गोरखा : गोरखाको भीमसेन थापा गाउँपालिकाले बर्खायामका समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक सञ्चालनमा राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ। गाउँपालिकाले पालिकाभित्रका एउटा वडामा कम्तीमा एक जना पर्नेगरी १० जना सडक हेरालु छनोट गरी अभिमुखीकरण प्रदान गरिइएको छ। सडक मर्मतसम्हार र हेरचाहका लागि हेरालु परिचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। बर्खा लागेसँगै सडकमा बग्ने भल…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजवादी मोर्चाबारे आफूले धेरै टिप्पणी नगर्ने बताएका छन्। पार्टीको पहिलो वार्षिकोत्सवमा वनस्थलीस्थित नयाँ पार्टी कार्यालयमा सञ्चार कर्मीले उनलाई समाजवादी मोर्चा र गठबन्धनबारे प्रश्न राखेका थिए। 'दलहरुले गठबन्धन चुनावमा गरेका हैनन् र? डा स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरी हेर्दा हुन्छ। दलहरुका लागि मोर्चा नयाँ होला,' गठबन्धन र मोर्चा रास्वपाका लागि नयाँ नभएको…
हरिराम भेटुवाल- भोजपुर : साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो। साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भएपनि भोजपुरको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ। सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट…
काठमाडौं : क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा कप्तान रोहित पौडेलले टस जितेर वेस्ट इण्डिजलाई ब्याटिङको निम्ता दिएको हो। अघिल्लो खेलमा अमेरिकासँग खेलेको प्लेइङ ११ नै वेस्टइण्डिज विरुद्ध उत्रँदैछ। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। नेपाली सिनियर टोलीले पहिलो पटक विश्वकप…
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा बाबुराम भट्टराईलाई आफूले समाजवादी मोर्चामा कहिल्यै नदेखेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यादवले बाबुरामको एक्लै हिड्ने बानी भएकोसमेत तर्क गरे। 'बाबुरामलाई देखेको पनि छैन मोर्चामा। न हामीले समातेको हो, न हामीले छाडेको हो,' यादवले भने, 'बाबुरामजीको एक्लै हिड्ने बानी छ। त्यल्ले गर्दा ठीकै भएको छ कि जस्तो छ।' पूर्वप्रधानमन्त्रीसमेत…
काठमाडौं : पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। आज पहिलो वार्षिकोत्सवको अवसर पारेर पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबिच सभापति रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराएका हुन्। शाहलाई रास्वपाको प्रशिक्षण विभाग प्रमुख बनाइएको छ। १७ वर्ष बैंकको सीइओ बनेका शाह गत वर्ष ३२ वर्षे बैंकिङ करियरबाट बिदा भएका थिए। पहिलोपटक सीइओका रूपमा उनी नबिल बैंकमा थिए। त्यसपछि उनी मेगा बैंकको…
सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बिहीबारको लागि बजार मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा ८ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ४५…
जानकी : लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ। प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएपनि…
काठमाडौं : तारक मेहताका उल्टा चश्मामा 'बबिता जी' को भूमिका निर्वाह गर्ने मुनमुन दत्त अहिले नेपालमा छिन्। इन्स्टाग्राममा उनले काठमाडौंको पशुपति, बौद्ध, काठमाडौ दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र घुमेरको तस्विर सेयर गरेकी छिन्। तारक मेहताको सुरुवाती दिन देखि नै उनी यो सिरियलसँग आबद्ध छिन्। अर्कोपटक नेपाल आउँदा आमालाई सँगै लिएर आउने र पशुपतिनाथ मन्दिरको दर्शन गराउने उनले बताएकी छिन्। काठमाडौं…
बैतडी : बैतडीमा लम्पी स्किन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन्। हालसम्म लम्पी स्किनबाट पाँच सय दुई पशुचौपाया मरेका छन्। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो। हाल जिल्लाभरि फैलिएको छ। लम्पी स्किनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका मोदी र बायडेनबिच आज ह्वाइट हाउसमा भेट भएको हो। ह्वाइट हाउसमै मोदीका लागि विशेष डिनर आयोजना गरिएको थियो। आज भने मोदीका लागि 'स्टेट डिनर'को कार्यक्रम आयोजना गरिँदैछ। दुई नेताबिच विभिन्न विषय छलफल भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भेटका क्रममा बाइडेनले मोदीलाई २० औं शताब्दीमा…
काठमाडौं : नेपाली क्रिकेट टोलीले आज वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोट अन्तर्गतको यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजे खेल सुरु हुनेछ। नेपालले विश्वकप विजेतासमेत रहिसकेको वेस्ट इण्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। वेस्ट इण्डिज छनोटमा आफ्नो पहिलो खेलमा अमेरिकामाथि ३९ रनको जित निकाल्दै सुखद सुरुवात गरेको थियो। अर्कोतर्फ जिम्बावेसँग ८ विकेटको फराकिलो हारसँग प्रतियोगिताको सुरुवात गरेको…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीवार आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक बिहीवार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ। सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको…
चीनको उत्तर पश्चिम क्षेत्रमा रहेको निंगशिया शहरमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। बुधबार राति बारबेक्यू रेष्टुराँमा भएको विस्फोटमा घाइते हुनेहरुलाई अस्पताल लगिएको छ। सो घटनामा ७ जना घाइते भएको बताइएको छ। चीनका राष्ट्रपति सी चिनफिङले घाइतेहरुलाई हरसम्भव सहयोग गर्न र उद्योगहरुमा यस प्रकारका घटना हुन नदिन सुरक्षाको प्रत्याभूति गर्न निर्देशन दिएका छन्।
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ। दुई नेताबिच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान भेट भएको हो। भेटका क्रममा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको बताइएको छ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जसपा र विप्लव नेतृत्वको नेपाल…
डम्मर बुढा मगर- ढोरपाटन : बैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। पूर्वी नेपालमा लगातार वर्षा भएर बाढी पहिरोले बितण्डा मच्चाइरहँदा यहाँ लामो समय खडेरी परेको छ। जसले ब्याडमा धानको बीउसँगै बारीमा मकैका…
फुङ्लिङ : ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढी-पहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ। बाढी-पहिरोका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो। गत शुक्रवार, शनिवार र आइतवार निरन्तर वर्षाका कारण बाढी-पहिरोले सिरिजङ्गा गाउँपालिका-८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा…
नारायण न्यौपाने- काठमाडौं : प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)को ठूलो रकम खर्च हुन नसकेको हो। आर्थिक वर्ष २०७६/७७…
पोखरा : गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ। बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए। क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण…
काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र वाग्मती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी…