरेको हो।   सरकारले मदिरासँगै सूर्तिजन्य वस्तु खरीद बिक्रीमा पनि कडाइ गरेको हो। मदिरा बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खरीद बिक्री गर्न पाइनेछ। १८ वर्ष उमेर पुगेकाहरुलाई मात्र बिक्री गर्न पाइने गरी सरकारले कडाइ गरेको हो। मदिरा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले खुलाए पनि बिपी राजमार्गमा गाडी चलेनन्, १५ गतेयता नचलाउने व्यवसायीको अडान

    प्रहरीले खुलाए पनि बिपी राजमार्गमा गाडी चलेनन्, १५ गतेयता नचलाउने व्यवसायीको अडान

    काठमाडौं : बुधबार दिनभर बन्द रहेको बिपी राजमार्ग साँझबाट खुले पनि एकाधबाहेक गाडीहरु चल्न सकिरहेका छैनन्। अहिले काठमाडौंदेखि फुर्कोटसम्म मात्र गाडी चलिरहेका छन् भने फुर्कोटउता रुट परमिट नपाएर गाडीहरु चल्न नपाएको व्यवसायी बताउँछन्।   सरकारले रुट परमिट नदिएको भन्दै व्यवसायीले बन्द गराएको राजमार्ग प्रहरीले खुलाएको थियो।   रुट परमिट नदिएको भन्दै बुधबार व्यवसायीले राजमार्ग बन्द गराएपछि सरकारले दसैंका लागि पटके…

    विस्तृतमा पढ्नुस्

  • तीन केजी चरेससहित २४ वर्षीया युवती चन्द्रागिरीबाट पक्राउ

    तीन केजी चरेससहित २४ वर्षीया युवती चन्द्रागिरीबाट पक्राउ

    काठमाडौं : प्रहरीले काठमाडौंको चन्द्रागिरी–७ थानकोटबाट ३ केजी चरेससहित एक महिलालाई पक्राउ गरेको छ।   महागरीय प्रहरी वृत्तबाट खटिएको टोलीले मकवानपुर घर भई चन्द्रागिरी बस्दै आएकी २४ वर्षीया बिना लामालाई पक्राउ गरेको हो। उनले डेरा गरी बसेको कोठाको खाटमुनि चरेस लुकाए राखेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी कृष्ण पंगेनीले बताए।   सानोसानो ६० देखी ७० ग्रामको गोली बनाएर बिक्री…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो हारसँगै गोर्खाजको इपिएल यात्रा समाप्त, अन्तिम खेलमा एक्स फ्याक्टरसँग १५ रनले पराजित

    तेस्रो हारसँगै गोर्खाजको इपिएल यात्रा समाप्त, अन्तिम खेलमा एक्स फ्याक्टरसँग १५ रनले पराजित

    काठमाडौं : कान्तिपुर गोर्खाजले वाइवाइ एभरेस्ट प्रिमियर लिगमा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्‍यो। तर ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा उसले खेलेका ४ मध्ये ३ खेलमा पराजित हुँदै राजधानीमा जारी इपिएल टी २० क्रिकेटको फाइनल पुग्न असफल बन्यो।   ६ टिम सहभागी प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा कलर्स एक्स फ्याक्टरसँग १५ रनले पराजित हुँदै गोर्खाज प्रतियोगिताबाट बाहिरियो।   कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell