काठमाडौँ: भारतमा आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। बेङ्ग्लोरस्थित कान्तिरवा स्टेडियममा सम्पन्न आजको समूह 'ए'को दोस्रो खेलमा भारतले पाकिस्तानमाथि ४-० को फराकिलो जित निकालेको हो। भारतको जितमा कप्तान सुनिल क्षेत्रिले ह्याट्रिक पुरा गरे। खेलको १० औँ मिनेटमा पाकिस्तानी गोलकिपरको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए। दोस्रो गोल पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै १६ औँ मिनेटमा गरे।…
काठमाडौं : साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल पराजित भएको छ। भारतको श्री कान्तिरभा स्टेडियममा जारी खेलमा नेपाल कुवेतसँग ४-१ गोलअन्तरले पराजित भएको हो। खेलको २३ औँ मिनेटमा कप्तान खलिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाए। त्यसअघि पेनाल्टी क्षेत्रभित्र पाएको राम्रो अवसरमा नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो। खेलको ४१ औँ मिनेटमा डिफेन्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङलाई छलाउँदै शबाइब अलखल्दीले गोल…
काठमाडौं : साफ च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको छ। भारतको श्री कान्तिरभा स्टेडियममा जारी खेलमा नेपाल कुवेतसँग दुई गोलले पछि परेको हो। खेलको २३ औँ मिनेटमा कप्तान खलिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाए। त्यसअघि पेनाल्टी क्षेत्रभित्र पाएको राम्रो अवसरमा नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो। खेलको ४१ औँ मिनेटमा डिफेन्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङलाई…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको उपविजेता मछिन्द्र क्लबले एएफसी कपको छनोटमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ। यो खेल अगस्ट ८ मा हुने एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले जनाएको छ। जसअनुसार मछिन्द्रको खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ। यसमा विजेता हुने टोलीले भारतको मोहन बगान क्लबसँग अगस्ट १५ मा प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्नेछ। मछिन्द्र क्लबले अघिल्लो सिजन पनि…
टाइटानिकको भग्नावशेष हेर्न अटलान्टिक महासागरमा पसेको पनडुब्बी बेपत्ता भएपछि त्यसको खोजी भइरहेको छ। पनडुब्बीमा अब करिब २५ घण्टा अक्सिजनमात्र बाँकी रहेको अधिकारीहरुले बताएका छन्। आइतवार क्यानडाको न्यूफाउन्डल्यान्डको समुद्री तटबाट टाइटानिकको भग्नावशेष हेर्न सो पनडुब्बी निस्किएको थियो। पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यवसायी हामिश हार्डिग, पनडुब्बी संचालक कम्पनी ओशनगेटका सिइओ स्टाकन रश र फ्रान्सका पल आनरी पनि पनडुब्बीमा…
किमाथाङ्का : सङ्खुवासभामा बाढी-पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ। गत शनिवार राति अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण २० जना बेपत्ता भएका थिए। बाढी-पहिरोबाट बेपत्ता भएकाहरुको खोजी बुधवार पनि जारी छ। बाढी-पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उनले…
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)की शिक्षा सल्लाहकार रेशु अर्यालले आफ्नो जिम्मेवारी त्याग गरेकी छिन्। नेतृत्त्व तहबाट आफ्नो मूल्य र मान्यताको खिलाफमा गतिविधि भएको आरोप लगाउँदै अर्यालले जिम्मेवारी त्यागेकी हुन्। १० महिनाअघि मेयर बालेनको सल्लाहकार बनेकी अर्यालले स्वार्थ बाझिएको विषय समेत राजीनामाको कारणमा उल्लेख गरेकी छिन्। 'दुर्भाग्यपूर्ण हिसाबले पछिल्ला दिनमा उन(बालेन)का निर्देशनमा भएका निर्णय तथा अन्य गतिविधिहरु मेरो मूल्य र मान्यताभन्दा…
काठमाडौं : पहिरो गएपछि नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ। बुधवार दिउँसो पौन २ बजे चितवनको ईच्छाकामना गाउँपालिका-६ नाम्सीपुलस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सडकमाथिबाट सुक्खा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरीको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने तयारी भइरहेको छ।
फुङ्लिङ : बाढी-पहिरोले मुहान बगाएपछि ताप्लेजुङका विभिन्न गाउँमा अहिले खानेपानीको समस्या देखिएको छ। निरन्तर वर्षासँगै आएको बाढी-पहिरोले खानेपानी आयोजनामा क्षति पुर्याउँदा सर्वसाधारणले दूषित खानेपानी पिउन बाध्य छन्। खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढी-पहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका-७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन्। पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर…
वीरगंज : वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ। वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन्। कूल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ अर्थात ७७ प्रतिशत र…
नेपालगञ्ज : बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ। लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्र कुमार ओलीले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको…
नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुलाबी’ को शीर्षक परिवर्तन गरिएको छ। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल ‘गुन्युचोलो: कमिङ अफ एज अ गर्ल’ राखिएको जानकारी दिएको हो। समुन्द्र भट्टको लेखन र निर्देशन रहेको यो फिल्म पारलैङ्गिकताको कथामा बनेको हो। पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा…
काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका-९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको…
काठमाडौं : थारू आयोगले सिकलसेल विज्ञ डा. राजन पाण्डेलाई 'थारु रत्न' सम्मान प्रदान गरेको छ। भेरी अस्पताल नेपालगंजमा प्रमुख कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत डा. राजन पाण्डेले थारू समुदायमा जनस्वास्थ्य समस्याकोरुपमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आयोगले उनलाई थारु रत्नबाट सम्मानित गरेको हो। आयोगबाट थारु रत्न सम्मान पाउनेमा डा. पाण्डे पहिलो गैरथारु…
काठमाडौं : ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ। मेची राजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो। मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो। पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुन: विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको ताप्लेजुङ शाखाले जनाएको छ।…
काठमाडौं :केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्विकार गरेपछि ‘परस्त्री’ को रिलिज अनिश्चित भएको छ। असार १५ गते प्रदर्शन आउने तय भएको सो फिल्मका केही दृश्यहरुमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्विकार गरेको हो। फिल्ममा ‘भल्गर’ र हिसांत्मक दृश्यहरु बढी भएकाले सेन्सर पास हुन नसकेको सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले जानकारी दिए। ‘परस्त्रीमा चुम्बन र बेड सिनका दृश्यहरु…
‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन्। उनले दिनेश श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘सञ्जिवनी' मार्फत सिनेक्षेत्रमा पाइला टेक्न लागेकी हुन्। निर्माणटिमले पोस्टर सार्वजनिक गर्दै फिल्मबारे औपचारिक घोषणा गरेको हो। लभ स्टोरी जनरामा बन्ने यस फिल्ममा आर्यल सिग्देलसँग कुसुमले स्क्रिन सेयर गर्नेछिन्। सञ्जिवनी मार्फत सिनेक्षेत्रमा डेब्यू गर्न पाउँदा निकै खुसी लागेको कुसुमले बताइन्।
काठमाडौं : बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोखरेलले बताएका छन्। उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको छ। उनीहरु होसमा भएको र बोल्न सक्ने अवस्थामा भएको अस्पतालले जनाएको छ। उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरि परीक्षण गर्दा…
काठमाडौं : दक्षिण एसियाली फुटबलको महासंग्राम साफ च्याम्पियनसिप बुधवारबाट भारतको बेङ्ग्लुरुमा सुरु हुँदैछ। उद्घाटन खेलमा नै नेपालले कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल दिउँसो पौने ४ बजे श्री कान्तिरभा स्टेडियममा सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल शनिवार भारतसँग र तेस्रो खेल मंगलवार पाकिस्तानसँग खेल्नेछ। नेपालले समूह चरणमा गरेको प्रदर्शनले निर्क्योल गर्नेछ - सेमिफाइनलसम्म नेपालको यात्रा। साफ च्याम्पियनसिपको साविक…
काठमाडौं : सुनचाँदीको मूल्यमा गिरावट छ। अघिल्लो दिनका तुलनामा सुनको कारोबार मूल्य तोलामा ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारका तुलनामा मंगलबार तोलामा २०० रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। चाँदी ४५ रुपैयाँ घट्दा प्रतितोला १ हजार ३८५ रुपैयाँ भएको छ।…