PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

  • सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री चढेको गाडी दुर्घटना, पाँचजना घाइते

    सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री चढेको गाडी दुर्घटना, पाँचजना घाइते

    काठमाडौं : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादु सिंह सवार गाडी दुर्घटना भएको छ। डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको हो। दुर्घटना मन्त्री सिंह गम्भीर घाइते भएका छन्। उनीसहित पाँच जान घाइते भएको प्रहरीले जानकरी दिएको छ। 'पाँच जना गम्भीर घाइते भएको कुरा आएको छ। म पनि अहिले घटनास्थल तर्फ जाँदै छु,'…

    विस्तृतमा पढ्नुस्

  • 'अखण्ड भारत'को नक्साबारे प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिइसकेको छु : परराष्ट्र मन्त्री साउद

    'अखण्ड भारत'को नक्साबारे प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिइसकेको छु : परराष्ट्र मन्त्री साउद

    काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले भारतले संसद भवनमा राखिएको म्युरल (नक्सा) बारे प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित राजदूतावासलाई निर्देशन दिइसकेको बताएका छन्। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा साउदले म्युरलबारे भारतीय पक्षसँग बुझेर प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिइसकिएको बताए। नवनिर्मित भारतीय संसद भवनमा राखिएको म्युरलमा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको क्याप्सनमा लेखिएको पनि समितिलाई जानकारी दिए। ‘यो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा राखियो पेसमेकर

    राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा राखियो पेसमेकर

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरी 'पेसमेकर' राखिएको छ। शनिवार त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका पौडेलको मंगलवार अपरेसन गरिएको राष्ट्रपतिको सचिवालयले जनायो। 'उहाँको मुटुमा पेसमेकर राखिएको हो,' राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने। मुटुको चाल 'मनिटरिङ' गर्न अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको यसअघि अस्पतालले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • 'प्रार्थना'ले नै ठिक हुने भन्दै उपचारमा नलगेपछि ८ वर्षीय बालकको मृत्यु, ३ जना पक्राउ

    'प्रार्थना'ले नै ठिक हुने भन्दै उपचारमा नलगेपछि ८ वर्षीय बालकको मृत्यु, ३ जना पक्राउ

    बुटवल : अन्धविश्वासका कारण बर्दियामा ८ वर्षीय बालकले अकालमै ज्यान गुमाएका छन्। प्रार्थना गरे सञ्चो हुने विश्वास दिलाई उपचार गराउन रोक्दा बिरामी बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। गत शुक्रबार बिरामी भई अचेत अवस्थामा रहेका गुलरिया नगरपालिका १० कालाबञ्जारका अजय यादवको अस्पताल नलगी प्रार्थना गर्न लगाएका थिए। त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा गहवामाईको रथ यात्रा सम्पन्न, भोलि ५६ भोगको प्रसाद चढाइने

    वीरगंजमा गहवामाईको रथ यात्रा सम्पन्न, भोलि ५६ भोगको प्रसाद चढाइने

    वीरगंज : गहवामाईको नयाँ संरचना एवं आधुनिक मन्दिर निर्माण भएको ११ वर्ष पूरा भएको अवसर पारी वीरगंजमा पहिलोपटक रथयात्रा निकालिएको छ। आज बिहान वीरगंज नगरभित्र रथयात्रा गरिएको हो। शहर परिक्रमा गरि पुन: गहवामाई मन्दिर पुगेर यात्रा सम्पन्न भएको थियो। रथ यात्राको आयोजक श्रीगहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले रथयात्राको तयारी एक महीना पहिलेदेखि भएको बताए। भारत एवम् नेपालका १० जना कामदारहरु बिहान ५…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी ब्याट्सम्यानलाई नेपाली बलरले दिए 'टफ कम्पिटिसन', करण एक्लैले लिए ४ विकेट

    अमेरिकी ब्याट्सम्यानलाई नेपाली बलरले दिए 'टफ कम्पिटिसन', करण एक्लैले लिए ४ विकेट

    काठमाडौं : क्रिकेट विश्वकप छनोटमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। करण केसी एक्लैले ४ विकेट लिँदा अमेरिकाको शीर्षक्रम धराशायी भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खराब सुरुवात गर्‍यो। १.५ र १.६ ओभरमा नेपालका करण केसीले लगातार दुई विकेट लिँदै अमेरिकालाई दबाबमा पुर्‍याए। पहिलो विकेटका रुपमा ४ रन बनाएका स्टेभेन टेलरलाई एलबीडब्लू आउट गराए। दोस्रो विकेट शून्य रनमै साइतेजा मुक्कामल्ला…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा पहिरोले घर पुरियो, एकजना गम्भीर घाइते

    ताप्लेजुङमा पहिरोले घर पुरियो, एकजना गम्भीर घाइते

    काठमाडौं : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ। पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो। उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए। पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए। यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन्। बाटोमा हिँड्दै गर्दा माथिबाट आएको…

    विस्तृतमा पढ्नुस्

  • बाढीले पुल बगाएपछि हेवा खोलामा बेलीब्रिज निर्माण सुरु

    बाढीले पुल बगाएपछि हेवा खोलामा बेलीब्रिज निर्माण सुरु

    काठमाडौं : वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो। सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए। बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए। 'केही दिनभित्रै यातायात पुनः सुरु हुन्छ', पोखरेलले भने।…

    विस्तृतमा पढ्नुस्

  • असार ८ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

    असार ८ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

    काठमाडौं : प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी गराएका हुन्। सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरि १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गरेका छन्। असार ८ गते हुने प्रश्नोत्तरमा…

    विस्तृतमा पढ्नुस्

  • शिल्पी थिएटरमा ‘मधेसतिर:१९९८’ मञ्चन हुने

    शिल्पी थिएटरमा ‘मधेसतिर:१९९८’ मञ्चन हुने

    काठमाडौं : बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असार ९ गते ‘मधेसतिर:१९९८’ मञ्चन हुने भएको छ। शिल्पी थिएटरका एक वर्षे थिएटर डिप्लोमा कोर्सका कलाकारहरुले तयार पारेको नाटक विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित छ। यस नाटकमा ज्याक सेभेन्टिनको नाट्य रुपान्तरण र निर्देशन रहेको छ। विश्वेश्वप्रसाद कोइरालाको कथा ‘दोषी चश्मा’ भित्रको एक भागलाई नाटक बनाएको निर्देशक ज्याकले जानकारी दिए। ‘पहिले नै विपीको कथा दोषी चश्मा पढेको थिएँ। त्यसभित्रको मधेसतिर भन्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टस जितेर अमेरिकालाई दियो ब्याटिङको निम्तो, ललित प्लेइङ ११ मा

    नेपालले टस जितेर अमेरिकालाई दियो ब्याटिङको निम्तो, ललित प्लेइङ ११ मा

    काठमाडौँ: नेपालले अमेरिकाविरुद्ध टस जितेर बलिङ रोजेको छ। विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलका लागि नेपाली कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्। यसअघि नेपालले जिम्बावेसँग खेलेको थियो। त्यस्तै अमेरिकाले वेस्टइण्डिजसँग खेलेको थियो। दुबै टोली पछिल्ला खेलमा पराजित भएका थिए। आजको खेलमा जिम्बावेसँगको प्लेइङ ११ मा भन्दा एउटा परिवर्तन भएको छ। उक्त खेलमा चोट बोकेर बाहिरिएका सोमपाल कामीको स्थानमा ललित…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ : फुर्सदमा देखिए किसान

    कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ : फुर्सदमा देखिए किसान

    वेदकोट : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए। रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन्। वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउँछन्। ‘गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन’, किसान चौधरीले भने, ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको…

    विस्तृतमा पढ्नुस्

  • गजानन्दलाई रोक्न नेपाली बलरलाई चुनौती, विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाल

    गजानन्दलाई रोक्न नेपाली बलरलाई चुनौती, विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाल

    काठमाण्डौं : क्रिकेट विश्वकप छनोटमा आइतवार  नेपालले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध आफ्नो पहिलो खेल खेल्यो। नेपालले हरारे स्पोर्ट्स क्लबमा खेलिरहँदा सोही समयमा टाकासिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले वेस्ट इण्डिजसँग खेल्यो। दुबै खेलको समानता भनेको दुबै एसोसिएट राष्ट्र टेस्ट राष्ट्रसामू पराजित भए। ब्याटिङमा नेपालले २९० रन बनाउँदा अमेरिका २५८ रनमा समेटियो। नेपालका लागि कुशल भुर्तेलले ९९ रन बनाउँदा अमेरिकाका देब्रेहाते ब्याट्सम्यान गजानन्द सिंहले शतकीय इनिङ्स खेले…

    विस्तृतमा पढ्नुस्

  • ‘वानएक्स-बेट’ प्रकरण : अरुको पनि कनेक्सन भेटियो, अभियुक्त खोज्दै प्रहरी

    ‘वानएक्स-बेट’ प्रकरण : अरुको पनि कनेक्सन भेटियो, अभियुक्त खोज्दै प्रहरी

    काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले कलाकारसहित एक दर्जन भन्दा बढी मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुमा पक्राउ परेका कैलालीका दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेको बयान थालिएको छ। त्यस्तै, दोस्रो चरणमा प्रहरीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) माथि…

    विस्तृतमा पढ्नुस्

  • आमासँग छुट्टिएको दश दिनको गैँडाको बच्चाको उद्धार

    आमासँग छुट्टिएको दश दिनको गैँडाको बच्चाको उद्धार

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो)को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ। आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उनले जानकारी दिए। यस आर्थिक वर्षमा योसँगै दुई गैँडाको बच्चाको…

    विस्तृतमा पढ्नुस्

  • गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको उपचारका क्रममा मृत्यु

    गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको उपचारका क्रममा मृत्यु

    दमौली : तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा सोमवार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका-७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका-७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • अन्तरजातीय विवाहको पीडा :  न विवाहदर्ता न त बालबच्चाको जन्मदर्ता

    अन्तरजातीय विवाहको पीडा :  न विवाहदर्ता न त बालबच्चाको जन्मदर्ता

    जानकी : बैजनाथ गाउँपालिका-४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको बैजनाथ-४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो। उनको अहिलेसम्म न विवाहदर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन्। तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन्।…

    विस्तृतमा पढ्नुस्

  • विवादित ‘आदिपुरुष’ सोमवारबाट ‘क्र्याश’, फ्लपको बाटोमा महँगो फिल्म

    विवादित ‘आदिपुरुष’ सोमवारबाट ‘क्र्याश’, फ्लपको बाटोमा महँगो फिल्म

    ओम राउत निर्देशित ‘आदिपुरुष’ भारतसँगै नेपालमा पनि चर्चामा छ। नकरात्मक नै सही यस फिल्म समाचारका हेडलाइनमा छाएको छ। सीतालाई ‘भारतकी छोरी’ भनियो भन्दै नेपालमा विवादित बनेको यो फिल्म भारतमा बक्स अफिसको नम्बरका कारण अहिले चर्चामा छ। राम्रो ओपनिङ गरेको प्रभास, क्रिति सेनन र सेफ अली खान स्टारर यो फिल्म सोमवार ‘क्र्याश’ भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। रामायणमा आधारित ‘आदिपुरुष’…

    विस्तृतमा पढ्नुस्

  • सडक सञ्जालबाट जोडियो म्याग्दीको मङ्गला र बागलुङको ताराखोला

    सडक सञ्जालबाट जोडियो म्याग्दीको मङ्गला र बागलुङको ताराखोला

    म्याग्दी : म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालमा जोडिएका छन्। गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला-३ बरङ्जा, वडा नम्बर ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो। सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै पुग्न सकिने भएको मङ्गला-४ धापुङका उमेश विश्वकर्माले बताए। ‘यसअघि…

    विस्तृतमा पढ्नुस्

  • कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना? यस्तो छ आजको मौसम

    कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना? यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल हाल कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell