टाइटानिकको भग्नावशेष हेर्न अटलान्टिक महासागरमा पसेको पनडुब्बीमा सवार सबै जनाको मृत्यु भएको छ। आइतवार क्यानडाको न्यूफाउन्डल्यान्डको समुद्री तटबाट टाइटानिकको भग्नावशेष हेर्न सो पनडुब्बी निस्किएको थियो। आइतवार नै सो पनडुब्बी बेपत्ता भएपछि खोजी भइरहेको थियो। अमेरिकी कोस्टगार्डका अनुसार पनडुब्बीको भग्नावशेष फेला परेको छ। पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यवसायी हामिश हार्डिग, पनडुब्बी संचालक कम्पनी ओशनगेटका सिइओ स्टाकन…
काठमाडौं : लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो। यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर…
काठमाडौं : ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। उक्त घटनामा परी एक जना बेपत्ता भएका छन्। गए राति चम्पादेवी गाउँपालिका-८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन्। बेपत्ताको…
काठमाडौं : गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्। दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो। प्रमुख जिल्ला अधिकारी…
अहिले नेपालसहित १० राष्ट्र अहिले विश्वकप क्रिकेट क्यालिफायर खेल्दैछ। जसमा वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल र अमेरिका ‘ग्रुप ए’मा छन्। ओमन, श्रीलंका, स्कटल्याण्ड, आयरल्याण्ड र युएई ‘ग्रप बि’ मा छन्। क्यालिफायरका खेल चल्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन आयोजना गरेको स्टेट डिनरमा मोदीले सम्बोधनका क्रममा क्रिकेटको प्रसंग निकाले। उनले हाल क्वालिफायर खेलिरहेको अमेरिकी…
काठमाडौं : शुक्रवार बिहान देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा…
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा भारी वर्षा भइरहेकोले सतर्क रहन आग्रह गरेको छ। आज बिहान साढे ६ बजेसम्मको रिपोर्टको आधारमा रौतहट,सर्लाही, चितवन, नवलरासी (ब.सु.पू), नवलरासी (ब.सु.प), दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप हुन सक्ने अनुमान छ। उल्लेखित जिल्ला भई बहने साना खरहे खोलामा आकस्मिक बाढी…
काठमाडौं : श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी-१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। गौरादह-२ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो। चौधरीकी श्रीमतीको उजुरीका आधारमा उनलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो। पक्राउ परेका…
काठमाडौं : भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ। भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ। अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ। अस्पतालले निःशुल्क उपलब्ध…
काठमाडौँ: क्रिकेट विश्वकप छनोटमा नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँग पराजित भएको छ। जिम्बावेको हरारे स्पोर्टस क्लबमा सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४९.४ ओभरमा अलआउट हुँदै २३८ रन बनायो। साझेदारी बनाउन र तोड्न संघर्ष फितलो सुरुवात गरेको वेस्ट इण्डिजले साइ…
काठमाडौं : सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन २०६३ (पहिलो संशोधन) लाई निरन्तरता दिने भएको छ। नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै ऐनले निरन्तरता पाउने भएको हो। बिहीवार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणपछि…
बुटवल : बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन्। नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्दै बुटवललाई…
काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको खेलमा वेस्ट इण्डिजले नेपालसामू ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको हो। वेस्ट इण्डिजका ओपनर केल मेयरको पहिलो विकेट लिँदै करण केसीले नेपालको सुखद सुरुवात गराए। केसीले उनलाई खेलको १.३ ओभरमा कुशल भुर्तेलबाट क्याच आउट गराए। दोस्रो विकेट गुलसन झाले…
काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही असार २३ गतेदेखि राजधानीको प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक बोलाइएको छ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। केन्द्रीय सदस्य ३८६ जना र वैकल्पिक केन्द्रीय सदस्य २०२ जना गरि माओवादीको केन्द्रीय समिति ५८८ सदस्यीय रहेको छ। माओवादीमा…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अदालतले हिन्दी फिल्म चलाउन दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 'आदिपुरुष'को संवादलाई लिएर महानगरले काठमाडौं महानगरमा हिन्दी फिल्म चलाउन रोक लगाएपछि फिल्म व्यवसायीहरु उच्च अदालत पुगेका थिए। उच्च अदालतले हिन्दी फिल्म चलाउन दिनू भन्दै आज अल्पकालीन अन्तरिम आदेश दिएको हो। त्यसको जवाफमा बालेनले आफू सजाय भोग्ने तर फिल्म चल्न नदिने बताएका हुन्। फिल्ममा…
पोखरा : बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्याउन एनएमबी बैंकले ‘वि च्याट पे’ सेवा सुरु गरेको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीवारबाट ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ। ‘वि च्याट पे’ नेपालमा सुरु भएसँगै नेपाल आएका चिनियाँ पर्यटकले भुक्तानी गर्नुपरेमा ‘क्यूआर कोड’ स्क्यान गरी ‘वि च्याट वालेट’बाट भुक्तानी गर्न सक्नेछन्। यसले व्यवसायलाई अवसरको बाटो…
काठमाडौं : चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओसमा पर्याइ बन्धक बनाएर जबरर्जस्ती ‘अनलाइन स्क्यामिङ’मार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ। उनीहरुले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौंबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओसको बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्याइ बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्रयापमा पारी जबरर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले…
‘आदिपुरुष’ को निर्माण टिमले फिल्मका केही संवाद परिवर्तन गरेको छ। फिल्ममा समावेश केही संवादहरुको आलोचना भएपछि परिवर्तन गरिएको हो। फिल्ममा समावेश चार संवादहरुलाई परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अब फिल्ममा ‘कपडा तेरे बापका, तेल तेरा बापका, आग तेरा बापका तो जलेगी बी तेरी बापकी’ संवादहरु सुन्न पाइनेछैन। यस्तै संवाद र रामको अपमान गरेको भन्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च…
थलापति विजयको जन्मदिनको अवसरमा दक्षिण भारतीय फिल्म ‘लियो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सो पोस्टरमा थलापति एक्सन अवतारमा देखिएका छन्। यसैबिच, थलापति फिचर्ड पोस्टरलाई फ्यानहरुले हलिउड फिल्मको नक्कल भनेर आलोचना गरिरहेका छन्। वेब सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘लियो’ को 'कोलाज' बनाएर नेटिजन्सहरुले तुलना गरिरहेका हुन्। लियोको तस्विर सिरिज ‘गेम अफ थ्रोन्स’ सँग पोस्टरमा देखाइएको 'एक्सन' मिल्दोजुल्दो रहेको भन्दै टिप्पणी भइरहेको छ। लोकेश…
काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थापन पक्षका योगेन्द्र कुँवर निर्वाचित भएका छन्। कांग्रेस निकट कर्मचारीहरुको साझा संगठन ट्रेड युनियनको सातौं महाधिवेशनबाट कुँवर ४४१ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन्। पार्टीको नयाँ नेतृत्वका लागि बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान भएको थियो। योगेन्द्र यसअघि महासचिव थिए। पार्टी उपसभापति पूर्णबहादुर खड्का निकट मानिने योगेन्द्र संस्थापन पक्षका उम्मेदवार हुन्। उनीसँग महेन्द्र यादव…