महेन्द्रनगर : कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्। पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा-युवती पक्राउ परिरहेका छन्। गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन…
रामायणमा आधारित भएर निर्माण भएको भारतीय फिल्म आदिपुरुष बक्स अफिस कलेक्सनमा थप कमजोर सावित भएको छ। अग्रिम बुकिङका कारण पहिलो तीन दिन लगातार ३० करोडभन्दा माथिको कारोवार गरेको फिल्मले सोमवार ७७ प्रतिशत गिरावट बेहोर्यो। फिल्मको ओरालो यात्रा मंगलवार थप तीव्र गतिमा बढ्यो। अघिल्लो दिनको तुलनामा ३६ प्रतिशत गिरावट आयो बक्स अफिसमा। असाध्यै धेरै हाइपका कारण पहिलो दिन फिल्मले हिन्दीमा ३५…
अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सी चिनफिङलाई 'डिक्टेटर' भनेका छन्। क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाइडेनले अमेरिकी आकाशमा उडेको चिनियाँ बेलुनलाई खसालेपछि सी निकै लज्जित भएको भन्दै उनलाई तानाशाहीसँग तुलना गरेका हुन्। 'जब मैले त्यो जासुसी बेलुन खसालेँ तब सी चिनफिङ निकै रिसाए। त्यो तानाशाहीहरुका लागि निकै ठूलो लज्जाको विषय हो,' बाइडेनले भने। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेन बेइजिङको भ्रमण गरि…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकाको राजकीय भ्रमणमा छन्। त्यसक्रममा उनले अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक इलन मस्कसँग भेट गरेका छन्। सो भेटमा मोदीसँग मस्कले भारतमा टेस्लाको प्लान्ट स्थापना गर्ने योजनाबारे छलफल गरेका थिए। त्यसक्रकमा इलन मस्कले आफू मोदीको फ्यान भएको बताएका थिए। ‘मलाई मोदी असाध्यै मन पर्छ। यो भेट असाध्यै राम्रो भयो। मोदी हाम्रो फ्याक्ट्रीमा केही वर्षअघि आएका थिए,’मस्कले भने ‘म भारतको…
किमाथाङ्का : सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी-पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी-पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथाङ्का सडक ठप्प भएको हो। गएराति वर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध…
पोखरा : तिब्बतको सिगात्से, किमाथाङ्का नजिकको छुम्सार हुँदै नेपाल भित्रिएको विमान संखुवासभाको खाँदवारीसम्म दक्षिणतिर हानियो।त्यसपछि त्यसले सोझो यात्रा थाल्यो पश्चिमतिर। पश्चिमको यात्रा जारी रह्यो। काठमाडौंको आकाश हुँदै विमान लगातार पश्चिमतिरै लागिरह्यो। चीनको छेन्दुबाट आकाश मार्गको २ हजार किलोमिटरभन्दा लामो दुरी तय गर्दै आएको सिचुवान एयलाइन्सको विमानको गन्तव्य थियो कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। किमाथाङ्का हुँदै तिब्बतबाट नेपाल छिरेको सिचुवान एयरलाइन्सको एयरबस ए-३१९ को यो यात्रा नेपालको हवाई उड्ययनका…
जानकी : भगवती रिजाल खुद्रा व्यवसायी हुन्। उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छन्। बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ। रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा छिन्। चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको…
भरतपुर : नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ। निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो। पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ-मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ। निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिए। पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो…
काठमाडौं : नेपाली कांग्रेसका युवा नेताहरुले थालेको पार्टी रुपान्तरण अभियानले केन्द्रमा तरंग ल्याएको छ। सोमवार सातै प्रदेशका केन्द्रदेखि विभिन्न शहरमा सम्पन्न अभियानप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का रुष्ट सुनिँदा डा शेखर कोइराला र महामन्त्री गगन थापाले भने जस लिन खोजेको देखिन्छ। सभापति देउवाले जेठ २० गते नै ललितपुरमा भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अभियानप्रति विरोध जनाएका…
रुपन्देही : लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही गरेको छ। कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो। लुम्बिनी विकास कोष र राष्ट्र बैंकबिच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको…
काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बुधवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका…
काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली…
काठमाडौं : सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल-चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि…
काठमाडौँ: क्रिकेट विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जित निकालेको छ। टाकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ औँ ओभरको समाप्तिमा अलआउट हुँदै २०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ औँ ओभरको समाप्तीमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेपालको जितमा बलिङतर्फ करण केसी र ब्याटिङ तर्फ…
बुटवल : चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका १० नदवाका ४० वर्षीय विनोद कँहार छन्। मंगलबार खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागी घाइते भएका उनलाई उपचारका लागि रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज…
हिन्दुहरुको भावनामा असर पारेको भन्दै भारतको अल इन्डियन सिने वर्कर्स एसोसिएसनले फिल्म आदिपुरुषमाथि प्रतिबन्ध लगाउन माग गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै एसोसिएसनले भगवान रामको प्रतिष्ठामाथि आँच पुर्याएकाले तत्कालै व्यान गर्नुपर्ने माग गरेको हो। साथै फिल्म निर्देशक ओम राउत र स्क्रिप्ट लेखक मनोज मुन्तासिर शुक्लविरुद्ध कारवाहीको माग समेत गरेको छ। नेपालमा यो फिल्म व्यान्ड भइसकेको छ। नेपालमा चाहिँ…
काठमाडौं : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको…
काठमाडौं : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र उनकी भाउजुको गाडी दुर्घटनामा मृत्यु भएको छ। डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ मा आज दुर्घटना भएको थियो। गाडीमा सवार मन्त्री पृथ्वीबहादुरकी श्रीमती ५० वर्षीया अमृता सिंह र भाउजु ६० वर्षीया जयादेवी सिंह मृत्यु भएको हो। त्यस्तै, मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था पनि चिन्ताजनक रहेको…
काठमाडौं : क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ औं ओभरको समाप्तीमा २०७ रन बनाएर अलआउट भयो। अमेरिकाको ब्याटिङलाई धराशाही पार्न करण केसी एक्लैले ४ विकेट लिए। त्यस्तै, गुलसन झाले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खराब सुरुवात गर्यो। १.५ र १.६ ओभरमा…
काठमाडौं : सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा उनले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिएका हुन्। आजको बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले…