PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

  • विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवमा प्रा.डा. अधिकारी

    काठमाडौं : सरकारले विश्वविद्यालय अनुदान आयोगका सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँ र ईश्वरी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अनुदान आयोगमा रिक्त दुई सदस्य थप गरेको हो। साथै सदस्य सचिवमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • चीनको युनानमा १६ जना मृत अवस्थामा फेला परे, 'टाइफुन मेघी' आँधीका कारण ३३ जना बेपत्ता

    चीनको युनानमा १६ जना मृत अवस्थामा फेला परे, 'टाइफुन मेघी' आँधीका कारण ३३ जना बेपत्ता

    होन्जाउ (चीन) : चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने युनानमा तीन बालबालिकासहित १६ जना मृत अवस्थामा भेटिएका छन्। उनीहरुलाई कसैले हत्या गरेको हुन सक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। बिहीबार बिहान उनीहरु येमागाउँमा रहेको घरमै मृत अवस्थामा फेला परेका थिए।   यस्तै, बाढीपहिरो र हावाहुरीमा परी चीनको झेजिआङका दुई गाउँमा कम्तीमा ३३ जना बेपत्ता भएका छन्।   सुकुन गाउँमा आएको बाढीमा…

    विस्तृतमा पढ्नुस्

  • ​सांसद धनराज गुरुङले एमालेलाई ‘कुकुर पार्टी’ भनेपछि…

    ​सांसद धनराज गुरुङले एमालेलाई ‘कुकुर पार्टी’ भनेपछि…

    काठमाडौं : राजनीतिमा प्रतिस्पर्धासँग कटाक्ष पनि खुबै चल्छ। एउटा दलका नेताले अर्कालाई होच्याउनु सामान्य हुन्छ नेपालमा। यसरी होच्याउँदा तथ्यभन्दा प्रधान भएर आउँछ तर्क/कुतर्क। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओली यस्ता कटाक्षमा सबैभन्दा माहिर छन् नेपालको राजनीतिमा। तर, कहिलेकाही त्यस्तो कटाक्ष गर्ने काममा अरु नेता र सांसदहरुको पनि उपस्थिति देखिन्छ। बिहीबार बिहान नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रमुख प्रतिपक्षी…

    विस्तृतमा पढ्नुस्

  • किन उठ्यो गण्डक सम्झौता पुनरावलोकनको माग? १६ गतेसम्म चल्दैछ जनजागरण अभियान

    नवलपरासी : नवलपरासीका गण्डक प्रभावित समुदायले गण्डक सम्झौता पुनरावलोकनको माग राख्दै जनजागरण अभियान सुरु गरेका छन्।   गण्डक नदीबाट प्रभावितको सङ्गठन गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिको अगुवाइमा प्रभावितले जिल्लाबाट सुरु गरेको जनजागरण अभियान देशका मुख्य मुख्य स्थानमा गरी असोज १६ गतेसम्म चल्नेछ।   नवलपरासीबाट सुरु गरिएको गण्डक सम्झौता पुनरावलोकन जनजागरण अभियान अन्तिम दिन पर्वतको कुश्माबाट गएर सकिनेछ। सो अभियानका कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • बजेट आश्रित विधेयक पारितको बाटो खुल्यो, एमाले असन्तुष्ट

    बजेट आश्रित विधेयक पारितको बाटो खुल्यो, एमाले असन्तुष्ट

    काठमाडौं : संसदले बजेटमा आश्रित विधेयकहरु पारितको बाटो खोलेको छ। माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतले राखेको नियमावली प्रस्ताव बहुमतले पारित भएपछि विधेयक संसदमा पेस हुने भएको हो। यही बजेटमै आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुँदैछन्।   प्रस्तावमा एमालेले असहमति जनाउँदै विपक्षमा मतदान गरेको थियो। 'जे फेल गर्नका लागि पहिले प्रस्ताव गरियो, उहाँ नै अहिले…

    विस्तृतमा पढ्नुस्

  • संस्कृतिविद् सत्यमोहन जोशीलाई पोखरामा एक लाख राशीको सम्मान

    संस्कृतिविद् सत्यमोहन जोशीलाई पोखरामा एक लाख राशीको सम्मान

    पोखरा : संस्कृतिविद् सत्यमोहन जोशी आज पोखरामा सम्मानित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मान गरिन्। उक्त सम्मानको राशी एक लाख एक हजार छ।   विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित संस्थाका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले सम्मानको स्थापना गरेका हुन्।   यो सम्मान हरेक दुई वर्षमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने…

    विस्तृतमा पढ्नुस्

  • फेवातालको जलकुम्भी झार निकाल्न राष्ट्रपति भण्डारी पोखरामा!

    फेवातालको जलकुम्भी झार निकाल्न राष्ट्रपति भण्डारी पोखरामा!

    पोखरा :  राष्ट्रपति विद्यादेवी भण्डारीले आज फेवाताल सरसफाइ अभियानको शुभारम्भ गरेकी छिन्।   पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर उनले कार्यक्रमको थालनी गरेकी हुन्।   राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी लगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराए।   राष्ट्रपति भण्डारीलाई नागरिक…

    विस्तृतमा पढ्नुस्

  • एक लाख चोरी गरेपछि चोरले छाडे चिठी- 'सर, मेरो आमा बिरामी छ, दुई वर्षमा पैसा फिर्ता गर्छु'

    एक लाख चोरी गरेपछि चोरले छाडे चिठी- 'सर, मेरो आमा बिरामी छ, दुई वर्षमा पैसा फिर्ता गर्छु'

    मोरङ : सधैंझैं मोरङ इटहरा-७ मा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा बिहानै एक कर्मचारी पुग्छन्। जब उनी विद्यालयको दोस्रो तलामा रहेको लेखा शाखाको ढोका खोल्न खोज्छन्, झसङ्ग हुन्छन्।   उनले खोल्नुअघि नै ढोका खुलिसकेको हुन्छ। त्यसपछि डर र आशंकामा रुमल्लिँदै उनी ढोका ठेल्दै भित्र पस्छन्। भित्र कोठामा पुग्दा कोही पनि उपस्थित हुँदैनन्।   उनको आँखा लेखा शाखामा रहेको स्टिलको दराजमा पुग्छ।…

    विस्तृतमा पढ्नुस्

  • आफैँले रोकेका विधेयक संसदमा पेश, एमालेले गर्‍यो आलोचना

    आफैँले रोकेका विधेयक संसदमा पेश, एमालेले गर्‍यो आलोचना

    काठमाडौं : सरकारले संसदमा बजेटका तीन आश्रित विधेयक पेश गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले एमाले सरकारले ल्याएको आश्रित विधेयक नै बिहीबारको संसद बैठकमा पेश गरेका हुन्। त्यसअघि संसदको पहिलो बैठक मार्फत् आश्रित विधेयक पेश गर्न नियम निलम्बन गरिएको थियो। संसदको नियमावलीमा एक पटक बैठकबाट अस्वीकृत भएको विधेयक सोही अधिवेशनमा पुन: प्रस्तुत गर्न नमिल्ने व्यवस्था छ। नियमावली निलम्बनको बहुमतले स्वीकृत भएको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा मौरी वैज्ञानिकको सम्मेलन

    नेपालमा मौरी वैज्ञानिकको सम्मेलन

    काठमाडौँ : आगामी कात्तिक ७ र ८ गते काठमाडौँस्थित होटेल ह्यातमा प्रथम मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ।   हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट अफ नेपाल (हार्डिन)ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा विश्वका आठ देशका वैज्ञानिकको सहभागिता रहनेछ । अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, जर्मनी, अष्ट्रिया, इट्लीका वैज्ञानिकले सो सम्मेलनमा मौरी विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक संस्थाका अध्यक्ष प्राडा…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान कार्यान्वयन गराउन प्रधानमन्त्रीले चाहे प्रेसको साथ

    ​संविधान कार्यान्वयन गराउन प्रधानमन्त्रीले चाहे प्रेसको साथ

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गरेका छन्।   प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने – “संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु।”   उनले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले…

    विस्तृतमा पढ्नुस्

  • लगातार चौथो जितसँगै तेज इपिएलको फाइनलमा

    लगातार चौथो जितसँगै तेज इपिएलको फाइनलमा

    काठमाडौं : पञ्चकन्या तेज लगातार चौथो जित हात पार्दै राजधानीमा जारी वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।   प्रतियोगितामा अपराजित यात्रा कायय राख्ने क्रममा तेजले सगरमाथा लेजेण्ड्सलाई ५० रनले हरायो।   तेजले दिएको १८७ रनको विशाल लक्ष्य पछ्याएको लेजेण्ड्स १७.४ ओभरमा १३६ रनमै अलआउट भएपछि प्रतियोगिताको सबैभन्दा फराकिलो रन अन्तरको हार बेहोरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको चाडबाड अफर : ५० रुपैयाँमा सय एमबी डेटा, अन्य के-केमा सुविधा?

    टेलिकमको चाडबाड अफर : ५० रुपैयाँमा सय एमबी डेटा, अन्य के-केमा सुविधा?

    काठमाडौं : नेपाल टेलिकमले चाडपर्वका लागि डेटा तथा भ्वाइस सेवामा छुटको अफर ल्यएको छ। कम्पनीले भ्वाइस, डेटा, नाइट डेटा अफर, एसएमएस लगायत अन्य सेवामा छुट सहितको अफर योजना ल्याएको हो।   डेटा अफर जिएसएम तथा सिडिएमएका प्रिपेड तथा पोटपेडका ग्राहकलाई दसैं, तिहार तथा छठसम्ममा डेटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरेको टेलिकमले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाको आक्रमणमा दुई पाकिस्तानी सैनिकको मृत्यु, दुई देशबीच चर्क्यो तनाव

    भारतीय सेनाको आक्रमणमा दुई पाकिस्तानी सैनिकको मृत्यु, दुई देशबीच चर्क्यो तनाव

    इस्लामाबाद : भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीबार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ।   स्थानीय समयानुसार बिहीबार बिहान २:३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो। भारतीय सेनाले बिहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ।   भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका दुई परीक्षाफल प्रकाशित, नतिजा थाहा पाउन के गर्ने?

    त्रिविका दुई परीक्षाफल प्रकाशित, नतिजा थाहा पाउन के गर्ने?

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ।   गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन भएको छ।   परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ।  नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशनअनुसार पनि थाहा…

    विस्तृतमा पढ्नुस्

  • दराजमा लागुऔषध भेटिएको औषधि व्यवस्था विभागले स्विकार्‍यो

    दराजमा लागुऔषध भेटिएको औषधि व्यवस्था विभागले स्विकार्‍यो

    काठमाडौं : औषधि व्यवस्था विभागले आफ्नो कमजोर निगरानीका कारण विभागको दराजमा लागुऔषध भेटिएको स्वीकार गरेको छ।   विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न कम्पनीले खोलेका दराजमा विभागले निगरानी नगर्दा लागुऔषधी भेटिएको बताएको हो। त्यस्तै यस्तो कार्यमा कुनै विभागका कर्मचारीको संलग्नता नरहेको समेत विभागको दाबी छ।   मंगलबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पानस फर्मास्युटिल्कका अफिसर सुनिल गुप्तालाई पक्राउ गरी विभागमा कम्पनीको…

    विस्तृतमा पढ्नुस्

  • २०७४ माघ ८ अघि चुनाव नभए परिस्थिति शून्यमा पुग्छ, सबैले सोच्नुहोस् : मन्त्री निधि

    २०७४ माघ ८ अघि चुनाव नभए परिस्थिति शून्यमा पुग्छ, सबैले सोच्नुहोस् : मन्त्री निधि

    काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले ०७४ माघ ८ भित्र चुनाव हुन नसके परिस्थिति शून्यमा पुग्ने बताएका छन्।   नेपाली कांग्रेसको सशस्त्र आन्दोलनका समयमा तात्कालीन शासकले गोली ठोकेर ०३१ सालमा मारिएका ओखलढुंगाका चार सहिदको ४२औं स्मृति दिवसको कार्यक्रममा बोल्दै निधिले परिस्थिति बिग्रन नदिन राजनीतिक दल मात्र नभएर जनता पनि लाग्नुपर्ने बताए।   'लीलानाथ, ठगीराज, खगेन्द्र र गोकर्ण सहिदहरुले युवा…

    विस्तृतमा पढ्नुस्

  • ​अमेरिकी डिभीमाथि विश्वप्रकाश शर्माको व्यङ्ग्य

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अमेरिकी डिभीप्रति नेपालीको मोहलाई व्याङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनको टिप्पणी कम्युनिस्ट नेता केन्द्रित छ। कवितात्मक शैलीमा उनले लेखेका छन् : ​डिभीको फर्म भर्न लाइनमा उभिएका थिए एक परिचित झापाली कमरेड मैले सोधेँ अमेरिकी साम्राज्यवाद त मुर्दावाद होइन र कमरेड?     DV को फर्म भर्न, लाइनमा उभिएका थिए एक परिचित झापालि कमरेड…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता : प्याडल नेपालको ए टीम च्याम्पियन

    ​राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता : प्याडल नेपालको ए टीम च्याम्पियन

    काठमाडौं : नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले ३७ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको उपाधि प्याडल नेपाल ए टोलीले जितेको छ।  चितवनको फिस्लिङदेखि चुङ खोलाको गोर्खा बिच रिसोर्टसम्म मंगलबार भएको पाँच किलोमिटर दुरीको रेसमा प्याडल नेपाल ए ले निर्धारित दुरी १३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै उपाधि जितेको हो।  निमबहादुर मगरको कप्तानीमा रहेको टोलीमा सोमबहादुर मगर,…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : लेस्टर सिटीको लगातार दोस्रो जित, रियल डर्टमण्डसँग बराबरीमा रोकियो

    च्याम्पियन्स लिग : लेस्टर सिटीको लगातार दोस्रो जित, रियल डर्टमण्डसँग बराबरीमा रोकियो

    इंग्लिस च्याम्पियन लेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हात पार्दा साबिक विजेता रियल मड्रिड बोरुसिया डर्टमण्डसँग बराबरीमा रोकिएको छ।   घरेलु मैदानमा च्याम्पियन्स लिगको पहिलो जित हासिल गर्ने क्रममा लेस्टरले पोर्चुगिज क्लब एफसी पोर्टोलाई १-० ले हरायो। समूह जी को खेलमा लेस्टरलाई जिताउन यसै सिजन कीर्तिमानी मूल्यमा क्लब भित्रेका इस्लाम स्लिमानीले निर्णायक गोल गरे।   समूह चरणको पहिलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell